30/08/2026
🇳🇵❤️ सन्दीप लामिछानेको मन जित्ने घोषणा — “हरेक विकेट र हरेक बाउन्ड्री नेपालका लागि!”
ACC Premier Cup खेल्न मलेसिया पुगेको नेपाली टोलीका सदस्य सन्दीप लामिछानेले देशमा पछिल्लो समय आइपरेको कठिन परिस्थितिप्रति दुःख व्यक्त गर्दै भावुक सन्देश दिएका छन्।
उनले भनेका छन्—देशबाट टाढा भए पनि नेपाल र नेपालीको पीडा आफ्नो मनबाट टाढा नरहेको भन्दै मैदानमा आफ्नो शतप्रतिशत दिने प्रतिबद्धता जनाएका छन्। 🇳🇵
सन्दीपले राम्रो प्रदर्शनमार्फत नेपालमा रहेका नेपालीको अनुहारमा केही मुस्कान ल्याउन चाहेको बताएका छन्। अझ महत्वपूर्ण कुरा, उनले सहयोगको घोषणा पनि गरेका छन्। ❤️
👉 आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा।
👉 ACC Premier Cup अवधिभर नेपालले लिने हरेक विकेटबापत रु. १,५०० सहयोग।
👉 नेपालले प्रहार गर्ने हरेक चौका र छक्काबापत रु. १,५०० सहयोग।
यो रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन्।
🗣️ “उनीहरूका सपना बाढीले कहिल्यै बगाउन हुँदैन।” ❤️
सन्दीपको यो अभियानमा क्रिकेट मात्र होइन, मानवीय भावना र देशप्रेम पनि जोडिएको छ।
🇳🇵 हरेक विकेट नेपालका लागि।
हरेक बाउन्ड्री नेपालका लागि।
हरेक खुसी नेपालका लागि।
हामी घरबाट टाढा भए पनि नेपाल सधैं हाम्रो मुटुमा छ। ❤️🇳🇵
जाऔँ, नेपालका लागि खेलौँ।
जितौँ र देशमा मुस्कान फर्काऔँ।
🙏 जय नेपाल! 🇳🇵