HamroRastra.com

HamroRastra.com हाम्रो राष्ट्र : डिजिटल समाचार पत्रिका

उपलब्ध श्रोतको सिमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखकगृहमन्त्री रमेश लेखकले उपलब्ध श्रोतको सिमामा रहेर बजे...
25/06/2025

उपलब्ध श्रोतको सिमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले उपलब्ध श्रोतको सिमामा रहेर बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकहरूमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले बजेटको सिमाका कारण शतप्रतिशत माग सम्बोधन हुन नसकेको बताउनुभयो ।

“स्वभाविकरुपमा हाम्रा माग र आवश्यकता धेरै छन् । तर हामीसँग श्रोत र साधनको सिमितता छ । त्यही सिमितताका बीच उपलब्ध श्रोत र साधनलाई प्राथमिकीकरण गरेर अधिकतम उपलब्धि हासिल गरेर कार्यसम्पादन गर्नुपर्ने अवस्था छ”, गृहमन्त्री लेखकले भन्नुभयो । आगामी आर्थिक वर्ष २०८२- ८३ मा समग्र गृह मन्त्रालयका लागि कुल रु दुई खर्ब ८ अर्ब २४ करोड ८५ लाख विनियोजन भएकामा चालुतर्फ रु एक खर्ब ९२ अर्ब ९१ करोड ८७ लाख र पूँजीगततर्फ रु १५ अर्ब ३२ करोड ९८ लाख बिनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

“यो रकम गत आवको विनियोजनभन्दा बढी हो । यसमा सामाजिक सुरक्षा तथा संरक्षणमा मात्र १०९ अर्ब रुपैयाँ विनियोजन भएको छ । यो कुल विनियोजनको ५२ दशमलव ३ प्रतिशत हो”, गृहमन्त्री लेखकले भन्नुभयो । सुरक्षाकर्मीको तलब भत्तामा नै ठूलो रकम आवश्यक पर्ने भएकाले ती बाहेक अन्य अनिवार्य दायित्वमा ठूलो रकम खर्च हुने हुँदा सो बाट बचत भएको रकम मात्र अन्य कार्यमा उपयोग गर्न सकिने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून श्रोत र साधनका भरमा काम गरिरहेका उल्लेख गर्दै दुवै निकायका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । चालू आवमा उपलब्ध बजेटको सिमाभित्र रहेर केही पूर्वाधार विकासका लागि प्रस्ताव गरेको उहाँको भनाइ थियो । पूर्वाधार विकासमा तीनवटै तहको लागत साझेदारीमा पूर्वाधार निर्माण गर्ने गरी रु ४० करोड विनियोजन गरिएको उहाँले बताउनुभयो ।

“प्रहरी चौकीको स्तरोन्नति र इलाका प्रशासन कार्यालय थप गर्नुपर्ने अवस्था छ, देशभरबाट धेरै मात्रामा यस्ता संरचना निर्माण र अस्थायी प्रहरी चौकी राख्ने, अस्थायीलाई स्थायी गर्ने र स्थायीलाई स्तरोन्नति गर्ने माग आएको छ । मन्त्रालयले यसलाई प्राथमकितामा राखेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो– “यी माग क्रमशः सम्बोधन गर्दै जाने हाम्रो नीति छ ।”

गृहमन्त्री लेखकले सुरक्षा निकायमा सरुवा बढुवालाई व्यवस्थित गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी विधेयक सदनमा पेश गरेको बताउनुभयो । यसबारे सदनले व्यापक छलफल गरी चाँडो टुङ्गोमा पुर्‍याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

