Page Turner

Page Turner किताब अक्षर अक्षरमा जिवन

इलामवासी कवि ऋजन मायालु युवावयमै सुन्दर गीत र गम्भीर कविता लेखेर लोकप्रियता कमाइसकेका स्रष्टा हुन् । वि.सं. २०७४ मै ‘चुच...
15/08/2025

इलामवासी कवि ऋजन मायालु युवावयमै सुन्दर गीत र गम्भीर कविता लेखेर लोकप्रियता कमाइसकेका स्रष्टा हुन् । वि.सं. २०७४ मै ‘चुचुरो अनि स्वास्नीमान्छेहरू’ प्रकाशित गरेर कविताको फाँटमा उत्रिएका कवि मायालु २०७६ मा प्रकाशित संयुक्त कविता–सङ्ग्रह ‘उज्यालोका मालीहरू’ मा आइपुग्दा कला र कथ्य दुवै हिसाबले एक परिपक्व र प्रतिभाशाली कविको रूपमा परिचित भए । उनका कवितामा नेपालको पूर्वीपहाडको प्रकृतिले सिञ्चित मृदु अभिव्यञ्जना पाइन्छ भने किराँत सभ्यता र संस्कृतिको अविछिन्न प्रवाह र सौन्दर्य उनका कविताको परिचायक गुण हो । युवा सर्जक हुनुका नाताले होला उनका कविताका प्रेम र प्रणयका मृदु उद्गार पनि बाक्लै भेटिन्छन्, यद्यपि परिवर्तशील समयको स्वर, सामाजिक विचलनप्रतिको विमत्ति र गाम्बेसीको माया उनका कविताको मूल स्वर हो । उनको तेस्रो कविता–सङ्ग्रह ‘घुम्ती बिक्रीमा छ’ पेज टर्नरबाट चाँडै नै प्रकाशित हुँदैछ । कृपया प्रतीक्षा गर्नुहोला ।

नारीमुक्तिको सेरोफेरोमा गरिने तर्क, वकालत र आन्दोलनमा एकाध कुरा मात्रै सतहमा आउँछन् — पुरुषसत्ताको ज्याद्रो उत्पीडन छ, स...
05/08/2025

नारीमुक्तिको सेरोफेरोमा गरिने तर्क, वकालत र आन्दोलनमा एकाध कुरा मात्रै सतहमा आउँछन् — पुरुषसत्ताको ज्याद्रो उत्पीडन छ, समाज विभेदकारी छ, अधिकारहरू असमान छन् । ती देखिने समस्या हुन् । तर नारीले भोग्नुपरेका नदेखिने समस्याको डोरी अन्त्यहीन छ । कतै बाउबाजेको अहंको बलिबेदीमा समिधा बनाइन्छन्, कतै सम्पत्तिको चाङभित्र सतीदेवी बन्छन्, कतै विदेशका बजारमा उपभोग्य वस्तु बनाइन्छन्, कतै पुरुषको वंश थामिदिने बाध्यताभित्र च्यापिएर मर्छन् र कतै आफ्नै रूप र सौन्दर्यको पासोमा फस्न पुग्छन् । केही विशिष्ट अवस्थामा भने आवरणमा पुरुषजस्ता देखिने र व्यवहारमा फरक लैङ्गिक स्वभाव भएका क्लीवका भार्‍या भएर एउटा निकासविहीन बाँझो जीवन बिताउन बाध्य हुन्छन् । भन्न नमिल्ने, अपिल गर्न नमिल्ने, नारा लगाउन पनि नमिल्ने यी समस्याको भुँवरीमा एउटी स्वप्नद्रष्टा नारी कसरी पलपल मरिरहेकी हुन्छिन् — त्यसको बहस हुनै बाँकी छ ।

यी अनगिन्ती अदृश्य समस्यको एउटा सादृश प्रतिरूप हुन् मनस्विनी । उनको फूलजस्तो जीवन, उमेरसँगै पुरुष अहंको बज्रपातले तहसनहस उनको जवानी र वर्तमान तथा उनको निकासविनाको भविष्य — यिनै कुराको मार्मिक र कारुणिक आख्यानीकरण हो उपन्यास ‘मनस्विनी’ । पाका एवं अनुभवी साहित्यकार भुवनहरि सिग्देलको उपन्यासभित्र फरक फरक लङ्गिकता, विभेदकारी समाज र इतिहास, एवं अकर्मण्ड र गतिकुण्ठित समाजको एउटा डरलाग्दो वृत्तचित्र बुनिएको छ । यस कृतिलाई पेज टर्नरले दशैँ उपहारको रूपमा चाँडै नै बजारमा ल्याउँदैछ । प्रतीक्षा गर्नुहोला ।



Address

Bagbazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Page Turner posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Page Turner:

Share