कृषि टुडे - Krishi Today

कृषि टुडे - Krishi Today कृषि टुडे डटकम द्वारा संचालित यस पेजमा तपाईलाई हार्दिक नमस्कार गर्दछौं।

सुन्तलाजात फलफूलको रोगकिरा पहिचान तथा ब्यबस्थापन
12/12/2025

सुन्तलाजात फलफूलको रोगकिरा पहिचान तथा ब्यबस्थापन

कौसीमा खेतीमा माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरु ----------------------------------------------------- स्वस्थ्य ...
10/12/2025

कौसीमा खेतीमा माटो ब्यबस्थापनमा ध्यान दिनुपर्ने कुराहरु
-----------------------------------------------------
 स्वस्थ्य र सफा ठाउँको राम्रो मलिलो माटो ल्याई डल्ला फोरेर सफा गरी झ्यास, छेस्काछेस्की, ठुटा, गिर्खा केलाई चालेर सफा गर्नुपर्दछ ।

 त्यसपछि गेगर नमिसिएको राम्रो बालुवा र राम्रोसंग पाकेको कम्पोष्ट मल वा गोवर मल वा जंगलमा पतिङर कुहिएर बनेको मल धुलो पारेर केलाई चाल्नाले अथवा जालीले चाल्नुपर्दछ ।

 २ भाग माटोमा एक भाग कम्पोष्ट मिसाउने यदि बालुवा नभएको माटो छ भने एक भाग बालुवा पनि मिसाउने |

 भांडो वा संरचनामा समिश्रण भर्नुभन्दा पहिलो साना साना इटका टुक्रा वा गेगरले भाडोका प्वालको सतहसम्म पुग्ने गरी भर्नु पर्दछ ।

 प्लाष्टिकको थैला वा भाडोमा समिश्रण भर्दा गमला वा काठको बाकसमा समिश्रण पुरा नभरेर
केहि ठाउँ खाली राख्नु पर्दछ ।

 प्लाष्टिक थैलामा दुई तिहाई मात्र समिश्रण भरेर एक तिहाई भाग उल्टाउदै लगेर समाउन सजिलो पार्नु पर्दछ ।

 भरेको समिश्रणलाई एक पटक हजारीले राम्ररी भिज्ने गरी पानी दिई केही ओभाएपछि विरूवा सार्नु पर्दछ ।

 #किरा ब्यबस्थापनमा बालीको प्रयोग |
10/12/2025

#किरा ब्यबस्थापनमा बालीको प्रयोग |

 #ट्राइकोडर्माको प्रयोग किन र कसरी गर्ने-------------------------------------------------->> यो एक प्रकारको ढुसी हो, यसक...
02/12/2025

#ट्राइकोडर्माको प्रयोग किन र कसरी गर्ने
--------------------------------------------------
>> यो एक प्रकारको ढुसी हो, यसको प्रयोगले बिरुवाको वृद्धि बिकास सँगै बिबिध रोगको जीवाणु नियन्त्रण हुन्छन।
विभिन्न तरिकाले जरा ,डाँठ ,फेद कुहिने, ब्याकटेरियल ब्लाइट, बेर्ना कुहिने , ओइलाउने रोग,आलु गोलभेडाको डढुवा, लसुनमा देखिने सडन आदि नियन्त्रणमा यो प्रभावकारी मानिन्छ। बजारमा विभिन्न नाममा उपलब्ध हुन्छन्।

>> ५ ग्राम ट्राइकोडर्माको धूलो १५ लिटर पानीमा मिसाएर एक केजी बिउ उपचार गर्न सकिन्छ। उपचार गरेका बिउ आधा घण्टा जति छायाँमा सुकाएर रोप्न सकिन्छ।

>> ५-१० ग्राम ट्राइकोडर्मा एक लिटर पानीमा मिसाएर १५-२० मिनेट जरा डुबाएर बेर्ना उपचार गरी लगाउन सकिन्छ।

>> ५ ग्राम ट्राइकोडर्मा १ लिटर पानीमा मिसाई लेदो बनाएर आवश्यकता अनुसार साँझपख बालीनालीमा छर्न सकिन्छ।

>> नर्सरी तयार गर्दा सीधा माटोमा ५०-७५ ग्राम धूलो प्रतिरोपनी वा ५ ग्राम प्रतिलिटर पानीमा मिसाई वा १० ग्राम धूलो १०० ग्राम मलमा मिसाएर नर्सरीमा छर्न सकिन्छ ।

