SSS Bhajan Group Kalanki

SSS Bhajan Group Kalanki Sairam this is the New Public Page of our SSS kalanki
Here you can share newly celebrated events and information publicly. Jai sairam

Glimpses of Sri Sathya Sai Ekadasha Aavriti Rudri (Laghu Rudri) Program 2026
16/02/2026

Glimpses of Sri Sathya Sai Ekadasha Aavriti Rudri (Laghu Rudri) Program 2026

Glimpses of Spiritual Picnic dated 19th Poush 2082 at Jal Vinayak Temple, Chobhar
03/01/2026

Glimpses of Spiritual Picnic dated 19th Poush 2082 at Jal Vinayak Temple, Chobhar

Every man expects the New Year to confer on him peace, happiness and prosperity. New Year does not bring happiness or so...
31/12/2025

Every man expects the New Year to confer on him peace, happiness and prosperity. New Year does not bring happiness or sorrow with it. Yesterday is the same as today and today is the same as tomorrow. Days are the same, but one experiences either pleasure or pain depending on one's own actions. Meritorious deeds will not confer misery and sinful deeds cannot give happiness. One is bound to face the consequences of one's actions. But one treats pleasure and pain alike when one becomes the recipient of God's grace. God's grace destroys mountains of sins and confers peace.

Years come and go, so also pleasure and pain. Nothing confers permanent bliss except the experience of the Atma. Man cannot attain peace and happiness from his actions unless he has sacred feelings within. Many people expect the New Year to confer happiness and prosperity on them. But in fact, New Year only confers on you the results of your past actions. In order to atone for your past sins, you have to cultivate sacred qualities and involve yourself in sacred activities more and more in the New Year. In fact, Bliss is within you, it originates from your sacred feelings. So, you have to manifest bliss from within-- it cannot be bestowed on you by others. None can take away the bliss from you and you cannot obtain it form outside.

The New Year does not bring anything new with it. The day when fresh and sacred thoughts originate in your heart is the real New Year day. As you all consider this day as New Year day and welcome it with enthusiasm, I bless you all so that you may cultivate fresh, sacred and ideal feelings. I desire that you share with others all that you consider as good. I want you to lead a peaceful and blissful life and become role models for the rest of the country.

- Divine Discourse, 1 January 2001

ॐ श्री साईराम!जब हामी सबै एकअर्काभन्दा फरक देखिन्छौँ, तब हामी एक हौँ भनेर कसरी दाबी गर्न सक्छौँ ? भगवान् आज एउटा सरल उदा...
29/12/2025

ॐ श्री साईराम!
जब हामी सबै एकअर्काभन्दा फरक देखिन्छौँ, तब हामी एक हौँ भनेर कसरी दाबी गर्न सक्छौँ ? भगवान् आज एउटा सरल उदाहरणद्वारा यसलाई अत्यन्त सुन्दर रूपमा स्पष्ट पार्नुहुन्छ।

एउटी आमाका चार जना छोरा छन्। पहिलो छोराले रातो रङको जुस माग्छ, दोस्रोले हरियो रङको, तेस्रोले कालो रङको र चौथोले सेतो रङको जुस माग्छ। यदि जुसकै रङ परिवर्तन गरियो भने जुस बिग्रिन्छ। अब बुद्धिमान आमाले के गर्छिन् ? उनी एउटै जुसलाई रातो, हरियो, कालो र सेतो रङका गिलासमा हालेर आफ्ना छोराहरूलाई सन्तुष्ट पार्छिन्।

हाम्रा शरीर ती गिलासजस्तै हुन्। हामीले शरीरका भिन्नतामा ध्यान दिनु हुँदैन। भित्र रहेको आत्मिक एकतालाई अनुभूति गर्नुपर्छ। गिलास र रङ फरक हुन सक्छन्, तर जुस अर्थात् आत्मा सबैमा एउटै छ।

