Engineering Patrika

Engineering Patrika इन्जिनियरको कथा र ब्यथा।
Engineering Patrika is a digital newspaper that offers its readers amazing engineering insights, news, articles, and more.

31/03/2025

संघर्षको उचाई कति छ भनेर नसोध्नु कसैलाई
तल्लो डिल बाट माथिल्लो डिलमा पुग्नु छ सबैलाई !

सुभविहानी 🌄

15/01/2025

भ्रष्टाचार र अनैतिकताको चपेटामा काठमाडौं विश्वविद्यालय
The Dark File of Kathmandu University.
Source: News24

Heartbreaking: मैले मिनभवन क्याम्पसबाट BBS सक्काएको हो । २०७३ साल देखि अहिले सम्म ७ पटक लोकसेवाको परीक्षा दिए । ६ पटक ना...
25/12/2024

Heartbreaking: मैले मिनभवन क्याम्पसबाट BBS सक्काएको हो । २०७३ साल देखि अहिले सम्म ७ पटक लोकसेवाको परीक्षा दिए । ६ पटक नासु र १ पटक अधिकृतको ! तर सफल हुन सकिन । घरमा बुवाले पनि केही गर्न नसकेको भन्दै म संग गुनासो गर्नुहुन्थ्यो । परिवारको गुनासोले गर्दा थप तनाब भयो । जीवनमा केही गर्न सकिएन भन्ने लाग्यो । त्यसैले सधै गुनासो सुन्न भन्दा परिवारलाई नै मार्ने योजना बनाए । यसरी भाइ र बुबालाई मारे ।

(बुवा र भाइको ह'त्या गरेका मिलन आचार्यले प्रहरीलाई दिएको बयान)

03/12/2024
01/12/2024

We are proud to welcome Engineering Patrika as the official Media Partner for our event! 🎥🎙️

Their support will bring exclusive coverage and help us reach a broader audience.
Stay tuned for updates and behind-the-scenes moments brought to you by Engineering Patrika!

Buy your tickets from IME Pay
https://app.imepay.com.np/links/PMF2














पुल्चोक म्युजिकल फेस्ट २०२४: १२ हजार भन्दा बढी दर्शक र १०+ ब्यान्डहरूको धमाका Pulchowk Music Club And Research Centre
01/12/2024

पुल्चोक म्युजिकल फेस्ट २०२४: १२ हजार भन्दा बढी दर्शक र १०+ ब्यान्डहरूको धमाका Pulchowk Music Club And Research Centre

पुल्चोक म्युजिकल फेस्ट २०२४: १२ हजार भन्दा बढी दर्शक र १०+ ब्यान्डहरूको धमाका पुल्चोक क्याम्पसमा मंस

पनौती गाउँपालिका पहिरो पीडितको सहयोगार्थ हल्ट प्राइजद्वारा आर्थिक सहयोग काठमाडौँ विश्वविद्यालयको हल्ट प्राइज टोलीले राहत...
19/11/2024

पनौती गाउँपालिका पहिरो पीडितको सहयोगार्थ हल्ट प्राइजद्वारा आर्थिक सहयोग

काठमाडौँ विश्वविद्यालयको हल्ट प्राइज टोलीले राहत प्रयासका लागि रू. ७,५०० प्रदान गर्या

पनाैती गाउँपालिकामा गएको विनाशकारी पहिरोपछि प्रभावित परिवारहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले काठमाडौँ विश्वविद्यालयको हल्ट प्राइज टोलीले रू. ७,५०० आर्थिक सहयोग गरेको छ। यो सहयोगले पीडितहरूको राहत र पुनर्निर्माण प्रयासलाई समर्थन गर्ने उद्देश्य राखेको छ।

हल्ट प्राइज टोलीका अनुसार यो रकम तत्काल आवश्यकता पूरा गर्न जस्तै अस्थायी बसोबास, खाद्य सामग्री र स्वास्थ्य उपचारका लागि प्रयोग गरिनेछ। साथै, प्रभावितहरूको दीर्घकालीन पुनःस्थापना प्रयासमा समेत सहयोग पुर्‍याइनेछ।

