01/11/2025
एउटी बालिका स्कुलमा लडेर घाइते हुन्छिन् । तर शिक्षकले अस्पताल पठाउनुको सट्टा अटो खोजेर घर पठाइदिन्छन् । घाइतेको बुबा (अभिभावक)ले आपत्ति जनाउँदै अस्पतालबाटै मिडियामा खबर गर्छन् जसरी भएपनि समाचार बनाइदिन अनुरोध गर्छन् ।
विद्यालयलाई सुझाव र सुधारको अनुरोध सहितको समाचार प्रकाशित भएपछि शिक्षकहरु यस्तो सामान्य घटना नि समाचार बनाएको भन्दै उल्टै मिडियालाई गाली गर्दै वक्तव्यबाजी गर्छन् ।
अनि घटनाको छानबिन गर्न बनेको कार्यदलले प्रतिवेदन दिनु अघि नै तीन दल निकट शिक्षकहरु वक्तव्यबाजीका लागि हतारिन्छन् ।
अब प्रश्न उठ्छ :
- यो घटना सामान्य हो, घाइतेलाई अस्पताल हैन घर पठाउँदा हुन्छ भनेर हस्पिटल चेकअप हुनु अगावै शिक्षकलाई कसरी थाहा भएछ ?
- घटना न्यूज भ्यालुको हो कि होइन, त्यो शिक्षकले तय गर्ने हो ?
- विद्यालयमा घाइते हुँदा अस्पताल लैजानुपर्ने वा पठाउनुपर्ने तपाईंहरुको दायित्व वा जिम्मेवारी हो कि होइन ?
अब, अरु जे सुकै होस, स्वदेश र कर्मादिप च्यानलको यो समाचारसंगै अब माडीका कुनै पनि स्कुलमा कोहि पनि विद्यार्थी घाइते भएमा भने सिधै घर पठाइनेछैनन्, बल्की उपचार पाउनेछन् । स्कुलहरु जिम्मेवारी बन्नेछन् । बनेनन् भने मिडियाले फेरि लेख्नेछ, बोल्नेछ ।