शरीर एक दिन नष्ट हुने नै छ। यदि तिमी शरीरसँग अत्यधिक आसक्त भयौ भने दुःख भोग्नैपर्छ। अमरत्व प्राप्त गर्न र आनन्दको अनुभूति गर्न रूपभन्दा पर जानुपर्छ।

जबसम्म तिमी शरीरमा छौ, तबसम्म त्यसको हेरचाह गर्नु आवश्यक छ। तर त्यसप्रति अत्यधिक आसक्ति वा चिन्ता गर्नु हुँदैन। अज्ञान नै चिन्ताको मूल कारण हो। जे हुनु छ, समय आएपछि अवश्य हुन्छ। त्यसैले गिलास बदलिँदै जाँदा पनि भित्रको तत्त्व एउटै छ भन्ने दृढ विश्वास राख। त्यो भित्रको तत्त्व नै आत्मिक सिद्धान्त हो।

"This day is a holy day, the day on which Jesus was born. He announced Himself as the Messenger of God. In fact, all hum...
25/12/2025

"This day is a holy day, the day on which Jesus was born. He announced Himself as the Messenger of God. In fact, all humans are bom as Messengers of God. The sole purpose of this human career is to propagate the omnipresence of God, His might and glory. No one has incarnated for merely consuming quantities of food and catering to one's senses. Human life is much more precious than that. That is why the capacity to appreciate beauty, truth and goodness has been endowed only on man."

- Bhagwan Sri Sathya Sai Baba, SSS. Vol. X, discourse on 25-12-76, p. 84

ॐ श्री साईराम!के मानव जीवनको आध्यात्मिक उद्देश्य समाजभन्दा बाहिर खोजिनुपर्छ ? हाम्रो प्रेममय भगवान् आज यस विषयलाई दृढताप...
18/12/2025

ॐ श्री साईराम!
के मानव जीवनको आध्यात्मिक उद्देश्य समाजभन्दा बाहिर खोजिनुपर्छ ? हाम्रो प्रेममय भगवान् आज यस विषयलाई दृढतापूर्वक स्पष्ट पार्नुहुन्छ।

समाजशास्त्र वा सामाजिक विज्ञानको आत्मिक विज्ञान वा मानव आत्माको खोजसँग के सम्बन्ध छ भन्ने प्रश्न प्रायः उठाइन्छ। त्यसैगरी धेरैले यो पनि सोध्ने गर्छन् कि आध्यात्मिक साधक र साधनाको समाज र उसका समस्यासँग के सरोकार छ ? यी दुवै धारणा गलत हुन्। मानव आत्माको विकास बिना कुनै पनि समाज पूर्ण हुन सक्दैन र कुनै पनि सामाजिक आदर्श फलीभूत हुन सक्दैन।

मानव जातिले आफूभित्र अभिव्यक्त भएको दिव्य तत्त्वलाई तबसम्म साकार गर्न सक्दैन, जबसम्म आत्मिक विकासमा निरन्तर र सजगतापूर्वक ध्यान दिइँदैन। दिव्यता व्यक्तिहरूको माध्यमबाट नै अभिव्यक्त हुन्छ। व्यक्तिबिनाको दिव्य अभिव्यक्ति सम्भव छैन।

हामी केवल जगतलाई देख्न सक्छौँ, जुन चलायमान र परिवर्तनशील नाटक हो। तर त्यस नाटकका निर्देशक भगवान्लाई हामी देख्न, सुन्न, सुँघ्न, स्वाद लिन वा स्पर्श गर्न सक्दैनौँ। त्यसैगरी, हामी व्यक्तिलाई देख्न सक्छौँ, तर समाज नामको कुनै छुट्टै अस्तित्वलाई प्रत्यक्ष रूपमा देख्न सक्दैनौँ। समाज कुनै अलग र स्वतन्त्र संरचना होइन। समाज सर्वोच्च इच्छाबाट उत्पन्न भएको दिव्य विस्तार हो।

