Army, Police,APF lover

Army, Police,APF lover हाम्रो यो पेज मा हामी नेपाल सेनासम्बन्धी सबै जानकारी दिने हुनाले सबैले join हुनु होला ।

प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा/काज सम्बन्धमा ।
01/06/2026

प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा/काज सम्बन्धमा ।

"International Day of UN Peacekeepers" को अवसरमा ज्येष्ठ १८ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोज...
01/06/2026

"International Day of UN Peacekeepers" को अवसरमा ज्येष्ठ १८ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलद्वारा शान्ति कार्य मिसनमा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र तथा उत्कृष्ट कार्य गर्ने पाँच सैनिकहरूलाई कदर पत्र प्रदान गरियो। सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान दिँदै आएको नेपाल आज ४,१७९ जना शान्ति सैनिकसहित विश्वकै अग्रणी शान्ति सैनिक योगदानकर्ता राष्ट्रको रूपमा स्थापित छ।


01/06/2026

Army girl 👧🏻

31/05/2026
बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला ।
31/05/2026

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव फेला ।

यस्तो छ नयाँ सरकारले बढाएकाे प्रहरीहरूको नयाँ तलबमान, नयाँ आर्थिक बर्ष २०८३/८४ देखी लागु हुनेगरी प्रहरी कर्मचारीको तलब व...
31/05/2026

यस्तो छ नयाँ सरकारले बढाएकाे प्रहरीहरूको नयाँ तलबमान, नयाँ आर्थिक बर्ष २०८३/८४ देखी लागु हुनेगरी प्रहरी कर्मचारीको तलब वृद्धि...

रसुवा, गोसाइकुण्ड-५ चोलाङपाटीमा लेक लागि बिरामी भएका एक जनालाई श्रीनाथ गणबाट खटिएको टोलीले जेठ १५ गते उद्बार गरी धुन्चेत...
30/05/2026

रसुवा, गोसाइकुण्ड-५ चोलाङपाटीमा लेक लागि बिरामी भएका एक जनालाई श्रीनाथ गणबाट खटिएको टोलीले जेठ १५ गते उद्बार गरी धुन्चेतर्फ पठाएको छ ।


साउनदेखि कर्मचारीको तलबमा ठूलो वृद्धि, कार्यालय सहयोगीले नै पाए ४० हजारकर्मचारीलाई सरकारको ‘गिफ्ट’, तलबसँगै प्रोत्साहन भ...
30/05/2026

साउनदेखि कर्मचारीको तलबमा ठूलो वृद्धि, कार्यालय सहयोगीले नै पाए ४० हजार

कर्मचारीलाई सरकारको ‘गिफ्ट’, तलबसँगै प्रोत्साहन भत्ता पनि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको छ।

संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको समग्र तलबमा करिब २१ प्रतिशत वृद्धि गरिएको जानकारी दिएका हुन्। नयाँ तलबमान आगामी साउन महिनादेखि लागू हुनेछ।

सरकारले आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ भने कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरिएको छ। यसअघि दिइँदै आएको महँगी भत्ता पनि यथावत् कायम रहनेछ।

नयाँ व्यवस्थाअनुसार सरकारी सेवाको सबैभन्दा तल्लो तहका कर्मचारी अर्थात् कार्यालय सहयोगीले अब मासिक ४० हजार रुपैयाँ तलब बुझ्नेछन्। हाल उनीहरूको तलब २७ हजार ६१२ रुपैयाँ रहेको छ।

त्यस्तै निजामती सेवाको सबैभन्दा उच्च पद मुख्यसचिवको मासिक तलब १ लाख ४ हजार ८७ रुपैयाँ पुगेको छ। विशिष्ट श्रेणीका सचिवहरूले अब ९७ हजार ५ सय ५ रुपैयाँ पाउनेछन् भने अतिरिक्त सचिवको तलब ७८ हजार १ सय ९२ रुपैयाँ कायम गरिएको छ।

सरकारले सहसचिवको तलब ८८ हजार २१४ रुपैयाँ, उपसचिवको ७८ हजार २६७ रुपैयाँ तथा शाखा अधिकृतको तलब ७० हजार ६ सय ७९ रुपैयाँ पुर्‍याएको छ।

अर्थमन्त्री वाग्लेले शिक्षा तथा सुरक्षा सेवामा कार्यरत कर्मचारीको तलब पनि यही अनुपातमा वृद्धि हुने जानकारी दिएका छन्।

सरकारले कर्मचारीको मनोबल वृद्धि, सेवा प्रवाह सुधार तथा बढ्दो महँगीलाई ध्यानमा राखेर तलब वृद्धि गरिएको जनाएको छ।

बाँके, नेपालगंज-२१, नयाँ बस्ति स्थित एभरेष्ट फर्निचर उद्योगमा भएको आगलागी बज्रदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय ...
30/05/2026

बाँके, नेपालगंज-२१, नयाँ बस्ति स्थित एभरेष्ट फर्निचर उद्योगमा भएको आगलागी बज्रदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा जेठ १६ गते राती करिव १ बजे नियन्त्रणमा लिएको छ ।


Address

Kathmandu

Telephone

+9779800658359

Website

Alerts

Be the first to know and let us send you an email when Army, Police,APF lover posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Army, Police,APF lover:

Share