19/10/2025
लायन्स क्लब अफ नेपाल शेर्पाजद्वारा बौद्ध स्तुपामा निःशुल्क मधुमेह र रक्तचाप परीक्षण सेवा:
लायन्स क्लब अफ नेपाल शेर्पाजको आयोजनामा र लायन्स क्लब अफ काठमाडौँ रेडिएन्सको सहकार्यमा हिजो बौद्ध स्तुपा परिसरमा कोरा (परिक्रमा) भित्र निःशुल्क मधुमेह (सुगर) र रक्तचाप (ब्लड प्रेसर) परीक्षण सेवा सञ्चालन सप्पन्न गरेको छ।
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिएको शिविरमा युवादेखि वृद्धवृद्दासम्मका १५६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिएका थिए।
स्वास्थ्य सेवा कार्यक्रममा डा. रञ्जन सिंह राठौर, डा. रबिन बस्नेत र नर्स सापकोटाको सक्रिय सहयोग रहेको थियो।