20/04/2026
एक २४ वर्षको युवक आफ्ना बुवासँग रेलमा यात्रा गर्दै थियो।
झ्यालबाट बाहिर हेर्दै उसले अचानक बालसुलभ उत्साहमा भन्यो-“बुबा, हेर्नुस् त… रुखहरू पछाडि दौडिरहेका छन्!
बुवा चुपचाप मुस्कुराए।
तर वरिपरि बसेका यात्रुहरूलाई त्यो उत्साह अपरिपक्वता जस्तो लाग्यो।
केही क्षणपछि युवक फेरि बोल्यो- बुबा, हेर्नुस् त… बादलहरू पनि हामीसँगै दौडिरहेका छन्!
अब भने यात्रुहरूको धैर्य टुट्यो।
एक जनाले असहज भएर भन्यो- “तपाईंको छोरा ठीक छैन जस्तो छ, उसलाई उपचार गराउनु पर्दैन?”
बुवाको मुस्कान यथावत थियो, तर स्वर गहिरो भयो- “हामी भर्खरै अस्पतालबाट फर्किरहेका छौं…
मेरो छोरा जन्मदेखि अन्धो थियो,
आज उसले पहिलोपटक संसार देखिरहेको छ।”
त्यो क्षणमा आवाजहरू हराए,
र मौनताले सबैलाई आफ्नै सोचसँग एक्ल्यायो।
त्यसैले त भनिन्छ नि, निर्णय गर्नु,सुनाउनु अघि बुझ्ने प्रयास गरौं। किनकि हरेक मुस्कान, हरेक शब्द, र हरेक व्यवहार पछाडि एउटा अदृश्य संघर्ष, एउटा अनकही कथा लुकेको हुन्छ।
साँचो बौद्धिकता भनेको छिटो निर्णय गर्नु होइन,
गहिरो बुझ्न सक्ने धैर्य राख्नु हो।
हामी प्रायः देखिएको आधारमा निर्णय गर्छौं,
तर नदेखिएको सत्य नै सबैभन्दा शक्तिशाली हुन्छ।