Cold Truth

Directions Contact the business

Cold Truth No filters. No fake vibes. Savage takes, cold truths & real opinions. If the truth hurts, you're in the right place.

मासिक ११ हजार तिरेर नयाँ घर 😱😱पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५०...
03/10/2026

मासिक ११ हजार तिरेर नयाँ घर 😱😱

पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित गर्न संघीय सरकारबाट ५० हजार र प्रदेश सरकारबाट २५ हजार गरी कुल ७५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने व्यवस्थासहित भवन ऐन, २०८३ को विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ ।

भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकमा प्रत्येक नागरिक र उनका परिवारका निम्ति आवास सुनिश्चित गर्ने उद्देश्यले विभिन्न व्यवस्था प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

विधेयकमा निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी तथा मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

पहिलोपटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको डिजाइन तथा मापदण्डअनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । गोठ निर्माणका निम्ति निवेदन दिने नागरिकलाई समेत आवश्यक प्रकृतिजन्य सामग्री निःशुल्क उपलब्ध गराउने व्यवस्था समेटिएको छ ।

विपद् प्रभावित, असुरक्षित तथा जोखिमपूर्ण बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नयाँ घर निर्माण गरिदिने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ ।

नयाँ भवन ऐन तथा नियमावलीमा मध्यम आय भएका नागरिकका निम्ति सुरक्षित, भूकम्प प्रतिरोधात्मक तथा आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ । २० लाखदेखि ७५ लाख रुपैयाँसम्म लागत पर्ने यस्ता घरको प्लिन्थ क्षेत्रफल ९०० देखि एक हजार ३०० वर्गफिटसम्म हुने प्रस्ताव गरिएको छ ।

नागरिकले सहुलियतपूर्ण ऋणमार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा पाँच लाख अग्रिम भुक्तानी गरी १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ ।

१० लाख अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख अग्रिममा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने विकल्प समेत प्रस्ताव गरिएको छ ।

निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका निम्ति सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानुनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ

बिचरा विष्णु सापकोटालाई जेमा पढ्ने जोड्ने काम बन्द गरौं।बारम्बार ममाथि हुने मिडिया ट्रायल र आक्रमण संयोग मात्र हुन् कि स...
03/10/2026

बिचरा विष्णु सापकोटालाई जेमा पढ्ने जोड्ने काम बन्द गरौं।

बारम्बार ममाथि हुने मिडिया ट्रायल र आक्रमण संयोग मात्र हुन् कि सुनियोजित योजना? कि मेरो नाम बेचेर कसैको आम्दानी र कन्टेन्टको पहुँच बढाउने माध्यम बनाइएको हो? अथवा, म बोल्दिनँ, जे गरे पनि हुन्छ भन्ने सोच हो?

यदि मेरो नाम बेचेरै कसैको चुलो बलिरहेको छ भने, त्यसलाई पनि मैले पुण्यकै काम सम्झिनेछु। कहिले गित चलाउन ,कहिले जिन्दगि चलाउन त कहिले ब्यावसाय चलाउन बिष्णु नभै नहुने भएको हो त बजारमा? तर म यति धनी पनि भइसकेको छैन कि आंफुले घर किनेको खबरसमेत समाचार पढेर थाहा पाउनुपरोस ।

म निरन्तर आफ्नै कर्ममा विश्वास गरेर अघि बढिरहेको छु। कसैको कुभलो चिताउने न त समय छ, न त ऊर्जा। मनमा जस्तोसुकै परिस्थिति भए पनि मुसुक्क हाँसेर आफ्नो बाटोमा हिँडिरहेकै छु।

अब हरेक कुरामा मलाइ जोड्न बन्द गरौं 🙏🙏 सकिसकेको कुरालाइ बारबार कोट्याउनुको कुनै तुक छैन । निस्वार्थ कर्म गरौं फल आंफै मिल्छ हरेक बिषयमा अनावश्यक controversy create गर्नै पर्दैन ।

एउटा कुरा सधैँ सम्झनुहोला, वास्तविकता र सामाजिक सञ्जालमा देखाइने कुराबीच आकाश–जमिनको फरक हुन्छ।
त्यसैले, अफवाहको पछि नलागौँ। हरेक विषयमा न्यायाधीश बनेर फैसला सुनाउने हतार नगरौँ। सत्यतथ्य बुझेर मात्र आफ्नो धारणा बनाउने र व्यक्त गर्ने बानी बसालौँ। डलरे मिडियाको पछि नलागौं🙏