“हाम्रो यो योगदान सानो भए पनि यो हाम्रो समुदायप्रतिको सहानुभूति र जिम्मेवारीको प्रतीक हो,” हल्ट प्राइज टोलीका प्रतिनिधिले बताए।

हालैको पहिरोले धेरै परिवारलाई विस्थापित गरेको र घर तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। यस्ता कठिन समयमा हल्ट प्राइजजस्ता संस्थाहरूको सहयोगले आवश्यक राहत पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्दछ।

यो प्रयासले समुदायको एकताको शक्ति र विपत्तिको समयमा सहकार्यको महत्त्वलाई झल्काउँछ। हल्ट प्राइज टोलीले सबैलाई आफ्नो तर्फबाट सहयोग गर्न आह्वान गर्दै सामूहिक सद्भाव र हेरचाहको आवश्यकता दोहोयाएको छ |

काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइज – २०२४/२५ को उद्घाटनहल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूलाई महत्त्वपूर्ण सामुद...
22/09/2024

काठमाडौं विश्वविद्यालयमा हल्ट प्राइज – २०२४/२५ को उद्घाटन
हल्ट प्राइज विश्वविद्यालयका विद्यार्थीहरूलाई महत्त्वपूर्ण सामुदायिक चुनौति र सामाजिक मुद्दाहरूका नवीन समाधानहरू विकास गर्न सशक्त बनाउने विश्वव्यापी प्रतिस्पर्धा हो। प्रत्येक वर्ष, प्रतियोगिता एउटा फरक सामाजिक चुनौतीमा केन्द्रित हुन्छ, र सहभागी टोलीहरूले यी मुद्दाहरूलाई महत्त्वपूर्ण रूपमा प्रभाव पार्न सक्ने व्यापार मोडेलहरू सिर्जना गर्न काम गर्छन्। प्रतियोगितामा स्थानीय, क्षेत्रीय र विश्वव्यापी फाइनल कार्यक्रम सहित धेरै चरणहरू समावेश हुन्छन्, जहाँ टोलीहरूले आफ्ना विचारहरू निर्णायक मण्डल सामु प्रस्तुत गर्दछन्। ग्लोबल फाइनलका विजेताले आफ्नो नवीन स्टार्टअप अवधारणालाई वास्तविक उद्यमहरूमा परिणत गर्न $1 मिलियन कोष प्राप्त गर्दछन्।
काठमाडौं विश्वविद्यालयको हल्ट प्राइज नेपालमा पहिलो अन क्याम्पस हल्ट प्राइज कार्यक्रम हो। यस कार्यक्रममा नेपालका सबै विश्वविद्यालय र सम्बद्ध कलेजका विद्यार्थीहरूलाई २ देखि ४ सदस्यको टोली बनाएर सहभागी हुने अवसर हुन्छ। काठमाडौं विश्वविद्यालयको हल्ट प्राइजको फाइनलबाट शीर्ष दुई टोलीले त्यस वर्ष हल्ट प्राइजको क्षेत्रीय शिखर सम्मेलनमा आफ्ना विचारहरू प्रस्तुत गर्ने मौका पाउनेछन्।
हरेक वर्ष झैं, २०२४/२५ का लागि काठमाडौं विश्वविद्यालयको हल्ट प्राइज आफ्नो ९औं संस्करणका साथ प्रस्तुत भएको छ। यस वर्षको विषयवस्तु "असीमित" रहेको छ। विगतका वर्षहरूमा जस्तो यस वर्ष सहभागीहरू कुनै निश्चित लक्ष्यमा मात्र सीमित छैनन्; सहभागीहरूलाई असीम सम्भावनाहरू अन्वेषण गर्ने र दिगो विकासका लक्ष्यहरू मध्ये कम्तिमा एक लक्ष्यसँग मिल्ने नवीन विचारहरू विकास गर्ने स्वतन्त्रता छ।
काठमाडौं विश्वविद्यालयको हल्ट पुरस्कार २०२४/२५ काठमाडौं विश्वविद्यालयका विभिन्न विद्यालय र सम्बद्ध कलेजहरूका २४ जोशीला व्यक्तिहरूको समर्पित टोलीद्वारा आयोजना गरिनेछ। उक्त टोलीले क्याम्पस निर्देशक श्रीजु मानन्धर र उप क्याम्पस निर्देशक श्रीधि न्यौपानेको नेतृत्वमा, तथा सल्लाहकार, सहायक प्राध्यापक डा. विभुरत्न तुलाधरको रणनीतिक सहयोग र मार्गदर्शनमा सबै सहभागीहरूका लागि सहयोगी र प्रभावकारी अनुभव सुनिश्चित गर्नेछ।
काठमाडौं विश्वविद्यालयको २०२४/२५ कोहोर्टको हल्ट प्राइजको उद्घाटन समारोह सेप्टेम्बर १५, २०२४ मा केयूको केन्द्रीय क्याम्पसको CIKU हलमा आयोजना गरिएको थियो। सो समारोहले आगामी पाँच महिनामा जारी रहने रोमाञ्चक यात्राको थालनी गर्यो।
कार्यक्रममा निरन्तरता र सहकार्यको भावना बढाउँदै नयाँ आयोजक समितिका सदस्यहरू र उनीहरूका पूर्ववर्तीहरू दुवैको उपस्थिति रह्यो। प्रत्येक सदस्यले आ-आफ्नो भूमिका र आगामी कार्यकालका लागि आफ्ना आकांक्षाहरू व्यक्त गर्दै आ-आफ्नो परिचय दिए। नवनियुक्त क्याम्पस निर्देशक र निवर्तमान क्याम्पस निर्देशकद्वारा आ-आफ्नो कार्यकालको अन्तर्दृष्टि र अनुभव आदान-प्रदान गरियो। उक्त कार्यक्रममा आयोजक समितिका पूर्व सदस्यहरुको योगदानको कदर स्वरूप उनीहरुलाई प्रशंसा पत्र समेत प्रदान गरियो । समग्रमा, कार्यक्रमले यस वर्षको प्रतियोगितामा आगामी दिनहरूमा आउने चुनौती र अवसरका लागि सकारात्मक सन्देश प्रदान गर्‍यो।

