TOKHA LIVE

८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभितनविना श्रेष्ठश्रावण १७,२०८० ८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह...
02/08/2023

८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

नविना श्रेष्ठ
श्रावण १७,२०८०

८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरीय निर्णयले प्राविधिक तथा प्रशासनतर्फ सुशोभित भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन भएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना गरी कुल ८८ जना प्रहरी अधिकृतहरू रहेका छन्।

सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिएका छन्। भने राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उहाँले बताए।

त्यसैगरी सगंठनले इमानदार, क्षमतावान र व्यावसायिक प्रहरी कर्मचारीलाई सदैव उच्च मूल्याङ्कन गर्दै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनको लागि कर्मचारीहरूले केही गरे मात्र संगठन बलियो हुन्छ र संगठनले सबैको हकहितको लागि थप कुराहरू गर्ने सामर्थ्य राख्न सक्छ ।”भने संगठनको नीति तथा निर्देशन अनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकको सही प्रयोग गरी संगठन सुदृढिकरणका लागि आ-आफ्नोतर्फबाट आत्मसमीक्षा गर्दै अगाडि बढ्न उहाँले निर्देशन दिए।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही स्तरीय प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

आज सुपरमुन देखिँदै १६ श्रावण २०८०, वासिङ्टन । अगस्ट १ अर्थात आज तपाईंले आकाशमा धेरै ठूलो चन्द्रमा देख्नुहुनेछ। यो देखेर ...
01/08/2023

आज सुपरमुन देखिँदै
१६ श्रावण २०८०,

वासिङ्टन । अगस्ट १ अर्थात आज तपाईंले आकाशमा धेरै ठूलो चन्द्रमा देख्नुहुनेछ। यो देखेर अचम्म नमान्नुहोस् किनभने यो सुपरमुन हुनेछ। यसमा, चन्द्रमा सामान्यतया ठूलो र उज्यालो देखिन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना दुईवटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। अर्थस्काई वेबसाइटका अनुसार यस वर्ष चन्द्रमा पृथ्वीको नजिक हुने र पूर्णिमा पनि हुने चारवटा अवसर हुनेछन्। यी मध्ये पहिलो असार १७–१८ मा अवलोकन गरिएको थियो। दोस्रो मौका आज आएको छ। सुपरमुन हेर्ने तेस्रो मौका भदौ १३–१४ मा हुनेछ। र अन्तिम सुपरमुन असोज ११–१२ मा देखिनेछ।

पूर्णिमादेखि नयाँ औँसीसम्म चन्द्रमाको घट्ने र बढ्ने आठ चरणहरू छन्, जुन हरेक २९.५ दिनमा दोहोरिन्छन्। चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्छ र सूर्यको प्रकाश चन्द्रमाको पछाडिपट्टि पर्दा त्यो देखिँदैन। यस घटनालाई अमावस्या (औँसी) वा नयाँ चन्द्रमा भनिन्छ। अर्कोतर्फ, जब पूरा चन्द्रमा चम्किरहेको देखिने गरी प्रकाश पर्दा त्यसलाई पूर्णिमा भनिन्छ।

किन हुन्छ सुपरमुन ?

सुपरमुन शब्द सन् १९७९ मा खगोलविद् रिचर्ड नोलले राखेका थिए । यो शब्द पूर्णिमाको समयमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रहेको विन्दुलाई जनाउन प्रयोग गरिएको हो।

तर चन्द्रमा कसरी टाढा वा नजिक हुन सक्छ ? वास्तवमा चन्द्रमा हाम्रो पृथ्वीको वरिपरि घुम्छ, तर यो पूर्णतया गोलाकार नभई अण्डाकार रहेको छ । यस कारणले गर्दा चन्द्रमा र पृथ्वी बीचको दूरी निरन्तर परिवर्तन भइरहेको छ। आज चन्द्रमा पृथ्वीबाट ३५७,५३० किलोमिटर टाढा हुनेछ । पृथ्वीबाट चन्द्रमाको दूरी ३.६ लाख किलोमिटरदेखि ४ लाख किलोमिटरसम्म फरक हुन्छ।

चन्द्रग्रहण कहिले लाग्छ ?

