The Sherpa Times

The Sherpa Times Bringing stories to life from Nepal and beyond. Delivering truth, depth, and clarity to every headline.

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्न...
16/09/2026

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटमा प्रधानमन्त्री शाहले विपद्का बेला अमेरिकी सरकारको ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले रसुवा बाढीमा नेपालीसँगै विदेशी नागरिक प्रभावित भएको बताउँदै जलवायु परिवर्तनका कारण यस्ता विपद् बढेकाले विश्वव्यापी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। पर्यटन विकास र अमेरिकी लगानीका सम्भावनाबारे पनि छलफल भयो। राजदूत बोल्डिनले क्षतिप्रति दुःख व्यक्त गर्दै राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो l
15/09/2026

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो l

काठमाडौं । भोटेकोशी–त्रिशुली करिडोर नेपालको एक महत्वपूर्ण पर्यटकीय मार्ग भएकाले गत भदौ १० गतेको विनाशकारी बाढी...

बौद्ध धर्म र ध्यान बौद्ध धर्ममा ध्यानलाई मानसिक शान्ति, आत्मअनुशासन र प्रज्ञा विकासको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। ...
15/09/2026

बौद्ध धर्म र ध्यान

बौद्ध धर्ममा ध्यानलाई मानसिक शान्ति, आत्मअनुशासन र प्रज्ञा विकासको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। भगवान् बुद्धले दुःखको कारण पहिचान गर्दै त्यसबाट मुक्त हुने मार्गमा ध्यानलाई विशेष स्थान दिनुभएको बौद्ध दर्शनमा पाइन्छ। ध्यान तनाव कम गर्ने अभ्यास नभई मन, भावना र विचारलाई गहिरोसँग बुझ्ने आध्यात्मिक प्रक्रिया मानिन्छ।

बौद्ध परम्परामा ध्यानका विभिन्न विधि प्रचलित छन्। समथ ध्यानले मनलाई एकाग्र र शान्त बनाउने अभ्यास गर्छ भने विपश्यना ध्यानले शरीर, भावना, चित्त र धर्मको प्रकृतिलाई सूक्ष्म रूपमा अवलोकन गर्दै अनित्य, दुःख र अनात्मको बोधतर्फ लैजान्छ। त्यस्तै, मैत्री भावना ध्यानमा आफू र सबै प्राणीप्रति प्रेम, करुणा र सद्भाव विकास गरिन्छ। महायान तथा वज्रयान परम्परामा देवता योग, मन्त्र, दृश्यीकरण र गुरुयोगजस्ता अभ्यास पनि गरिन्छन्।

ध्यान विधिमा सामान्यतः शान्त स्थानमा बसेर शरीरलाई सहज अवस्थामा राख्ने, श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्ने र उत्पन्न हुने विचार तथा भावनालाई प्रतिक्रिया नदिई सचेत रूपमा अवलोकन गर्ने गरिन्छ। नियमित अभ्यासले एकाग्रता, करुणा र आत्मचेतना बढाउन सहयोग गर्छ। बौद्ध दर्शनमा अन्ततः ध्यानको उद्देश्य मानसिक शान्ति मात्रै नभई प्रज्ञाको विकास र दुःखबाट मुक्ति अर्थात् निर्वाणतर्फको यात्रा हो।

15/09/2026

हिमालकी छोरी फुरा दिकी शेर्पासँग उचाइको गफ | Bibidh Bisesh | The Sh...

15/09/2026

हिमालकी छोरी फुरा दिकी शेर्पासँग उचाइको गफ | Bibidh Bisesh | The Sh...

आगामी अक्टोबर ८ देखि १० सम्म भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, सोनादा र लाभामा आयोजना हुने ग्लोबल शेर्पा मिट–२०२६ मा स...
14/09/2026

आगामी अक्टोबर ८ देखि १० सम्म भारतको पश्चिम बंगालस्थित दार्जिलिङ, सोनादा र लाभामा आयोजना हुने ग्लोबल शेर्पा मिट–२०२६ मा सहभागी हुन नेपाल शेर्पा संघले अपिल गरेको छ । विश्व शेर्पा संघ तथा अखिल भारतीय शेर्पा बौद्ध संघले निमन्त्रणा पत्र पठाउँदै सम्मेलनमा शेर्पा किदुग, संघ–संस्था तथा सामुदायिक संगठनका प्रतिनिधिलाई सहभागिताका लागि आग्रह गरेको छ ।

सहभागीले १० हजार भारतीय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ भने काकडभिट्टासम्मको यात्रा आफ्नै व्यवस्थापनमा गर्नुपर्नेछ । सम्मेलनले विश्वभरका शेर्पा समुदायबीच एकता, सहकार्य र भाइचारा सुदृढ गर्नुका साथै भाषा, संस्कृति, परम्परा, बौद्ध सम्पदा र पहिचान संरक्षणमा जोड दिने नेपाल शेर्पा संघका अध्यक्ष ल्हाक्पा ठिन्ले शेर्पाको भनाइ छ ।

शिक्षा, युवा सशक्तीकरण, उद्यमशीलता तथा दिगो विकासबारे अनुभव आदानप्रदान र सहकार्यको अवसरसमेत सिर्जना हुने संघले जनाएको छ ।

https://youtu.be/nFIahF3mFvk
13/09/2026

https://youtu.be/nFIahF3mFvk

निलम पौडेल पारलिंगी अर्थात् ट्रान्सजेन्डर महिला। यस आलावा उनी मोडल...

भाेटे समुदायकाे परम्परागत संस्कृितमाः पछिल्लाे पुस्ताकाे धारणा के छ ? The Sherpa Times l Sichung Bhote l Shanti Thing. h...
12/09/2026

भाेटे समुदायकाे परम्परागत संस्कृितमाः पछिल्लाे पुस्ताकाे धारणा के छ ?
The Sherpa Times l Sichung Bhote l Shanti Thing.
https://www.youtube.com/watch?v=UrvbmqnOoZ4
@topfans

भाेटे समुदायकाे परम्परागत संस्कृितमाः पछिल्लाे पुस्ताकाे धारणा के छ...

भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नाम्खा ख्युङ जोङ गुम्बाको धर...
11/09/2026

भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नाम्खा ख्युङ जोङ गुम्बाको धर्मसभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। धर्मसभाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत रकम हस्तान्तरण गर्दै बुद्धको करुणा र परहितको भावनाबाट सहयोग गरिएको जनाएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The Sherpa Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Sherpa Times:

Shortcuts

Share