>> बाली लगाउने खेतमा माटो उपचारको लागि सीधा धूलो छरेर वा १०-२० ग्राम ट्राइकोडर्मा धूलो एक केजी मलमा मिसाई आवश्यकताअनुसार छर्न सकिन्छ।

 #बर्षैभरी घाँस उपलब्ध गराउने तरिका     -------------------------------------------- बहुबर्षिय घाँसहरु सेटिरिया, स्टाईल...
01/12/2025

#बर्षैभरी घाँस उपलब्ध गराउने तरिका
--------------------------------------------
 बहुबर्षिय घाँसहरु सेटिरिया, स्टाईलो, राईग्रास, नेपियर, कुद्जु, अम्रिसो, कक्सफुट, डेस्मोडीयम ठाउँअनुसार साउनदेखि मंसिर सम्म लिन सकिन्छ |

 बर्षे घाँसहरु मकै, बोडी, टियोसेन्टि, बाजरा, सुडान, भटमास, सिमि आदी जेठ देखि साउन सम्म लिन सकिन्छ |

 हिउँदे घाँसहरु जै, बर्शिम, केराउ, क्लोभर, भेच मंसिर- पुष देखि चैत्र- बैशाख सम्म खुवाउन सकिन्छ |

 डाले घाँसहरु आवश्यकता अनुसार कार्तिक देखि माघ फागुन सम्म उपलब्ध गराउन सकिन्छ |

 बर्षायाममा बढी भएका हरियो घाँसहरुलाई हे वा सईलेज बानाई हिउँदको सुक्खायामको मंसिर- पुषदेखि चैत्रसम्म खुवाउन सकिन्छ |

स्थानीय स्तरमा बोकासी मल बनाउने तरिका------------------------------------------------ प्राङ्गारिक पदार्थलाई फर्मेंन्ट गर...
30/11/2025

स्थानीय स्तरमा बोकासी मल बनाउने तरिका
------------------------------------------------
प्राङ्गारिक पदार्थलाई फर्मेंन्ट गराएर छोटो समयमा मल तयार गरिएको मललाई बोकासी मल भनिन्छ ।

ठोस बोकासी मल बिरुवालाई दिँदा सीधै माटोमा मिलाई प्रयोग गर्न सकिन्छ भने यसको झोल निकाली पातमा छर्न पनि सकिन्छ ।
यो मल कम्पोस्टभन्दा छिटो तयार हुने तथा यसबाटबिरुवालाई प्राप्त हुने खाद्यतत्व गोठेमलमा भन्दा बढी हुन्छ |
यसको प्रयोग हुँदा माटोको भौतिक रासायनिक गुणमा सुधार भएको पाइनुको साथै यसले माटोमा जीवाणुको गतिविधि बढाएको पाइएको छ ।

। यसले बिरुवालाई चाहिने धेरै प्रकारका खाद्य तत्व प्रदान गर्दछ साथै माटोको उर्वरा शक्ति पनि बढाउँदछ |

आवश्यक सामाग्रीहरु
धानको ढुटो- १०० के.जी.
हाडको धुलो-२५ के.जी.
पिना-२५ के.जी.
ई.एमको झोल-५० एम एल
सख्खर- १५० ग्राम
पानी- १५ लिटर

माथिका सबै सामग्री राम्ररी मिलाउने र ई.एमको तयारी झोल हाल्दै फिट्दै जानुपर्दछ ।

यसरी राम्ररी मिलाई सकेपछि हावा नछिर्ने गरी मुख बन्दगर्ने र घाम छेकिने तर न्यानो ठाउँमा राख्नु पर्दछ ।

थुप्रो भित्र अक्सिजनको सञ्चार गराउन हप्तामा २-३ पटक राम्रोसंग चलाउनुपर्छ |

मललाई चलाउँदा माथिको तल र तलको माथि हुने गरी पल्टाउने गर्नुपर्छ | यसरी चलाउँदा मिश्रणमा हावा पस्नुका साथै मिश्रणको
तापक्रम घटाउन सहयोग पुग्दछ

