Shortcut News

Shortcut News छोटो मिठो. [email protected]
(2)

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजिनामा बुझाएकी छिन् ।
10/09/2026

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजिनामा बुझाएकी छिन् ।

02/09/2026

रसुवामा बाढी आएको दिन सरकारले के–के गर्‍यो ? प्रधानमन्त्री बालेनले सुनाए विवरण .

रसुवामा भयावह दृश्य : एउटै ठाउँबाट ९८ शव फेलारसुवाको टिमुरेस्थित एकै स्थानमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा प...
01/09/2026

रसुवामा भयावह दृश्य : एउटै ठाउँबाट ९८ शव फेला

रसुवाको टिमुरेस्थित एकै स्थानमा सुरक्षा निकायले उत्खनन् गर्दा बाढीपहिरोमा पुरिएका ९८ वटा शव फेला परेको बताइएको छ।

भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका क्रममा सुरक्षा निकायले उत्खनन् गर्दा ठूलो संख्यामा शव फेला परेको हो। घटनास्थलमा थप शव हुन सक्ने आशंकामा खोजी तथा उत्खनन् कार्य जारी रहेको बताइएको छ।

यसअघि पनि रसुवाको बाढीपहिरोमा ठूलो मानवीय क्षति भएको विवरण सार्वजनिक हुँदै आएका छन्।

01/09/2026

रसुवा बाढिमा परेर मृ"त्यु हुनेको सङ्ख्या १०१० पुगेको छ, as per Nepal Police 8 AM Update.

मेसीले लिए अर्जेन्टिनाको राष्ट्रिय टिमबाट संन्यास, २१ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्तअर्जेन्टिनाका महान् फुटबलर लियो...
31/08/2026

मेसीले लिए अर्जेन्टिनाको राष्ट्रिय टिमबाट संन्यास, २१ वर्षे अन्तर्राष्ट्रिय यात्रा समाप्त

अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा संन्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले सोमबार सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै अब राष्ट्रिय टोलीका लागि आफूले दिन सक्ने सबै दिइसकेको बताएका छन्।

मेसीको यो निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा उनको करिब २१ वर्ष लामो ऐतिहासिक यात्रा समाप्त भएको छ। उनले अर्जेन्टिनालाई सन् २०२२ को फिफा विश्वकप उपाधि दिलाउनुका साथै २०२१ र २०२४ को कोपा अमेरिका पनि जिताएका थिए।

सन् २०२६ को विश्वकपमा अर्जेन्टिना स्पेनसँग फाइनलमा पराजित भएपछि मेसीले संन्यासबारे निर्णय गरेका थिए। उनका अनुसार उनले संन्यासको सन्देशसमेत फाइनलको केही दिनपछि नै लेखेका थिए। पछिल्लो समय उनका पिता जर्ज मेसीको निधन भएपछि आफ्नो निर्णयप्रति उनी अझ दृढ बनेका थिए।

अन्तर्राष्ट्रिय करियरमा मेसीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। राष्ट्रिय टोलीबाट संन्यास लिए पनि उनी क्लब फुटबलमा भने इन्टर मियामीबाट खेल्न जारी राख्नेछन्।

मेसीको संन्याससँगै अर्जेन्टिनाको जर्सीमा एक महान् युगको अन्त्य भएको छ।

31/08/2026

रसुवा बाढीको कारण नदीमा हानीकारक किटाणु फैलिएको हुनसक्ने भन्दै नेपाल प्रहरीले बाढीसँगै नदीमा बगेर आएका माछा तथा अन्य नदीजन्य खाद्यपदार्थ नखान अनुरोध गरेको छ ।

31/08/2026

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही भेटिएन, सेनाको उद्धार टोली फर्कियो .

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानवीय उपस्थिति भेटिएन, नेपाली सेनाको उद्धार टोली फर्कियोरसुवा — भोटेकोशी नदीमा बाढ...
31/08/2026

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानवीय उपस्थिति भेटिएन, नेपाली सेनाको उद्धार टोली फर्कियो

रसुवा — भोटेकोशी नदीमा बाढी आएपछि प्रभावित बनेको रसुवागढी जलविद्युत् आयोजनाको (RHPL) सुरुङभित्र गरिएको खोजीका क्रममा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी कार्य अघि बढाइएको थियो।

टोलीले सुरुङको भित्री भाग तथा अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई विस्तृत खोजी गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला नपरेको जनाइएको छ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली रसुवाको धुन्चेतर्फ फर्किएको छ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त स्थानमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।

31/08/2026

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बाढी आउदैछ भन्ने सूचना गलत रहेको भन्दै प्रहरीले भ्रममा नपर्न अनुरोध गरेको छ ।

गलत सूचना फैलाउनेलाई प्रहरीले खोजी गरिरहेको छ ।

Source: DSP, DPO Sindhupalchowk

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shortcut News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share