Anurag Bhandari

Anurag Bhandari I am a youtuber and I makes vides as a video creator and video gaming

16/08/2026

एक योद्धा गोली खाएर मर्न सहज ठान्छ, तर दुस्मनको कब्जामा १ घण्टा पनि रहन चाहदैन, किनकि दुस्मनको कब्जामा रहनु मृत्यु भन्दा कठिन हुन्छ ।

यो दुनियामा यति ठूला समस्याहरुछन् त्यसको कुनै समाधान नै छैनन्, तर पनि मान्छे समाधान खाजिरहेका छन् ।
31/07/2026

यो दुनियामा यति ठूला समस्याहरुछन् त्यसको कुनै समाधान नै छैनन्, तर पनि मान्छे समाधान खाजिरहेका छन् ।

कविता"भगवान बस्ने घरहरु"गणकहरू आएका थिएजनगणना गर्न।बुढीआमालाई सोधेछन्,"आमा, घरमा को–को बस्नुहुन्छ?""बाबु, एउटा कोठामा म ...
25/07/2026

कविता
"भगवान बस्ने घरहरु"

गणकहरू आएका थिए
जनगणना गर्न।

बुढीआमालाई सोधेछन्,
"आमा, घरमा को–को बस्नुहुन्छ?"

"बाबु, एउटा कोठामा म छु,
अर्को कोठामा भगवान् छन्।"

आमाको जवाफले
मरेतुल्य भएको गणक म
यो सब लेख्दै छु।

फर्केर आएनन् जवानी बेच्ने छोराहरू।
कोही भारततिर गए,
कोही कतारतिर गए,
कोही मलेसियातिर गए।

बाँकी रहेका बुढाबुढी छन् घरमा।
साना झ्याल छन्,
साँघुरा बाटा छन्,
घाँसैघाँस उम्रेका आँगन छन्,
खोकीरहने बुढाबुढी छन्,
अनि भगवान् छन्।

जिर्ण मन्दिर छन्,
बाँझो खेत छ,
खेतको किनारमा नदी छ।
छोरो परदेशमा छ।

उनी भन्नुहुन्छ,
"बाबु, हामी त कालका दिन
पूरा गर्दैछौँ।"

गाउँमा अचेल
मृत्यु कुरेर बसेका
वृद्ध र तिनका भगवान् मात्र छन्।

एक समयपछि
गाउँमा भगवान् मात्र बस्नेछन्।

आश्चर्य मान्नुपर्दैन—
सबैले आ–आफ्नो घरमा
भगवान् राखेका छन्।
साभार: ✍️कैदी_जि

फेरि तिमीलाईसुनसान गल्ली, सुनसान घर,तिम्रो यादले भरिएको यो मन।भीडको बीचमा हाँसेझैँ लाग्छु,भित्रभित्रै रुन्छ मेरो मन ।झ्य...
17/07/2026

फेरि तिमीलाई

सुनसान गल्ली, सुनसान घर,
तिम्रो यादले भरिएको यो मन।
भीडको बीचमा हाँसेझैँ लाग्छु,
भित्रभित्रै रुन्छ मेरो मन ।

झ्यालबाट आउने बिहानको घाम,
तिम्रै नाम बोकेर आउँछ।
हरेक साँझको शान्त हावाले,
तिम्रै सम्झना छोएर जान्छ।

जति टाढा भए पनि,
माया कहिल्यै टाढिँदैन।
समयले दूरी बढाए पनि,
मनले तिमीलाई छोड्दैन।

म हरेक रात एउटा प्रार्थना गर्छु,
सपनाले तिम्रो बाटो देखाइदेऊ।
निलो आकाशमुनि फेरि भेटिने,
एउटा सुन्दर बिहान ल्याइदेऊ।

सात समुद्र पारि भए पनि,
मेरो मन तिमीमै अडिएको छ।
हरियो डाँडाकाँडा साक्षी राखी,
फेरि तिमीलाई अँगाल्ने रहर बाँचेको छ।

समय आफ्नै गतिमा बगिरह्यो,
तर मन त्यहीँ अडिएको छ।
सँगै बिताएका ती पलहरू,
आज पनि धड्कनमा सजिएका छन्।