मल पल्टाउँदा मिश्रणको चिस्यान कम भएको अनुभव भएमा पानी छर्कंदै मिश्रणमा मिसाई चिस्यान पूरा गरिन्छ । धेरै पानी दिई मिश्रणलाई धेरै चिसोपनि बनाउनु हुँदैन |

यसरी राखिएको बोकासी गर्मी मौसममा १०-१५ दिनमा नै तयार हुन्छ भने चिसो मौसममा यो तयार हुन ३०–४५ दिनसम्म
लाग्दछ ।

यसरी तयार भएको मल गन्धरहित हुन्छ । यो मल तयार भएपछि तुरुन्त प्रयोग गर्दा यसको असर बोट बिरुवामा धेरै छिटो देखिन्छ ।

यसलाई पछि प्रयोग गर्ने योजना भएमा तयारी मललाई छायाँमा सुकाई पानीको मात्रा घटाइन्छ र हावा नछिर्ने गरी
प्लाष्टिकको बोरामा प्याक गरी पछिको लागि सञ्चय गर्न सकिन्छ ।

यसको सञ्चय अवधि करिब ६ महिना हुने भएतापनि ताजा मलमा जस्तो सञ्चित खाद्य तत्व रहन्न |

बिरुवाको उमेर अनुसार जस्तै १०-१२ दिनको तरकारी बेर्नालाई १५-२० ग्राम फलफूललाई १००-२०० ग्राम प्रति बोट मल प्रयोग गर्न सकिन्छ | मल राख्नु अगाडी माटोमा भने प्रशस्त चिस्यान रहनुपर्छ |

गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलो लुम्पेकका इन्द्र विश्वकर्माको नर्सरीमा  प्याजको बेर्ना बिक्रीका लागि तयारी हुँदै  |
30/11/2025

गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलो लुम्पेकका इन्द्र विश्वकर्माको नर्सरीमा प्याजको बेर्ना बिक्रीका लागि तयारी हुँदै |

आलुको पछौटे डढुवा रोग  पहिचान - यो रोगले डाँठ, पात र फललाई असर गर्छ । शुरुमा पातमा खैरो कालो सानो दाग देखापर्दछ यही रोग ...
30/11/2025

आलुको पछौटे डढुवा रोग

पहिचान
- यो रोगले डाँठ, पात र फललाई असर गर्छ । शुरुमा पातमा खैरो कालो सानो दाग देखापर्दछ यही रोग छिटै फैलिएर पात डाँठको भाग पनि ढाक्छ ।

- शुरुमा रोग लाग्दा पातको तल्लो भागमा कपास जस्तो ढुसी वृद्वि भएको देखिन्छ|

- पछि आलुको दानामा पनि यसको आक्रमण हुन्छ । साथै भण्डारणमा धेरै आलु कुहिन्छ । दानाको बाहिरी सतहमा खैरो भिजेको बैजनी रंगको दागहरु देखिन्छ |

- बढी तापक्रम बादल लागेको वा हल्का पानी परेको र बढी आद्रता (ओसिलोपन) भएको बेला यस ढुसी रोगको प्रकोप तथा फैलिने प्रकृया बढी हुन्छ ।

व्यवस्थापन विधि
- ओसलाई नियन्त्रणमा राख्न बालीमा झारपात हुनु हुँदैन ।

- यो रोगको रोकथाम गर्नको निम्ति दुई–तीन वर्षमा रोग नलाग्ने बालीसँग बाली–चक्र चलाउनु पर्छ ।

- पुरानो बोटको अवषेश, नाबो बिरुवा तथा झारहरु हटाई खेत सफा साख्ने ।

- रोग सहन सक्ने जात जस्तै– खुमल लक्ष्मी, जनक देव आई.पि.वाई– ८ लगाउने ।

- उचित तौल, (२५–४० ग्राम) साइजको बीउ छनौट गरी प्रयोग गर्ने ।

- स्थान र मौसम अनुसार रोग अनुकूल वातावरण छल्न लगाउने समय केही छिटो वा ढिलो गरी मिलाउने ।

- सिफारिस अनुसार सन्तुलित मलखाद प्रयोग गर्ने ।

- पाकेको गोबर मल १ मे.ट. मा २.५ के.जी. ट्राईकोडर्मा जैविक विषादि मिसाई प्रति रोपनि प्रयोग गर्ने ।

