Hamro Nepal Update

Hamro Nepal Update We are online media and news company from Nepal. We cover latest issues about politics, community, economy, sports, entertainment etc.

29/03/2026

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ को बैठकबाट स्वीकृत गरिएका शासकीय सुधारहरू निम्न रहेका छन।
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्‍याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।
#नयाँ_सरकार
#बालेन
***n

29/03/2026

नेपाल सरकारले १५ दिन भित्र सम्पत्ति छानविन समिति गठन गर्ने भएको छ । २०४८ साल देखि २०८३ सालसम्म सरकारी सेवामा रहेका उच्च तहका राजनीतिज्ञ र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने तयारी गरेको छ। पहिलो चरणमा २०६२/६३ देखि २०८२/८३ सम्म गर्ने तयारी गरेकाे छ भने
दोस्रो चरणमा २०४८ देखि २०६१/६२ सम्मकाे गर्ने तयारी गरेकाे छ।

28/03/2026

पुर्ब प्रधानमन्त्री के पि शर्मा वली गुण्डु स्थित उहाँकै निबासबाट पक्राउ

28/03/2026

पुर्ब गृहमन्त्री रमेश लेखक पक्राउ ।

27/03/2026

के.पि ओली निबासमा प्रहरीको बाक्लो उपस्थिति,,,,,
प्रहरीको ठूलो संख्या तैनाथ

27/03/2026

सभामुख — डोलप्रसाद अर्याल
प्रधानमन्त्री / रक्षामन्त्री — बालेन शाह
अर्थमन्त्री — स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री — शिशिर खनाल
कानुनमन्त्री — सोविता गौतम
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री — विराजभक्त श्रेष्ठ
गृहमन्त्री — सुदन गुरुङ
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री — प्रतिभा रावल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री — गणेश पौडेल
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री — अमरेश सिंह
भौतिक पूर्वाधार तथा यातायात मन्त्री — सुनिल लम्साल
कृषि मन्त्री — गीता चौधरी
सन्चारमन्त्री — बिक्रम तिमिल्सिना
श्रममन्त्री — दिपक साह
शिक्षामन्त्री — सस्मित पोखरेल
पर्यटनमन्त्री — गणेश पौजेल
महिला बालबालिकामन्त्री — सिताबादी
स्वास्थ्य तथा जनसंख्यामन्त्री — निशा मेहता

कांग्रेस सभापति गगन थापाले पार्टी सभापतिबाट राजिनामा दिएका छन।
19/03/2026

कांग्रेस सभापति गगन थापाले पार्टी सभापतिबाट राजिनामा दिएका छन।

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएकाे छ।
18/03/2026

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएकाे छ।

17/03/2026

संसदमा खालपरिका सेलिब्रेटीहरुको जम्का भेट हुने भो , देशका मूलभुत समस्या र चुनौतीको पहिचान होला जस्तो लागेको छैन - हर्क साम्पाङ

17/03/2026

काहीँ कसैले ग्याँस लुकाएको भए बढी मूल्य लिएको भए वा अवैध कारोबार गरेको भेट्नुभएमा ११३७ (1137) मा फोन गरेर खबर गरिदिनुहोला!

Address

Bagmati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share