GNN Nepal

GNN Nepal www.gnnnepal.com, Online news portal from Nepal.

संविधान संशोधनमा ‘डाइरेक्टर’ नियुक्तिप्रति प्रश्न, मिराज ढुंगानाको प्रधानमन्त्रीलाई खुलापत्रसंविधान संशोधन प्रक्रियामा स...
16/05/2026

संविधान संशोधनमा ‘डाइरेक्टर’ नियुक्तिप्रति प्रश्न, मिराज ढुंगानाको प्रधानमन्त्रीलाई खुलापत्र

संविधान संशोधन प्रक्रियामा संलग्न एक ‘डाइरेक्टर’को नियुक्तिलाई लिएर जेन–जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै पारदर्शिता र योग्यता आधारित नियुक्तिको माग गरेका छन्।

ढुंगानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा संविधान संशोधनजस्तो संवेदनशील विषयमा नियुक्त व्यक्ति संविधानविद् वा अनुभवी विज्ञ भए त्यसको अनुभव र CV सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले “यदि उहाँ संविधान संशोधन गर्न संविधानविद् भन्दा पनि क्षमतावान र विज्ञ हो भने अनुभव र योग्यता सार्वजनिक गरियोस्, हामीलाई कुनै आपत्ति हुँदैन,” भन्दै लेखेका छन्।

तर योग्यता पुष्टि नभए नियुक्ति प्रधानमन्त्रीको निकट सम्बन्धका आधारमा गरिएको हो भने त्यसलाई स्पष्ट रूपमा स्वीकार गर्नुपर्ने उनको माग छ। “हामीले खोजेको पारदर्शिता हो,” उनले उल्लेख गरेका छन्।

ढुंगानाले वर्तमान सरकारमाथि नेपोटिजम अन्त्य गर्ने अपेक्षा गरिएको बेला फेरि ‘आफ्ना मान्छे’लाई अवसर दिने प्रवृत्ति दोहोरिएको आरोपसमेत लगाएका छन्। उनले “नेपोटिजम हटाएर फेरि नेपोटिजम ल्याउने जनताको चाहना होइन,” भन्दै संविधानलाई कुनै फिल्म वा व्यक्तिगत सम्पत्ति जस्तो व्यवहार गर्न नहुने चेतावनी दिएका छन्।

उनले संविधान देशको सर्वोच्च कानुन भएकाले नियुक्ति मित्रता वा पहुँचका आधारमा नभई क्षमता, विज्ञता र योग्यताका आधारमा हुनुपर्ने बताएका छन्।

संविधान संशोधनमा जेन-जीको सहभागिता अपरिहार्य : कार्यदलको आग्रहसंविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन...
15/05/2026

संविधान संशोधनमा जेन-जीको सहभागिता अपरिहार्य : कार्यदलको आग्रह

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन-जी प्रतिनिधिसँग शुक्रबार हुने छलफलबारे देखिएका अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आह्वान गरेको छ।

कार्यदलका संयोजक असिम साहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको बताएका छन्। सोहीअनुसार जेन-जी प्रतिनिधिलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उनले स्पष्ट पारे।

साँझ ५ बजे तय गरिएको छलफलबारे केही जेन-जी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाउँदै बहिष्कारको संकेत गरेपछि संयोजक साहले त्यसबारे स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा छन् भने जेन-जी परिषद् निर्माण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। संविधान संशोधनका लागि सुझाव सङ्कलन गर्ने विशेष उद्देश्यले यो छलफल आयोजना गरिएको भन्दै अन्य विषयसँग नजोड्न उनले आग्रह गरेका छन्।

कार्यदलले जेन-जीबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने व्यवस्था गरिएको जनाएको छ। बोल्नका लागि पर्याप्त समय नदिइएको भन्ने भ्रम फैलाइएकोप्रति संकेत गर्दै संयोजक साहले कसैको आवाज पनि बेवास्ता नहुने विश्वास दिलाए।

उनले कुनै राजनीतिक भ्रम वा विवादको पछि नलागी आफ्नो अधिकार र दायित्व बुझेर छलफलमा सहभागी हुन सबै जेन-जी प्रतिनिधिलाई अनुरोध गरेका छन्।

कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न सरोकारवालासँग छलफल सुरु गरेको थियो। हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञसँग परामर्श गरिसकेको कार्यदलले आगामी दिनमा अन्य क्षेत्रका प्रतिनिधिसँग पनि संवाद गर्ने जनाएको छ।

