10/09/2025
नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु आदेश जारी
काठमाडौं । नेपाली सेनाले आज साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति तथा समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको र गर्न सक्ने सम्भावना रहेकाले देशको शान्ति अवस्थालाई मध्यनजर गरी हाल कायम निषेधाज्ञा साँझ ५ बजेसम्म जारी रहने सेनाले जनाएको हो । त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने र परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने सेनाले जनाएको छ ।