- बाली चक्रमा गोलभेडा, भेडे खुर्सानी, खुर्सानी, भण्टा जस्ता बालीहरु लगाउनु हुँदैन ।

- बिरुवा उम्रेको १ हप्तामा उकेरा लगाउने यसले रोग नियन्त्रण गर्न मद्दत गर्दछ ।

- रोग देखिनासाथ कपरअक्सिक्लोराईड १.५ ग्राम वा म्याङ्ककोजेव २ ग्राम प्रतिलिटर पानीका दरले पातको दुवैतर्फ पर्ने गरी स्प्रे गर्ने ।

- इन्डोफिल २.५ ग्राम प्रति लिटर पानीमा मिसाईइ ७-१० दिनको फरकमा स्प्रे गर्ने |

- रिड़ोमिल १.५ ग्राम वा डाइमेथोमर्फ ५०% ई.सी. १.५ मि.लि. ग्राम प्रति लि. पानीका दरले पातको दुवैतर्फ पर्ने गरी स्प्रे गर्ने |

काउली बन्दाको पुतलीक्षति  काउली बाली समूहका सबै बालीहरुमा यसको समस्या भए पनि बढी बन्दाकोबीमा आक्रमण गर्दछ । परिपक्क पुतल...
27/11/2025

काउली बन्दाको पुतली
क्षति
काउली बाली समूहका सबै बालीहरुमा यसको समस्या भए पनि बढी बन्दाकोबीमा आक्रमण गर्दछ ।

परिपक्क पुतलीहरु पहेंलो सेतो रंगका हुन्छन । लाभ्रे निलो–हरियो रंगको हुन्छ । शरीरभरी काला थोप्लाहरु र ढाडतर्फ शिरदेखि पुछारसम्म तिनवटा पहेंला धर्साहरु हुन्छन् । शरिरभरी झुस हुन्छ ।

लाभ्रेको आक्रमणले गर्दा स–साना बोटहरुमा कलिला पातहरु नासिन्छन र बोटहरु नहुर्की मर्दछन् ।

ठूला बोटहरुमा मसिना लाभ्रेले गर्दा पातहरुमा छाला खोस्रियको लक्षण देखिन्छ भने ठूला लाभ्रेले गर्दा पातहरुको मूख्य नशामात्र बांकी रहेको कंकाल मात्र देखिन्छ ।

ठूला लाभ्रेले कोवीमा प्वाल पारी खाई विष्टायको हुन्छ र पछि कुहिन सक्छ । दिशामा ढुसी उम्रिन्छ र पुरै पात ढाक्दछ ।

व्यवस्थापन
यस कीराले पातको तल्लो सतहमा पहेंला रंगको फुलहरु पार्दछन् त्यस्ता फुलहरु र सगोलमा बसी खाईरहेका लाभ्रेहरु संकलन गरी नष्ट गर्नु पर्दछ ।

लाभ्रे सानो छंदा १ ग्राम बिटी प्रतिलिटर पानीमा मिसायर साँझपख बिरुवामा छर्नुपर्दछ ।

स–सानो पारीएको १ केजी सुर्तीको डांठ र पातलाई १५ लिटर पानीमा २४ घण्टा ढड्याएर
त्यसमा ३० ग्राम जती नरम साबुन घोलेर कपडामा छानेर गरी आएको झोललाई लाभ्रेको बिरुद्घमा प्रयोग गर्न सकिन्छ । बालीमा यसको असर ४–५ दिनसम्म रहन सक्छ ।

कच्चा वा प्रशोधित निमजन्य विषादीको निमारिन, मार्गेराम आदि ३ मि.लि. प्रतिलिटर पानीमामिसाएर ७ दिनको फरकमा ३ पटक छर्नेपर्छ |

रासायनिक विषादी छर्ने हो भने साइपरमेथ्रीन २ मि.लि. प्रतिलिटर पानीमा मिसाइ ७ दिनको फरकमा २ पटक छर्नपर्छ |

तरकारीको बेर्ना हुर्काउन जान्नै पर्ने कुराहरु ----------------------------------------नर्सरीको लागी जग्गाको छनौट गर्दा प...
26/11/2025

तरकारीको बेर्ना हुर्काउन जान्नै पर्ने कुराहरु
----------------------------------------
नर्सरीको लागी जग्गाको छनौट गर्दा प्रशस्त प्राङ्गारीक पदार्थ भएको बलौटे, दोमत माटो, रुख कान्ला वा घर/गोठ आदी केहिको छहारी नपर्ने ठाँउको छनौट गर्नु पर्दछ ।