समाजले प्रकृतिबाट प्राप्त लाभलाई समान वा असमान रूपमा बाँडफाँड गर्ने योजनाले मात्र आफ्नो औचित्य प्रमाणित गर्न सक्दैन। समाजलाई प्रेरणा दिने अन्तिम लक्ष्य भनेको प्रत्येक सामाजिक कार्य र निर्णयमा एक सार्वभौमिक आत्माको ज्ञान र त्यस ज्ञानबाट प्राप्त हुने आनन्दलाई स्थापित र विस्तार गर्नु हो।

दिव्य उपदेश
१ मार्च १९७४

ॐ श्री साईराम!सद्गुणबाट जन्मिएको प्रज्ञा र केवल बौद्धिकताको बीचको भिन्नता के हो ? भगवान् आज यसलाई स्पष्ट रूपमा समझाउनुहु...
16/12/2025

ॐ श्री साईराम!
सद्गुणबाट जन्मिएको प्रज्ञा र केवल बौद्धिकताको बीचको भिन्नता के हो ? भगवान् आज यसलाई स्पष्ट रूपमा समझाउनुहुन्छ।

दिव्य प्रेमका साकार स्वरूपहरू, माटो एउटै भए पनि त्यसबाट बनेका भाँडाकुँडा विभिन्न आकार र नामका हुन्छन्। सुन एउटै भए तापनि त्यसबाट बनाइने गहना अनेक प्रकारका हुन्छन्। गाईहरूको रङ फरक भए पनि दूध एउटै हुन्छ। यसैगरी, दिव्य तत्त्व एकै भए तापनि उहाँ विभिन्न नाम र रूपहरूमा प्रकट हुनुहुन्छ। अथाह महासागरबाट अनगिन्ती छालहरू उठ्छन्। छालहरू एकअर्काभन्दा फरक देखिए पनि महासागर भने एउटै हुन्छ।

त्यसै प्रकार, यस ब्रह्माण्डमा जीवहरू अनेक रूपहरूमा देखिए पनि ती सबै सच्चिदानन्दको महासागरबाट उत्पन्न भएका तरङ्गहरू नै हुन्। मानिसले दैनिक जीवनमा अनुभव गर्ने सुखदुःख, आसक्ति र द्वेष, इन्द्रिय सुखप्रतिको आकर्षण—यी सबै मनका चञ्चलताका कारण हुन्। जबसम्म मानिस द्वैतभावमा बाँधिएको हुन्छ, तबसम्म ऊ आसक्ति र घृणाबाट मुक्त हुन सक्दैन। आफ्नो अन्तर्निहित दिव्य स्वरूपलाई नचिनेसम्म द्वैतबाट मुक्ति सम्भव हुँदैन।

आज विविधताभित्र एकता देख्नेहरू थोरै छन्, यद्यपि विभाजन र भिन्नता फैलाउने बौद्धिकहरू धेरै छन्। एक जना धर्मनिष्ठ मानिसले हजारौँ बौद्धिकहरूभन्दा पनि संसारको रक्षा गर्न सक्छ। त्यसैले, सद्गुण बौद्धिकताभन्दा धेरै पवित्र र श्रेष्ठ हुन्छ।

दिव्य उपदेश
१८ डिसेम्बर १९९४

ॐ श्री साईराम!आध्यात्मिक मार्गमा धर्मको पालन किन अत्यन्तै आवश्यक छ ? भगवान् महाकाव्यबाट अत्यन्तै प्रभावशाली उदाहरण दिँदै...
14/12/2025

ॐ श्री साईराम!
आध्यात्मिक मार्गमा धर्मको पालन किन अत्यन्तै आवश्यक छ ? भगवान् महाकाव्यबाट अत्यन्तै प्रभावशाली उदाहरण दिँदै हामीलाई सम्झाउनुहुन्छ।

धार्मिक सिद्धान्तप्रति श्रद्धा भए मात्र दिव्य शिक्षाहरू आत्मसात् गर्न सकिन्छ। जब धर्मको उपेक्षा गरिन्छ, तब ती शिक्षाहरू ग्रामोफोनको रेकर्डझैँ केवल घुमिरहन्छन्, तर हृदयमा कुनै प्रभाव पार्दैनन्। गीता उपदेश र अर्जुनका आत्मचिन्तनहरूले हामीलाई गहिरा सन्देशहरू दिन्छन्।

