News HD Nepal

Directions

News HD Nepal सूचना,समाचार र सत्यको केन्द्र
हाम्रो पेजमा आउनुभएकोमा धन्यवाद । 🙏

20/10/2026

दशैँ–तिहारमा यात्रुको सुरक्षाका लागि प्रहरीको विशेष सुरक्षा योजना

दशैँ–तिहार मनाउन घर फर्किने यात्रुको यात्रा सुरक्षित बनाउन नेपाल प्रहरीले सवारीसाधनको जाँचदेखि राजमार्गका होटल तथा खाजा घरको अनुगमनसम्मलाई तीव्रता दिएको छ ।

प्रहरीले लामो दूरीका यात्रुवाहक गाडीका चालकले मादक पदार्थ वा लागूऔषध सेवन गरे–नगरेको परीक्षण गरिरहेको छ । साथै, चालक अनुमतिपत्र र सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरी सम्भावित दुर्घटना रोक्ने प्रयास गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले चाडपर्वका बेला प्रहरी कर्मचारीको नियमित बिदासमेत स्थगन गरी सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभएको छ ।

यात्राका क्रममा ठगी हुन नदिन राजमार्गका होटल तथा खाजा घरमा पनि निगरानी बढाइएको छ । गुणस्तरहीन तथा मिसावटयुक्त खाना बिक्री गर्ने र बढी मूल्य असुल्ने गतिविधि नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायसँगको समन्वयमा छड्के अनुगमन भइरहेको प्रहरीले जनाएको छ ।

दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रा...
20/10/2026

दसैँको समयमा धान पाकेपछि किसानहरू बाली काटेर भित्र्याउने तयारीमा जुटेका छन् । नदी किनारका फाँटमा लहलहाएको धानबालीले ग्रामीण क्षेत्रको प्राकृतिक सौन्दर्यसमेत बढाएको छ । तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलै देखिएका छन् ।

विदेशमा रहेका नेपालीका लागि दसैँको टीकाको उत्तम साइत सार्वजनिक, देशअनुसार फरक–फरक समयमा टीका लगाउन सकिनेयस वर्षको बडादसै...
20/10/2026

विदेशमा रहेका नेपालीका लागि दसैँको टीकाको उत्तम साइत सार्वजनिक, देशअनुसार फरक–फरक समयमा टीका लगाउन सकिने

यस वर्षको बडादसैँमा विदेशमा बसोबास गर्ने नेपालीका लागि टीका लगाउने उत्तम साइत सार्वजनिक गरिएको छ । देश र स्थानअनुसार टीका लगाउने साइत फरक–फरक समयमा रहेको छ ।

नेपालमा कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा टीकाको उत्तम साइत रहेको छ । भारतको दिल्ली र भुटानको थिम्पुमा अक्टोबर २१ मा क्रमशः बिहान ९ बजेर ११ मिनेट र १० बजेर १४ मिनेटमा साइत रहेको छ ।

संयुक्त राज्य अमेरिकाका विभिन्न स्थानमा अक्टोबर २० मा टीका लगाउने साइत तोकिएको छ । न्यूयोर्कमा बिहान १० बजेर ११ मिनेट, वासिङ्टन डीसीमा १० बजेर २१ मिनेट, टेक्सासमा १० बजेर २७ मिनेट र क्यालिफोर्नियामा ९ बजेर ५१ मिनेटमा साइत रहेको छ । क्यानडाको टोरोन्टोमा बिहान १० बजेर ४१ मिनेट र भ्यानकुभरमा १० बजेर ५५ मिनेटमा साइत रहेको छ ।

यस्तै, जापानको टोकियो, अस्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिस्बेन, पर्थलगायतका सहर तथा न्युजिल्यान्डको वेलिङ्टनमा अक्टोबर २१ मा टीका लगाउने साइत रहेको छ ।

युरोपका बेलायतको लन्डनमा अक्टोबर २० मा बिहान १० बजेर ५५ मिनेट, फ्रान्सको पेरिसमा ११ बजेर ३१ मिनेट, नर्वेको ओस्लोमा ११ बजेर ५० मिनेट र स्विट्जरल्यान्डको जेनेभामा १० बजेर ३१ मिनेटमा साइत रहेको छ ।

त्यसैगरी, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा अक्टोबर २१ मा बिहान १० बजेर ३१ मिनेट, कतारको दोहामा ९ बजेर ४१ मिनेट र साउदी अरबमा १० बजेर १ मिनेटमा टीका लगाउने साइत उल्लेख गरिएको छ । मलेसियाको क्वालालम्पुर, सिंगापुर, हङकङ, थाइल्यान्डको बैंकक, दक्षिण कोरियाको सोल र म्यानमारको याङ्गुनमा पनि अक्टोबर २१ का लागि साइत तोकिएको छ ।

विदेशमा रहेका नेपालीले आफू बसोबास गरिरहेको सहरअनुसारको मिति र समय हेरेर दसैँको टीका लगाउन सक्नेछन् ।

