Kalo Jhola

Kalo Jhola Kalo Jhola - Telling Stories That Matter

Your Story, Our Voice

https://www.facebook.com/share/p/1CuvnYqeeH/
13/09/2026

https://www.facebook.com/share/p/1CuvnYqeeH/

सूर्यको सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधको सतहबारे गरिएको नयाँ अध्ययनले यसको प्राचीन इतिहासमा नयाँ तथ्य सार्वजनिक गरेको छ । वैज्ञानिकहरूका अनुसार बुधको सतहमा सिलिकन डाइअक्साइडको मात्रा यसअघि अनुमान गरिएको भन्दा निकै कम, करिब ३७ प्रतिशत मात्रै रहेको पाइएको छ ।

जर्मनीका वैज्ञानिक संस्थाका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार बुधको सतहमा कम सिलिकन डाइअक्साइड हुनुबाट अर्बौं वर्षअघि ग्रहको भित्री भाग र ज्वालामुखीय वातावरण अनुमान गरिएभन्दा निकै तातो रहेको हुन सक्ने देखिएको छ। यो अध्ययन ‘प्लेनेटरी रिसर्च जर्नल’मा प्रकाशित भएको छ ।

वैज्ञानिकहरूका अनुसार बुधका प्राचीन ज्वालामुखीबाट निस्किएको लाभा ग्रहको भित्री तहको निकै गहिरो भागबाट आएको हुन सक्छ । त्यहाँ अत्यधिक तापक्रमका कारण ठूलो मात्रामा चट्टान पग्लिएको र त्यसबाट बनेको लाभामा सिलिकन डाइअक्साइडको मात्रा कम रहेको हुन सक्ने उनीहरूको अनुमान छ ।

यद्यपि बुधको प्रारम्भिक सतहमा सिलिकन डाइअक्साइड बढी रहेको र पछि ग्रहले अक्सिजन गुमाएका कारण यसको मात्रा घटेको हुन सक्ने अर्को सम्भावना पनि वैज्ञानिकहरूले औँल्याएका छन् ।

बुधका चट्टानका प्रत्यक्ष नमुना पृथ्वीमा उपलब्ध नभएकाले वैज्ञानिकहरूले यसको सतहबाट प्राप्त हुने अवरक्त विकिरणको अध्ययन गरेका थिए । अध्ययनलाई अझै सटीक बनाउन प्रयोगशालामा करिब आधा मिलिमिटर आकारका काँचका साना गोलाहरू तयार गरी तिनमा निश्चित मात्रामा सिलिकन डाइअक्साइड राखेर अवरक्त गुण परीक्षण गरिएको थियो ।

यो विधि पहिले चन्द्रमामा परीक्षण गरिएको थियो। चन्द्रमाबाट प्राप्त वास्तविक चट्टानका नमुना र अन्तरिक्ष यानबाट प्राप्त तथ्याङ्क तुलना गरेर विधिको विश्वसनीयता परीक्षण गरिएको थियो । त्यसपछि यही विधि बुधमा प्रयोग गर्दा पृथ्वीबाट गरिएको अवरक्त अवलोकनका आधारमा बुधको सतहमा करिब ३७ प्रतिशत सिलिकन डाइअक्साइड रहेको अनुमान गरिएको हो ।

अब युरोपेली अन्तरिक्ष निकाय र जापानको संयुक्त ‘बेपीकोलम्बो’ अभियानबाट यसबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । बुधको कक्षमा पुगेर उक्त अभियानले उच्च गुणस्तरका अवरक्त तथ्याङ्क संकलन गर्नेछ। यसबाट बुधको सतहमा सिलिकन डाइअक्साइडको वास्तविक मात्रा तथा यसको अत्यन्त तातो ज्वालामुखीय अतीतबारे थप जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ ।


https://kalojhola.com/article/293

https://www.facebook.com/share/p/1GoA4tsNc2/
12/09/2026

https://www.facebook.com/share/p/1GoA4tsNc2/

मध्यपूर्वमा जारी युद्ध चर्किँदै गएपछि साउदी अरबले हवाई आक्रमणको निशानामा परेको आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार सावधानीका रूपमा पाइपलाइन बन्द गरिएको हो । करिब १ हजार २ सय किलोमिटर लामो उक्त पाइपलाइनले दैनिक ४० देखि ५० लाख ब्यारेल कच्चा तेल ओसार्दै आएको थियो ।