भगवान् कृष्णसँग ८४ वर्षसम्म अत्यन्त निकट मित्रता हुँदाहुँदै पनि अर्जुन गीता उपदेश प्राप्त गर्न योग्य थिएनन्। तब प्रश्न उठ्छ—अर्जुन कहिले गीता उपदेश ग्रहण गर्न योग्य बने ? उनले तब मात्र योग्यता प्राप्त गरे, जब उनले पूर्ण रूपमा आत्मसमर्पण गरे, धर्म र भगवान्‌प्रति अटल श्रद्धा प्रकट गरे र कृष्णलाई भने, “मेरो लागि तपाईंबाहेक अरू कोही छैन।” यही क्षणमा अर्जुनको हृदय शुद्ध भयो।

जब कृष्णले उनलाई युद्ध गर्न प्रेरित गर्नुभयो, तब अर्जुनले गहिरो वेदनासाथ भने, “स्वामी, यति धेरै आफन्त र मानिसहरू मारेर प्राप्त हुने राज्य र सुखको के मूल्य छ ? म रगतले लतपतिएको यस्तो भोजन चाहँदिन। मलाई तपाईंकै सान्निध्य मात्र चाहिन्छ। मेरो एकमात्र उद्देश्य धर्मको रक्षा गर्नु हो।”

अर्जुनको यस दृढ प्रतिज्ञापछि मात्र भगवान् कृष्णले उनलाई गीता उपदेश दिन निर्णय गर्नुभयो।

दिव्य उपदेश
२३ नोभेम्बर १९६९

ॐ श्री साईराम!जीवनमा शान्ति र आनन्द कहाँ भेटिन्छ ? भगवान् हामीलाई स्मरण गराउँदै हाम्रो क्षमता जागृत गर्न प्रेरीत गर्नुहु...
12/12/2025

ॐ श्री साईराम!
जीवनमा शान्ति र आनन्द कहाँ भेटिन्छ ? भगवान् हामीलाई स्मरण गराउँदै हाम्रो क्षमता जागृत गर्न प्रेरीत गर्नुहुन्छ।

मानिस भित्रै अपार आनन्द पनि छ, र त्यसलाई प्रकट गर्न आवश्यक सबै साधन पनि छन्। तर दु:ख यो हो कि मानिस आफ्ना भित्री सामर्थ्यबारे नै गम्भीर अज्ञानमा बाँधिएको छ। उसले सर्वोच्च शान्ति प्राप्त गर्न सक्छ, तर त्यसका लागि पर्याप्त प्रयास गर्दैन। उसको प्रयास संशय र निर्णयहीनताले कमजोर हुन्छ, त्यसैले असफलतामा परिणत हुन्छ। भूमिगत पानीजस्तै शान्ति र आनन्दको स्रोत मनमा अवश्य छ, तर त्यसलाई प्रयोग गर्नुपर्छ भने त्यसतिर खन्नु आवश्यक हुन्छ।

इन्द्रिय–सुखप्रतिको धेरै इच्छा हटाएपछि मात्र मनको गहिराइमा रहेको शान्ति र आनन्दको मुहान फुट्छ। तपाईँहरूको जीवनको वास्तविक स्वभाव नै शान्ति हो, मूल गुण नै प्रेम हो, हृदय सत्यले परिपूर्ण छ। यी गुणहरूको प्रकट हुने मार्गमा आएका अवरोध हटाउनुपर्छ। तर जब मानिस यसतर्फ कुनै प्रयासै गर्दैन, तब घर, समाज, राष्ट्र र विश्व कतै पनि शान्ति, प्रेम र सत्य देखिँदैन।

