शितगंगा अर्घाखाँची

शितगंगा अर्घाखाँची Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शितगंगा अर्घाखाँची, Media/News Company, Kathmandu.

24/03/2026
शीतगंगा नगरपालिका–५ स्थित शुधा माध्यमिक बिध्यालयको दयनीय अवस्था: जनप्रतिनिधिको बेवास्ता र राजनीतिक हस्तक्षेपप्रति स्थानी...
23/03/2026

शीतगंगा नगरपालिका–५ स्थित शुधा माध्यमिक बिध्यालयको दयनीय अवस्था: जनप्रतिनिधिको बेवास्ता र राजनीतिक हस्तक्षेपप्रति स्थानीयवासीको कडा आपत्ति।

शीतगंगा नगरपालिका वडा नम्बर ५ मा अवस्थित शुधा माध्यमिक बिध्यालयको अवस्था अत्यन्त दयनीय रहेको भन्दै स्थानीयवासीहरूले गम्भीर आपत्ति जनाएका छन्। विद्यालयको मुख्य प्रवेशद्वार (गेट) कै जीर्ण अवस्था देखेर एक स्थानीय महिलाको पहलमा गेटलाई रङरोगन गर्ने काम सम्पन्न भए पनि विद्यालयभित्रको समग्र अवस्था भने अझै सुधार हुन सकेको छैन।
स्थानीयका अनुसार विद्यालयको प्राङ्गणभित्र वर्षौँदेखि अव्यवस्थित रूपमा निर्माण सामग्री थुपारिएको छ भने माटोका ढिस्काहरूले विद्यालय परिसर नै बिग्रिएको अवस्था छ। विद्यार्थीहरूले प्रयोग गर्ने ठाउँ नै असुरक्षित र अव्यवस्थित बनेको भन्दै अभिभावकहरू आक्रोशित भएका छन्।
स्थानीयवासीहरूले जनाएअनुसार, विद्यालयको अवस्था सुधारका विषयमा कुनै चासो नदेखाउने जनप्रतिनिधिहरू विद्यालय व्यवस्थापन समिति गठन गर्ने बेला भने राजनीतिक भागबन्डाको लागि सक्रिय हुने गरेका छन्। “विद्यालयको सुधारका काममा कसैले ध्यान दिँदैनन्, तर समिति गठन गर्दा आफ्नो पार्टीको मान्छे हुनुपर्छ भन्दै सबै जनप्रतिनिधि आउँछन्,” एक स्थानीयवासीले बताएका छन्।
विद्यालयभित्र रहेको अव्यवस्थित निर्माण सामग्री हटाउने, प्राङ्गण व्यवस्थापन गर्ने, तथा आवश्यक सुधारका कामहरू सुरु गर्ने विषयमा सम्बन्धित निकायले हालसम्म कुनै ठोस पहल नगरेको आरोप स्थानीयवासीहरूले लगाएका छन्। यसले बालबालिकाको शिक्षामाथि प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ।
यस सम्बन्धमा हाम्रा शीतगंगा स्थित सहकर्मी मोहन अधिकारीले विद्यालयको वर्तमान अवस्थाबारे जानकारी दिँदै तत्काल सुधार आवश्यक रहेको बताएका छन्।
स्थानीय अभिभावक तथा समुदायले विद्यालयलाई राजनीतिक थलो बनाउने प्रवृत्ति तत्काल रोक्न माग गरेका छन्। उनीहरूले शीतगंगा नगरपालिका तथा सम्बन्धित जनप्रतिनिधिहरूलाई विद्यालयको अवस्थाप्रति गम्भीर बन्न, राजनीतिक हस्तक्षेप रोक्न र तुरुन्त सुधारका कामहरू सुरु गर्न कडा चेतावनीसमेत दिएका छन्।
विद्यालयको जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक भागबन्डा र बेवास्ता जारी रहेमा यसविरुद्ध थप कडा कदम चालिने स्थानीयवासीहरूले बताएका छन्।

बाख्राको नयाँ पकेट विकास कार्यक्रम संचालन सम्बन्धी सूचना (दोस्रो पटक सुचना प्रकाशित मिति २०८२/१२/१६ गते)
23/03/2026

बाख्राको नयाँ पकेट विकास कार्यक्रम संचालन सम्बन्धी सूचना (दोस्रो पटक सुचना प्रकाशित मिति २०८२/१२/१६ गते)

Notice!!
08/02/2023

Notice!!

आन्तरिक हवाई उडानको भाडा दर वृद्धि भएको बारे
05/03/2022

आन्तरिक हवाई उडानको भाडा दर वृद्धि भएको बारे

20/01/2022
09/01/2022

सरकारले बढ्दो संक्रमणलाई ध्यानमा राख्दै संक्रमण नियन्त्रण गर्नको लागि भोलीदेखि देशभरका विद्यालय कलेज बन्द गर्ने भएको छ।

07/01/2022

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when शितगंगा अर्घाखाँची posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to शितगंगा अर्घाखाँची:

Share