ParewaNews

ParewaNews देश बदल्ने सन्देश

एकाघरका कांग्रेस सदस्यहरु दोबाटोमा उभिएर दायाँबायाँ कता जाने ? भन्ने अन्यौलमा छन् । दुईतिर नै आफ्नै परिवार छन् । कोही नज...
01/09/2026

एकाघरका कांग्रेस सदस्यहरु दोबाटोमा उभिएर दायाँबायाँ कता जाने ? भन्ने अन्यौलमा छन् । दुईतिर नै आफ्नै परिवार छन् । कोही नजिक र कोही टाढा छैनन् र होइनन् ।

एकाघरका कांग्रेस सदस्यहरु दोबाटोमा उभिएर दायाँबायाँ कता जाने ? भन्ने अन्यौलमा छन् । दुईतिर नै आफ्नै परिवार छन् । ....

01/09/2026

बाढीको विध्वंस !

01/09/2026

धादिङ-१ कि सांसद आशिका तामाङ र स्थानीय जनप्रतिनिधि बीच चर्काचर्की !

भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा फेरि अज्ञात शव फेला परेका छन् । ती शव रसुवा बाढीमा ज्...
01/09/2026

भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा फेरि अज्ञात शव फेला परेका छन् । ती शव रसुवा बाढीमा ज्यान गुमाउनेकै हुनसक्ने देखिन्छ।
कुशीनगर प्रशासनका अनुसार उक्त नदीमा अहिलेसम्म १३ शव फेला परेका छन्। जसमा ६ पुरुष र ७ महिला छन्।

31/08/2026

सरकारी गाडी दुरुपयोग !

यो गाडी रसुवा बाढीको एकदिन अघि नै नुवाकोटको दुप्चेश्वर नजिकै पार्किङ गरिएको र गाडीमा आउने ब्यक्ति गोसाइँकुण्ड गएको भन्ने खबर छ।

प्रारम्भिक सूचना अनुसार तनहुँको भानु नगरपालिकाको यो गाडी उपमेयरले चढ्ने गरेको गाडी हो। यद्यपि गाडी लिएर नुवाकोट पुग्ने ब्यक्ति उपमेयर हो वा अन्यले गाडी दुरुपयोग गरेको खुलेको छैन। गाडी अझै दुप्चेश्वर मै छ।

रसुवा बाढीपीडितका प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ संकलन भएको छ।बाढीबाट प्रभाव...
31/08/2026

रसुवा बाढीपीडितका प्रधानमन्त्री राहत कोषमा हालसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ संकलन भएको छ।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको छ। तर,पीडितले राहत नपाएको गुनासो झन् बढी छ।

सरकारले खोजी,उद्धार र राहत वितरणमा ध्यान पुर्‍याउन अझै के गर्नुपर्ला ?

रसुवाको भीषण बाढीपछि नुवाकोटको बेत्रावतीमा पुरिएको एक घरमा ठूलो संख्यामा शव फेला परेको छ। प्रारम्भिक विवरण अनुसार एउटै घ...
31/08/2026

रसुवाको भीषण बाढीपछि नुवाकोटको बेत्रावतीमा पुरिएको एक घरमा ठूलो संख्यामा शव फेला परेको छ। प्रारम्भिक विवरण अनुसार एउटै घरभित्र २० भन्दा बढी शव भेटिएका हुन्।

नुवाकोट प्रहरी प्रमुख एसपी विपिन रेग्मीले पनि घरको एउटै कोठामा धेरै शव भेटिएको पुष्टि गरे। तर, संख्या यकिन गर्न बाँकी रहेको बताए। वर्षा र अँध्यारोका कारण तत्काल सबै शवको गणना गर्न नसकिएको उनको भनाइ छ।

विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार घरभित्र २२ वटा शव फेला परेका छन्। उद्धार टोलीले केही शव बाहिर निकाले पनि अरु शव अझै घरभित्रै छन्।

31/08/2026

सरकारसँग माग – 'रसुवाका जनतालाई मर्न नदिनुस्!'