सकेसम्म घरको छेउछाउ जहाँ राम्रो रेखदेख पुर्‍याउन सकिने ठाउँमा व्याड बनाउनु पर्दछ र ब्याडलाई दिनको एक पटक निरीक्षण गर्नु पर्छ ।

खेती गरिने ठाउँको हावापानी र मौसम सुहाउँदो तरकारी बाली र तिनका जातहरुको छनौट गरी तिनको असल र स्वस्थ वीउ मात्र प्रयोग गर्नु पर्छ ।

वीउलाई रोप्नु भन्दा अगाडी प्रतिकिलो ५ ग्राम ट्राइकोडर्मामा मोलेर उपचार गरेमा स्वस्थ बेर्ना उत्पादन गर्न सघाउ पुग्दछ ।

वीउ छर्नु १०—१२ दिन अगाडी खनजोत गरी प्रति वर्ग मिटर ५ किलोको दरले पाकेको कम्पोष्टमा २—५ ग्राम सम्म ट्राइकोडर्माको धुलो मिसाएर ब्याडलाई डल्ला तथा झारपात रहित बुर्बुराउँदो बनाउनु पर्दछ ।

नर्सरी बनाएको ठाउँमा कीराहरुले नोक्सान नगरोस् भन्ने हेतुले प्रति वर्गमिटर ५० ग्राम निमकेकको धुलो माटोमा मिसाउनु पर्दछ ।

नर्सरीको चौडाइ १ मिटर भन्दा बढाउनु हुदैन र लम्बाइ, आवश्यकता अनुसार बनाउन सकिन्छ । तरकारी बाली अनुसार एक रोपनीको लागी ५ देखि १० वर्ग मिटर सम्मको नर्सरी आवश्यक पर्दछ ।

वीउ जमाउन तयार गरीएको व्याडमा चुच्चे कुट्टोले करीव ४—५ अंगुलको फरकमा १—२ अंगुलको गहिरो धर्सो बनाई हरेक १.५ देखि २ अंगुलको फरकमा वीउ खसाल्नु पर्दछ । त्यसपछि धर्सामा धुलो कम्पोष्ट वा मलिलो
माटोले पुर्नु पर्दछ ।

यसरी वीउ छोपिसके पछि नर्सरीलाई पराल वा जुटको बोराको छापो दिनु पर्दछ । साधारणतया २०—२२ डिग्री सेल्सियसको तापक्रममा वीउहरु राम्रो उम्रन थाल्दछन् र वीउबाट अंकुर आए पछि हल्का संग बेलुकीपख छापो हटाउनु पर्दछ ।

छापो हटाउने वित्तिकै रोग किराको प्रकोप बाट बचाउन एक लीटर पानीमा २ ग्राम ट्राइकोडर्माको धुलो र ३ एम.एल निम तेल मिसाइ स्प्रेयर बाट स्प्रेय गर्नु पर्दछ ।

बेर्नालाई किराको आक्रमण बाट जोगाउन नीम तेल ३ एम.एल र साबुन १ एम.एल प्रति लीटर पानीमा मिसाइ स्प्रेयरबाट एक हप्ताको फरकमा छर्नु पर्दछ ।

 #जुनार प्रवर्द्धन मेला हुँदैसिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित तिनकन्या माझकुभिण्डे स्थलमा स्थानीय उत्पादनलाई राष्ट...
23/11/2025

#जुनार प्रवर्द्धन मेला हुँदै
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित तिनकन्या माझकुभिण्डे स्थलमा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान दिलाउने उद्देश्यले आगामी मंसिर २३, २४ र २५ गते मेला सञ्चालन गरिने भएको हो ।

जुनार र सुन्तलाको व्यापारविपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कमा बिक्रीका लागि राखिएका जुनार...
21/11/2025

जुनार र सुन्तलाको व्यापार

विपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कमा बिक्रीका लागि राखिएका जुनार, सुन्तलालगायत । सिन्धुलीको स्थानीय उत्पादन जुनार र सुन्तला यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले कोसेलीको रुपमा किन्ने गरेका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when कृषि टुडे - Krishi Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि टुडे - Krishi Today:

Share