Janprabhab news-crime reporter

Janprabhab news-crime reporter Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janprabhab news-crime reporter, Media/News Company, Lahan-1 ( siraha ), Kathmandu.

आईजीपी नियुक्तिसम्बन्धि मुद्दामा आजदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनुवाई हुँदै छ । पेशी स्थगित गर्न नमिल्ने गरी यो मुद्दा...
01/06/2022

आईजीपी नियुक्तिसम्बन्धि मुद्दामा आजदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनुवाई हुँदै छ । पेशी स्थगित गर्न नमिल्ने गरी यो मुद्दाको सुनुवाई गर्न लागिएको हो ।

न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलाशमा मुद्दाको सुनुवाई सुरु भएको छ । एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई अघि बढेको हो । पोखरेलले प्रतिवादी बनाएका महानिरीक्षक धीरजप्रताप सिंहले पनि सर्वाेच्चमा जवाफ फर्काएका छन् । उनले इन्सपेक्टर भर्नादेखि नै पोखरेल भन्दा आफु नै ज्येष्ठ र श्रेष्ठ भएको बताएका छन् ।

आफूहरू एकै ब्याचका भए पनि आफूले बढी चुनौतीपूर्ण र अनुशासनको पालना गरी जिम्मेवारी वहन गरेकाले आफू प्रहरी महानिरीक्षक पदका लागि स्वाभाविक दाबेदार रहेको बताएका छन् । उनले लिखित जवाफमा हालसम्म पाएका पदक, विभूषण, सम्मान, कार्यअनुभवजस्ता विषय तालिका बनाएरै उल्लेख गरेका छन् । ‘तत्कालीन समयमा अति चुनौतीपूर्ण मानिएका द्वन्द्वग्रस्त जिल्लाहरूमा उच्च व्यावसायिक तथा अति साहसिक कार्य गरेबापत मैले मिति २०५७।०९।१४ गते गोरखा दक्षिणबाहु विभूषणसमेत प्राप्त गरेको छु,’ उनले भनेका छन् । एकै ब्याचको भए पनि विभिन्न जिल्लामा रहँदा पद र अन्य आधारमा पनि ‘प्रारम्भदेखि नै ज्येष्ठ र श्रेष्ठ रहँदै आएको’ उनको तर्क छ ।

यसअघि पटक–पटक बढुवा भई निवेदक पोखरेलले आफैँले निवेदनमा दिएको दाबी मिचेको सिंहको भनाइ छ । ‘..अनावश्यक रूपमा पद सिर्जना गरी निजलाई एकल रूपमा बढुवा गरिँदा निजभन्दा अन्य दुई वरिष्ठतम् उम्मेदवार हुँदाहुँदै प्रवृत्त भावनाले निजलाई प्रतिस्पर्धा नै नगराई बढुवा गरिएको हुनाले विश्वराज पोख्रेल हाल आफू प्रहरी अतिरिक्त महानिरीक्षकको केही समयअगाडि बढुवा भएकै कारणले गर्दा निज नै प्रहरी महानिरीक्षको पदमा बढुवा हुनुपर्ने भनी लिएको दाबी निजले नै विगतमा लाभ लिएको अभ्यासविपरीत छ । ज्येष्ठता र वरिष्ठतालाई मिची आफू बढुवा हुँदा वैध अपेक्षाविपरीत नहुने, अरू हुँदा हुने तर्क आफैँमा आश्चर्यजनक र विरोधाभासपूर्ण छ,’ उनले भनेका छन् ।

साथै, आफूमाथि विभागीय कारबाही भए पनि ०५६ सालमै फुकुवा भइसकेको उनले जिकिर गरेका छन् । साथै, सुरक्षाकर्मीले महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने निर्वाचनका समयमा बिदा बस्नु व्यंग्य रहेको उनको भनाइ छ । ‘..संवेदनशील समयमा निर्देशनविपरीत निर्वाचनकै समयमा बिदा स्वीकृत गराई घरबिदामा बस्ने विपक्षी निवेदकलाई निर्वाचनको समयमा अदालतको आदेशबाट प्रहरी महानिरीक्षकको पदमा नियुक्त गराइदिनुपर्ने विपक्षीको मागदाबी निजमाथिकै व्यंग्यजस्तो हुन पुगेको छ,’ सिंहले भनेका छन् ।

उनले निवेदन खारेज हुनुपर्ने तथ्यबारे थप भनेका छन्, ‘विपक्षीले नियतवश झुटा एवं अपुष्ट व्यहोरा उल्लेख गरी मेरो व्यावसायिक इज्जत एवं छविमा आँच पु¥याउने बदनियत राखेको देखिन्छ । विपक्षीको यस्तो कार्य आपत्तिजनक एवं गैरकानुनी छ । विपक्षीले सफा हात नलिई झुटा विवरण पेस गरी दायर गरेको रिट निवेदन खारेजभागी छ ।’