किनकि बिना आधार गरिने आरोप, फैलाइने अफवाह र हतारमा गरिने निर्णयले कसैको व्यक्तिगत जीवन मात्र होइन, आफ्नै मानसिक स्वास्थ्य र समग्र समाजलाई समेत हानि पुर्‍याउन सक्छ।

आलोचना स्वीकार्य छ, तर सत्य नबुझी गरिने चरित्रहत्या स्वीकार्य हुन सक्दैन🙏🙏

सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्। कहिल...
03/10/2026

सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई मेरो एउटा आग्रह छ मलाई बाँच्न दिनुस्, मलाई मेरो वर्तमानमा बाँच्न दिनुस्।

कहिलेकाहीँ त मैले कल्पनासम्म पनि नगरेका कुराहरू समाचारमा देख्छु। म मेरो विगत बिर्सेर धेरै अगाडि बढिसकेकी छु। मैले मेरा पुराना घाउहरूलाई नराम्रो सपना सम्झेर छोडिसकेकी छु। तर हरेक कुरामा त्यही विगत निकालेर, पुराना फोटो टाँसेर समाचार बनाउँदा फेरि त्यही घाउ कोट्याइन्छ। मलाई मुक्ति दिनुस्।

मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्। विगत मेरो जीवनको एउटा अध्याय हो, मेरो सम्पूर्ण जीवन होइन।कृपया त्यो अध्याय बन्द गरिदिनुस्। 🙏 अनि अर्को कुरा, यो कुरा म कुनै घमण्डले होइन, आत्मविश्वासका साथ भन्छु मलाई आफ्नो पहिचान बनाउन कसैको नामको सहारा चाहिँदैन।

त्यसैले मेरो विगतसँग जोडिएका कुनै नाम वा सम्बन्धलाई बारम्बार निकालेर मेरो आजको परिचय बनाइदिन आवश्यक छैन।- Eleena Chauhan

सकियो त रोनाल्डो युग ? क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल कस्तो देखिएला? यो प्रश्नको जवाफ डेनमार्कविरुद्धको पछिल्लो खे...
02/10/2026

सकियो त रोनाल्डो युग ?

क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगल कस्तो देखिएला? यो प्रश्नको जवाफ डेनमार्कविरुद्धको पछिल्लो खेलले केही हदसम्म दिएको छ। यूईएफए नेसन्स लिगमा रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगलले डेनमार्कलाई ४-२ ले हराएपछि फुटबल वृत्तमा नयाँ बहस तातेको छ।

नर्वेविरुद्ध बेन्चमा राखिएपछि असन्तुष्ट हुँदै प्रशिक्षण शिविर छाडेका ४१ वर्षीय रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलका नयाँ पुस्ताका खेलाडीले उत्कृष्ट खेल पस्किए। प्रशिक्षक जोर्जे जेसुसले खेलाडीको जस्तोसुकै हैसियत भए पनि 'नियम सबैका लागि समान हुने' कडा सन्देश दिएका छन्। सन् २०१७ यताको तथ्यांक हेर्ने हो भने पनि रोनाल्डोबिना पोर्चुगलको जित प्रतिशत ६४% (प्रतिखेल २.७ गोल) छ भने उनी हुँदा ६३% (प्रतिखेल २.१ गोल) रहेको छ। के अब पोर्चुगल एक व्यक्तिको छायाबाट बाहिर निस्कन खोजेको हो?

Argentina: Messi, don’t retire 💔Portugal: Cristiano, please retire
02/10/2026

Argentina: Messi, don’t retire 💔

Portugal: Cristiano, please retire

रोनाल्डोको भाइ उनको जर्सी लाएर आए 😊पोर्चुगलको टिममा करिब २ दशक पछि ७ नम्बरको आइकोनिक जर्सीमा नयाँ खेलाडी देखिए, राफायल ल...
02/10/2026

रोनाल्डोको भाइ उनको जर्सी लाएर आए 😊

पोर्चुगलको टिममा करिब २ दशक पछि ७ नम्बरको आइकोनिक जर्सीमा नयाँ खेलाडी देखिए, राफायल लिआओ। प्रशिक्षक जोर्गे जेसुससँगको अमझदारीपछि क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको क्याम्प छाडेलगत्तै जेसुले लिआओलाई ७ नम्बरको जर्सी दिएका थिए।