चन्द्रमाले पृथ्वीमा समुद्रमा छालहरू कम गर्न वा बढाउन सक्छ। नासाका अनुसार सुपरमुनको समयमा समुद्री छालको तीव्रता बढ्न सक्छ।

यद्यपि, चन्द्रमासँग सम्बन्धित खगोलीय घटना भनेको चन्द्रग्रहण हो। सन् २०२३ मा २ वटा चन्द्रग्रहण छन् । पहिलो चन्द्रग्रहण वैशाख २२ गते परेको थियो । नासाका अनुसार अर्को चन्द्रग्रहण कात्तिक ११ गते देखिनेछ । यो युरोप, अफ्रिका, एशिया र अष्ट्रेलियामा देख्न सकिन्छ।

पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आयो टाेखालाइभ /श्रावण १६,२०८० काठमाडौं/ भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको...
01/08/2023

पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आयो

टाेखालाइभ /श्रावण १६,२०८० काठमाडौं/ भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेकोमा यस पटक मूल्य बढेर आएको हो।आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने गरेको छ। सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ। ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ। नेपालमा पनि ग्यासको मूल्य घट्नेछ।

धारिलो हतियार प्रहारबाट बुढानीलकण्ठ नगरपालिका–४ की एक महिलाको मृत्युटाेखालाइभ /श्रावण १६,२०८० काठमाडौं। धारिलो हतियार प्...
01/08/2023

धारिलो हतियार प्रहारबाट बुढानीलकण्ठ नगरपालिका–४ की एक महिलाको मृत्यु

टाेखालाइभ /श्रावण १६,२०८० काठमाडौं। धारिलो हतियार प्रहारबाट बुढानीलकण्ठ नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । बुढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा बस्दै आएकी सप्तरीकी ३८ वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।आरोपित बोहरालाई प्रहरीले पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बुढानीलकण्ठ–४ मै बस्दै आएका ५२ वर्षीय गौरासिंह बोहराले गएको आइतबार राति धारिलो हतियारले प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उपचारका क्रममा गए राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टोखा वडा-९ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउटाेखालाइभ /श्रावण १५,२०८० काठमाडौं। टोखा नगरपालिका वडा-९ मिलन टोल...
31/07/2023

टोखा वडा-९ बाट जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

टाेखालाइभ /श्रावण १५,२०८० काठमाडौं। टोखा नगरपालिका वडा-९ मिलन टोलस्थित राजेन्द्र प्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका-९ घर भएका ३६ वर्षीय राजेन्द्र बहादुर थापा समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ४४ हजार ५ सय नेपाली रूपैयाँ र २ हजार ५ सय भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

पत्रकार पूर्णिमा श्रेष्ठद्वारा पाकिस्तानको 'केटू’ हिमाल सफल आरोहणटाेखालाइभ /श्रावण १५,२०८०फोटोपत्रकार पूर्णिमा श्रेष्ठले...
31/07/2023

पत्रकार पूर्णिमा श्रेष्ठद्वारा पाकिस्तानको 'केटू’ हिमाल सफल आरोहण

टाेखालाइभ /श्रावण १५,२०८०
फोटोपत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफल आरोहण गरेकी छन् । उनले पाकिस्तानमा रहेको विश्वको दोस्रो सर्वोच्च शिखर केटूको सफल आरोहण गरेकी हुन् ।पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन् । केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । आठ हजार ६११ मिटर अग्लो उचाई रहेको केटू सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।

ठुलो पानी ट्यान्कर राती महांकाल मन्दिरमा दुर्घटनाटाेखालाइभ /नविना श्रेष्ठश्रावण १५,२०८० काठमाडौँको महांकाल मन्दिरमा १२ ह...
31/07/2023