पेसीसमेत स्थगित गर्न नपाउने गरी सुनुवाइ गर्न यसअघि सर्वाेच्चले आदेश दिएको थियो । २० साउनमा निवेदक विश्वराज पोखरेलले अनिवार्य अवकाश पाउने भएकाले छिटो टुंग्याउन इजलासबाट आदेश भएको थियो । यस मुद्दासँगै जोडिएका अन्य तीन मुद्दा पनि लगाउमा छन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलका साथै तत्कालीन डिआइजीहरू प्रकाशजंग कार्की, घनश्याम अर्याल र ईश्वरबाबु कार्कीको निवेदन लगाउमा छ । तर, ती मुद्दाका प्रतिवादीमध्ये केहीको म्याद तामेल हुन सकेको छैन ।‘पेसी राखेर सुनुवाइ गर्ने त भनिएको छ, तर विश्वराज पोख्रेल निवेदक भएको मुद्दामा सबैको लिखित जवाफ आए पनि अन्य मुद्दाका केही प्रतिवादीको लिखित जवाफ आएको छैन,’ सर्वोच्च स्रोत भन्छ, ‘अब सुनुवाइ गर्ने कि नगर्ने वा सबैको लिखित जवाफ मगाएपछि गर्ने हो, इजलासले निर्णय गर्नेछ ।’

मुद्दामा सबै पक्षले लिखित जवाफ सर्वाेच्चमा पेस गरिरहेका छन् । सरकारले महानिरीक्षक नियुक्ति विशुद्ध कार्यपालिकाको क्षेत्राधिकारको विषय भएकाले यसमा विवाद नरहेको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव धनराज ज्ञवालीले महान्यायाधिवक्ता कार्यालयमार्फत पेस गरेको लिखित जवाफमा कार्यपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रही गरेको कार्यउपर न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने भनिएको छ ।

‘नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने अधिकार विशुद्ध कार्यपालिकाको क्षेत्राधिकारभित्र रहने विषयमा कुनै विवाद रहेको छैन,’ जवाफमा भनिएको छ, ‘व्यवस्थापिकाले प्रहरीको व्यवस्थापनसम्बन्धमा बनाएको कानुनकै आधारमा कार्यपालिकाले आफ्नो कार्यसम्पादन गर्ने गरेको र प्रस्तुत विषयमा पनि सोहीबमोजिम नै कार्यपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रही गरेको कार्यउपर न्यायपालिकाले हस्तक्षेप गर्न मिल्दैन ।’

निवेदकले दाबी गरेकै आधारमा अन्य सम्भाव्य उम्मेदवारहरू अयोग्य हुन् भन्न नमिल्ने सरकारको जवाफ छ । ‘..नेपाल सरकारले कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्र रही गरेको निर्णयलाई पिक एन्ड चुजका आधारमा निर्णय भएको भनी निवेदकले जिकिर लिनसमेत उपयुक्त देखिँदैन । निवेदकले दाबी गरेकै आधारमा अन्य सम्भाव्य उम्मेदवारहरू अयोग्य हुन् वा निज अन्य उम्मेदवारभन्दा योग्यतम् हुन् भनी मान्न पनि मिल्दैन ।

सो कुरा तथ्यबाट पुष्टि हुनुपर्छ । निवेदकसहितका अन्य प्रहरी अतिरिक्त महानिरीक्षक पनि समान दर्जा र समान हैसियतको रूपमा रहेको हुँदा म मात्रै प्रहरी महानिरीक्षक पदमा बढुवा हुन योग्य रहेको र अन्य अयोग्य भनी निवेदकले भन्न मिल्ने अवस्था छैन,’ गृहले दिएको जवाफमा उल्लेख छ ।

सरकारले कार्यसञ्चालन गर्दा निश्चित कानुनी प्रक्रिया अवलम्बन गर्ने र सोमाथि कुनै अदालतमा कानुनी प्रश्नबेगर प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्थाको समेत स्मरण गराइएको छ । एआइजी पोखरेलको मुद्दामा विपक्षी बनाइएको गृह मन्त्रालयले प्रहरी ऐन र नियमावलीबमोजिम नै बढुवा प्रस्ताव लगिएको जनाएको छ । मन्त्रालयका तर्फबाट टेकनारायण पाण्डेले पेस गरेको लिखित जवाफमा प्रहरी ऐन र नियमावलीबमोजिम प्रहरी महानिरीक्षकको नियुक्ति नेपाल सरकारको विशिष्ट अधिकारको विषय रहेको उल्लेख छ ।

‘नेपाल प्रहरीमा तत्काल बहाल रहेका रिट निवेदकसहित अन्य अतिरिक्त महानिरीक्षकमध्येबाट नियम ४१ मा तोकिएका ६ वटा आधारहरूबाट तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंह सबैभन्दा उपयुक्त देखिनुभएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले निजलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको छ,’ गृहको जवाफमा भनिएको छ । निवेदक पोख्रेल र सिंह एकैपटक प्रहरी सेवामा प्रवेश गरेकाले कसैलाई वरिष्ठ भन्न नमिल्ने जिकिर गृहको छ । सिंहको रेकर्ड हेर्दा आफ्नो ब्याचमा पनि १ नम्बरमा रहेको देखिने लिखित जवाफमा उल्लेख छ । यसै कारण प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली, २०७१ अनुकूल बढुवाको निर्णय गरिएको लिखित जवाफमा उल्लेख छ ।

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक ( आईजीपी ) नियुक्तिसम्बन्धि मुद्दामा आजदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनु.....

01/06/2022

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेका ४ जना भारतका नागरिकहरु एकै परिवारका हुन् । अशोक त्रिपाठी र बैभवी बन.....

01/06/2022

लहान । अर्नामामा विवाहको ३ दिनअघि बुवा र छोराको हत्या भएको घटनामा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतकक.....

31/05/2022

घुस खाने इन्स्पेक्टरलाई बर्खास्त गर्न सिफारिस काठमाडौं । नेपाल प्रहरीमा शक्तिकेन्द्रको हस्तक्षेपले सीमा नाघे.....

