Nigrani Dainik

Nigrani Dainik We are an officially registered news media under the name Nigrani Dainik Pvt. Ltd. (Company Act, 2063), Department Of Information Reg.No 2763/078/079

मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प
16/09/2026

मुगुमा चार घण्टाभित्र दुईपटक भूकम्प

प्रहरी जवान रोशन राम ‘Best Police of the Month’ घोषितकाठमाडौंको कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत ...
15/09/2026

प्रहरी जवान रोशन राम ‘Best Police of the Month’ घोषित
काठमाडौंको कपनस्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी जवान रोशन राम भदौ महिनाको ‘Best Police of the Month’ बाट सम्मानित भएका छन्। कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले उनलाई कदरपत्र तथा पुरस्कार प्रदान गरे।
उत्कृष्ट कार्यसम्पादन गर्ने थप ८ जना प्रहरी कर्मचारीलाई समेत कार्यक्रममा पुरस्कृत गरिएको छ।

भोटेकोशी विपद्का बेपत्तालाई तत्काल कानुनी मान्यता दिन गोविन्द पन्थीको मागकाठमाडौं । गुल्मी क्षेत्र नं. २ बाट निर्वाचित प...
15/09/2026

भोटेकोशी विपद्का बेपत्तालाई तत्काल कानुनी मान्यता दिन गोविन्द पन्थीको माग

काठमाडौं । गुल्मी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गोविन्द पन्थीले भोटेकोशी बाढीजस्ता ठूला विपद्मा बेपत्ता भएका नागरिकका परिवारलाई तत्काल राहत, क्षतिपूर्ति, बीमा तथा सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पन्थीले मुलुकी देवानी संहिता, २०७४ को दफा ४० मा रहेको बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्थाले ठूला विपद्का पीडित परिवारलाई व्यवहारिक समस्या पार्न सक्ने बताए।

उनले विपद् वा दुर्घटनामा परी बेपत्ता भएका व्यक्तिको शव तत्काल भेटिन नसक्ने अवस्था रहेको उल्लेख गर्दै खोज तथा उद्धार लामो समयसम्म चल्न सक्ने बताए। यस्तो अवस्थामा कानुनी रूपमा मृत्यु प्रमाणित हुन लामो प्रक्रिया कुर्नुपर्दा परिवारले राहत तथा क्षतिपूर्ति, बीमा, बैंक तथा वित्तीय कारोबार, सम्पत्तिको हक हस्तान्तरण, उत्तराधिकार र सामाजिक सुरक्षाजस्ता अधिकारबाट प्रभावित हुनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

“कानूनले प्रमाण खोज्नु स्वाभाविक हो, तर विपद्मा पीडित परिवारलाई प्रमाणको अभावमा वर्षौं राज्यको सुविधा र अधिकारबाट वञ्चित गर्नु न्यायसंगत हुन सक्दैन,” पन्थीले भने।
पन्थीले मृत्युको अन्तिम न्यायिक घोषणा र पीडित परिवारले तत्काल राहत पाउने अधिकारलाई अलग गर्नुपर्ने प्रस्ताव अघि सारे। उनका अनुसार शव नभेटिए पनि सरकारी खोज तथा उद्धार समितिको प्रमाण, प्रत्यक्षदर्शीको विवरण, घटनास्थलको प्रमाण, यात्राको अभिलेख तथा प्रहरी मुचुल्कालगायतका आधारमा ‘विपद्का कारण बेपत्ता’ भनी अस्थायी कानुनी मान्यता दिएर परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बीमाको प्रक्रिया अघि बढाउन सकिने व्यवस्था गर्नुपर्छ।

उनले राष्ट्रियस्तरको ठूलो विपद् घोषणा भएको अवस्थामा विद्यमान प्रतीक्षा अवधिलाई समेत पुनरावलोकन गरी विशेष व्यवस्था गर्नुपर्ने बताए।
त्
यस्तै, पछि बेपत्ता व्यक्ति जीवित भेटिएमा त्यस्तो अस्थायी निर्णय पुनरावलोकन वा बदर गर्न सकिने र गलत रूपमा भुक्तानी भएको रकम कानुनबमोजिम समायोजन वा फिर्ता गर्ने व्यवस्था राख्न सकिने उनको सुझाव छ।
पन्थीले भविष्यमा हुने भूकम्प, बाढी, पहिरो, हिमपहिरो, विमान दुर्घटना वा अन्य सामूहिक विपद्का लागि ‘विशेष विपद्–मृत्यु तथा बेपत्ता व्यवस्थापन कार्यविधि’ निर्माण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “विपद्मा नागरिकले ज्यान गुमाउँदा राज्यले परिवारलाई ‘कानुनमा तीन वर्ष कुर्नुपर्छ’ भनेर पन्छिन मिल्दैन। कानून नागरिकका लागि हो, नागरिक कानूनका लागि होइन।”
भोटेकोशी विपद्का पीडित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न विद्यमान कानुनको मानवीय व्याख्या, आवश्यक विशेष निर्णय तथा दीर्घकालीन रूपमा कानुनी संशोधन गर्नुपर्नेमा जोड दिँदै पन्थीले बेपत्ता नागरिकको खोजी जारी राख्दै परिवारलाई तत्काल राज्यको साथ उपलब्ध गराउन र कानुनी प्रक्रियाका कारण पीडित परिवार थप पीडित बन्ने अवस्था अन्त्य गर्न सरकारसँग जोडदार माग गरेका छन्।

15/09/2026

यात्रुवाहक गाडी दुर्घटनामा ४ जनाको मृत्यु, ४ जना घाइते


Nepal Police
BBC News नेपाली
Jeevan Sharma

15/09/2026
15/09/2026

पुरिएकाे घरबाट बनलुवा निकाल्दै छन् स्थानीय वासी🙏😥😥
fans
Jeevan Sharma


14/09/2026

प्रधानमन्त्री कार्यालयको बिशेष अधिकारी हुँ भन्दै केही दिनदेखि सरकारी कार्यालय र स्थानीय पालिका प्रमुखहरुलाई सेतो प्लेटको गाडी चढेर हप्कीदप्की गरी हिंडेको २ बर्षअगाडि हल्दिबारीको मोबाइल चोर आज झापामा समातिएको छ ।

प्रधानमन्त्री कार्यालयकै सहसचिव हुँ,तपाईंबिरुध्द हेल्लो सरकारमा डरलाग्दो उजुर परेको छ भन्दै तर्साएर एक जना इन्जिनियरबाट डेढ लाख हात पार्ने अर्को ठगचाहिँ फरार छ ।

उनको चुरिफुरीवारे हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्ग्देन भन्छन्-‘उसले प्रधानमन्त्री कार्यालयसम्म पहुँच छ भन्यो । अहिले त जो पनि नेता छ । होला त नि भनेर पत्याइयो । पछि त सबैलाई झुक्याएको पो रहेछ ! ’

14/09/2026

सरकारले कच्चीबाटाे मार्फत पनि धुन्चे राहतका दिनरात नभनी खटिएको छ ।

Facebook
BBC News नेपाली
fans

बिदाको दिन सरकारी गाडी : जरिवानाले उठाएको जवाफदेहिताको प्रश्न
14/09/2026

बिदाको दिन सरकारी गाडी : जरिवानाले उठाएको जवाफदेहिताको प्रश्न

१२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता खुल्यो
14/09/2026

१२ वर्षपछि गाउँ ब्लक जग्गा दर्ता खुल्यो

Address

P89X+JR4, काठमाडौँ
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nigrani Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nigrani Dainik:

Shortcuts

Share