17/09/2025
नेपालमा राजनीतिक दलमा नेतृत्व परिवर्तनको विषय उठीरहेको छ । नेता कसरी बन्दछ वा बनाईन्छ भन्ने लेनिनवादी संगठनात्मक सिद्धान्तमा के भन्दछ उल्लेख गरौंकी भने ? जनआधार पार्टीमा नेता हुन वैचारिक स्पष्टता‚ अनुशासन‚ क्षमता‚ तत्परता र आवश्यकताले निर्धारण गर्दछ । जनआधार पार्टीमा आवश्यकतालाई पहिलो प्राथमिकता लिईन्छ । कार्यकर्ता आधारित पार्टीमा नेता हुन वैचारिक स्पष्टता‚क्षमता‚ आवश्यकता र सर्वहारा अनुशासनले निर्धारण गर्दछ । कार्यकर्ता आधारित पार्टीमा नेता छान्दा सर्वहारा अनुशासनलाई पहिलो प्राथमिकता लिईन्छ ।