काठमाडौं मतदान केन्द्रमा खसेको मतको केन्द्रीय कार्यकारिणी समितिको अन्तिम नतिजा !
14/09/2024

काठमाडौं मतदान केन्द्रमा खसेको मतको केन्द्रीय कार्यकारिणी समितिको अन्तिम नतिजा !

PM KP Oli says "Engineer को न्यूनतम तलब ३७ हजार तोकिएको छ... त्यसलाई कानुनी रुप दिइपाऊँ भन्नू भाछ। ३७ हजार पनि इन्जिनियर...
18/07/2024

PM KP Oli says "Engineer को न्यूनतम तलब ३७ हजार तोकिएको छ... त्यसलाई कानुनी रुप दिइपाऊँ भन्नू भाछ। ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ! "

प्रधानमन्त्रीको पहिलो निर्णयः नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानलाई रात्रि खेलका लागि फ्लडल...
15/07/2024

प्रधानमन्त्रीको पहिलो निर्णयः नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानलाई रात्रि खेलका लागि फ्लडलाइटसहित पूर्ण सुविधा सम्पन्न प्याराफिट ३०० दिनभित्र स्तरोन्नति गर्ने घोषणा गरेका छन् । ❤️

Good News for footwalker of Newroad: काठमाडौं महानगरलाई नयाँ सडकमा थालेको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाटन उच्च अद...
14/07/2024

Good News for footwalker of Newroad: काठमाडौं महानगरलाई नयाँ सडकमा थालेको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Engineering Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Engineering Patrika:

Share