24/02/2026
एउटा बाँदरले सिकाएको पाठ — जापानको इचिकावा चिडियाखानाको यो सानो बच्चा बादरको तस्विर तपाईले पक्कै देख्नुभएको होला । जसको नाम हो, पन्च । पन्चलाई जन्म दिएपछि उसको आमा आफैले बहिस्कार गरिन । उसको आमा सहित अरू बाँदरहरूले समेत छेउमै आउँन नदिने, धपाउने, तर्साउने, चिथोर्ने गर्न थाले । सायद पहिलोपटक आमा बनेको कारण उसले पन्चलाई आफ्नो मातृत्व दिन सकिनन् । यसले त्यो सानो बाँदरले आमाको काँख पाएँन, स्नेह पाएँन त्यो नान्यो पाएँन । उ आफ्नै आमा बुवाबाट एक्लियो, आफ्नो उमेरका बाँदरबाट एक्लियो, झुण्डबाट नै एक्लियो ।
एक्लो बनेको त्यो बाँदरले एउटा साथी पायो, तर निर्जीव । ओराङउटाङ्ग को आकृति भएको गुडिया । उसले त्यही गुडियालाई आमा बनायो, साथी बनायो, सहयात्री बनायो । त्यसैसंग सुत्यो, त्यससैसँग उठ्यो, जहाँ गयो उसैलाई बोकेर हिड्यो । डराउदा त्यहीँ गुडियाको पछि लुक्यो । निदाउडा त्यसैको सिरान बनायो । त्यो दृश्यले सबैलाई भावुक बनायो, धेरैको मनलाई छोयो र पन्च एकाएक इन्टरनेटको सेन्सेसन बन्न पुग्यो ।
पन्च बदरलाई हेर्दा लाग्छ, जीवनमा हामी सबै तबसम्म एक्लो हुन्छौ जब साथ अरूबाट खोज्छौ, अरूबाट स्नेह र माया चाहन्छौ तर जुन दिन आफैभित्र हेर्न र रमाउन सिक्छौ, आफ्नै मनलाई साथी बनाउन सक्छौ तब एक्लोपनसंग लड्न सकिने रहेछ ।
प्रकृति कहिलेकाही कठोर हुन्छ, तर आफैलाई माया गर्न र आफ्नो संघर्ष गर्न भने कहिल्यै छोड्नु हुँदैन । एकदिन यस्तो पनि आउनेछ, सारा विश्वले तपाईलाई माया गर्न थाल्नेछ, तपाईको साथी बन्नेछ ।