पति–पत्नी मिलेर बस्दैनन्, बाबु–छोराबीच फुटपाट हुन्छ, साथीहरूबीच पनि मेलमिलाप हुँदैन। एकै कोखका जन्मिएका जुम्ल्याहा सन्तानले पनि फरक बाटो लिन्छन्। किनकि उनीहरू चाहना, प्रतिस्पर्धा र आवेगले भरिएको संसारमा बसिरहेका छन्। जब परमात्मा जीवनको लक्ष्य र मार्गदर्शक बन्छन्, तबमात्र वास्तविक शान्ति, प्रेम र सत्य प्राप्त हुन्छ।

दिव्य उपदेश, २१ फेब्रुअरी १९७४

ॐ श्री साईराम!साँचो सुख कसरी प्राप्त हुन्छ ? भगवान् आज यसरीसमझाइदिनुहुन्छ।साँचो सुख सत्यमै पाइन्छ, अन्यत्र कहीं पाइँदैन।...
09/12/2025

ॐ श्री साईराम!
साँचो सुख कसरी प्राप्त हुन्छ ? भगवान् आज यसरी
समझाइदिनुहुन्छ।

साँचो सुख सत्यमै पाइन्छ, अन्यत्र कहीं पाइँदैन। जहाँ आनन्द छ, त्यहाँ सत्य हुन्छ; जहाँ सत्य हुन्छ, त्यहीँ आनन्द रहन्छ। ‘सत्यान्नास्ति परो धर्मः’ — सत्यपालनभन्दा ठूलो धर्म अरू केही छैन। जब मानिसले सत्यभन्दा माथि कुनै धर्म हुँदैन भन्ने बुझ्छ, र सत्य नै आफ्नो मौलिक स्वभाव हो, प्रेम आफ्नो रगत हो, धैर्य आफ्नो मूल सिद्धान्त हो भन्ने बुझ्छ त्यतिबेला मात्र मानव जीवन पवित्र बन्छ।

तर दुर्भाग्यवश, मानिसले आफ्नो जीवनलाई मनमा भर पारी चलाउन थालेको छ। जसले मनमा भरोसा गर्छ, उनीहरूलाई शान्ति र सुरक्षाको अनुभूति हुँदैन। तर जसले हृदयमा भरोसा गर्छन्, उनीहरूले जीवनका सबै बाधा सजिलै पार गर्छन्। त्यसैले हृदयमा भगवान् बस्छन् भनेर विश्वास गर्नेहरू नै वास्तविक भक्त हुन्। भगवान् र धर्मप्रति दृढ श्रद्धा जन्मेपछि मात्र जीवन पवित्र बन्छ। यस्तै श्रद्धाले मात्र शान्ति, सुख र सुरक्षा दिन सक्छ।

जो मानिस ईश्वर र धर्मप्रति विश्वास बिना संसारिक क्रियाकलापमा डुब्छन्, उनीहरूले कहिल्यै शान्ति, सुख र सुरक्षा प्राप्त गर्न सक्दैनन्।

— दिव्य उपदेश, २३ नोभेम्बर, १९६९

ॐ श्री साईराम!मानिसले आफ्नो सारा समय र ऊर्जा पैसा कमाउन र सीप आर्जन गर्न किन खर्च गर्नु निरर्थक हुन्छ ? आज भगवान्, हाम्र...
08/12/2025

ॐ श्री साईराम!
मानिसले आफ्नो सारा समय र ऊर्जा पैसा कमाउन र सीप आर्जन गर्न किन खर्च गर्नु निरर्थक हुन्छ ? आज भगवान्, हाम्रो प्रेममय प्रभुले, यस विषयमा सम्झाउनुहुन्छ।

मानव जन्मको उद्देश्य फेरि–फेरि आमाको गर्भबाट जन्मिनु, जीवनलाई लक्ष्यविहीन रूपमा बिताउनु र अन्त्यमा यो संसारबाट प्रस्थान गर्नु मात्र होइन। मानिस किन जन्मिन्छ भन्ने एक विशिष्ट उद्देश्य हुन्छ। त्यसैले मानिसले सबैभन्दा पहिले त्यो उद्देश्यलाई बुझ्नुपर्छ र आफ्नो जीवनलाई पवित्र बनाउनुपर्छ। हाम्रो शिक्षा, हाम्रो काम, र हामीले कमाउने पैसासमेत सबैलाई उद्देश्यपूर्ण तरिकाले खर्च गर्नुपर्छ।