साउदी र इराकका अनुसार पाइपलाइनमा भएको ड्रोन आक्रमण इराकबाट भएको थियो। आक्रमणपछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाएको छ ।

यसैबीच, इरान समर्थित हुथी विद्रोहीले लाल सागरको महत्वपूर्ण बाब अल–मन्देब क्षेत्रमा आफ्नो नियन्त्रण बढाउँदै लगेका छन्। हुथीहरूले साउदी जहाजबाहेक अन्य जहाजको समुद्री आवागमन सुरक्षित रहेको बताएका छन् ।

साउदी अरबले हुथीविरुद्ध अमेरिकी सैन्य सहयोग मागेको भए पनि अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारबाही गर्न अस्वीकार गर्दै सूचना आदानप्रदान र लक्ष्य पहिचानमा सहयोग गर्ने जनाएको छ ।

पाइपलाइन बन्द हुनु र लाल सागर तथा होर्मुज जलडमरूमध्यमा तेल ढुवानी प्रभावित भएपछि विश्व बजारमा तेल आपूर्तिमा थप दबाब पर्ने देखिएको छ ।

https://kalojhola.com/article/273

https://www.facebook.com/share/p/14ht2q2X1ef/
11/09/2026

https://www.facebook.com/share/p/14ht2q2X1ef/

प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बेपत्ता नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि उनले बताएका थिए ।

प्रधानमन्त्री शाहले बाढीपछि न्युजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

उनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा क्षति तथा नोक्सानीका लागि उपलब्ध हुने वित्तीय सहयोगमा न्युजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गरेका थिए ।

वार्ताका क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा भएको विनाशकारी बाढीप्रति आफ्नो सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएको सचिवालयले जानकारी दिएको छ ।


https://kalojhola.com/article/241

https://www.facebook.com/share/p/19Mwj7y6sV/
10/09/2026

https://www.facebook.com/share/p/19Mwj7y6sV/

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।

उनले विहिबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जानकारी दिएको छ ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।
https://kalojhola.com/article/216

https://www.facebook.com/share/p/1BwZaxC39A/
09/09/2026

https://www.facebook.com/share/p/1BwZaxC39A/

ढीका कारण आपूर्ति प्रणालीमा असर परेपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास लिन सकिने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन जुनसुकै कम्पनीको सिलिन्डरबाट ग्यास उपलब्ध गराउन निर्देशन दिएकी छन् ।

मन्त्री यादवले उपत्यकामा आफूले प्रयोग गर्ने कम्पनीको सिलिन्डर उपलब्ध नभए अर्को कम्पनीको सिलिन्डरसँग उही मूल्यमा साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

यसबाट उपभोक्ताले आफ्नो कम्पनीको सिलिन्डर नपाएको अवस्थामा अन्य कम्पनीको सिलिन्डरबाट समेत ग्यास पाउनेछन् ।

मन्त्री यादवले व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगलाई निर्देशन दिएकी छन्। साथै, कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत काम गर्ने जोकोहीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएकी छन् ।


https://kalojhola.com/article/184

08/06/2026

काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्रा.....

आजको राशिफल बिस २०८३ जेठ २१ गते बिहिबार ईस २०२६ जुन ०४ नेपाल सम्बत ११४६ अनालागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तराय...
04/06/2026

आजको राशिफल बिस २०८३ जेठ २१ गते बिहिबार ईस २०२६ जुन ०४ नेपाल सम्बत ११४६ अनालागा चतुर्थी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ कृष्ण चतुर्थी, चन्द्रमा धनु राशिमा, उत्तरषाढा नक्षत्र, शुक्ल योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ७ मिनेटदेखि ६ बजेर ५१ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस परेको छ ।

मेष

आजको दिन ऊर्जा र नयाँ सम्भावनाले भरिएको रहनेछ। कार्यक्षेत्रमा तपाईंले गरेका पुराना प्रयासको सकारात्मक परिणाम देखिन थाल्न सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक पूरा गर्ने क्षमता रहनेछ। व्यवसायमा विस्तारको सोच बनिरहेको छ भने त्यसका लागि आवश्यक तयारी गर्न उपयुक्त समय छ। आर्थिक पक्षमा आम्दानी र खर्चबीच सन्तुलन कायम रहने सम्भावना छ। परिवारका सदस्यहरूसँग सम्बन्ध थप आत्मीय बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्ने संकेत छन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामको चापले थकान महसुस हुन सक्छ।