“ दुबै सुरक्षा निकायमा लामो समयदेखि सवारी साधन खरिद हुन सकेको छैन । धेरै पुराना सवारी साधन रहेको अवस्था छ । जसका कारण तोकिएको समयमा सुरक्षा निकायको उपस्थितिका लागि समस्या परेको छ ।” उहाँले भन्नुभयो–“ सुरक्षा निकायको अनिवार्य आवश्यकताका लागि नेपाल प्रहरिको लागि रु ३५ करोड १० लाख र सशस्त्र प्रहरी बल नेपालको लागि २१ करोड ५ लाख रकम विनियोजन गरिएको व्यहोरा अनुरोध छ । यद्यपि, यसबाट पनि सुरक्षा निकायको आवश्यकताको पूर्णरुपमा सम्बोधन भने हुन सकेको छैन ।”
यस्तै राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधारको रुपमा विकास गर्दै लगिएको गृहमन्त्री लेखकले बताउनुभयो । जनताले प्राप्त गर्ने सेवा लिन हरेक ठाउँमा विभिन्न प्रकृतिका कार्ड देखाउनुपर्ने आवश्यकताको अन्त्यका लागि नै राष्ट्रिय परिचयपत्रलाई प्रयोगमा ल्याइएको उहाँको भनाइ थियो ।
गृहमन्त्री लेखकले सामाजिक सुरक्षा भत्ता सम्बन्धित लाभग्राहीको खातामा नै जम्मा हुने व्यवस्था गरिएको, सामाजिक सुरक्षा भत्ताका लागि दर्ता हुने र नविकरण गर्ने कार्य वडास्तरबाटै हुँदै आएको सदनलाई जानकारी गराउनुभयो ।

डोटी, बझाङ्ग र जाजरकोट केन्द्र बिन्दु भई गएका भूकम्पबाट भएको जनधनको क्षतिको राहत र पुनस्र्थापनाका कार्यलाई तीव्रता दिइएको उल्लेख गर्दै उहाँले यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभयो । भूकम्पबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आंकलनको कार्य अगाडि बढेको र हालसम्म पश्चिम नेपाल भूकम्पबाट प्रभावित जिल्लाका ७४ हजार २३५ घरधुरीको विस्तृत क्षति आँकलन सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
“अस्थायी आवास निर्माण गर्न हालसम्म जाजरकोटमा रु एक अर्ब ६१ करोड २२ लाख, सल्यानमा रु सात करोड, बाजुरामा रु १० करोड ५० लाख, बझाङमा रु २३ करोड ५० लाख र अन्य विपद् प्रभावित जिल्लामा रु तीन अर्ब ९५ करोड ६५ लाख रकम उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले प्रत्येक स्थानीय तहमा विपद् सामाग्री भण्डारण गर्ने गरी गोदाम घरको अवधारणालाई अगाडि बढाएको बताउनुभयो । “आवश्यक विपद् सामाग्री व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय तहबाट पनि सहयोग हुने व्यवस्था मिलाइएको छ । प्रदेशस्तरमा स्थापित गोदामघर प्रदेश सरकारमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो ।
त्यस्तै कारागारमा कैदीबन्दीहरुलाई सुरक्षित राख्न आवश्यक सेवा सुविधाको बृद्धि गरी न्यूनतम मानव अधिकारको संरक्षण गर्न सरकार संवेदनशिल रहेको लेखकले बताउनुभयो ।

“ कारागार भवनहरू क्रमशः निर्माण तथा मर्मत गर्ने नीति अनुरूप केन्द्रीय कारागार भवन निर्माण नुवाकोट (तेस्रो चरणको कार्यका लागि) रू ३५ करोड विनियोजन गरिएको छ ।” उहाँले भन्नुभयो–“ साथै, कारागारलाई सुधार गृहमा रुपान्तरण गर्न सीपमूलक तालिम, उद्यमको लागि सहयोगी वातावरण र मनोसामाजिक परामर्श उपलब्ध गराइनेछ।खुला कारागारको अवधारणा अनुसार कैदीबन्दीलाई लघु, घरेलु तथा साना उद्यममा रोजगारीसँग आवद्ध गरिने गरी बजेट विनियोजन गरिएको छ ।”

गृह मन्त्रालयको लागि उपलब्ध बजेट विनियोजन गर्दा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकतामा राखिएको छ। समग्र सुरक्षा संयन्त्रको संस्थागत सुदृढीकरण र आधुनिकीकरण, गृह प्रशासनको संगठनात्मक सुदृढीकरण, मानव पूँजी व्यवस्थापन, नागरिकमैत्री सेवा प्रवाह, सूचना प्रविधिको अधिकतम उपयोग र तहगत सरकारबीच प्रभावकारी समन्वय कायम गर्ने कार्यलाई आधार बनाइएको मन्त्री लेखकको भनाई छ ।