आजका विद्यार्थीहरू पढाइलाई केवल जीविकोपार्जनको साधनका रूपमा मात्र हेर्छन्। डिग्री लिने उद्देश्य पनि पैसा कमाउनेभन्दा अरू केही हुँदैन। तर केवल पेट भर्नका लागि संघर्ष गर्नुमा के महान् कुरा छ ? कुकुर र स्यालहरूले पनि आफ्नो पेट नै भर्छन्। तपाईंले सर्कसमा हेर्नुभएको होला बाँदरहरूले समेत कति–कति कला सिक्छन् र देखाउँछन्। तिमीहरू त मानवका रूपमा जन्मिएका हौ, कुकुर, स्याल र बाँदरजस्तै व्यवहार गर्नुपर्ने होइन। यदि त्यस्तै गर्यौ भने, तिम्रो शिक्षाले के अर्थ राख्छ ?

तिमीहरूले हासिल गरेको शिक्षा उचित र सच्चा स्थानमा प्रयोग हुनुपर्छ। तभी त्यो शिक्षा अर्थपूर्ण बन्छ र व्यक्तित्वलाई बलियो बनाउँछ।

— दिव्य उपदेश, २३ नोभेम्बर, २००४

ॐ श्री साईराम!भगवान्को कृपा पाउन हामीले कस्तो पात्रता विकास गर्नुपर्छ? भगवान्ले आज यो कुरा स्पष्ट रूपमा बुझाइदिनुहुन्छ, ...
07/12/2025

ॐ श्री साईराम!
भगवान्को कृपा पाउन हामीले कस्तो पात्रता विकास गर्नुपर्छ? भगवान्ले आज यो कुरा स्पष्ट रूपमा बुझाइदिनुहुन्छ, ताकि हामी आफूलाई दैवी कृपाका योग्य बनाउन सकौँ।

मानिसहरू भगवान्का कृपा र आशिषका लागि प्रार्थना गर्छन्। तर, पहिले पात्रता कमाउनुपर्छ। सानो उदाहरण हेरौँ।

बसमा यात्रा गर्दा, जो व्यक्ति पहिले चढ्छ, ऊ अगाडिको सीटमा बस्छ। अन्त्यमा चढ्ने पछाडिको सीटमा बस्छ। तर बसबाट झर्दा भने उल्टो हुन्छ। पछाडिको सीटमा बसेको व्यक्ति नै सबैभन्दा पहिले झर्छ, र अगाडिको सीटमा बसेको सबैभन्दा अन्त्यमा झर्छ। यसरी, सुरुमा चढ्ने व्यक्ति बसमा धेरैबेर बस्छ।

यदि उसको झोलामा कुनै मूल्यवान् वस्तु छ भने, उसलाई ती सामान सावधानीपूर्वक सम्हाल्ने समय पनि धेरै मिल्छ। यही हो प्राप्ति अर्थात् पात्रता।

जसको मन पवित्र छ, उसमा यो पात्रता स्वयं उत्पन्न हुन्छ। त्यसैले मानिसले पहिले आफ्नो मनका अशुद्ध, नकारात्मक र विकृत विचारहरू धुने काम गर्नुपर्छ। मनलाई पवित्र, शुभ र सत्प्रेरणाले भरिनुपर्छ।

त्यसपछि मात्र ऊ ज्ञान दृष्टि प्राप्त गर्न सक्षम हुन्छ। यही ज्ञान दृष्टिले सम्पूर्ण सृष्टिलाई भगवान्कै दिव्य विश्वरूपको रूपमा देख्न सकिन्छ।

दिव्य उपदेश १८ अप्रिल १९९६

Address

Kalanki
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when SSS Bhajan Group Kalanki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SSS Bhajan Group Kalanki:

Share

Category