ठुलो पानी ट्यान्कर राती
महांकाल मन्दिरमा दुर्घटना

टाेखालाइभ /नविना श्रेष्ठ
श्रावण १५,२०८० काठमाडौँको महांकाल मन्दिरमा १२ हजार लिटरको ठुलो पानी ट्यान्कर बाट ठक्कर हुँदा मन्दिरमा क्षती पुगेको छ । राती करिब २ बजे पछि दुर्घटना भयको थियो। दुर्घटना पछि ड्राइभर उपचारको क्रममा ट्रमामा रहेको ट्राफिक प्रहरी बृत्त जनसेवाको प्रमुखले जनायको छ । अहिले सो सवारी हटायर सङ्गै राखियको जानकारी दिनु भयको छ ।
जानकारी प्रवाह - जितेन्द्र तुलाधर दाइ

फ्लोरीसेन्ट स्कुल ३.७३ जिपिएका साथ टाेखा नगरपालिकाको उत्कृष्ट विद्यालय घोषित टाेखालाइभ / श्रावण १५,२०८० काठमाडौं ।टाेखा ...
31/07/2023

फ्लोरीसेन्ट स्कुल ३.७३ जिपिएका साथ टाेखा नगरपालिकाको उत्कृष्ट विद्यालय घोषित

टाेखालाइभ / श्रावण १५,२०८० काठमाडौं ।टाेखा नगरपालिकामा २०७९ मा लिइएको एस.ई.ई(SEE) परिक्षामा टाेखा नगरपालिकाबाट सम्मीलित भएका नीजि र सरकारी स्कुल गरि जम्मा ७० ओटा स्कुल मध्य टप १० मा पर्न सफल भएको विवरण सार्वजनिक भएको छ। विवरणमा टाेखा नगरपालिका वडा ८ मा अवस्थित फ्लोरीसेन्ट स्कुल ३.७३ जिपिए ल्याएर प्रथम हुन सफल भएका छन् ।त्यस्तै टाेखा नगरपालिका वडा ५ को पृथ्वी मावि ३.६० जिपिए ल्याएर द्वितिय भएका छन् । र टाेखा वडा १० मा रहेको काठमाडौं ग्लोबल स्कुल ३.५८ जिपिए साथ तृतीय भएका छन् । टाेखा नगरपालिका सरकारी विद्यालय मध्यबाट टाेखा नगरपालिका वडा ८ को जालुपा मावी ३.२३ जिपिएका साथ प्रथम भएको छ। २०७८ को मा लिइएको एस.ई.ई(SEE) परिक्षामा टाेखा नगरपालिकाबाट सम्मीलित भएका मध्य निजिस्कुलबाट टाेखा नगरपालिका वडा ३ को विन्ध्यावासिनी स्कुलले उत्कृष्ट जिपिएको साथ प्रथम हुन सफल भएको थियो ।

टाेखा नगरपालिकामा हाल ८ अाेटा सरकारी विद्यालय , ८१ ओटा निजि विद्यालय र ३ ओटा बैकल्पिक विद्यालय छन् ।

नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म 'सलिना:योद्धा राजकुमारीको टिजर सार्वजनिक टाेखालाइभ/ श्रावण १५,२०८० काठमाडौं /नेपालकै प...
31/07/2023

नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म 'सलिना:योद्धा राजकुमारीको टिजर सार्वजनिक

टाेखालाइभ/ श्रावण १५,२०८० काठमाडौं /नेपालकै पहिलो एनिमेटेड फिल्म सलिना:योद्धा राजकुमारी टिजर सार्वजनिक भएको छ।रेनमेकर एनिमेसन एकेडेमीले ६ वर्ष लगाएर समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर यो फिल्म निर्माण गरिएको हो। फिल्म निर्माण निर्देशन तेजसराज जोशीले गरेका हुन् । यो फिल्मलाई नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा यसै वर्ष प्रदर्शन गरिने निर्माण पक्षले जनाएका छन् ।फिल्मको प्रदर्सन मिति हालसम्म भने टाेकिएको छैन ।शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर ग्राफिक कलाकारका रूपमा छन्।तेजसराज जोशी र श्रुति श्रेष्ठले फिल्म निर्माण गरेका हुन्।यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुइँकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने लगायतले स्वराङ्कन गरेका छन्।

