Sandesh Aaja

Sandesh Aaja Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sandesh Aaja, Media/News Company, New baneshwor, Kathmandu.

नेपाल र विश्वभरका ताजा, निष्पक्ष र विश्वसनीय समाचारहरूको लागि तपाईंको भरपर्दो स्रोत। राजनीति, समाज, अर्थतन्त्र, जीवनशैली, खेलकुद र प्रविधि लगायत सबै क्षेत्रका खबरहरू। sandeshaaja.com मा थप पढ्नुहोस्।

सडक सञ्जालसँग बल्ल जोडियो किमाथाङ्काउत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको सडक अन्ततः किमाथाङ्का पुगेको छ। भोटखोलाको च्या...
17/05/2026

सडक सञ्जालसँग बल्ल जोडियो किमाथाङ्का

उत्तर–दक्षिण कोशी राजमार्ग अन्तर्गतको सडक अन्ततः किमाथाङ्का पुगेको छ। भोटखोलाको च्याम्ताङदेखि घुङ्गाप्पाको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाँदबारीबाट हिँडेको ट्याक्टर पहिलो पटक किमाथाङ्का गाउँ पुगेको हो।

शुक्रबार दुई वटा ट्याक्टर किमाथाङ्का पुगेको पत्रकार गंगा विष्टले जानकारी दिनुभयो। पहिलो पटक गाउँ पुगेका ट्याक्टर चालक, एक्सकाभेटर चालक तथा किमाथाङ्का सडक अभियानसँग सम्बन्धित टोलीलाई स्थानीयवासीले स्वागत गरेका छन्।

यस सडक खण्डअन्तर्गत बरुण नदीभन्दा माथिको भाग भने अझै अप्ठ्यारो र जोखिमपूर्ण रहेको छ। उक्त क्षेत्रमा हाल सडक स्तरोन्नतिको काम जारी छ।

तस्बिर : गंगा विष्ट

वडा सचिव कमल कुमार भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्कामाथि कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिप...
16/05/2026

वडा सचिव कमल कुमार भण्डारीलाई धम्की दिएको आरोपमा प्रकाश खड्कामाथि कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ।

07/05/2026

कस्ले र किन गर्यो वाचन शिरोमणि नारायण पोखरेलको हत्या ?

06/05/2026

गृह मन्त्रालयमा कहिले फर्किन्छन् सुधन गुरुङ ? कहाँ पुग्यो उनिमाथि भइरहेको छानबिन ?

06/05/2026

कोशी प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार सक्रिय—आर्थिक कूटनीतिमा जोड!
मा. विदुर कुमार लिङ्थेप
आर्थिक मामिला तथा योजना मन्त्री

05/05/2026

थलापति बिजयको ऐतिहासिक उदय !

04/05/2026

मुख्यमन्त्री बानियाँ को घरमा छापा !

९८ दिन पढाइ ३६५ दिनको फिस तिराई नेपालको शिक्षा क्षेत्रमा अहिले एउटा अनौठो "सरप्राइज" थपिएको छ। एकातिर सरकारले हप्ताको दु...
08/04/2026

९८ दिन पढाइ ३६५ दिनको फिस तिराई

नेपालको शिक्षा क्षेत्रमा अहिले एउटा अनौठो "सरप्राइज" थपिएको छ। एकातिर सरकारले हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय/तयारी गर्दैछ, अर्कोतिर विद्यार्थीको भविष्य ९८ दिनको छोटो समयमा खुम्चिँदै छ। यो गणित हेरेपछि जोकोहीलाई लाग्न सक्छ— हामी विद्यालय पढाउन जाँदैछौँ कि बिदा मनाउन?
◼️हेर्नुहोस् यो डरलाग्दो हिसाब:
▪️बिदा नै बिदाको चाङ: शनिबार र आइतबार गरी वर्षमा १०४ दिन त सिधै बिदा! त्यसमा सार्वजनिक बिदा ५० दिन, प्रदेश बिदा ६ दिन, हिउँदे/वर्षे बिदा ४५ दिन, स्थानीय बिदा ५ दिन र परीक्षा तयारी बिदा ३ दिन जोड्दा वर्षभरिमा २१३ दिन त स्कुलको गेटमा ताल्चा झुण्डिन्छ।
▪️विद्यालय खुल्ने दिन: ३६५ मा २१३ दिन कटाउँदा बाँकी रह्यो मात्र १५२ दिन।
▪️पढाइ नहुने दिन: यो १५२ दिनमा पनि कहाँ पढाइ हुन्छ र? भर्ना अभियान, तीन पटकका परीक्षा, नतिजा तयारी र सरस्वती पूजा जस्ता अतिरिक्त क्रियाकलापले ५४ दिन निलिदिन्छन्।
नेट पठनपाठन दिन: अब शुद्ध किताब समातेर कक्षाकोठामा छिर्ने दिन जम्मा ९८ दिन मात्रै!
▪️अब मुख्य प्रश्न:
पाठ्यक्रम विकास केन्द्रले २०५ दिनका लागि डिजाइन गरेको कोर्सलाई हामी शिक्षकले यो ९८ दिनमा कसरी पूरा गर्ने? त्यसमा पनि शिक्षकले आफ्नो बिमारी वा पर्व बिदा लिँदा त हातमा जम्मा ८६ दिन मात्र बच्छ।
९८ दिन पढाएर २०५ दिनको नतिजा खोज्ने यो कस्तो जादुमयी शिक्षा प्रणाली हो मन्त्रीज्यू? कि अब विद्यार्थीलाई कक्षामा होइन, निद्रामै पाठ कण्ठ हुने प्रविधि ल्याउनुपर्ने हो?

09/03/2026

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटको अन्तिम नतिजा 🇳🇵
​राष्ट्रिय स्वतन्त्र पार्टी: १२५ सिट
​नेपाली कांग्रेस: १८ सिट
​नेकपा एमाले: ९ सिट
​नेकपा: ८ सिट
​श्रम संस्कृति पार्टी: ३ सिट
​राष्ट्रिय प्रजातन्त्र पार्टी: १ सिट
​स्वतन्त्र: १ सिट

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विजयी हुनुभ...
08/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा झापाका पाँचवटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट विजयी हुनुभएको छ ।

समानुपातिक मत अपडेट (हालसम्मको गणना)१. रास्वपा – १०,११,३३४ मत (५१.४३%)२.  कांग्रेस – ३,३४,८६९ मत (१७.०३%)३. एमाले – २,६७...
08/03/2026

समानुपातिक मत अपडेट (हालसम्मको गणना)

१. रास्वपा – १०,११,३३४ मत (५१.४३%)
२. कांग्रेस – ३,३४,८६९ मत (१७.०३%)
३. एमाले – २,६७,२३३ मत (१३.५९%)
४. नेकपा – १,१८,३९२ मत (६.०२%)
५. राष्ट्रिय प्रजातन्त्र पार्टी – ७२,९५५ मत (३.७१%)
६. श्रम संस्कृति पार्टी (माटो) – ४२,४४६ मत (२.१६%)
७. अन्य – १,१९,१६६ मत (६.०६%)
कुल गणना: १९,६६,३९५ मत


Photo:- AI

Address

New Baneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sandesh Aaja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandesh Aaja:

Share