सुपरस्टार रोनाल्डो टिम छाडेको केही घण्टामै लिआओलाई ७ नम्बरको जर्सी दिए जेसुसको निर्णयको अहिले आलोचना भइरहेको छ।

डेनमार्कविरुद्धको नेसन्स लिगको खेलमा लिआओ ७ नम्बरको जर्सी लगार पहिलो रोजाईमै खेलेका थिए। उनले ६३ मिनेट मैदानमा बिताएका थिए।

७ नम्बरको जर्सीमा लिआओको खेल कस्तो लग्यो त?

रोनाल्डोले पोर्चुगलबाट खेल्न छाडेपछि आज केटाहरूले पहिलो खेलमा चार गोल गरेछन्। रोनाल्डोलाई असफल बनाउनकै लागि यसै नखेलेको ...
02/10/2026

रोनाल्डोले पोर्चुगलबाट खेल्न छाडेपछि आज केटाहरूले पहिलो खेलमा चार गोल गरेछन्।

रोनाल्डोलाई असफल बनाउनकै लागि यसै नखेलेको त होइन?

आज डेनमार्क विरुद्धको खेलमा केटाहरूले चार गोल गरे।

रोनाल्डो जतिको खेलाडीको यसरी अपमानजनक कार्य राम्रो भएन है

रोनाल्डोकै कारणले त केटाहरूले नखेलेका होइनन्?

बल्ल अब 2030 मा पोर्चुगलले विश्वकप के गर्ला त सब योङ्ग प्लेयर छ ल्याएका छन्?

रोनाल्डोलाई पोर्जुवाले सम्मानसहित विदाई गरोस्।

महिनाको लाखौं खर्च गरेर २० जना सल्लाहकार राखेको यसकै लागि होला। मल्टिप्लक मन्त्रीको बुद्धि पनि मल्टिप्लगमै गएछ कि क्या ह...
02/10/2026

महिनाको लाखौं खर्च गरेर २० जना सल्लाहकार राखेको यसकै लागि होला।

मल्टिप्लक मन्त्रीको बुद्धि पनि मल्टिप्लगमै गएछ कि क्या हो?

अब मल्टिप्लग अन हुँदा २०% बिजुली खान्छ भन्या छ।

कहाँ पढेको हो? मन्त्रालयमा २० जना सल्लाहकारले यही सल्लाह दिन्छन् कि क्या हो?

कस्ता कस्ता मान्छे मन्त्री हुन्छन् यार नेपालमा? खपत बढाउनुपर्ने ठाउँमा खपत घटाउ भनिराछ त्यो पनि मल्टिप्लग बन्द गरेर थुक्क।

कांग्रेस २.०सबै उम्मेदवारसँग ५७ हजार शुल्क लिएर चुनाव नगरी अरुलाई निर्विरोध घोषणा !छैन त रमाइलो गगन कांग्रेसमा? अनि तपाई...
02/10/2026

कांग्रेस २.०

सबै उम्मेदवारसँग ५७ हजार शुल्क लिएर चुनाव नगरी अरुलाई निर्विरोध घोषणा !

छैन त रमाइलो गगन कांग्रेसमा?

अनि तपाईं कुन कांग्रेस शेरबहादुर देउवा । गगन कांग्रेस?

आफ्नो मत तल कमेन्ट बक्समा राख्नुहोस् अनि कुन कांग्रेस हो तागत देखाउनुहोस्

महानगरमा हुँदा बालेनको सिपाही राजनाथ पाण्डेले कसलाई भने यो? कहाँ, कस्तो, कसरी बोल्ने तपाईंको विषय हो .. अरूलाई सिकाउने क...
02/10/2026

महानगरमा हुँदा बालेनको सिपाही राजनाथ पाण्डेले कसलाई भने यो?

कहाँ, कस्तो, कसरी बोल्ने तपाईंको विषय हो .. अरूलाई सिकाउने काम बन्द गर्नुहोस् !तपाईंको जनमतको हैसियत पनि ख्याल गर्नुस् !!!

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Cold Truth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cold Truth:

Shortcuts

Share