पटक–पटक आफूभन्दा सिनियर ब्याचीहरुलाई समेत पाखा लगाउँदै बढुवा खान अभ्यस्त पोखरेलले संगठनको नेतृत्वका लागि व्यावसायिक दक्ष...
29/05/2022

पटक–पटक आफूभन्दा सिनियर ब्याचीहरुलाई समेत पाखा लगाउँदै बढुवा खान अभ्यस्त पोखरेलले संगठनको नेतृत्वका लागि व्यावसायिक दक्षता, कार्यसम्पादन, परिपक्वता र संगठनभित्रकै सहकर्मीहरुको साथलाई बेपर्वाह ठान्दै सर्वोच्च गएका छन् । सर्वोच्चले विगतका उनका इतिहास र कार्यसम्पादनको पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने पोखरेलको रिट दर्ता नै नहुनुपर्ने हो ।

दैनिक कार्य सम्पादनमा समेत असफल सिद्ध भएपछि गृह प्रशासनबाट तानिन पुगेका थिए पोखरेल । प्रहरीमा सामान्यतया १ वर्षपछिमात्र परिसरबाट सरुवा गर्ने प्रचलन रहे पनि पोखरेल सोही घटना र असक्षम नेतृत्व र कार्यसम्पादनका कारण ५ महिनामै तानिएका थिए । तर, संगठन र सरकारले असक्षम भन्दै तानिएका पोखरेल राजनीतिक दलकै संरक्षण र चाकडीकै भरमा डिआईजीको पुरस्कार हत्याउन सफल भए । पोखरेलको डिआईजी बढुवामा साइनोकै भरमा ईश्वर पोखरेलको साथ रहेको संगठन भित्र र बाहिर चर्चा परिचर्चा हुने गर्दछ ।

डिआईजी भएलगत्तै काठमाडौं मेट्रोमा पदबहाली गरेका पोखरेलले डिआईजीमा कोही सिनियर र जुनियर नहुने अभिव्यक्ति दिएका थिए । अहिले उनै पोखरेल एआईजीमा आफूलाई सिनियर भन्दै पदका लागि सर्वोच्च पुगेका छन् ।

एसएसपी र डिआईजी हुँदा आफूभन्दा सिनियर ब्याचीलाई ‘साइड’ लगाउँदै फड्किएका पोखरेल पदका लागि जे पनि गर्नसक्ने अधिकारीका रुपमा प्रहरीमा परिचित छन् । प्रहरीको मुख्य धर्म र मर्मभन्दा बाहिर गएर अपराध अनुसन्धान र कार्यसम्पादनमा अयोग्य पोखरेल तत्कालिन अख्तियार प्रमुख नविन घिमिरेसँगको निकटताका कारण पनि बढुवा भएका थिए । पोखरेलले घिमिरेसँग पूर्व डिआईजी पवन खरेलको छोरी र अख्तियारका पूर्वप्रमुख घिमिरेको छोराको विवाहमा लमीको भूमिका निभाउँदै निकटता बढाएका थिए । यति मात्र नभई तत्कालिन गृह सचिव लोकदर्शन रेग्मी, एमालेका नेता ईश्वर पोखरेल, अख्तियारका घिमिरेलगायतको दबाबमा डिआईजी बनाईएको चर्चा व्याप्त थियो ।

छेपाराले झैं रंग फेर्दै चाकडी र चाप्लुसीकै भरमा संगठनमा फड्के हान्न अभ्यस्त पोखरेलले डिआईजीमा पनि अर्को एक फड्का हान्न सफल भए । त्यो पनि एमाले नेता ईश्वर पोखरेलकै संरक्षणमा । डिआईजीबाट एआईजी हुँदा संगठनमा एक दरबन्दी थप गरेर आईजीका लागि ‘सिंगल’ दाबेदार बन्न पोखरेल सफल भएका थिए । त्यसबखत पनि आफूभन्दा सिनियर डिआईजीलाई पाखा लगाउँदै एआईजीमा बढुवा भएका थिए ।

फौजी जस्तो कमाण्डकै भरमा चल्नुपर्ने संगठनमा पनि राजनीतिक घुसपैठ, चाकडी र चाप्लुसीकै भरमा पटक–पटक बढुवा हुँदै आएका पोखरेल अहिले पदकै लागि प्रहरी नियमावलीविरुद्ध सर्वोच्च पुगेका छन् ।

प्रहरी नियमावलीमा आईजीका लागि कार्यसम्पादन, परिपक्वता र कमाण्डमा उत्कृष्ट एआईजीमध्येबाट राज्य सञ्चालनका लागि उपयुक्त देखेको व्यक्तिलाई सरकारले नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।

पटक–पटक आफूभन्दा सिनियर ब्याचीहरुलाई समेत पाखा लगाउँदै बढुवा खान अभ्यस्त पोखरेलले संगठनको नेतृत्वका लागि व्यावसायिक दक्षता, कार्यसम्पादन, परिपक्वता र संगठनभित्रकै सहकर्मीहरुको साथलाई बेपर्वाह ठान्दै सर्वोच्च गएका छन् । सर्वोच्चले विगतका उनका इतिहास र कार्यसम्पादनको पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने पोखरेलको रिट दर्ता नै नहुनुपर्ने हो ।

डिआईजी भएलगत्तै काठमाडौं मेट्रोमा पदबहाली गरेका पोखरेलले डिआईजीमा कोही सिनियर र जुनियर नहुने अभिव्यक्ति दिएका थिए । अहिले उनै पोखरेल एआईजीमा आफूलाई सिनियर भन्दै पदका लागि सर्वोच्च पुगेका छन् ।