शासकीय स्वरूप, निर्वाचन प्रणाली र सङ्घीयताजस्ता विषयमा साझा धारणा निर्माण गर्न सरकारको १०० बुँदे कार्यसूचीअनुसार प्रक्रिया अघि बढाइएको बताइएको छ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन-जीको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ।

यसअघि जेनजी अभियन्ता माजिद अन्सारी, रक्षा बमलगायत केही प्रतिनिधिहरूले संविधान समयानुकूल संशोधन हुनुपर्ने माग राख्दै छलफलमा सहभागी नहुने बताएका थिए। उनीहरूले लोकतन्त्रलाई केवल लिखित कानुनमा सीमित नराखी पारदर्शी, जवाफदेही र सहभागितामूलक प्रक्रियाबाट सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।

संसदप्रति प्रधानमन्त्री अनुत्तरदायी बनेको राप्रपाको आरोपकाठमाडौँ । खुश्बु ओली ले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी बन्...
14/05/2026

संसदप्रति प्रधानमन्त्री अनुत्तरदायी बनेको राप्रपाको आरोप

काठमाडौँ । खुश्बु ओली ले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी बन्दै गएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक ओलीले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई निरन्तर बेवास्ता गरेको बताइन्। लोकतन्त्र केवल निर्वाचन जित्ने प्रणाली मात्र नभई निरन्तर संवाद, उत्तरदायित्व र सहकार्यको अभ्यास भएको उनको भनाइ थियो।

उनले वैदिक कालदेखि नै संवाद र सहकार्यको परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको सदनप्रतिको व्यवहारले अनिच्छा र गैरजिम्मेवारी झल्किएको टिप्पणी गरिन्।

ओलीका अनुसार प्रधानमन्त्री पहिलो अधिवेशनमा नबोली बाहिरिनु, दोस्रो अधिवेशनमा नीति तथा कार्यक्रममाथिको छलफल चलिरहेका बेला बीचमै उठेर जानु तथा सामाजिक सञ्जालमार्फत मात्र प्रतिक्रिया दिनु संसदीय अभ्यासप्रति अनुत्तरदायी व्यवहारको निरन्तरता हो।

उनले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर उठेका प्रश्नको प्रत्यक्ष जवाफ दिन र सदनप्रति जवाफदेही बन्न आग्रह गरिन्।

बुद्धजयन्ती कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, परम्परा तोडियोकाठमाडौं । यस वर्षको बुद्धजयन्ती मुख्य कार्यक्रम परम्पराग...
01/05/2026

बुद्धजयन्ती कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, परम्परा तोडियो

काठमाडौं । यस वर्षको बुद्धजयन्ती मुख्य कार्यक्रम परम्परागत शैलीभन्दा फरक हुने भएको छ। विगतमा राष्ट्रप्रमुख वा सरकार प्रमुखको उपस्थिति रहने कार्यक्रममा यसपटक प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने निश्चित भएको छ।

लुम्बिनी विकास कोषका सदस्य श्याम रोकाका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट सहभागिता नहुने जानकारी प्राप्त भएपछि कार्यक्रमको संरचना परिवर्तन गरिएको हो। अब उक्त कार्यक्रममा डोलप्रसाद अर्याल (डिपी अर्याल) लाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ। अर्याल आज दिउँसो भैरहवा हुँदै लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ।

यसअघि प्रधानमन्त्री शाह लुम्बिनी पुगेर भोलि बिहान बुद्धजयन्ती कार्यक्रममा सहभागी हुने तयारीमा थिए। तर अन्तिम समयमा कार्यक्रम परिवर्तन भएपछि परम्परागत उच्चस्तरीय सहभागिता यसपटक नदोहरिने भएको हो।

यसैबीच, लुम्बिनी विकास कोषविरुद्ध भुक्तानी विवाद चर्किएको छ। गत वर्ष बुद्धजयन्तीका अवसरमा सञ्चारमाध्यमलाई दिइएको सूचना तथा विज्ञापनको भुक्तानी एक वर्षसम्म नगरेको भन्दै पत्रकारहरूले असन्तुष्टि जनाएका छन्। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले रुपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूले बुद्धजयन्ती कार्यक्रममा धर्ना दिने चेतावनी दिएका छन्।

यसअघि प्रकाशन तथा प्रसारण संघले पनि तत्काल भुक्तानी गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरिसकेको थियो। प्रधानमन्त्रीको अनुपस्थिति र भुक्तानी विवादका कारण यस वर्षको बुद्धजयन्ती कार्यक्रम थप चर्चामा आएको छ।

