22/11/2025
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
मेष : मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया पेशाको थालनीका लागि पनि आज राम्रो छैन । आफन्त इष्टमित्र, कसैबाट, शत्रूता पारिदिने सम्भावना बलियो छ । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।
बृष : समय शुभ रहनेछ, आम्दानीका नया स्रोत थपिंदै जानेछन् । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गासिएका काममा लगानी हुन सक्नेछ । नया“–नया“ कार्ययोजना बनाउदा लाभ पाइने छ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।
मिथुन : समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले अप्ठ्यारो पनि पार्न सक्ने छ ।
कर्कट : आफन्त व्यक्तिसगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।
सिंह :मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन ।
कन्या : समय राम्रै छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । कामबाट फाइदा राम्रै पाइने देखिन्छ l उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ ।
तुला : स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।
वृश्चिक : स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दु:ख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको यात्रा नगर्नुहोला । चोट लाग्ने बलियो सम्भावना छ ।
धनु : आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।
मकर : स्वास्थ्य राम्रो रहनेछ । । आर्थिक लाभ राम्रो पाउनु हुनेछ । धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ ।स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जागर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ
कुम्भ : जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ ।
मीन : आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । धार्मिक कार्यमा मन जान सक्नेछ । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ, तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।