अझ पोखरेल आफूले पद नपाएपछि आफैंले मानेका संगठन प्रमुखको बिदाईमा समेत उपस्थित नभएर अव्यावहारिक र अव्यावसायिक पनि देखिएका छन् । नवनियुक्त आईजी सिंहसँगको रिस र आवेग थाम्न नसकि निर्वाचनको संघारमा रहेको मुलुकमा संगठनले खेल्नुपर्ने भूमिकालाई बेवास्ता गर्दै १ महिने बिदामा बस्नु पोखरेलको राज्यप्रतिको धोका हो, जसलाइ उनले गरेको ‘राजद्रोह’ नै मान्न सकिन्छ ।

कुनै पनि नेपाली नागरिकले मात्र नभइ देशकै जिम्मेवार संगठनको जिम्मेवार पदमा बसेका व्यक्तिले मुलुकको सबैभन्दा महत्वपूर्ण कालखण्डमा आएर संगठन र राज्यप्रति धोखा दिनुहुँदैन । सामान्य नागरिकलाई समेत राज्यको कानुन, नीति र निर्देशनलाई बेवास्ता गर्नुहुँदैन भनेर सिकाउनुपर्ने जिम्मेवार तहमा बसेका व्यक्तिले नै राज्यको निर्णयको खिल्ली उडाउँदै पदका लागि सर्वोच्च धाउनु युक्तिसंगत देखिँदैन ।

निवर्तमान आईजी क्षेत्रीसँग १ महिनाको बिदा स्वीकृत गराएर बिदामा बसेका पोखरेलले कसरी आफूलाई आईजीका लागि योग्य उम्मेदवार ठाने ? यदि सर्वोच्चले धिरजप्रतापविरुद्ध फैसला गरेको खण्डमा पोखरेलले एक महिनापछि आएर संगठन सम्हाल्ने ? स्वीकृत भईसकेको बिदाका बारेमा कुनै कानुनी दायित्व वा हैसियत हुँदैन ? कि फेरि स्वीकृत भइसकेको बिदामा कार्यालय हाजिर हुने ? विषम परिस्थितिमा मुलुक एवं संगठनलाई गुमराहमा राख्ने ? के यी र यसप्रकारको प्रश्नको उत्तर पोखरेलले देलान् त ?

काठमाडौं । नेपाल प्रहरी – जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । ‘सत्य सेवा सुरक्षम्’लाई मूलमन्त...

विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवकास पाउँछन् । ०४९ फा...
29/05/2022

विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवकास पाउँछन् । ०४९ फागुन १५ गते संशोधन गरिएको प्रहरी नियमावलीले ‘३० वर्ष सेवा अवधि’ पूरा गरेपछि अनिवार्य अवकास दिने व्यवस्था गरेको हो।

०४६ पश्चात् तत्कालीन सरकारले न्याय, स्वास्थ्य, सार्वजनिक संस्थानसमेत सामान्य प्रशासनका सबै क्षेत्रमा ‘३० वर्षे सीमा’ भित्र्यायो । त्यसबेला यो प्रावधान लागू गर्नुको प्रमुख कारण पञ्चायती व्यवस्थाका विश्वासपात्र ठहरिएका वरिष्ठ कर्मचारीलाई घर पठाएर नयाँलाई अवसर दिई आफू अनुकूल बनाउनु थियो । प्रहरीमा समेत यही प्रावधान लागू गरियो।

प्रहरीमा पछि ३० वर्षमा २ वर्ष थप गर्न सकिने प्रवधान राखियो । त्यसपछि उमेरको हदभित्र रहेर ३५ वर्षसम्म पनि सेवा अवधि थप गर्न सकिने भयो । ०५२ सालमा मन्त्रिपरिषदले प्रहरी कर्मचारीको ३० वर्षपश्चात् २ वर्ष थप हुने व्यवस्था स्वतः जोडिने भन्ने निर्णय ग-यो जुन पालना गरिएन । फलस्वरूप अन्य क्षेत्रमा समेत ‘३० वर्षे सीमा’ हटिसके पनि नेपाल प्रहरीमा भने कायमै छ।

विदेशको अभ्यास हेर्ने हो भने विकसित देशमा प्रहरीको सेवानिवृत्ति पनि निजामती सरह राष्ट्रिय अवकास नीतिमा समावेश हुन्छ । भारतका १७ वटा केन्द्रीय प्रहरी र सबै प्रान्तीय प्रहरीमा उमेरको हद ६० वर्षसम्म छ । चीनमा पुरुष प्रहरी कर्मचारीको सेवानिवृत हुने उमेरको हद ६० र महिलाका लागि ५५ छ । क्यानडामा प्रहरी कर्मचारीको उमेर हद ६५ वर्ष बनाइएको छ । आइसल्यान्ड, जर्मनीमा र इजरायलमा ६७ वर्ष छ । झन्डै संसारभर प्रहरीको उमेरको हद ६० देखि ६८ वर्षसम्म छ । तर मौजुदा ३० वर्षे सेवा अवधिले नेपालमा प्रहरीको उमेर हद ४८ वर्षदेखि ५६ वर्षसम्म छ किनकि सेवा प्रवेश गर्ने उमेर नै १८ देखि २५ वर्षसम्म मात्र हो।