सरकार जनताको मन र सत्ताबाट टाढा हुने समय नजिक आइसक्यो - महेश बस्नेत काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान ...
23/04/2026

सरकार जनताको मन र सत्ताबाट टाढा हुने समय नजिक आइसक्यो - महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बिदा हुने दाबी गर्दै कडा आलोचना गरेका छन्। उनले सुकुम्वासी बस्ती हटाउने सरकारी निर्णयलाई लिएर सरकारमाथि “गरिबमाथिको सीधा हमला” भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा प्रमुखलाई बोलाएर “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर” भन्ने निर्देशन दिएको दाबी गरेका छन्। उनका अनुसार यस्तो कदमले सरकारको वास्तविक चरित्र उजागर गरेको छ।

उनले सत्तारूढ पक्षका नेताहरूको पुराना अभिव्यक्तिलाई स्मरण गर्दै अहिलेको निर्णयसँग तुलना गरेका छन्। सुकुम्वासीलाई व्यवस्थित गर्नुको सट्टा लखेट्ने नीति अपनाइएको भन्दै उनले सरकारप्रति प्रश्न उठाएका छन्।

बस्नेतले सडक विस्तार, फुटपाथ हटाउने, भन्सार कडाइ तथा साना व्यवसायीमाथि असर पर्ने नीतिहरूले गरिब वर्ग थप पीडित भएको दाबी गरेका छन्। साथै विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने प्रयासले सरकार लोकतान्त्रिक संस्कारबाट टाढिँदै “अधिनायकवादतर्फ उन्मुख” भएको उनको आरोप छ।

उनले यस्तो नीति जनताले लामो समय चुपचाप नहेर्ने चेतावनीसमेत दिएका छन्।

सुधन गुरुङको राजीनामा र दीपक भट्ट प्रकरण: 'सत्ताको समीकरण कि योजनाबद्ध खेल?'काठमाडौँ ।  सामाजिक अभियन्ता तथा सञ्चारकर्मी...
22/04/2026

सुधन गुरुङको राजीनामा र दीपक भट्ट प्रकरण: 'सत्ताको समीकरण कि योजनाबद्ध खेल?'

काठमाडौँ । सामाजिक अभियन्ता तथा सञ्चारकर्मी सन्तोष देउजाले हालैको राजनीतिक घटनाक्रम, विशेषगरी सुधन गुरुङको राजीनामालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै देउजाले यो राजीनामा स्वाभाविक नभई एक योजनाबद्ध 'मिडिया ट्रायल' र शक्ति सन्तुलनको खेल भएको दाबी गरेका छन्।

भट्टको पक्राउ र सत्तामा 'भुकम्प-

देउजाका अनुसार, केपी शर्मा ओली र रमेश लेखक जस्ता शीर्ष नेताहरूले साथ दिँदा समेत सुधन गुरुङको सत्ता डगमगाएको थिएन। तर, व्यवसायी दीपक भट्ट पक्राउ पर्नेबित्तिकै राजनीतिमा ठुलो हलचल (भूकम्प) आएको उनले उल्लेख गरेका छन्। भट्टको गिरफ्तारी र सुधनको बहिर्गमनबीच गहिरो सम्बन्ध रहेको सङ्केत उनले गरेका छन्।

योजनाबद्ध 'मिडिया ट्रायल' को आशङ्का-

सुधन गुरुङका विरुद्धमा प्रमाणसहित भएका मिडिया प्रचारहरू कसले र किन गरायो भन्नेमा देउजाले प्रश्न उठाएका छन्। उनले भनेका छन्:
"सुधन बारे जो प्रमाणसहित मिडिया ट्रायल भयो, यो कसले गरायो? भट्टसँगको साझेदारको फेहरिस्त कसरी बाहिरियो? यो सोझो मान्छेले पनि बुझ्ने कुरा भयो।"

नयाँ गृहमन्त्रीको बाटो प्रशस्त गर्ने दाउ?-

पोस्टको अन्त्यमा देउजाले एक सनसनीपूर्ण दाबी गरेका छन्। उनका अनुसार सुदूरपश्चिमका दीपक भट्टलाई हटाएर अर्को 'दीपक' नाम गरेका व्यक्तिलाई गृहमन्त्री बनाउने मार्ग प्रशस्त गर्न यो सबै प्रपञ्च रचिएको हो। उनले यस खेलमा सुदूरपश्चिमको शक्ति राजनीतिको पनि प्रभाव रहेको सङ्केत गरेका छन्।