31/07/2023

टोखा खुल्ला संग्रहालय हो।

30/07/2023

टोखाको कवि दुर्गा लवत

। भावपुर्ण श्रद्धाञ्जली ।
१६ औं नेपालभाषा साहित्य तःमुँज्या व साँस्कृतिक व्वज्या, टोखामा प्रस्तुति दिदै । उहाँको हिजो निधन भएको छ।
भिडियो स्रोत भाडगाउँ टेलिभिजन

असं को भुलु अजिमा- बद्रीनाथ कायस्थ किम्बदन्तीको कथा अनुसार लिच्छविकालभन्दा पहिले यस स्थानमा केही पीठ जस्ता पत्थरहरू खडा ...
30/07/2023

असं को भुलु अजिमा

- बद्रीनाथ कायस्थ
किम्बदन्तीको कथा अनुसार लिच्छविकालभन्दा पहिले यस स्थानमा केही पीठ जस्ता पत्थरहरू खडा रहेको भान हुन्छ । कथा अनुसार एकदिन ठिमीबाट एक जना व्यापारी आफ्नू चामल बिक्री गर्न यहाँ आइपुगेछ ।त्यहाँ उसले पत्थरहरू खडा देखेर त्यसकै आड लगाएर खर्पनमा बोकेर ल्याएको चामलको भारी निकालेर बिसाएछ । साँझपख आफ्नू घर ठिमी फर्कने विचार गरेर चामलको भारी उठाएर खर्पनमा राखेर लैजान्छु भनेर चामलको भारी उठाउन खोज्दा उठाउन सकेनछ । धेरै समयसम्म धेरै तरिका अपनाएर आफ्नू बल/बुद्धि लगाउँदा पनि नसकेर हार खाएर त्यहीँ छोडेर घर फर्केर गएछ ।

घरको परिवारहरूले चामलको भारीको बारेमा सोध्दा ‘अनसं( त्यही नै छोडेर आएको)’ बताएछ । भोलिपल्ट गएर हेर्दा सो भारी जस्ताको तस्तै सोही स्थानमा रहेको पाएछ । सो चामल व्यापारीलाई ती पीठहरूमा केही शक्ति भएको महसुस भई केही चामल भगवान्को नाममा चढाएर सोही स्थानमा व्यापार गर्न बसेछ । सो दिन चामलको व्यापार राम्रो भएपछि प्रत्येक दिन सोही स्थानमा चामल चढाएर व्यापार गर्न बस्ने गरे र अरू साथीहरूलाई पनि सो कथा सुनाएछ । यो कुरा सुनेपछि अरू खाद्यान्न व्यापारीहरू पनि त्यही बसेर पीठहरू मा केही खाद्यान्न चढाएर व्यापार गर्न बस्न शुरु गरेछन् । यसरी यस स्थानमा व्यापार गर्नुभन्दा पहिले केही खाद्यान्न भगवान्लाई चढाएर बस्दा राम्रो व्यापार हुने भएछ । त्यसलाई भगवान्को कृपा मानेर सबै व्यापारीहरूले मान्ने गरेछन् । यसरी अनसं बाट ‘असं’ नाम रहन गयो र खाद्यान्न व्यापारीहरूको लागि अन्नपूर्णा देवी हुन गयो । यसरी असं भुलु अजिमा को महत्त्व असनको अन्नपूर्णा को रूपमा प्रसिद्ध भएको भान हुन्छ ।

त्यसपछि सो स्थानमा खाद्यान्न को व्यापारीहरू बढ्दै गएको भान हुन्छ । त्यहाँ अन्न चढाएर व्यापार गर्न बस्नेहरू सबैको व्यापार राम्रो हुँदै गयो । त्यहाँबाट अन्न किनेर लानेहरूको पनि भलो भएको देखेर त्यस स्थानमा अन्नपूर्णा माता नै भएको विश्वास गरेर लिच्छवि कालमा नै पीठहरू भएको स्थानमा अन्नपूर्णा माताको स्थापना भएको भान हुन्छ । यसरी सो स्थान अन्नपूर्णा माताबाट आशीर्वाद प्राप्त व्यापार केन्द्र भएको देखिन्छ ।

Address

Tokha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when TOKHA LIVE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TOKHA LIVE:

Share