“ म स्वयंले सोच गरेका उल्लिखित आधार भित्रका धेरै गर्नुपर्ने विषयहरु श्रोतको सिमाका कारण छुटेका छन् । गर्नुपर्ने सबै कार्यहरु यसै वर्ष गर्न सम्भव भएको छैन । छुटेका कार्यहरुलाई आगामी आर्थिक वर्षहरुमा क्रमिकरुपमा कार्यान्वयन गर्दै जानुपर्ने छ ।” उहाँले भन्नुभयो–“ गृह मन्त्रालयको शीर्षकमा विनियोजित रकमलाई पूर्णरुपमा सदुपयोग गर्ने गरी कार्यान्वयनको खाका समेत बनाई सकेका छौं, जसले विनियोजित रकम खर्च नहुने वा गलतरुपमा खर्च हुन सक्ने सम्भावनालाई अन्त्य गर्नेछ ।”

16/06/2025

आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले प्रदेशसभामा बजेट प्रस्तुत गर्नु भएको छ ।

गृहमन्त्री रमेश लेखक ज्यूको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता, छलफल सुरु भएको छ ।
02/06/2025

गृहमन्त्री रमेश लेखक ज्यूको पहलकदमीमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता, छलफल सुरु भएको छ ।

30/05/2025
जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
26/05/2025

जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते ख.....

वीरगंज रक्तसंचार केन्द्रमा बिचौलियाको बिगबिगी, पहुँच नहुने विरामी अकामैं मर्नु पर्ने अवस्था
26/05/2025

वीरगंज रक्तसंचार केन्द्रमा बिचौलियाको बिगबिगी, पहुँच नहुने विरामी अकामैं मर्नु पर्ने अवस्था

वीरगंज: पावरवाला ‘बिचौलिया’लाई तुरुन्त ब्लड, तर साधारण बिरामी ‘घण्टौं’ हैरानी खेप्न बाध्य छन्। वीरगंजस्थित रक्.....

जाजरकोट नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण
26/05/2025

जाजरकोट नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौँ: कुमारी फाउन्डेसनले जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताललाई करिब तीन करोड रुपैयाँभन्दा बढी मूल्....

भाजपा नेता, पूर्वविदेश विभाग प्रमुख विजय जाेलीले चाकसीबारीमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूस...
18/05/2025

भाजपा नेता, पूर्वविदेश विभाग प्रमुख विजय जाेलीले चाकसीबारीमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यूसँग भेट गर्नुभएकाे छ । भेटमा नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने र द्विपक्षीय हितका विषयमा सकारात्मक छलफल भएकाे छ ।

कर्णालीको बजेट सिद्धान्त र प्राथमिकता पेस गर्दै माननीय मन्त्री राजीव विक्रम शाहकर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ...
14/05/2025

कर्णालीको बजेट सिद्धान्त र प्राथमिकता पेस गर्दै माननीय मन्त्री राजीव विक्रम शाह
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका सिद्धान्त र प्राथमिकता आज प्रदेशसभामा पेस गरिएको छ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको तेस्रो बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्रा.....

कामकाे गति बढाउनुस् र आयाेजनाहरू छिटाे छिटाे सम्पन्न गराैं।: उपप्रधानमन्त्री सिंह
11/05/2025

कामकाे गति बढाउनुस् र आयाेजनाहरू छिटाे छिटाे सम्पन्न गराैं।: उपप्रधानमन्त्री सिंह

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आ.....

यूडब्ल्यूई ब्रिस्टल प्रतिनिधिहरू रोसेटा एजुकेशन इन्टरनेशनलमा, नेपाली विद्यार्थीहरूसँग अन्तरक्रिया सम्पन्न
11/05/2025

यूडब्ल्यूई ब्रिस्टल प्रतिनिधिहरू रोसेटा एजुकेशन इन्टरनेशनलमा, नेपाली विद्यार्थीहरूसँग अन्तरक्रिया सम्पन्न

काठमाडौं – युकेको प्रतिष्ठित विश्वविद्यालय University of the West of England (UWE Bristol) का प्रतिनिधिहरूले मे ११ (आईतबार) का दिन रोसेटा एजुक...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when HamroRastra.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HamroRastra.com:

Share