Madhumalla Online

Madhumalla Online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhumalla Online, Media/News Company, Madhumalla, Kathmandu.

तपाईँलाई समयमै, सत्य र विश्वासिलो समाचार दिनु नै हाम्रो उद्देश्य हो। स्थानीय घटनाक्रमदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारसम्म—हामी तपाईँलाई जानकारीमूलक र रोचक समाचार पुर्‍याउनेछौं।

👉 नयाँ अपडेट नछुटाओस् भन्नका लागि हाम्रो पेज फलो गर्न नभुल्नुहोस्।

05/11/2025

माओवादी र एकीकृत समाजवादीकाे एकता सम्मेलन

इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रह...
05/10/2025

इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । कम्तिमा १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । यद्यपि यो संख्या प्रहरीबाट पुष्टि हुन बाँकी छ ।

इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामको इलाम नगरपालिका वडा नं. ६ घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ ।

२ जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् ।

यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् ।

त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा बाढी पहिरोले क्षति पुर्‍याए पनि संख्या एकिन हुन बाँकी रहेको बताइन् । पानी पर्न रोकिएकाले बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।

सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दु...
04/10/2025

सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।

रवि निस्किएपछि भागेका कैदीमध्ये एकले गरे पत्नीको हत्या!काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५/३६ वर्षीय सन्तबहादुर तामाङल...
21/09/2025

रवि निस्किएपछि भागेका कैदीमध्ये एकले गरे पत्नीको हत्या!

काभ्रेको पनौती नगरपालिका–१२ गागलका ३५/३६ वर्षीय सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका छन्। वडाध्यक्ष जयराम केसीका अनुसार, नख्खु कारागारबाट भागेका सन्तबहादुर घर फर्किएलगत्तै पारिवारिक विवादको क्रममा श्रीमतीमाथि आक्रमण गरेका थिए। घटनास्थलमै मनिषाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस घटनापछि प्रहरीको विशेष सर्च अपरेसन सुरु भएको छ भने, समाजमा गम्भीर प्रश्न उठेको छ – “रवि निस्किएपछि भागेका कैदीहरूको जिम्मा कसले लिने?”

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कमिटीहरु भङ्‍ग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका ...
21/09/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी कमिटीहरु भङ्‍ग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

सरकारले राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिनेकाठमाडौं । सरकारले आगामी भदौ २३ र २४ गतेको जेन-जेड प्रदर्शनमा ज्यान गुमाउनेहर...
16/09/2025

सरकारले राष्ट्रिय शोकमा सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले आगामी भदौ २३ र २४ गतेको जेन-जेड प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप बुधबार (भदौ १) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार नेपालभरका सरकारी कार्यालय, दूतावास तथा नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

🇳🇵 अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेट...
16/09/2025

🇳🇵 अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता

👉 भारतले नेपालको विकास, समृद्धि र पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

👉 भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको राजदूत श्रीवास्तवले उल्लेख गरे।

#हाम्रोनेपाल

प्रतिनिधिसभा निर्वाचनमा पुर्व प्रधानमन्त्री केपि ओलिको क्षेत्र झापा ५ बाट सेयर लगानिकर्ता सुबासचन्द्र भट्टराई ( Subash C...
16/09/2025

प्रतिनिधिसभा निर्वाचनमा पुर्व प्रधानमन्त्री केपि ओलिको क्षेत्र झापा ५ बाट सेयर लगानिकर्ता सुबासचन्द्र भट्टराई ( Subash Chandra Bhattarai )ले चुनाब लड्ने घोषणा गरेका छन् ।

एमालेभित्र पार्टी पुनर्गठनबारे बहस : अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई संरक्षक राखेर नयाँ नेतृत्व- जेनजी आन्दोलनपछिको राजन...
16/09/2025

एमालेभित्र पार्टी पुनर्गठनबारे बहस : अध्यक्ष, उपाध्यक्ष र महासचिवलाई संरक्षक राखेर नयाँ नेतृत्व

- जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था सामान्य नभएपछि एमालेभित्र पार्टी पुनर्गठनबारे बहस सुरु भएको छ।

- पार्टीभित्र नेतृत्व परिवर्तन र युवा पुस्तालाई जिम्मेवारी दिने विषयमा नेताहरूबीच छलफल भइरहेको छ।

- एमालेका नेताहरूले नेपाली कांग्रेसको रणनीतिलाई पनि हेरेर पार्टी पुनर्गठन गर्नेबारे छलफल गरिरहेका छन्।

16/09/2025

मृतक परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख दिइने

मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।

यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो- यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोक लगाएको छ, तर यसको आधिकारिक कारण खुलाएको छ...
16/09/2025

यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो

- यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोक लगाएको छ, तर यसको आधिकारिक कारण खुलाएको छैन।

- ट्राभल्स एजेन्सीहरूले भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन्, र दुबईले पहिले नै कडाइ गरिसकेको थियो।

- यूएईमा नेपाली कामदारको संख्या बढ्दै गएपछि भिसामा अस्थायी प्रतिबन्ध लगाइएको हुनसक्ने अनुमान छ।

Address

Madhumalla
Kathmandu
56605

Alerts

Be the first to know and let us send you an email when Madhumalla Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share