म आफैं वडा अध्यक्ष हुँ…

केही गर्न नसक्ने अवस्थामा पुगेको छु। दिनदिनै जिउँदै मरेको जस्तो महसुस गरिरहेको छु। हाम्रो बसमा केही छैन – न एम्बुलेन्स, न गाडी, न पर्याप्त स्वास्थ्य सुविधा।
जिबजिबे ग्रामीण अस्पतालमा एन्टरोलेटरल मायोकार्डियल इन्फार्क्सन (गम्भीर हृदयाघात) का बिरामी आउनुभएको छ। अवस्था अत्यन्तै नाजुक छ। तत्काल उच्चस्तरीय हृदय रोग केन्द्रमा रेफर गर्नुपर्ने र भौगोलिक कठिनाइका कारण हेलिकप्टरमार्फत एयर इभ्याकुएसन अनिवार्य छ।
सम्पर्क: ९८६१३७६५३०
सरकार, प्रदेश सरकार र सम्बन्धित सबै निकायलाई आक्रामक माग:
तुरुन्त सुनुवाइ होस्! ढिलाइ सहन सक्दैनौं!
१. अहिले नै हेलिकप्टर उद्धार व्यवस्था गर्नुहोस् – बिरामी मर्नुअघि नै। एक मिनेट पनि ढिला नगर्नुहोस्!
२. रसुवाका दुर्गम क्षेत्रमा पर्याप्त एम्बुलेन्स र आपतकालीन सवारी साधन तुरुन्तै खटाउनुहोस्। नत्र हामी दिनदिनै मर्दै जानेछौं!
३. जिबजिबे ग्रामीण अस्पताललाई तुरुन्त अपग्रेड गर्नुहोस्। म्यानपावर, उपकरण, औषधि र विशेषज्ञ सेवा नभएसम्म हामी चुप लागेर बस्दैनौं!
४. वैकल्पिक सडक तीन दिनदेखि माग गर्दा पनि सुनुवाइ नभएको छ। अहिले नै निर्माण सुरु गर्नुहोस् – होइन भने जवाफदेही को हो?
५. स्वास्थ्य आपतकालीन अवस्थामा एयर लिफ्ट, राहत र उद्धार को स्थायी प्रणाली तुरुन्त बनाउनुहोस्। जनता मरेर मात्र होइन, जिउँदै मर्ने अवस्थामा पुगेका छन्!
६. स्थानीय प्रतिनिधि र जनताको आवाज सुन्नुहोस्। हामी असहाय छौं – यो अवस्था अब सहन सकिँदैन!
रसुवाका जनता दिनदिनै मर्दै छन्। बाँचेका थप रसुवालीलाई मर्न नदिनुस्!
सरकारले अहिले नै सबै कुराको व्यवस्थापन गर्नुस् – उद्धार, राहत, अस्पताल सुधार र सडक। नत्र जनताको रिस बढ्दै जानेछ!
यदि कसैले हेलिकप्टर व्यवस्था गर्न, समन्वय गर्न वा यो आवाजलाई थप जोडदार बनाउन सक्नुहुन्छ भने अहिले नै गर्नुहोस्।

— सन्दीप पौडेल
वडा अध्यक्ष, कालिका गाउँपालिका, रसुवा
📞 9869160299

नेपालबारे के भन्दै छ अमेरिका ?यात्रा नगर्नुहोस्:रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र, नेपाल–चीन सीमा नाक...
31/08/2026

नेपालबारे के भन्दै छ अमेरिका ?
यात्रा नगर्नुहोस्:
रसुवा जिल्लाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र, नेपाल–चीन सीमा नाका समेत, मा कुनै पनि कारणले यात्रा नगर्नुहोस्। त्यहाँ बाढीका कारण यातायात र सञ्चार सेवा प्रभावित, खोज तथा उद्धार एवं पुनःस्थापना कार्यहरू जारी रहेका छन्। साथै थप बाढी र पहिरोको जोखिम पनि रहेको छ।
नेपालमा नागरिक अशान्तिका कारण थप सावधानी अपनाउनुहोस्। केही क्षेत्रमा जोखिम अझ बढी हुन सक्छ। सम्पूर्ण यात्रा सम्बन्धी सुरक्षा सूचना (Travel Advisory) पढ्नुहोस्।
सुरक्षा सूचनाको सारांश:
सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू रोकिएका छन् र हाल सुरक्षा अवस्था स्थिर छ। तर विशेषगरी शहरहरूमा प्रदर्शन तथा स्थानीय अशान्ति अझै हुन सक्छ।

प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचना बिना सुरु हुन सक्छन् र छिट्टै हिंसात्मक बन्न सक्छन्। ठूला भीडबाट टाढा रहनुहोस् र स्थानीय अधिकारीहरूले दिएका निर्देशनहरू पालना गर्नुहोस्।

गोरखामा ग्यासको संकट : गोरखा बजारमा ग्याँसको अभाव भएपछि लिनका लागि राती नै लाइन लागेका सर्वसाधारण ।
31/08/2026

गोरखामा ग्यासको संकट : गोरखा बजारमा ग्याँसको अभाव भएपछि लिनका लागि राती नै लाइन लागेका सर्वसाधारण ।

Address

Kathmandu Metropolitan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when ParewaNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ParewaNews:

Shortcuts

Share