Saaramsha News

Saaramsha News सूचनाको अधिकार, हाम्रो सरोकार ! "सारांश" सम्पूर्ण समाचारको सार !! NewsMedia

13/12/2025

जय किशन बस्नेत भन्छन्, “फिल्म खेलेर साइकल पनि किन्न सकिनँ, टिकटक लाइभ बसेर घर बनाएँ

13/12/2025

जय किशन बस्नेत भन्छन्, “म आफ्नो मिडियामा आफ्नै घरको कुरा कहिल्यै गर्दिन

13/12/2025

जय किशन बस्नेत र शोभित बस्नेतले दशैँ र तिहारमा सँगै किन भएनन्?

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघटकाठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेख...
13/12/2025

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु, भक्तपुरमा राष्ट्रिय नेतृत्वको जमघट

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट नेता तथा कार्यकर्ताहरू भक्तपुर पुगेका छन् ।

पार्टीको भावी नेतृत्व चयन, नीति तथा कार्यक्रम तय गर्ने उद्देश्यले आयोजना गरिएको महाधिवेशनलाई एमालेले संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिवसहित केन्द्रीय नेतृत्व चयन हुनुका साथै राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ ।

आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनक...
13/12/2025

आज एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनकोे आज फाइनल खेल हुँदैछ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो भने इलिमिनेटरमा काठमाडौं गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गरेर लुम्बिनीले फाइनलमा आफ्नो स्थान बनाएको हो ।

गत वर्ष जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै उपविजेता बनेको सुदूरपश्चिमले यसपटक विजेताको उपाधि जित्ने लक्ष्य राखेको छ ।
लिग चरणका ६ खेल जितेर एक खेलमा हार ब्यहोरेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो । सुदूरपश्चिम लिग चरणमा विराटनगरसँग मात्र पराजय भएको हो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम छ भने कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनी लायन्स छ । गत संस्करणमा लिग चरणमै बाहिरिएको लुम्बिनी लायन्स यो पटक भने आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै उपाधि जित्ने लक्ष्यमा छ ।

लिग चरणका सुरुवाती खेल जितेपछि लगातार तीन खेलमा पराजित ब्यहोरे पनि लुम्बिनीले अन्तिम तीन खेलमा विजय हासिल गर्दै प्लेअफमा स्थान बनाएको थियो ।

इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा प्रवेश गरेको लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

लिग चरणका २८ खेल र प्लेअफका ३ खेल सकिएपछि आज उपाधि विजेता तय गर्ने निर्णायक खेल हुँदैछ । एनपीएलको विजेताले रु १ करोड १० लाखको आकर्षक पुरस्कार रकम प्राप्त गर्नेछ भने उपविजेताले रु ५१ लाख, तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख हात पार्नेछ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सञ्चालनमा आएको यस प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए ।

13/12/2025

दाइ शोभित बस्नेतको बारेमा जय किशन बस्नेतले मुख खोले

मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहनेकाठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्...
13/12/2025

मौसम पूर्वानुमान : आज देशभरको मौसम सफा रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ ।
जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Photos (1)

13/12/2025

२०८२ मंसिर २७ गतेको राशिफल हेर्नुहोस्

13/12/2025

वास्तु अनुसार भान्सा कोठालाई व्यवस्थित कसरी राख्ने?

२०८२ मंसिर २७ गतेको राशिफल हेर्नुहोस्♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो मेहनतले काम सफल हुने समय। मान–प्रतिष...
12/12/2025

२०८२ मंसिर २७ गतेको राशिफल हेर्नुहोस्

♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नो मेहनतले काम सफल हुने समय। मान–प्रतिष्ठा बढ्नेछ। नयाँ योजना शुरू गर्न अनुकूल। पारिवारिक खुसी मिल्नेछ।

♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन खर्च बढ्नेछ, तर लगानी भने लाभदायी बन्ने सम्भावना। स्वास्थ्य अलि संवेदनशील, खानपानमा ध्यान दिनुहोस्।

♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

काममा प्रशंसा प्राप्त हुनेछ। पुराना अधुरा काम पूरा हुने संकेत। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

♋ कर्कट (हि, हु, हे, हो, डा, डि, दु, डे, दो)

नजिककै व्यक्तिसँग सामान्य मनमुटाव आउन सक्छ। धैर्य गर्दा परिस्थिती सामान्य बन्छ। पैसाको व्यवहार सावधानीपूर्वक गर्नुहोस्।

♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार–व्यवसायमा राम्रो फाइदा देखिन्छ। विदेश सम्बन्धी काममा प्रगति। नेतृत्व क्षमतामा वृद्धि।

♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

श्रमको उचित मूल्य पाउने दिन। पढाइ–लेखाइमा मन जानेछ। यात्रा फाइदाजनक हुन सक्छ।

♎ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

घर–परिवारमा खुसीका क्षण बढ्नेछ। रोकिएका रकम फिर्ता हुन सक्छन्। प्रेममा सामिप्य बढ्ने।

♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

काममा ढिलाइ र बाधा आउन सक्छ। अनावश्यक तनाव नलिनुहोस्। योजना सावधानीपूर्वक बनाउनु उत्तम।

♐ धनु (ये, यो, भा, भि, भू, ध, फा, ढा, भे)

आर्थिक अवस्था सुधारिने संकेत। नयाँ अवसर प्राप्त हुन सक्छ। सामूहिक काममा सफलता।

♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यस्थलमा दबाब बढ्न सक्छ। तर मेहनतले उपलब्धि मिल्नेछ। मानसिक शान्तिका लागि ध्यान–योग राम्रो।

♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

मित्र–परिचयबाट फाइदा। पारिवारिक जमघटमा सहभागी हुने अवसर। काममा उत्साहजनक परिणाम।

♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

भेटघाट र सामाजिक काममा व्यस्तता। आर्थिक रूपमा केही सुधार। प्रेम सम्बन्धमा मनमुटाव टाढा राख्नुहोस्।

सारीमा साम्राज्ञी - कस्तो लाग्यो ?
12/12/2025

सारीमा साम्राज्ञी - कस्तो लाग्यो ?

12/12/2025

भाइरल व्यक्तिलाई मानसिक रोग लाग्ने सम्भावना बढी हुन्छ

Address

Baneshwor/10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Saaramsha News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saaramsha News:

Share