विभिन्न सिद्धान्तका आधारमा ३० वर्षे सेवा अवधि अनुपयुक्त देखिन्छ।

पूर्णकाल व्यतीत गर्न पाउनुपर्ने
प्रहरीमा मौजुदा ३० वर्षे सेवा अवधिका कारण ०४९ सालपश्चात् हालसम्म पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोराबाहेक अन्य कुनै पनि महानिरीक्षकले ४ वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन् । सेवा प्रवेशका लागि २५ वर्षभित्रैमा छनौटमा सहभागी हुनुपर्ने भएकाले ३० वर्षे सेवा अवधिले उमेरको हद र पदावधि जतिसुकै तोकिएको होस, त्यो पूरा गर्नै नपाई महानिरीक्षक सेवा निवृत्त हुनैपर्छ । यसले संगठनको स्थायित्वमा पनि प्रतिकूल प्रभाव पार्छ।

कानुन पश्चात्दर्शी हुन नहुने
पहिला ३० वर्षे सेवा अवधि थिएन । न्यायको अन्तर्राष्ट्रिय सिद्धान्त ‘कानुन पश्चात्दर्शी हुनु हुँदैन’लाई अंगिकार गर्दै यो संशोधन गरिनुपूर्वका प्रहरी कर्मचारीका हकमा यो प्रावधान लागू नहुनुपर्ने हो । मननयोग्य छ कि निजामती कर्मचारीका हकमा पनि ०४८ सालमा राखिएको प्रावधान पछि उल्ट्याइयो । अदालतले त्यो प्रावधान उल्टाइदिएको थियो।

प्रहरी सेवाको पहिचानको प्रश्न
प्रहरी सेवालाई जंगी सेवा सरह पुलिस फोर्सका रूपमा मान्ने हो भने सेनामा ३० वर्षे सेवा अवधिबाट निवृत्त गर्ने कानुनी व्यवस्था छैन । प्रहरीलाई निजामती सेवा सरह प्रहरी सेवा मान्ने हो भने निजामतीमा पनि ३० वर्षे सेवा अवधि कायम छैन । चाहेर वा नचाहेर न प्रहरी, न सेना, न निजामती अर्थात् न फोर्स, न त सेवाको अनौठो उट्पटाङ अवस्थामा पुगेको छ जुन स्थापित प्रचलनसँग मिल्दो छैन।

सरदर आयुसम्बन्धी सिद्धान्त
२०१५ मा नेपालको सरदर आयु करिब ४६ वर्ष थियो । त्यतिबेला ३० वर्षे सेवा अवधि थिएन । प्रहरी उपरीक्षक र सोभन्दा माथिका कर्मचारीको उमेरको एकमुष्ट हद ५८ वर्षसम्म थियो । ३० वर्षे सेवा अवधि लागू भएको वर्ष ०४९ सालमा नेपालीको सरदर उमेर ५६ वर्ष थियो । अहिले नेपालीको आयु पुरुषको ६९ र महिलाको ७१ वर्ष गरी सरदर ७० वर्ष भएको छ । सरदर आयु ४६ वर्ष हुँदा पनि लागू नभएको प्रावधान सरदर आयु ७० वर्ष हुँदा भने कायम छ । थोरै आयु हुँदा लामो समय सेवामा रहने तर आयु धेरै पुग्दा पहिल्यै सेवामुक्त हुनु उचित होइन।

निवृत्तिभरणको भार कम गर्नुपर्ने
देशको विकास र राष्ट्रिय हितका लागि पेन्सनको भार सकेसम्म हलुका बनाउनुपर्ने तथ्य आधुनिक प्रशासनको मूल मर्म हो । यसैलाई आत्मसात् गर्दै प्रहरी नियमावली, २०७१ को नियम १३१ मा ०६० चैत २६ पछि नियुक्त प्रहरीले विगतमा जस्तो १६ वर्षमा निवृत्तिभरण नपाई २० वर्ष सेवा अवधि पूरा गर्नुपर्ने व्यवस्था गरेको हो । तर, प्रहरीमा ३० वर्षे सेवा अवधि भित्र्याउँदा नियम १२७ (३) ल्याउनुप¥यो जसमा ०४९ फागुन १५ भन्दाअघि नियुक्त ३० वर्षे सेवा अवधिको कारणबाट अवकास प्राप्त गर्ने प्रहरी कर्मचारीका हकमा निज नियुक्ति हुँदा बहाल रहेको प्रहरी नियमावली बमोजिम अवकास प्राप्त गर्न जति उमेर बाँकी छ सो अवधि निजले गरेको जम्मा नोकरी अवधिमा थपी निजले पाउने निवृत्तिभरण दिने’ व्यवस्था गर्नुप¥यो । फलस्वरूप हाल ३० वर्षे सीमा भएकाले कतिपय ४८ वर्षमा अवकास लिने कर्मचारीलाई ५८ वर्षसम्म कार्यरत रहे सरह पेन्सन दिनुपरेको छ । उक्त स्थानमा नयाँ कर्मचारी नियुक्त गर्नुपर्ने भएकाले राज्यलाई व्ययभार परिरहेको छ।

