06/01/2026
नारायणी किनारमा दुर्लभ एकसिङे गैंडाको प्रकृति प्रजनन
विश्वकै दुर्लभ एकसिङे गैंडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ ।
सन् २०२१ मा नेपालमा भएको गैंडा गणनामा चितवनमा ६९४ गैंडा थिए । देशभर गरे ७५२ गैंडाको गणना भएको थियो । नेपालले सन् २०३० सम्म गैंडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् । यद्यपि, केही समयदेखि गैंडा मर्ने क्रम बढेकाले लक्ष्यमा पुग्न सहज बाटो भने देखिँदैन ।
यसबीच नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ। एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । नेपालमा सन् २०२१ पछि गैंडा गणना भएको छैन । पछिल्लो समय नेपालमा गैंडाको संख्या बढ्दो क्रममा रहेकोले गणना गर्नुपर्ने माग बढ्दो छ ।
तस्बिरहरू : दृष्टान्त बिडारी/ नेपाल फोटो लाइब्रेरी