अहिलेको यो घटनाक्रमले सत्ता समीकरणमा भइरहेको भित्री चलखेल र शक्ति सङ्घर्षलाई सतहमा ल्याइदिएको छ। सुधन गुरुङको राजीनामा केवल एउटा पात्रको बहिर्गमन मात्र नभई नयाँ राजनीतिक नियुक्तिको पूर्वसन्ध्या हुन सक्ने विश्लेषण गरिएको छ।

विदेशको सहज जीवन छाडेर नेपाल फर्किइन् डा. सुनिता, सर्पदंश औषधि विकासमा ऐतिहासिक पहलकाठमाडौं । बागलुङको गलकोट नगरपालिका–९...
22/04/2026

विदेशको सहज जीवन छाडेर नेपाल फर्किइन् डा. सुनिता, सर्पदंश औषधि विकासमा ऐतिहासिक पहल

काठमाडौं । बागलुङको गलकोट नगरपालिका–९ की मोलिक्युलर बायोलोजिस्ट डा. सुनिता घिमिरे गौतम ले विदेशको सहज र सुरक्षित करियर त्यागेर नेपालमै बायोटेक क्षेत्रमा नयाँ इतिहास रच्न थालेकी छन्।

जापानको प्रतिष्ठित अनुसन्धान संस्थामा करिब ११ वर्ष काम गरेकी डा. गौतमले चाहँदा त्यहीँ स्थायी रूपमा बस्दै आरामदायी जीवन बिताउन सक्थिन्। तर, उनले देश फर्किने निर्णय गरिन्—नेपालमै वैज्ञानिक योगदान दिने उद्देश्यसहित।

नेपाल फर्किएपछि उनले देशमै पहिलो पटक सर्पदंशको औषधि (antivenom) र रोग पहिचान गर्ने ‘diagnostic kit’ विकास गर्ने अभियान अघि बढाएकी छन्। सर्पदंश जस्तो गम्भीर जनस्वास्थ्य समस्यालाई लक्षित गर्दै उनले थालेको यो प्रयासले बायोटेक क्षेत्रमा आत्मनिर्भरता तर्फ महत्वपूर्ण आधार तयार पार्ने विश्वास गरिएको छ।

नेपालमा प्रत्येक वर्ष सर्पदंशका कारण सयौं मानिस प्रभावित हुने गरेका छन्, विशेषगरी ग्रामीण क्षेत्रमा समयमै उपचार नपाउँदा ज्यानै जाने जोखिम उच्च रहन्छ। यस्तो अवस्थामा स्वदेशमै antivenom उत्पादन हुन सकेमा उपचार सहज, सुलभ र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

डा. गौतमको पहलले नेपालमा वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन (innovation) र स्वदेशमै समाधान खोज्ने संस्कृतिलाई थप प्रेरणा दिने देखिएको छ। विदेशमा प्राप्त ज्ञान र अनुभवलाई आफ्नै देशको सेवा गर्न प्रयोग गर्ने उनको निर्णयलाई धेरैले प्रेरणादायी कदमका रूपमा लिएका छन्।

उनको यो प्रयासले भविष्यमा नेपाललाई बायोटेक्नोलोजी क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नागरिकता र नैतिकताको प्रश्न: रवि लामिछानेको धम्कीपूर्ण भाषामाथि गम्भीर आलोचना।काठमाडौं। आफ्नो नेपाली नागरिकता त्यागेर अम...
20/02/2026

नागरिकता र नैतिकताको प्रश्न: रवि लामिछानेको धम्कीपूर्ण भाषामाथि गम्भीर आलोचना।

काठमाडौं। आफ्नो नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेपछि पुनः नेपाली राजनीतिमा फर्किएकाले पूर्वराजा प्रति प्रयोग गरेको धम्कीपूर्ण र आक्रामक भाषा यतिबेला तीव्र आलोचनाको केन्द्रमा परेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, नागरिकता स्वयंले व्यक्तिको राज्यसँगको कानुनी र भावनात्मक सम्बन्धलाई परिभाषित गर्छ। यस्तो अवस्थामा विदेशी नागरिकता ग्रहण गरिसकेका नेताले नेपाली इतिहास, राज्य र परम्परासँग गहिरो रूपमा जोडिएको राजसंस्थाका उत्तराधिकारीमाथि धम्कीको भाषा प्रयोग गर्नु नैतिक र राजनीतिक दुवै दृष्टिले असुहाउँदो भएको टिप्पणी बढ्दो छ।

