Samwad Khabar

Samwad Khabar सत्य-तथ्य-निष्पक्ष समाचार ।
स्वधर्म-संस्कृति हाम्रो उद्गार । https://linktr.ee/SamwadKhabar1

पानीमा डुवेको व्यक्तिको खोजी र उद्धारका लागि महानगर प्रहरी बलले आज रानीपोखरीमा कृतिम अभ्यास सम्पन्न गरेको छ । अभ्यासमा ड...
08/06/2025

पानीमा डुवेको व्यक्तिको खोजी र उद्धारका लागि महानगर प्रहरी बलले आज रानीपोखरीमा कृतिम अभ्यास सम्पन्न गरेको छ । अभ्यासमा डुङ्गामा यात्रा गर्दागर्दै पानीमा खसेका व्यक्ति हराएपछि खोजेर बाहिर निकालिएको थियो ।

गएको वर्ष जल उत्पन्न प्रकोपले काठमाडौँमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै बर्षा हुने अनुमान गरिएकोले आउन सक्ने बाढी र डुवानजस्ता विपदबाट जनधनको क्षति घटाउन अभ्यास गरिएको बताउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भन्नुभयो, “१ जना नगर प्रहरी निरीक्षक, १६ जना नगर प्रहरी हवल्दार र ३ जना नगर प्रहरी जवान गरी २० जनालाई गएको चैत महिनामा विपद व्यवस्थापन प्रतिकार्यको तालिम दिइसकिएको छ । उहाँहरुको क्षमतालाई अभ्यासबाट निपूर्ण बनाउने, साधन, स्रोत तथा उपकरणको प्रबन्ध गर्ने क्रममा आजको अभ्यास गरिएको हो ।”

विपद व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा सम्पन्न विपद प्रतिकार्य क्षमता विकास तालिममा अग्नि निवारण, जीवन उद्धार, जल प्रकोप, खोजी तथा उद्धार, डोरीको माध्यमबाट गरिने उद्धार, मृत सरीर व्यवस्थापनको सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास गराइएको थियो । चैत २५ गते सुरु भएको तालिम बैशाख ११ गते सकिएको थियो ।

सम्भावित जल उत्पन्न प्रकोपको पूर्वतयारीका लागि महानगरपालिकाले नदी सफाइ, ढल तथा मंगालको सफाइको काम पनि निरन्तर गरिरहेको छ ।

काभ्रेपलाञ्चोकस्थित पनौतीमा भोलि सोमवारदेखि सुरु हुन गइरहेको हिलेजात्राको तयारी तीव्रगतिमा भइरहेको छ ।
08/06/2025

काभ्रेपलाञ्चोकस्थित पनौतीमा भोलि सोमवारदेखि सुरु हुन गइरहेको हिलेजात्राको तयारी तीव्रगतिमा भइरहेको छ ।

जेठ २५, काठमाडौं । काभ्रेपलाञ्चोकस्थित पनौतीमा भोलि सोमवारदेखि सुरु हुन गइरहेको हिलेजात्राको तयारी तीव्रगतिमा ...

नेपाल तथा भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले एकादशीको दिन  व्रत बसेर पर्वको रूपमा एकादशी ...
06/06/2025

नेपाल तथा भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले एकादशीको दिन व्रत बसेर पर्वको रूपमा एकादशी मनाउने गर्दछन् । ज्येष्ठ मास शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिन पवित्र नदीमा स्नान गरेर जलसमेत त्याग गरी व्रत बस्ने विधान छ ।

२३ जेठ, काठमाडौं ।चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्ष....

काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको छ ।
06/06/2025

काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको छ ।

जेठ २३ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाको वेबसाइटमा महानगर भित्रको वायू प्रदूषणको अवस्था हेर्न सकिने भएको ....

05/06/2025

मानव हुनुको विशेषता | स्वतन्त्र इच्छा शक्ति | विवेकयुक्त बुद्धि • सनातन चिन्तन •

धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ ।
05/06/2025

धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ ।

जेठ २२ गते, काठमाडौं । धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डक.....

