18/09/2025
आवश्यकता पर्दाको खाँचो
नत्र लगाइदेऊ साँचो
अनि
थन्काइदेऊ कतै कुनामा
जसरी पुरानो पुस्तक धुलोले ढाकिन्छ,
त्यसैगरी मेरो मौनताले ढाकियो,
तिम्रो न्यानोपनको पर्खाइमा।
सम्बन्धको त्यो घरमा,
म एउटा निर्जीव वस्तु बन्दै गएँ।
जब तिम्रो जीवनमा बादल लाग्छ,
र तिमी एक्लोपनाको वर्षामा रुझ्छौ,
तब मात्र म तिम्रो आँखामा देखिन्छु,
जसरी सूर्य ग्रहणको अन्धकारमा
चन्द्रमाको किरण चम्किन्छ।
तर, जब उज्यालो फर्कन्छ,
र तिम्रा दिनहरू फेरि हाँस्न थाल्छन्,
मलाई फेरि सोही कुनामा पठाइन्छ,
जहाँ यादहरू मात्र हुन्छन्।
मेरो अस्तित्व तिम्रो आवश्यकतामा मात्र बाँचेको छ,
यो नियति हो कि यो सम्बन्ध?
मलाई थाहा छ,
यो खेल कहिल्यै टुङ्गिँदैन,
र मलाई थाहा छ,
यो मौनता पनि कहिल्यै तोडिँदैन।
🙃🤘