ज्ञानेन्द्र शाह कुनै साधारण राजनीतिक पात्र नभई, आधुनिक नेपालको इतिहाससँग जोडिएको राजसंस्थाको प्रतिनिधि हुन्। चाहे कोही राजसंस्थाको पक्षमा होस् वा विपक्षमा,अभिव्यक्तिको स्तर लोकतान्त्रिक मर्यादाभित्र रहनु अनिवार्य हुन्छ। आलोचना तर्कमा आधारित हुनुपर्छ, धम्की र अपमानमा होइन।

आलोचकहरू भन्छन्, “देश बनाउने ऐतिहासिक प्रक्रियासँग जोडिएको वंश र व्यक्तित्वलाई धम्कीको भाषामा बोल्नु स्वयं लोकतान्त्रिक मूल्यको अवमूल्यन हो।” विशेषतः, राष्ट्रियता, सार्वभौमसत्ता र इतिहासप्रति संवेदनशील हुनुपर्ने नेताबाट यस्तो बोली आउनु राजनीतिक अपरिपक्वता को संकेत मानिएको छ।

रवि लामिछानेले आफूलाई परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्दै आएका छन्। तर परिवर्तनको राजनीति आक्रोश, धम्की र कटु भाषाबाट होइन संविधान, कानून र सभ्य संवादबाट अघि बढ्छ। यदि राजनीतिक बहस व्यक्तिगत रिस, घृणा र धम्कीमा सीमित भयो भने त्यसले लोकतन्त्रलाई बलियो होइन, कमजोर बनाउँछ।

यस घटनाले फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ,के एकपटक विदेशी नागरिकता लिइसकेका नेताले राष्ट्रिय इतिहास र संवेदनशील विषयमा बोल्दा थप जिम्मेवारी देखाउनुपर्दैन? लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ, तर त्यो स्वतन्त्रता मर्यादा, जिम्मेवारी र तथ्यमा आधारित हुनुपर्छ भन्ने अपेक्षा जनताले राखेका छन्।
#रवि_लामिछाने #ज्ञानेन्द्र_शाह #नागरिकता_विवाद #राजनीतिक_नैतिकता #लोकतान्त्रिक_मर्यादा #नेपाली_राजनीति #जिम्मेवार_अभिव्यक्ति #इतिहास_र_सम्मान

ए-आई मैत्री सोच र संस्कृतिअनुकूल शिक्षा प्रणाली आजको आवश्यकता : कुन्ति पोख्रेल काठमाडौँ - प्रविधिको तीव्र विकाससँगै शिक्...
18/02/2026

ए-आई मैत्री सोच र संस्कृतिअनुकूल शिक्षा प्रणाली आजको आवश्यकता : कुन्ति पोख्रेल

काठमाडौँ - प्रविधिको तीव्र विकाससँगै शिक्षा प्रणाली पनि समयअनुसार रूपान्तरण हुनुपर्नेमा जोड दिँदै वक्ता कुन्तिले ए–आई (कृत्रिम बुद्धिमत्ता) मैत्री सोच र संस्कृतिअनुकूल शिक्षा प्रणाली आजको प्रमुख आवश्यकता भएको बताएकी छन्।

कार्यक्रममा बोल्दै उनले प्रविधिलाई केवल चुनौतीको रूपमा होइन, अवसरको रूपमा लिनुपर्ने उल्लेख गरिन्। “ए-आईलाई संस्कृतिसँग जोडेर प्रयोग गर्न सके शिक्षा प्रणाली अझ समावेशी, प्रभावकारी र व्यवहारिक बन्न सक्छ,” उनको भनाइ थियो।

उनले वर्तमान शिक्षा प्रणालीलाई स्थानीय मूल्य-मान्यता, भाषा र संस्कृतिसँग समायोजन गर्दै प्रविधिमैत्री बनाउन जरुरी रहेको बताइन्। यसका लागि नीति निर्माता, शिक्षक र अभिभावक सबैले साझा जिम्मेवारी लिनुपर्नेमा पनि उनले जोड दिइन्।

#एआई #कृत्रिमबुद्धिमत्ता #शिक्षा #शिक्षाप्रणाली #प्रविधि #संस्कृतिअनुकूल #नेपाल #सुचनाएक्सप्रेस

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रचारका क्रममा प्रयोग गरिएको टोपीमा“भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ...
23/01/2026

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रचारका क्रममा प्रयोग गरिएको टोपीमा
“भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो” भन्ने सन्देश लेखाएका छन्।

Address

Old Baneshwar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when GNN Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share