Ujyalo Karnali

Ujyalo Karnali कर्णालीका हरेक सन्दर्भ सत्य, तथ्य र निष्पक्ष रूपमा पोष्ट र प्रसारण गर्नेेछौं ।

02/09/2026

समयमा बाढीको सूचना किन भएन? प्रधानमन्त्रीको जवाफ

02/09/2026

सुरुङमा फसेकाहरूको उद्धारमा ढिलाइ किन? प्रधानमन्त्री बालेनले दिए यस्तो जवाफ

एकलाई पर्दा अर्को दुख्नु यही त हो नेपाली मन 🙏 :  सप्तरीको राजविराजस्थित राहत संकलन गर्ने ठाउँमा भोटेकोशी बाढी पीडितहरूका...
02/09/2026

एकलाई पर्दा अर्को दुख्नु यही त हो नेपाली मन 🙏 : सप्तरीको राजविराजस्थित राहत संकलन गर्ने ठाउँमा भोटेकोशी बाढी पीडितहरूका लागि राहत लिएर आएका व्यक्ति । ♥️

PC - Binod Yadav

तत्कालका लागि त्रिशूली नदी वारपार गर्न नुवाकोटको विदुरमा तुइन सञ्चालनमा ल्याइएको छ।
02/09/2026

तत्कालका लागि त्रिशूली नदी वारपार गर्न नुवाकोटको विदुरमा तुइन सञ्चालनमा ल्याइएको छ।

प्रयोग भएको खराब कपडा पनि पठाउनुभएको पाइएको छ । त्यसो नगरौं । सकिँदैन भने बरु नदिऔँ दिँदाखेरि सफा कपडा दिउँ । प्रयोग भैस...
02/09/2026

प्रयोग भएको खराब कपडा पनि पठाउनुभएको पाइएको छ । त्यसो नगरौं । सकिँदैन भने बरु नदिऔँ दिँदाखेरि सफा कपडा दिउँ । प्रयोग भैसकेको कपडा स्वास्थ्यको हिसाबले पनि अरुलाई दिनु राम्रो मानिँदैन । उहाँहरूको पनि घर थियो, एउटा स्टेटस थियो दैवीप्रकोपले आज यस अवस्थामा ल्यायो । सरकारकै माध्यमबाट दिनुपर्छ भन्ने बाध्यकारी अवस्था छैन । सहयोग गर्दा राम्रो तरिकाले जसरी गर्दा पनि हुन्छ ।

- गृहमन्त्री सुदन गुरुङ

भारतीय कलाकार सोनु सूद नेपाल आएर बाढीपीडितहरूलाई भेटेपछि भन्छन् - “यति गाह्रो परिस्थितिमा पनि उहाँहरूको अनुहारमा जुन मुस...
02/09/2026

भारतीय कलाकार सोनु सूद नेपाल आएर बाढीपीडितहरूलाई भेटेपछि भन्छन् - “यति गाह्रो परिस्थितिमा पनि उहाँहरूको अनुहारमा जुन मुस्कान छ, त्यसले मलाई प्रेरणा दिन्छ। यस्तो कठिन समयमा मैले आज एक जना भाइलाई भेटेँ, जसका आमाबुवा बाढीमा हराउनुभएको रहेछ। तर पनि उहाँ मुस्कुराउँदै अरू मानिसलाई मद्दत गरिरहनुभएको थियो। यही हो नेपाल।

म यहाँ मद्दत गर्नका लागि मात्र आएको होइन। मलाई लाग्छ, यो मेरो कर्तव्य हो। यदि भगवानले मलाई कसैको जीवन बदल्न सक्ने र एउटा अनुहारमा भए पनि मुस्कान ल्याउन सक्ने क्षमता दिनुभएको छ भने म अवश्य आउँछु।

जब तपाईं नजिक गएर उनीहरूको हात समात्दै ‘म तपाईंहरूको साथमा छु’ भन्नुहुन्छ, त्यसको प्रभाव दानले मात्र कहिल्यै दिन सक्दैन।” 🙏

सिंगापुरको विशेष फरेन्सिक टोली पनि नेपाल आइपुगेको छ । यस टोलीले बाढीका शवलाई पहिचान गर्न सहयोग गर्ने छ । ❤️
02/09/2026

सिंगापुरको विशेष फरेन्सिक टोली पनि नेपाल आइपुगेको छ । यस टोलीले बाढीका शवलाई पहिचान गर्न सहयोग गर्ने छ । ❤️

काठमाडौँको छाउनी घर भएकी मंगला अमात्यले भोटेकोशीमा आएको बाढीपिडितलाई सहयोगका गर्न प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख ...
02/09/2026

काठमाडौँको छाउनी घर भएकी मंगला अमात्यले भोटेकोशीमा आएको बाढीपिडितलाई सहयोगका गर्न प्रधानमन्त्री राहत कोषमा १ करोड ८ लाख रुपैयाँ दान गरेकी छिन् । मनकारी मंगला अमात्यलाई धेरै धन्यबाद । 🙏❤️

बाढीपिडितको लागि भन्दै मान्छेले फाटेको कट्टु समेत दान गरेका छन् । यो कट्टु सार्वजनिक गर्दै टिकटकर इभा गिरी भन्छिन्: यो फ...
02/09/2026

बाढीपिडितको लागि भन्दै मान्छेले फाटेको कट्टु समेत दान गरेका छन् । यो कट्टु सार्वजनिक गर्दै टिकटकर इभा गिरी भन्छिन्: यो फाटेको कट्टु कसले पठाएको हो ? कसले लगाउछ यस्तो फाटेको कट्टु ? यस्तो दान नगर्नु होला, यस्तो कसैले लगाउदैन ।

रसुवामा बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायले तत्परता देखाएको छ। यस विपद्‌मा...
29/08/2026

रसुवामा बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायले तत्परता देखाएको छ।

यस विपद्‌मा सघाउन भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया र जापानलगायत १२ भन्दा बढी मित्रराष्ट्रहरूले नेपाल सरकारसँग अनुमति मागेका छन्। ती देशहरूले मुख्यतया तीन क्षेत्रमा सहयोग प्रस्ताव गरेका छन-आपतकालीन उद्धार, चिकित्सा र आर्थिक सहयोग। यसमध्ये बंगलादेश र श्रीलंकाले मेडिकल टोली खटाउन जोड दिएका छन् भने अन्य राष्ट्रहरूले खोज, उद्धार तथा शीघ्र राहत कार्यमा सघाउने प्रतिबद्धता जनाएका छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ujyalo Karnali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share