Khabar info

Khabar info समाज मा घट्ने सत्य र तथ्य समाचार बाहिर देखाउने गर्दछौ

22/12/2024

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा खस्किदै गएको शिक्षा क्षेत्र को बारेमा के भन्नु हुन्छ त शिक्षा अधिकृत

03/03/2024

विज्ञान तथा शैक्षिक प्रदर्शन कार्यक्रम सुनवर्षी नगरपालिका वडा नं ४

25/07/2022

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका को मदन भण्डारी राजमार्ग मा अहिले भखरै मार्केटिङ भेन मा आग्लागी हुँदा धेरै क्षति भएको छ उक्त आगोलाई स्थानिय बासी सस्त्र प्रहरी नेपाल प्रहरी र दमकल को सयोग मा आगो नियंत्रण मा लिएको थिए आगलागी बाट भेन् भने धेरै नै क्षति भाको छ तर मानविय क्षति भने हुन पाएन

मिति २०७९।०४।०७ गते शनिबार ।              समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मिति २०७९।०४।०७ गते जिल्ला उदयपुर चौद...
23/07/2022

मिति २०७९।०४।०७ गते शनिबार ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मिति २०७९।०४।०७ गते जिल्ला उदयपुर चौदण्डीगढी नगरपालिका वडा नं. ४ शनिबारे स्थितमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्मा ज्यूले सोहि वडाका विभिन्न टोल बिकास संस्था, सहकारी संस्था, आमा समुह, ज्येष्ठ नागरीक, स्थानिय बुद्धिजिवी, समाजसेवी लगाएत अन्य गरी ६० जनाको उपस्थितिमा "लागु औषध दुर्व्यसन सम्बन्धी " जनचेतनामूलक कार्यक्रम संचालन गर्नु भएको केहि तस्विरहरु ।

चौदण्डीगढी नगरपालिका अन्तर्गत पर्ने वडा नं ७ को श्री वसन्त पञ्चमी सामुदायीक बन् को आज मिति २०७८/०८/२४ गते का दिन अध्यक्ष...
10/12/2021

चौदण्डीगढी नगरपालिका अन्तर्गत पर्ने वडा नं ७ को श्री वसन्त पञ्चमी सामुदायीक बन् को आज मिति २०७८/०८/२४ गते का दिन अध्यक्ष तथा सम्पूर्ण सदस्य सम्म को निर्वाचन हुने भएको छ कसले कति मत लिएर आउने हो तो भने हेर्न बाँकी छ केही बेर मा मतदान सुरु हुने निर्वाचन समिति ले जानकारी दिनु भएको छ

12/09/2021

संखुवासभामा ६ जनाको हत्या गर्ने युवालाई सार्बजनिक गर्दै भिडियो लाई सक्दो Share गरिदिनु होला।

बलात्कारपछि हत्या गरिएको आशंका गरिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर  ६ मोहनपुरकी  १६ बर्षिया किशोरी कृशला चौधरीक...
16/08/2021

बलात्कारपछि हत्या गरिएको आशंका गरिएको उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरकी १६ बर्षिया किशोरी कृशला चौधरीको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले आज सार्वजानिक गरेको छ । करिब एकसय भन्दा बढी मानिसहरुमाथि गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका वडा नम्बर १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले आज सार्वजानिका गरेको छ । घटनामा संलग्न रहेको उचित लाल सदाले कृशला र उस्कोे श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका बरिष्ठ प्रहरी उपरिक्षक (एसपी) सुवासचन्द्र बोहोराले बताएका छन् । प्रहरीले हत्यामा केहि हतियारहरु प्रयोग नभएको र बलात्कार र एसिडको बारेमा पनि केहि पुष्टि नभएको जनाएको छ । कृशलाका हत्या गर्दा एकजनाले छातिमा टेकेर घाँटि थिचेको र अर्का एकजनाले मुड्की प्रयोग गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । साउन १३ गते ३ बजे देखि कृशला उनिहरु सँगै रहेको र सोहि दिन करिब रातको साढे १० बजेतिर हत्या गरी राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा ढुंगाले पुरेको उचित लाल सदाले प्रहरी बयानमा बताएको प्रहरीले जनाएको छ । कृशलाको लाश स्थानीयहरुले १९ गते सडेको अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए । लाश शडेको र दुर्गन्धीत अवस्थामा रहेकाले पहिचान गर्न समस्या परेको र प्रहरीले स्थानीयहरुलाई सोधपुछ गर्दा समेत स्थानीयहरुले पहिचान गर्न सकेका थिएनन् । पछि लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको अवस्थामा मोहनपुरकै प्रेम कुमार चौधरीले आफ्नो कान्छी छोरीको लाश भएको पुष्टि गरेका थिए । कृशलाको बिभत्स लास भेटिएपछि बलात्कार पछि हत्या भएको आश्ांका गर्दै उदयपुरमा दोषीलाई चाडै पता लगाएर कारवाही गर्न प्रदर्शन भएको थियो भने संसदमा पनि सांसदहरुले आवाज उठाएका थिए ।
#फोटो : भोटराज राई

