Sanghu TV HD

Directions Website Contact the business

Sanghu TV HD This Sanghu Tv channel delivers hard-hitting coverage of Nepal, South Asia, and global events—without sugarcoating or media spin.

We break down politics, corruption, economic shifts, and social issues with a sharp, honest perspective.

भोटेकोशी बाढीले क्षति पुर्याएपछि अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको धादिङको जहरेस्थित सबस्टेशन पुनः सञ्चालनमा आएको छ...
14/09/2026

भोटेकोशी बाढीले क्षति पुर्याएपछि अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणको धादिङको जहरेस्थित सबस्टेशन पुनः सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले दिए बाल दिवसको शुभकामना ।
14/09/2026

प्रधानमन्त्री वालेन्द्र शाहले दिए बाल दिवसको शुभकामना ।

सरकारले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत भाद्र २८ गते जाजरकोट, कुशे-७ न...
14/09/2026

सरकारले गर्भवती तथा सुत्केरी महिलाहरूका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत भाद्र २८ गते जाजरकोट, कुशे-७ निवासी ४२ वर्षीय महिलालाई जटिल प्रसूति समस्या भएकोले थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्‍याईएको छ ।

गृहसचिव केदारनाथ शर्माले आज सशस्त्र प्रहरीको मुख्यालय, हल्चोकको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् ।
14/09/2026

गृहसचिव केदारनाथ शर्माले आज सशस्त्र प्रहरीको मुख्यालय, हल्चोकको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन दिएका छन् ।

गत २४ घण्टामा देशका विभिन्न भागमा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै १ सय ४९ जना घाइते भएको प्रहरीले जनाएको...
14/09/2026

गत २४ घण्टामा देशका विभिन्न भागमा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु हुनाका साथै १ सय ४९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

आज बालदिवस ।
14/09/2026

आज बालदिवस ।

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तह...
14/09/2026

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल शुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अहिले ११ बजेबाट नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल शुरु गरेका हुन ।
प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानलगायतका विषयमा छलफल केन्द्रित रहनेछ।

13/09/2026

नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा

रसुवा-भोटेकोशी बाढीपछि जारी रहेको खोज, उद्धार तथा राहतका सन्दर्भमा प्रभावकारी संचार र समन्वय कायम गर्ने उद्देश्यले केन्द...
13/09/2026

रसुवा-भोटेकोशी बाढीपछि जारी रहेको खोज, उद्धार तथा राहतका सन्दर्भमा प्रभावकारी संचार र समन्वय कायम गर्ने उद्देश्यले केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र तीनवटा जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीचमा छलफल भएको छ।
छलफलमा खोज, उद्धार तथा राहतका पछिल्ला चुनौती र फुकाउनुपर्ने विषय, प्रभावित परिवारहरुलाई बसोबास र जीविकोपार्जनका लागि तत्काल राहत उपलब्ध गराउन आवश्यक नीतिगत प्रबन्ध एव् पुनर्निर्माणलाई अघि बढाउने विषयमा रसुवा, नुवाकोट र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले रिपोर्टिङ गर्नुभयो।
भर्चुअल माध्यमबाट भएको छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले खोज तथा उद्धारको समय-सीमा तोक्नेतिर जानुपर्ने, सम्पर्क टुटेका बस्तीहरुबीचको 'कनेक्टिभिटी' पुनर्स्थापनालाई जोड दिनुपर्ने, गेगरान (डेब्रिस) व्यवस्थापनका लागि स्थानीयबाट माग आएको, पुनर्निर्माणका लागि पहुँच एवं जीविकोपार्जनलाई ध्यान दिनुपर्ने लगायतका विषय पनि राख्नुभयो।
केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकमा नियमित रुपमा विस्तारित बैठक तथा छलफल गरी पछिल्ला चुनौतीलाई हल गर्दै खोज, उद्धार तथा राहतलाई निश्कर्षमा पुर्याउने र अस्थायी आवास हुँदै स्थायी पुनर्निर्माणतिर अघि बढ्ने विषयमा पनि छलफल भएको हो ।

परराष्ट्र मन्त्रालयले अवकाशप्राप्त सहसचिव भृगु ढुंगानालाई विदाई गरेको छ ।
13/09/2026

परराष्ट्र मन्त्रालयले अवकाशप्राप्त सहसचिव भृगु ढुंगानालाई विदाई गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sanghu TV HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanghu TV HD:

Shortcuts

Share