समानताको सिद्धान्त
निजामती सेवामा ३० वर्षे व्यवस्था छैन । जंगीतर्फ सेनामा छैन । संसारका अन्य देशमा पनि यो व्यवस्था प्रचलनमा कतै देखिँदैन । प्रहरीलाई मात्र यो असमानता किन ? अर्कोतर्फ विगतमा खरिदार, सुब्बा, शिक्षक, बैंक कर्मचारी लगायत अन्य निजामती, शिक्षा, स्वास्थ्य, न्याय लगायतका क्षेत्रमा कार्यरत रही प्रहरीमा सेवा प्रवेश गर्नेका हकमा उक्त पूर्व सेवा अवधि ३० वर्षे सेवा अवधिमा जोडिँदैन । तर प्रहरीकै प्रहरी जवान दर्जामा काम गरेका कर्मचारी खुला प्रतियोगिताबाट छनौट भई प्रहरी सहायक निरीक्षक भए भने प्रहरी सहायक निरीक्षकको सेवा अवधिमा प्रहरी जवान भई सेवा गरेको अवधि पनि जोडिने व्यवस्था छ । अन्य सेवामा नोकरी खाएर आउनेका हकमा नजोडिने तर आफ्नै संस्थामा सेवा गरेकाको हकमा स्वतः जोडिने हुनाले ३० वर्षे व्यवस्था विभेदकारी देखिन्छ।

सीमान्तीकृत समूहको हितलाई संवर्धन
गरिबको छोरा १८ वर्षमै प्रहरी जवानमा सेवा प्रवेश गर्छ । नोकरी खाँदै दुःख गर्दै पढ्छ, प्रमाणपत्र तह पास गर्छ र प्रहरी सहायक निरीक्षक हुन्छ । पुनः स्नातक पास गर्छ र प्रहरी निरीक्षक हुन्छ । नोकरी नखाई सिधै इन्स्पेक्टर हुने साथीसँग इन्स्पेक्टर हुँदा उसको सेवा अवधि कम्तीमा पनि ६, ७ वर्ष व्यतीत भइसकेको हुन्छ । यद्यपि दुवैको उमेर भने समान हुनसक्छ । पछि जब ती दुवै व्यक्ति माथिल्लो तहमा सँगै पुग्छन् र संगठनको नेतृत्व लिने बेला हुन्छ, त्यो गरिब परिवारको मेहनती, दक्ष र योग्य प्रहरी कर्मचारी चाहिँ आफूले सेवा गरेको जवान र प्रहरी सहायक निरीक्षक पदको सेवा अवधि गणनाको कारणले ६÷७ वर्ष अगाडि नै सेवा निवृत्त हुन्छ । ३० वर्षे सीमाको कारण अहिले तल्लो तहमा सेवा प्रवेश गरी केही वर्ष सेवा गर्ने प्रहरी जतिसुकै योग्य भए पनि एसएसपीभन्दा माथि जाने अवस्था छैन । खुला प्रतिस्पर्धामा समानरूपमा उत्तीर्ण भएका तल्लो पदबाट आएका विभागीय कर्मचारी ३० वर्षे सीमाको कारणबाट प्रताडित हुनु परेको छ । निजामती सेवा सरह खुला प्रतियोगिताबाट सफल उमेदवारलाई विगतको तल्लो नोकरी अवधि जोड्ने वा नजोड्ने स्वविवेक नदिई जबर्जस्ती जोड्ने कारणबाट पनि विभेद हुन पुगेको हो।

प्रहरी सुधार सुझाव आयोगका सिफारिस
प्रहरीलाई समयानुकूल र प्रभावकारी बनाउने उद्देश्यले प्रजातन्त्रपश्चात् सरकारबाट हालसम्म मुख्य चार सुझाव आयोग गठन गरिए । सबै आयोगले प्रतिवेदनमा ३० वर्षे सेवा अवधि हटाउनु पर्छ भनेर स्पष्ट सिफारिस गरेका छन् । प्रहरी सुधार सुझाव आयोग– २०५५ को प्रतिवेदन, सुरक्षा निकाय आधुनिकीकरण उच्चस्तरीय कार्य दलको प्रतिवेदन–२०६५, प्रशासन पुनःसंरचना आयोग अन्तर्गत नेपाल प्रहरी सुधार सुझाव कार्यदलको सांगठनिक एवं पुनःसंरचनासम्बन्धी प्रतिवेदन–२०६६, नेपाल प्रहरीको पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन– २०७३ ले त्यो प्रावधान ३० वर्षे सीमा हटाउन सिफारिस गरेका छन्।

उच्च तह एक्कासि खाली हुने अवस्था
०४७ सालपछि प्रहरी निरीक्षक तहमा एकैपटक धेरै व्यक्तिको छनौट र नियुक्ति गर्ने प्रचलन छ । उदाहरण, ०७० चैत ९ गतेको नियुक्तिमा १३८ जना रहे । ठूलो संख्याका नवप्रवेशी प्रहरी निरीक्षकहरू ३० वर्ष सेवा अवधि भुक्तान हुने बेलामा प्रहरी महानिरीक्षक लगायत सम्पूर्ण उच्च तहमा पुगेका वरिष्ठ प्रहरी कर्मचारी भएका हुन्छन् । यति ठूलो संख्यामा उच्च पदस्त प्रहरी अधिकृत सबै एकै दिन र एकै पत्रले एकै चोटि सेवा निवृत्त हुने भएकाले नेतृत्व र उच्च तहका धेरै पद एक्कासि खाली हुने र एक हिसाबले ठूलो खाडल हुने अवस्था रहन्छ।

