05/02/2026
जब काठमाडौं र पोखराजस्ता सहरका मानिसहरूलाई ल्यापटप र कम्प्युटर के हो भन्ने पनि थाहा थिएन, त्यही समयमा म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट जोडेर टेलिमेडिसिन सेवा पुर्याउने महावीर पुनलाई 'लाटो' भन्न मिल्दैन।
जब घरको छेउमै स्कुल हुँदा पनि पढ्न जानुपर्छ भन्ने चेतना नेपाली समाजमा थिएन, त्यही बेला अमेरिकाको विश्वविद्यालयमा पढ्ने अवसरका लागि चिठी लेख्ने महावीर पुनलाई 'सोझो' भन्न पनि मिल्दैन।
त्यसैले, महावीर पुनलाई 'लाटो छ, सोझो छ' भनेर भावनात्मक दया वा सहानुभूतिमा आधारित भोट दिनु आवश्यक छैन।
उनी भिजनरी हुन्— सामान्य मानिसले सोच्न नसक्ने गरी सय वर्ष अगाडिको कुरा देख्न र सोच्न सक्ने दूरदर्शी व्यक्तित्व।
त्यसैले उनलाई योग्यता र क्षमतामा आधारित भोट दिनुहोस्।
किनभने, आफूले लेखेको किताब आफ्नै टाउकोमा राखेर बेचेको पैसाले कृषि औजार कारखाना खोल्ने सपना देख्नु र त्यसलाई कार्यान्वयन गर्ने योजना बनाउनु— यो कुरा औसत दिमागले सजिलै पचाउन सक्दैन।
[म्याग्दी-१, चुनाव चिन्ह: त्रिभुज]
✍️ दिल निशानी मगर