01/07/2026
आज लेखक JN Dahal दाहालको जन्मदिन । उहाँलाई जन्मदिवसको लाखौलाख शुभकामना ।
'लेखककी छोरी' तथा 'प्रहेलिका' जस्ता लोकप्रिय आख्यानकृति जन्माएर तथा विभिन्न पुरस्कार विजेता, नेपाली आख्यानका क्षेत्रमा ख्याति कमाइसकेका सर्जक जे.एन. दाहाल चिनाइरहनु पर्ने सर्जक होइनन् । सानै उमेरमा पाठकको अपार माया आर्जन गर्न सफल आख्यानकार दाहालका रचनामा नेपालीभाषी भूटानीको कथाव्यथा, पलायनको विभिषिका, तेस्रो मुलुकमा पुनरार्वास र अपरिचित सांस्कृतिक परिवेशमा भोग्नुपरेको आनुकूलन र पहिचानको सङ्घर्षले मूल अंश ओगटेको पाइन्छ ।
'दोमा' उनको तेस्रो आख्यानकृति हो । यसमा समेटिएका अधिकांश कथाको मूल पृष्ठभूमि भूटान नै हो, र कथालाई भूटान छोडेर पलायनको बाटो रोज्न बाध्य पात्रका स्मृति, अनुभव र अनुभूतिको जगमा उभ्याइएको छ । कल्पनाको कलेवर पनि यथेष्ठ भए पनि कथा यथार्थको निकट छन् र पात्रहरू जीवन्त लाग्छन् । छुट्टाछुट्टै भएर पनि समान कथ्यको धागोले बुनिएका यी कथामा एउटा क्रमिकता पाइन्छ, एउटा अविछिन्न प्रवाह र योग पाइन्छ । पात्रको पीडालाई नजिकाबाट देखेका, भोगेका, सुनेका र केही हदसम्म अनुभूत गरेका सर्जक दाहालको यस कृतिमा, त्यसैले, आंशिक मात्रै भनिएको वा लेखिएको एउटा विराट् कथाले पूर्णता पाएको अनुभव गर्न सकिन्छ । कृतिलाई पेज टर्नरले चाँडै नै बजारमा ल्याउँदैछ । प्रतीक्षा गर्नुहोला ।
Dahal