वृष

आज धैर्य, संयम र व्यवहारिक सोचले सफलता दिलाउने दिन छ। कार्यक्षेत्रमा केही चुनौती आए पनि अनुभव र लगनशीलताले समाधान निकाल्न सक्नुहुनेछ। आर्थिक पक्षमा सन्तोषजनक सुधार देखिन सक्छ। रोकिएको रकम प्राप्त हुने वा पुरानो कारोबारबाट लाभ मिल्ने सम्भावना छ। परिवारभित्रको वातावरण शान्त र सहयोगी रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ। भविष्यका योजना बनाउने र दीर्घकालीन निर्णय गर्ने दृष्टिले दिन उपयोगी रहनेछ।

मिथुन

आज तपाईंको दिन व्यस्त तर उपलब्धिमूलक रहने सम्भावना छ। विभिन्न काम र जिम्मेवारीले समय व्यस्त बनाए पनि अन्ततः सन्तोषजनक परिणाम प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठको सहयोग मिल्न सक्छ। आर्थिक पक्षमा सामान्य अवस्था रहनेछ, तर अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ। नयाँ व्यक्तिसँग परिचय हुने सम्भावना छ, जसले भविष्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। पारिवारिक सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्य सामान्य भए पनि पर्याप्त आराम गर्न आवश्यक हुनेछ।

कर्कट

आज भावनात्मक रूपमा सन्तुलित र सकारात्मक दिन रहनेछ। परिवारका सदस्यहरूसँग समय बिताउने अवसर प्राप्त हुनेछ। घरपरिवारमा खुसीको वातावरण बन्न सक्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र लगनशीलताको कदर हुनेछ। रोकिएका कामहरू अघि बढ्न सक्छन्। आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। पुरानो चिन्ता वा तनाव कम हुँदै जानेछ। स्वास्थ्यमा सुधार देखिनेछ। मनमा नयाँ आशा, उत्साह र आत्मविश्वास बढ्ने दिन रहनेछ।

सिंह

आज नेतृत्व क्षमता र निर्णय शक्तिले विशेष भूमिका खेल्नेछ। कार्यक्षेत्रमा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ। तपाईंका विचार र योजनालाई अरूले समर्थन गर्ने सम्भावना छ। आर्थिक रूपमा दिन सकारात्मक देखिन्छ, तर ठूलो लगानी वा खर्च गर्नुअघि राम्रोसँग विचार गर्नु आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा बढ्न सक्छ। परिवारको सहयोगले मनोबल बढाउनेछ। प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर ऊर्जा महसुस हुनेछ।

कन्या

आज अध्ययन, अनुसन्धान, लेखन तथा बौद्धिक कार्यमा सफलता मिल्ने सम्भावना छ। नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा धैर्यका साथ अघि बढ्दा राम्रो परिणाम हात लाग्नेछ। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारका सदस्यहरूसँग सम्बन्ध सुमधुर रहनेछ। यात्रा वा बाहिरी कामको सम्भावना बन्न सक्छ। स्वास्थ्यमा सामान्य सावधानी अपनाउनु राम्रो हुनेछ। आफूले बनाएको योजना कार्यान्वयन गर्न आजको दिन उपयोगी देखिन्छ।

तुला

आज आर्थिक पक्षमा विशेष सुधार देखिन सक्छ। रोकिएको रकम प्राप्त हुने वा आम्दानीका नयाँ स्रोत खुल्ने सम्भावना छ। कार्यक्षेत्रमा सहकर्मी र मित्रहरूको सहयोग मिल्नेछ। व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिवारमा खुसी र सन्तोषको वातावरण रहनेछ। सामाजिक गतिविधिमा सहभागिता बढ्न सक्छ। आत्मविश्वास र उत्साहका कारण नयाँ काम सुरु गर्ने प्रेरणा प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृश्चिक

आज मेहनत र लगनशीलताको प्रतिफल प्राप्त हुने दिन छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि अन्ततः सफलता तपाईंको पक्षमा आउने सम्भावना छ। आर्थिक लाभका अवसरहरू देखा पर्न सक्छन्। परिवारमा शुभ समाचार प्राप्त हुन सक्छ। सम्बन्धमा विश्वास र पारदर्शिता कायम राख्न सके सम्बन्ध अझ प्रगाढ बन्नेछ। नयाँ योजना वा सोचले भविष्यका लागि महत्वपूर्ण आधार तयार गर्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

