06/08/2026
आदरणीय सुनापति बासी आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
घण्टिप्रेमी साथीहरू, समर्थक तथा सम्पूर्ण शुभेच्छुकहरूमा हार्दिक नमस्कार।🙏🙏🙏
यही मिति २०८३ साल भदौ १ गतेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रबाट “क्यान्डिडेट क्लब” मा सहभागी हुन इच्छुक व्यक्तिहरूको नामावली माग गरिएको सन्दर्भमा, सुनापति गाउँपालिका वडा नं. ३ मा एक निष्पक्ष, निडर, योग्य तथा राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता महसुस भइरहेको छ।
यसै सन्दर्भमा, देश, गाउँ र समाजप्रति साँचो प्रतिबद्धता बोकेका, सुनापति वडा नं. ३ को समुन्नत भविष्य निर्माणमा योगदान दिन इच्छुक सम्पूर्ण साथीहरूलाई ” याे वृहत् भेटघाट तथा छलफल कर्यक्रममा सहभागी भई आफ्नो सक्रिय सहभागिता जनाउन हार्दिक निमन्त्रणा गर्दछौं।
आउनुहोस्,
हामी सबै मिलेर सक्षम नेतृत्व चयन गरौं,
सुनापति वडा नं. ३ लाई समृद्ध, सुशासित र उदाहरणीय बनाऔं।
मिति: २०८३-०४-२३ शनिवार
स्थान: Hotel Cozy Inn जडिबुटी चाेकैमा
समय: दिउसाे ३ बजे
बसन्त कार्की
सभापति
राष्ट्रिय स्वतन्त्र पार्टी
सुनापति गाउँपालिका वडा नं. ३