विजया दशमीको नवौँ दिन महानवमीको हार्दिक शुभकामना
20/10/2026

विजया दशमीको नवौँ दिन महानवमीको हार्दिक शुभकामना

20/10/2026

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ । यस रुटमा उडान भर्दै आएका तारा एयर र समिट एयरले यस वर्ष पर्यटकीय अनुकूल याम नसकिँदै नियमित उडान बन्द गरेका हुन् ।

मुस्ताङमा वर्षमा दुई याममा १८ सिटे जहाजमार्फत यी दुई कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका थिए । जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो हप्तादेखि र समिट एयरले हिजो सोमबारदेखि नियमित उडान बन्द गरेका हुन् ।

तारा एयरका तीनमध्ये एउटा जहाज मर्मत भइरहेको छ भने समिट एयरका चारमध्ये एउटा जहाज पनि मर्मतका लागि लैजाने तयारी भइरहेको छ । यस्तै, सडकमा समस्या हुँदा यात्रुले हवाई टिकटको बुकिङ रद्द गरेपछि नियमित उडान स्थगित गर्नुपरेको समिट एयरका जोमसोम स्टेशन इन्चार्ज सुमन थकालीले बताउनुभएको छ ।

नियमित उडान स्थगित भए पनि चार्टर उडान भने जारी रहने उहाँले जानकारी दिनुभएको छ । तारा एयर र समिट एयरले बर्सेनि एक हजार दुई सयभन्दा बढी नियमित उडान गर्दै आएका छन् ।

जापानको अन्तरिक्ष यानले मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउनेजापानले मङ्गल ग्रहको उपग्रह ‘फोबोस’बाट धुलो सङ्कलन गरी पृथ्...
20/10/2026

जापानको अन्तरिक्ष यानले मङ्गलको उपग्रह फोबोसबाट नमुना ल्याउने

जापानले मङ्गल ग्रहको उपग्रह ‘फोबोस’बाट धुलो सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । यो अभियान सफल भएमा मङ्गल ग्रह वा यसका उपग्रहबाट नमुना ल्याएर पृथ्वीका प्रयोगशालामा परीक्षण गरिएको पहिलो पटक हुनेछ ।

जापानी अन्तरिक्ष एजेन्सीको नेतृत्वमा सञ्चालित मार्स मुन्स एक्सप्लोरेसन अर्थात् एमएमएक्स मिसनले मङ्गलका चन्द्रमाहरू कसरी बने भन्ने रहस्य सुल्झाउने अपेक्षा गरिएको छ । बीबीसीका अनुसार, यो अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा फोबोस पुग्ने तालिका छ ।

मिसनको नमुना विश्लेषणतर्फकी उपप्रमुख सारा रसेलका अनुसार, अहिलेसम्म यति सानो चन्द्रमामा कुनै रोभर अवतरण गरिएको छैन । रोभरले अन्तरिक्ष यान अवतरण गर्न उपयुक्त ठाउँ खोज्नेछ । त्यसपछि अन्तरिक्ष यान फोबोसको सतहमा अवतरण गरी रोबोटिक हात र दुईवटा नमुना सङ्कलकको प्रयोगबाट धुलो जम्मा गर्नेछ ।

सङ्कलित नमुना सानो क्याप्सुलमा राखेर सन् २०३१ मा दक्षिण अस्ट्रेलियाको वुमेरा मरुभूमिमा अवतरण गराउने योजना छ । पृथ्वीमा ल्याइने नमुनाको मात्रा करिब १० ग्राम हुनेछ ।

मङ्गल ग्रह वा यसका उपग्रहबाट नमुना ल्याएर अध्ययन गर्नु अन्तरिक्ष वैज्ञानिकहरूको लामो समयदेखिको महत्त्वाकाङ्क्षा रहँदै आएको छ ।

खेतमा झुल्दै धानका बाला, मनमा झुल्दै दसैँको उमङ्ग । 🌾
20/10/2026

खेतमा झुल्दै धानका बाला, मनमा झुल्दै दसैँको उमङ्ग । 🌾

मुख्य राजमार्ग अवरोध (मिति २०८३।०७।०३ गते ०७:०० बजे सम्म)थप जानकारीका लागि : -  https://www.nepalpolice.gov.np/notices/1...
20/10/2026

मुख्य राजमार्ग अवरोध (मिति २०८३।०७।०३ गते ०७:०० बजे सम्म)
थप जानकारीका लागि : - https://www.nepalpolice.gov.np/notices/1141/

आज कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावनाआज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली र...
20/10/2026

आज कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, तराईका भूभागमा भोलि बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

तलेजु भवानी मन्दिर आज सर्वसाधारणका लागि खुला , दर्शन गर्नेको बिहानै देखि लामो लाइन
20/10/2026

तलेजु भवानी मन्दिर आज सर्वसाधारणका लागि खुला , दर्शन गर्नेको बिहानै देखि लामो लाइन

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when News HD Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share