प्रहरी पेसामा नमिल्ने व्यवस्था
यो सीमा ल्याउँदा कुनै अनुसन्धान गरिएन । यसैले गर्दा नवप्रवेशी प्रहरी निरीक्षक करिब २१–२२ वर्षमा प्रहरी उपरीक्षक हुने र बाँकी अन्य प्रमोसन ८–९ वर्षमा भई यसै बीचमा प्रहरी महानिरीक्षक कार्यकाल पनि पूरा गरी अवकास हुनुपर्छ । यसैले गर्दा तल्ला दर्जामा रोकिने र एसएसपीदेखि आइजीसम्म ह्वारह्वार बढ्ने र पूर्ण कार्यकालविना हट्नुपर्ने अवस्था सृजना भएको छ।

नेतृत्वमा कम अनुभव हुने व्यवस्था
संगठनमा हरेक तहका आ–आफ्ना भूमिका छन् । नेतृत्वमा पुग्न सबै भूमिका निर्वाह गर्न र अनुभव लिन जरुरी छ । प्रहरी नायव महानिरीक्षकसम्मलाई फिल्ड जब मान्न सकिन्छ, जहाँ फिल्ड कमान्ड ज्ञान जरुरी छ भने प्रहरी अतिरिक्त महानिरीक्षक डिपार्टमेन्टल जब हो जहाँ समन्वय र प्रशासनिक भूमिकाको अनुभव हुनुपर्छ । यो सीमाले नेतृत्वमा जाने व्यक्ति क्रमशः नभई एकैचोटि एक वा दुई तह माथि पुगी एक्कासि नेतृत्व सम्हाल्नुपर्ने बाध्यात्मक अवस्था छ।

अनुभव र अनुभविको अवमूल्यन
अनुभव र व्यावहारिक ज्ञान संगठनको बहुमूल्य सम्पत्ति हुन् । कतिपय बैंकहरूले निश्चित अनुभव हासिल गरेको व्यक्तिलाई मात्र स्वीकार गर्छन् । तर, ३० वर्षे प्रावधानले गर्दा प्रहरीमा अनुभवको अवमूल्यन हुन पुगेको छ । खुला प्रतियोगितामा उत्तीर्ण विभागीय कर्मचारी र कान्छो उमेरमा सेवा प्रवेश गरेको व्यक्ति कलिलै उमेरमा सेवामुक्त हुनुपर्ने हुन्छ । अर्को कुरा, इन्स्पेक्टरमा २५ ननाघेका उम्मेदवारहरूले आवेदन दिन पाउने व्यवस्था छ । कुनै योग्य व्यक्ति तोकिएको शैक्षिक उपाधि २२ वर्षमा नै सम्पन्न गरी सेवा प्रवेश गरेको रहेछ भने त्यो कलिलो उमेरको कर्मचारी पनि अरू बुढा तर सँगै प्रवेश गरेका कर्मचारीसँगै सेवामुक्त हुनुपर्ने हुन्छ।

लोकतन्त्रपश्चात्को अवस्था
संविधानतः संघीय संरचनामा रूपान्तरित प्रहरीलाई संघीय, प्रादेशिक तथा स्थानीय तहसम्म व्यवस्थापन गर्नुपर्ने छ । नेपाल प्रहरी विभिन्न ७ प्रदेशमा पुनर्संरचना भई प्रदेश प्रहरी कार्यालय र विगतका अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइमा रूपान्तरण भइसकेको छ । यसक्रममा करिब २२ हजार जनशक्ति थप गर्ने प्रक्षेपण गरी प्रक्रिया सुरु गरिसकिएको छ । करिब १७ सय प्रहरी हालै थपियो । एकातर्फ ४८ वर्षमा घर पठाउने, त्यसमा ५८ वर्षसम्मको सुविधा थप दिई पठाउने र सो स्थानमा नयाँ कर्मचारी भर्ना गर्ने अवस्थामा मुलुकलाई तेहोरो आर्थिक भार परिरहेको छ । यसैगरी, कार्यक्षेत्रमा पठाउन छनौट प्रक्रियादेखि तालिमसम्म कम्तीमा २ वर्षको समय लाग्ने अवस्थामा अनुभवी युवा प्रहरीलाई घर पठाउने भइरहनु अर्को पक्ष छ।

पछिल्लो पुस्तालाई असर नपर्ने
प्रहरी नियमावली २०७१ मा हाल कायम उमेरको हदबाट अवकास हुने व्यवस्थाअनुसार प्रहरी महानिरीक्षक ५८, प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकको ५६ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक ५५ वर्ष, प्रहरी नायव उपरीक्षकको ५४ वर्ष, प्रहरी निरीक्षकको ५३ वर्ष छ । प्रहरी नियमावली २०७१ को पदावधिका आधारमा हुने अवकास व्यवस्थाअनुसार प्रहरी महानिरीक्षकको ४ वर्ष, प्रहरी अतिरीक्त महानिरीक्षकको ५ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षकको ६ वर्ष र प्रहरी उपरीक्षकको १० वर्ष छ।

३० वर्षे अवधि हटाउने गरी तयार भएको भनिएको हालको मस्यौदाअनुसार प्रहरी महानिरीक्षकदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मको उमेर हद ५८ वर्ष भएको समाचारमा छ र पदावधि पनि आवश्यकता अनुरूप मिलान गरिएको छ । प्रस्तावित एकमुष्ठ व्यवस्थाबाट पछिका अन्य ब्याचहरूलाई असर पर्दैन । नेतृत्वमा अरू मानिस आउने हुँदै होइन । विगतमा झैँ हरेक ब्याच क्रमशः नेतृत्वमा जाने हो र जान्छ । आखिर प्रहरी नै नेतृत्वमा जाने हो र यो कार्य करिब २ वर्षपछि हुने भएकाले पछिल्लो पुस्तालाई असर पर्दैन।

