12/09/2025
कसैले नचिताएको काठमाडौंजस्तो महानगरको मेयर पदमा एकाएक चुनाव जितेर राजनीतिमा ठूलो भुईंचालो ल्यायो ! बेलगाम काम गर्यो ! गरिरहेकै छ ! केही विवादका बीच देश-विदेशका तमामौं मानिसहरूको मन जित्यो ! दुई तिहाईको शक्तिशाली प्रधानमन्त्रीलाई हाकाहाकी टक्कर दियो ! तमाम घेराबन्दी झेल्यो ! झेलिरहेकै छ !
विद्रोही जेनजीलाई खुल्ला सपोर्ट गर्यो ! किस्तीमा आएको प्रधानमन्त्री पद सरक्क पन्छाएर अर्को बुज्रुकलाई सिफारिस गर्यो ! संसद भङ्ग भएपछि मात्रै नयाँ सरकार बन्ने प्रष्ट शर्त/अडान राख्यो ! सबै कुरा उसकै रोड़म्यापमा हुँदैछ ! फिलहाल यो देशमा जे-जे भएको छ, यो परिवर्तन होईन, चमत्कार हो !
म सोचिरहेको छु, यो मान्छेले कस्तो इन्जीनियरिङ् पढ़ेछ ? पब्लिकमा खासै नखुल्ने यो मान्छे के तन्तुले बनेको छ ? मान्नुस्/नमान्नुस्, यो मान्छे रहस्यमयमात्रै होईन, चामत्कारिक पनि छ !
Cr : Sitaram bhatta