02/08/2021

विद्यालयको अध्यक्ष चुन्ने विवादमा यस्तो झडप

रौतहटको माधवनारायण नगरपालिका-४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष चयन गर्ने विषयमा दुई समूह बीच आइतबार भएको झडपमा दुई समूहका गरी १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

भिडियो : सामाजिक संजाल

सजक रहु सुरक्षित बसौ तेस्रो लहर बाट बचाउ र बाचौ स्वास्थे माब्दण्ड पालना गरौ
31/07/2021

सजक रहु सुरक्षित बसौ तेस्रो लहर बाट बचाउ र बाचौ स्वास्थे माब्दण्ड पालना गरौ

पुरा पढ्नुहोस

11/07/2021

कर्णाली प्रदेश को मुख्यमन्त्री कार्यलय पुगेका बादी समुदायबीच हानाहान किन यस्तो भो त हेर्नुहोस भिडियो

07/07/2021

सेतीदोभान मा झरेको पहिरो सँगै खसेको ढुङ्गा बाट स्कारपियो मा क्षति हेर्नुहोस यो पुरै भिडियो र सजक भयर यात्रा गर्नु होला

03/07/2021

उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका अन्तर्गत पर्ने बेली र सीबाई जोड्ने त्रियुगा पुल भाँचिए छ समय मा सकिनु पर्ने पुल बार बार ठेकदार को लापरभाई ले गर्दा समय मा बन्न नसकेको पुल 9/10 वर्ष लाएर भय पनि 98% काम सकिएको पुल आज 4 दिन को अविरल वर्षाका कारण त्रियुगा पुल भाँचिएको छ हेर्नुस् भिडियो

03/07/2021

गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वन समेत समेटेर १७५.२३ हेक्टर क्षेत्र दुई निजी कम्पनीलाई ३० वर्ष लिजमा दिने निर्णय गरेको थियो। कुल १७५.२३ हेक्टरमध्ये १२५ हेक्टर 'सेफ वे टेक्नोलोजी ललितपुर' ले र बाँकी 'बराह हर्वल एण्ड एग्रो प्रालि' ले पाएको छ।

तर कबुलियत वन बनाउँदा त्यहाँ सयौं परिवार विस्थापित हुने भन्दै सरकारले गरेको निर्णय फिर्ता गर्नुपर्ने मागसहित गत १५ दिनदेखि स्थानीय आन्दोलनरत छन्।

कबुलियत वन बनाउने भनिएको क्षेत्रमा विगत ४० वर्षदेखि उदयपुर जिल्ला बेलका नगरपालिका वार्ड न-२/३/८/९ का मानिसहरू बसोबास गर्दै आएका छ्न !

आन्दोलनकारिको माग लाई केही सम्बोधन गर्न यश कार्यलय भित्र नगरप्रमुख ,उपप्रमुख कर्मचारी लगायत भित्र छ्न भने बाहिर बाट आन्दोलनकारिले छिटोभन्दा छिटो खारेजीको माग गरिरहेको हुन !

बिबाद ,ठेलाठेल , घम्साघम्सी हुदाहुदै अन्त्यमा ढुङ्गा मुडा भएको हो !

आन्दोलनकारिले १५ दिनको समय मागेर नेपाल् सरकारले गरेको निर्णय खारेजिको माग गरेको छ्न ।

नेपाली कांग्रेस ,माओवादी केन्द्र ,समाजबादी नेपाल् ,राप्रपा ,नेकपा माक्र्सवादीले आन्दोलनलाई समर्थन जनाएको छ्न बेलका नगरपालिकाका राजनीति दल मध्य !

स्थानीय सरकारले पनि मुख्यमन्त्री कार्यलय ,प्रदेश बन मन्त्रालय पुगेर उक्त कबुलियत बन बनाउने निर्णय कार्यनयन नगर्न पत्राचार गरेको पाइएको छ ।

01/07/2021

कबुलियत बन बनाउने सरकार को निर्णय विरुद्ध हजारौं जनसंख्या रामपुर बजारमा ! आन्दोलन गर्दै बेलका नगरपालिका उदयपुर

30/06/2021

उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड न -३/८/९ क्षेत्रलाइ नेपाल सरकारले कबुलियत बन बनाउने निर्णयको विरुद्ध स्थानिय जनता नगरपालिका घेराउ गर्दै ! नगरपालिका माथी स्थानिय बाट ढुङ्गा मुडा प्रहार भएको छ भने स्थानिय जनता माथी अश्रुग्यास प्रहार भएको छ !

19/06/2021

बाढी ले यस्तो अवस्थामा पुगेको छ सिन्धुपाल्चोक
यस्तो प्रकोप देखि सम्पूर्ण नेपाली जोगिनु होला
नेपाल सरकार चाँडो भन्दा चाँडो गास बास को बन्दबस्त मिलाउनु परो बाढी पीडतलाई

Address

Kathmandu

Telephone

+9779866414156

Website

Alerts

Be the first to know and let us send you an email when Khabar info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabar info:

Videos

Share