अदालत र लोक सेवा आयोगको राय
यस विषयमा अदालतमा बारम्बार मुद्दा परिरहेका छन् । सबै आदेशको एकमुष्ठ अध्ययन र विश्लेषण गर्दा अदालतले ३० वर्षे सीमा हटाउनुपर्ने तर नियमावलीमा संशोधन नगरी प्रहरी ऐनको संशोधनबाट गर्नुपर्छ भनेको देखिन्छ । यसैगरी, प्रतिवर्ष राष्ट्रपतिकहाँ चढाइने लोक सेवा आयोगको प्रतिवेदनमा राष्ट्रसेवकको सेवा अवधि ५८ बाट ६० वर्ष पु-याउन सिफारिस भएरहेको छ तर यो व्यवस्था मौजुदा ऐनमा सामान्य संशोधन गरेर नभई नयाँ ऐन जारी गरेर आत्मसात् गर्नुपर्ने भन्ने आयोगको निर्देशन छ । ३० हटाउनु अदालत र लोकसेवा दुवैको आदेश र चाहना हो।

अन्त्यमा, ३० वर्षे सेवा अवधि भित्रिँदा केही असर प-यो । अब हटाउँदा पनि पर्छ । तत्काल कसैलाई फाइदा हुने मनसायले ल्याइएको हुनसक्छ, तर अब हटाउँदा कसैको हित हुने नभई सबै प्रहरीबीच समानता कायम हुन्छ । मूलतः जानी नजानी विगतदेखि अन्यायमा परेको सीमान्तीकृत समूह भन्न सकिने तल्ला दर्जाबाट सेवाप्रवेश गरेका प्रहरीलाई यसले समानता दिन्छ । यो प्रावधान हटाउँदा संगठनको पदोन्नति र नेतृत्वमा जाने व्यक्ति र प्रक्रियालाई अन्य असर पर्दैन । केवल दुई वर्ष जति मात्र पदोन्नति ढिलो हुने हो । यसले लामो समयदेखि प्रहरीलाई अनिर्णयको बन्दी बनाएको छ । सिन्डिकेट तोड्न सफल सरकारले यो जालो पनि तोड्नेतर्फ सोच्न सक्छ।

काठमाडौं । विद्यमान प्रावधानअनुसार नेपालका प्रहरीले तीन आधार (उमेरको हद, पदावधि र ३० वर्षे सेवा) मा अनिवार्य अवका....

28/05/2022

महाेत्तरी। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक ग.....

26/05/2022

काठमाडौं । भक्तपुर र झापाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविन.....

मतदानको क्रममा समस्या भएका केही मतदानस्थलमा पनि सुरक्षा निकायभन्दा दलका कार्यकर्ताको अराजकता र उच्छृङखल व्यवहार प्रमुख क...
26/05/2022

मतदानको क्रममा समस्या भएका केही मतदानस्थलमा पनि सुरक्षा निकायभन्दा दलका कार्यकर्ताको अराजकता र उच्छृङखल व्यवहार प्रमुख कारण बनेको थियो । स्थानीय पार्टीका कार्यकर्ताबीचको झडपका कारण कतिपय स्थानमा पुन मतदान गर्नु पर्यो ।

मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् । जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो ।

देशभरी एकै चरणमा निर्वाचन हुनु र छिटपुट घटना मात्र हुनुले सुरक्षाको दृष्टिकोणमा यो निर्वाचन निकै सफल भएको प्रहरी अधिकारी बताउँछन् ।

एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति कम हुने र सुरक्षामा समस्या आउन सक्ने प्रहरी अधिकारीको चिन्ता थियो । अर्काेतर्फ सुरक्षा निकायलाई विगतमा दिइएका सुविधासमेत यसपटक कटौती गरिएको थियो । यस्तो अवस्थामा पनि न्यून जनशक्तिले उत्कृष्ट काम गरेर जिम्मेवारी निर्वाह गरेको छन् ।

काठमाडौं । सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्.....

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी
25/05/2022

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी

आलोक यादव / काठमाडौं । नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी । नेपाल प्रहरीमा २९ औं म...

25/05/2022

काठमाडौं । नेपाल प्रहरी संगठनका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एक चिनारी । नेपाल प्रहरीमा २९ औं महानिरीक्ष....

23/05/2022

काठमाडौं । सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्.....

मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् ...
21/05/2022

मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक ( आईजीपी ) धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् । जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो ।

देशभरी एकै चरणमा निर्वाचन हुनु र छिटपुट घटना मात्र हुनुले सुरक्षाको दृष्टिकोणमा यो निर्वाचन निकै सफल भएको प्रहरी अधिकारी बताउँछन् ।

एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति कम हुने र सुरक्षामा समस्या आउन सक्ने प्रहरी अधिकारीको चिन्ता थियो । अर्काेतर्फ सुरक्षा निकायलाई विगतमा दिइएका सुविधासमेत यसपटक कटौती गरिएको थियो । यस्तो अवस्थामा पनि न्यून जनशक्तिले उत्कृष्ट काम गरेर जिम्मेवारी निर्वाह गरेको छन् ।

काठमाडौं । सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्व...

21/05/2022

चितवन । भरतपुर महानगरपालिकामा ७४ हजार १८८ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेकामा वडा नं १५ र १६ को...

Address

Lahan-1 ( Siraha )
Kathmandu

Telephone

9819992976

Website

Alerts

Be the first to know and let us send you an email when Janprabhab news-crime reporter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share