Filmy Mahol

Filmy Mahol हामी फिल्मी,गित संगितका सम्बधित व्यक्तिव हरु संग सम्बन्धित विषयमा रहेर मनोरंजनात्मक गतिबिधी प्रस्तुत गर्ने गर्दछौ । फलो गर्न नभुल्नु होला 🙏🙏

https://laganibox.com/?p=4737
18/05/2026

https://laganibox.com/?p=4737

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ । निर्माता वसन्त लम्साल र क...

नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा अधिवेशन बाट अध्यक्ष पदमा बिजय हुनु भएकोमा उत्तम केशी नेपाल लाई हार्दीक बधा...
18/05/2026

नेपाल चलचित्र कलाकार संघको २१औँ साधारणसभा तथा अधिवेशन बाट अध्यक्ष पदमा बिजय हुनु भएकोमा उत्तम केशी नेपाल लाई हार्दीक बधाई तथा शुभकामना 💐💐🙏

Box Office reports
18/05/2026

Box Office reports

नायिका शिल्पा मास्केले मुस्ताङमा गएर सुटुक्क बिहे गरेकी छन्।
08/05/2026

नायिका शिल्पा मास्केले मुस्ताङमा गएर सुटुक्क बिहे गरेकी छन्।

08/05/2026

चलचित्र गुरुआमाले आज पहिलो दिनमै हरेक विद्यालयका विद्यार्थीहरूको साथ पाइरहेको छ। हलहरु हाउसफुल भइरहेका छन्।

08/05/2026

आजबाट प्रदर्शन हुने चलचित्रहरू मालतीमंगले, गुरुआमा र लालिबजार लाई हार्दिक शुभकामना ।
सम्पूर्ण टिमलाई सफल प्रदर्शनको शुभकामना ।🙏💐

चलचित्र लालीबजारको प्रिमियर लिएका केही तस्बिर हरु
07/05/2026

चलचित्र लालीबजारको प्रिमियर लिएका केही तस्बिर हरु

07/05/2026

चलचित्र लालीबजारको प्रिमियर शोमा तेरिया मगर र स्वस्तिमा खड्का भेट हुँदा के भयो

प्रदर्शनअघि नै चर्चामा गुरुआमा, २९ शोमध्ये आधा टिकट बुकनेपाली चलचित्र गुरुआमा प्रदर्शनअघि नै चर्चामा आएको छ। खल्तीमा खुल...
07/05/2026

प्रदर्शनअघि नै चर्चामा गुरुआमा, २९ शोमध्ये आधा टिकट बुक
नेपाली चलचित्र गुरुआमा प्रदर्शनअघि नै चर्चामा आएको छ। खल्तीमा खुलेका २९ शोमध्ये करिब ५० प्रतिशत टिकट बुक भएपछि फिल्म बजारमा विभिन्न अड्कलबाजी सुरु भएका छन्। केहीले यसलाई दर्शकको उत्साह मानेका छन् भने केहीले निर्माण पक्षकै सर्कलबाट टिकट किनेर माहोल बनाउने पुरानो प्रवृत्तिसँग तुलना गरेका छन्।

विश्लेषकहरूका अनुसार पहिलो दिनको भीड देखाएर दोस्रो दिन वास्तविक दर्शक तान्ने रणनीति नेपाली फिल्म क्षेत्रमा नयाँ होइन। यद्यपि फिल्म शिक्षक–विद्यार्थी सम्बन्धमा आधारित भएकाले स्कुल–कलेजबाट समूहगत बुकिङ भएको अनुमान पनि गरिएको छ।

निर्देशक प्रेम सोनी सुनारले फिल्मलाई सामाजिक सन्देश बोकेको भावनात्मक कथा बताएका छन्। फिल्ममा मिथिला शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल लगायत कलाकारको अभिनय रहेको छ भने विशेष भूमिकामा गौरी मल्ल र पूजा शर्मा देखिनेछन्। फिल्मको वास्तविक सफलता भने प्रदर्शनपछि दर्शकको प्रतिक्रिया र मुखैमुखको प्रचारले तय गर्ने बताइएको छ।

२० वर्षपछि राज हमालको कमब्याक, ‘१२ गाउँ २’ मा कालु राना पनि निरन्तरकाठमाडौं । निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रत...
07/05/2026

२० वर्षपछि राज हमालको कमब्याक, ‘१२ गाउँ २’ मा कालु राना पनि निरन्तर

काठमाडौं । निर्देशक तथा अभिनेता बिराज भट्ट को बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ मा पुराना तथा नयाँ कलाकारहरूको कमब्याक हुने क्रम जारी रहेको छ । चलचित्रको छायांकन सुरु भएसँगै कलाकार लाइनअपले दर्शकमाझ उत्साह थपेको छ ।

लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढिएका अभिनेता राज हमाल करिब २० वर्षपछि पुनः नेपाली चलचित्रमा फर्किन लागेको जानकारी निर्माण टिमले दिएको छ । उनले यसअघि ‘बाटुली’, ‘जय शिव शंकर’, ‘म छुनी तिम्रो’ लगायत दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकमाझ विशेष पहिचान बनाएका थिए । ‘१२ गाउँ २’ मार्फत उनको पुनरागमनलाई नेपाली चलचित्र क्षेत्रमा विशेष रूपमा हेरिएको छ ।

त्यसैगरी ‘१२ गाउँ’ मा अभिनेता बिराज भट्टको किक लागेर नाक भाँचिएको दृश्यपछि चर्चामा आएका कलाकार कालु राना पनि सिक्वेलमा निरन्तर रहने भएका छन् । पहिलो भागमा उनको भूमिकाले दर्शकको ध्यान तानेको थियो ।

निर्माण टिमका अनुसार चलचित्रको छायांकन अहिले धमाधम भइरहेको छ । एक्सन, ड्रामा र पारिवारिक भावनालाई समेटेर निर्माण भइरहेको चलचित्रलाई यस वर्षको दशैं फूलपातीको अवसर पारेर देशभर प्रदर्शन गर्ने तयारी गरिएको छ ।

चलचित्रमा बिराज भट्टसहित नयाँ तथा चर्चित कलाकारहरूको समेत अभिनय रहने बताइएको छ । पहिलो भागको सफलतापछि ‘१२ गाउँ २’ प्रति दर्शकको अपेक्षा झन् बढेको निर्माण पक्षको दाबी छ ।

चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर सम्पन्नः रबि लामिछानेदेखि मदनकृष्णसम्मले गरे उत्कृष्ट तारिफकाठमाडौं - यही शुक्र...
07/05/2026

चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर सम्पन्नः रबि लामिछानेदेखि मदनकृष्णसम्मले गरे उत्कृष्ट तारिफ

काठमाडौं - यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को ग्रान्ड प्रिमियर भव्यताका साथ सम्पन्न भएको छ। प्रिमियर शोमा उपस्थित विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी र दर्शकहरूबाट चलचित्रले अत्यन्तै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। चलचित्रले उठान गरेको विषयवस्तु र त्यसलाई पर्दामा गरिएको आकर्षक प्रस्तुतिले दर्शकलाई २ घन्टा ३८ मिनेटसम्म पूर्ण रूपमा एकाग्र बनाउन सफल भएको सहभागीहरूले बताएका छन्।

Address

Kathmandu

Telephone

+9779858052595

Website

Alerts

Be the first to know and let us send you an email when Filmy Mahol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Filmy Mahol:

Share