धनु

आजको दिन उत्साह, उमंग र सकारात्मक सोचले भरिएको रहनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। तपाईंको सक्रियता र मेहनतले राम्रो परिणाम दिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्ने सम्भावना छ। आर्थिक पक्षमा सुधार देखिनेछ। सामाजिक क्षेत्रमा सम्मान र लोकप्रियता बढ्न सक्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। नयाँ काम सुरु गर्न वा पुरानो काम विस्तार गर्न अनुकूल समय रहेको छ।

मकर

आज जिम्मेवारी बढ्न सक्ने दिन हो। कार्यक्षेत्रमा अतिरिक्त कामको भार आउन सक्छ, तर योजनाबद्ध रूपमा अघि बढे सफलता प्राप्त हुनेछ। आर्थिक पक्ष सामान्य रहनेछ, तर खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। परिवारको साथ र सहयोगले मानसिक बल प्रदान गर्नेछ। स्वास्थ्यमा थकान वा आलस्य महसुस हुन सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ। दीर्घकालीन योजनामा प्रगति हुने संकेत देखिन्छ। धैर्य र अनुशासनले तपाईंलाई लक्ष्यतर्फ अगाडि बढाउनेछ।

कुम्भ

आज नयाँ सोच, नयाँ योजना र नयाँ अवसरको दिन रहनेछ। कार्यक्षेत्रमा प्रगति हुने सम्भावना छ। रोकिएका कामहरू पूरा हुन सक्छन्। साथीभाइ तथा सहकर्मीको सहयोगले महत्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारभित्र खुसी र समझदारीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुने सम्भावना छ। आत्मविश्वास बढ्ने भएकाले महत्वपूर्ण निर्णय लिन सक्नुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

मीन

आज मिश्रित परिणाम दिने दिन भए पनि धैर्य र सकारात्मक सोचले सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा केही चुनौती देखिए पनि समाधानका बाटाहरू खुल्दै जानेछन्। आर्थिक पक्षमा सावधानी अपनाउनु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना कामहरू पूरा गर्ने अवसर प्राप्त हुन सक्छ। नयाँ योजना बनाउनुअघि सबै पक्षको गहिरो मूल्यांकन गर्नु राम्रो हुनेछ। दिनको अन्त्यतिर कुनै सुखद समाचार वा सकारात्मक संकेत प्राप्त हुन सक्छ, जसले आगामी दिनप्रति आशावादी बनाउनेछ ।

चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् ।प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थ...
30/05/2026

चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको ई-रिक्सालाई ना ८ ख ३२०५ नम्बरको टिप्पनले ठक्कर दिदा ई-रिक्साका चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेहरुको हाल मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ई-रिक्सा, टिप्पर र टिप्परका चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्र...
26/05/2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु आइसीएस इमिग्रेसन सर्भिस नेपाल प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने भारत पंजाव मोहाली घर भएका २६ वर्षीय अमित कुमार र काठमाडौं महानगरपालिका-३ बस्ने भारत हरियाणा फरिदावाद घर भएका ३९ वर्षीय राहुल कुमार, काठमाडौं तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका-६ घर भएकी २७ वर्षीया मुस्कान घिमिरे, ललितपुर, ललितपुर महानगरपालिका-२३ बस्ने मकवानपुर बकैया गाउँपालिका-९ घर भएका ३९ वर्षीय जनक बहादुर वाईबा, ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका २७ वर्षीय मिलन घिमिरे, काठमाडौं महानगरपालिका-१५ बस्ने मोरङ बेलबारी नगरपालिका-३ घर भएका २७ वर्षीय कमल थापा र काठमाडौं महानगरपालिका-७ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएकी ४० वर्षीया नितु घिमिरे रहेका छन् ।

पक्राउ मध्ये अमित र राहुलले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १ करोड ५७ लाख ६५ हजार ४ सय रूपैयाँ, मुस्कानले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, जनकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ, मिलनले क्रोएशिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ३५ हजार रूपैयाँ, कमलले बेलायत, रोमानिया लगायतका देशहरू फटाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २७ लाख ५० हजार रूपैयाँ र नितुले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमित र राहुललाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, मुस्कानलाई टोखा नगरपालिका-३ बाट, जनकलाई ललितपुर महानगरपालिका-२३ बाट र मिलनलाई ललितपुर महालक्ष्मी नगरपालिका-४ बाट आइतबार तथा कमललाई काठमाडौं नागार्जुन नगरपालिका-१ बाट र नितुलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Address

Gaurighat
Kathmandu
4600

Alerts

Be the first to know and let us send you an email when Kalo Jhola posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalo Jhola:

Shortcuts

Share