मानिसहरू भन्छन्, "बिर्सन सिक",
तर मायाले मान्दैन नियम।
तिम्रो नाम सम्झने वित्तिकै,
फेरि उज्यालो हुन्छ यो जीवन।

यदि कुनै दिन भाग्य मुस्कुरायो भने,
हात फेरि हातमा हुनेछ।
आँखाले शब्द बिना नै,
सारा कथा भनिसकेको हुनेछ।

त्यो दिनसम्म,
आशाको दियो निभ्न दिनेछैन।
मेरो प्रेमको यात्रा,
तिमीमै आएर टुङ्गिनेछ।

म हरेक रात एउटा प्रार्थना गर्छु,
हावाले मेरो माया तिमीसम्म पुर्‍याओस्।
जुन दिन फेरि हाम्रो भेट हुनेछ,
समयले सबै दूरी भुलाओस्।

संसार जति टाढा भए पनि,
मेरो बाटो तिमीमै पुग्छ।
जीवनभरको यो अधुरो धुन,
तिम्रो मुस्कानसँगै पूर्ण हुन्छ।

नपत्याए गिरिजा बाबुलाई सोध्नुस् मैले ३ पटक प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको हुँ। नपत्याए स्वर्गीय गिरिजा बाबु...
27/06/2026

नपत्याए गिरिजा बाबुलाई सोध्नुस्

मैले ३ पटक प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको हुँ। नपत्याए स्वर्गीय गिरिजा बाबुलाई सोध्नुस्: ऋषि धमला

पूर्व पत्रकार ऋषि धमलाले आफूलाई तीनपटक प्रधानमन्त्रीको अफर आएको बताएका छन्।
एक पोडकास्टमा उनले आफूलाई तीनपटक प्रधानमन्त्रीको अफर आएको तर आफूले स्वीकार नगरेको बताएका हुन् ।

उनले स्रोत उद्धृत गर्दै भनेका छन् मलाई तीनपटक प्रधानमन्त्रीको अफर आएको थियो यो कुरा गिरिजाबाबुलाई नि थाहा छ नपत्याए उहाँलाई सोध्नुस् उहाँ अहिले हामीबीच हुनुहुन्न 😆

हुनाले यसो भनेपछि अहिले सामाजिक सञ्जालमा उनलाई उडाउने कार्य भइरहेको छ।

16/06/2026

यो आउन बाँकि थियो!😁😁😁😁

ए हजुर टाढा नभैदेऊ न,मन भक्कानिएर आउँछ ।कानमै हुरीबतास आउँछ,पिँपलछेउ पीँचासले गीत गाउँछ ।रातभरि निद्रा हराउँछ,जुन पनि मल...
31/05/2026

ए हजुर टाढा नभैदेऊ न,
मन भक्कानिएर आउँछ ।
कानमै हुरीबतास आउँछ,
पिँपलछेउ पीँचासले गीत गाउँछ ।

रातभरि निद्रा हराउँछ,
जुन पनि मलिन भई झर्छ ।
तिम्रो सम्झनाको बाटोमा,
मन एक्लै महासागर तर्छ ।

ए हजुर टाढा नभैदेऊ न,
यो मुटु बेस्सरी धड्कन्छ ।
तिमी नभएको प्रत्येक क्षण,
वर्षौँझैँ मन पलपल तड्पन्छ ।

नजिकै भए संसार उज्यालो,
टाढा भए सबै सुनसान ।
तिम्रो एउटा मिठो मुस्कानले,
फेरि फक्रिन्छ मेरो जहान ।

तिमी नै हौ मेरो खुसीको कारण,
तिमी बिना अधुरो छ यो प्राण। 🌹

16/05/2026

Hey zindagi

🙇साहित्यसधैं सधैं यो मुटुमै अटाउनु माया,अरू केही चाहिँदैन, तिम्रा याद पठाउनु माया।चाहेर बदलिँदैन समय, न बदलिन्छ भावना यो...
16/05/2026

🙇साहित्य
सधैं सधैं यो मुटुमै अटाउनु माया,
अरू केही चाहिँदैन, तिम्रा याद पठाउनु माया।

चाहेर बदलिँदैन समय, न बदलिन्छ भावना यो,
मेरो प्रेमको छहारीमा रात कटाउनु माया।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Anurag Bhandari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Anurag Bhandari:

Shortcuts

Share

Category