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरि विश्व वतावरण दिवस मनाइँदै छ ।   ...
05/06/2025

आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम आयोजना गरि विश्व वतावरण दिवस मनाइँदै छ ।

"Beat Plastic Pollution" ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ हाम्रो देशका विभिन्न स्थानमा रहेका विभिन्न संघसंस्था र विद्यार्थीहरूले पनि वृक्षारोपण तथा सरसफाई कार्यक्रम आयोजना गरी हर्षोउल्लासका साथ यो दिवस मनाइँदै छन् ।

विभिन्न विद्यालयका विद्यार्थीहरूले वातावरण सम्बन्धी संरक्षणसँग सम्बन्धित जनचेतनामुलक प्लेकार्ड बोकेर र्याली निकालेका छन् । https://samwadkhabar.com/news/13334

कञ्चनपुरका चार पालिकाले बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।
05/06/2025

कञ्चनपुरका चार पालिकाले बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

२२ जेठ, काठमाडौं । कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएको छ। बेलौरी नगरपालिका५ स्थित भकुण्डामा लाग्ने ग...

काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक सवारी साधन बन्द हुँदा आज पनि यात्रुहरुको सेवा सुविधालाई ध्य...
03/06/2025

काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूको आन्दोलनले सार्वजनिक सवारी साधन बन्द हुँदा आज पनि यात्रुहरुको सेवा सुविधालाई ध्यान दिँदै नेपाल प्रहरीद्वारा सञ्चालित निःशुल्क बस र आफ्नो कर्तव्यलाई निरन्तरता दिँदै नेपाल प्रहरी ।

डिभिजन वन कार्यालय रसुवाले रसुवाको आमाछोदिङमो गाउँपालिका तीनमा रहेको पार्वतीकुण्डको सफाइ गरेको छ ।
03/06/2025

डिभिजन वन कार्यालय रसुवाले रसुवाको आमाछोदिङमो गाउँपालिका तीनमा रहेको पार्वतीकुण्डको सफाइ गरेको छ ।

२० जेठ, काठमाडौं । डिभिजन वन कार्यालय रसुवाले रसुवाको आमाछोदिङमो गाउँपालिका तीनमा रहेको पार्वतीकुण्डको सफाइ गर.....

धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मालारानी मन्दिर:अर्घाखाँची जिल्लामा रहेको मालारानी मन्दिर ...
02/06/2025

धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मालारानी मन्दिर:

अर्घाखाँची जिल्लामा रहेको मालारानी मन्दिर एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । यो मन्दिर मालारानी गाउँपालिकाको खनदहमा अवस्थित छ, जुन मालारानी गाउँपालिका–३ मा पर्दछ।

मालारानी मन्दिरको स्थापना वि.सं. १८६२ मा भएको हो। किंवदन्ती अनुसार, अर्घा राज्यका राजाकी भान्जी माला नाम गरेकी सुन्दरी युवतीको सम्मानमा यो मन्दिर बनाइएको थियो, जसका कारण मन्दिरको नाम ‘मालारानी’ रहन गएको हो।

मालारानी मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा स्थापित छ।मन्दिरभित्र कालीका देवी, सिद्ध, गणेश, हनुमान, हवनकुण्ड, शिवलिङ्ग लगायतका मूर्तिहरू रहेका छन्।

मालारानी मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा स्थापित छ। यहाँ भक्तजनहरू आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ पूजाआजा गर्न आउँछन्। विशेष गरी चैते अष्टमी र महानवमीका दिन यहाँ विशेष पूजा र बलि चढाउने प्रचलन छ।

मन्दिरको वरिपरि हरियाली वनजंगल, डाँडा र स्वच्छ हावापानीले यसलाई थप आकर्षक बनाएको छ। मन्दिर नजिकै रहेको लालीगुराँसको रुखको टोड्कोमा सधैं पानी रहन्छ, जसलाई ‘मनचिन्ते पानी भनिन्छ। प्राकृतिक पानीको स्रोत ‘मनचिन्ते पानी’ जुन कहिल्यै घट्ने वा बढ्ने गर्दैन यहाँका स्थानीयवासीहरू बताउँछन् ।

यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। हालै मन्दिरसम्मको पहुँच सुधार गर्न नयाँ मोटरबाटो निर्माण भइरहेको छ ।

Address

Gaurighat, Kathmandu
Baudha

Alerts

Be the first to know and let us send you an email when Samwad Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Samwad Khabar:

Share