Eva Media

Eva Media Official page of Eva Media
Operated by Eva Media Network Pvt. Ltd.
(1)

Delivering trusted news, breaking updates, politics, business.


समाचार तथा बिज्ञापनको लागि
Call/WhatsApp :- 9813495051
[email protected]

28/08/2026


#बाढी
भदौ १२, राती ०८:५४ बजे
जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट प्राप्त सूचना अनुसार भोटेकोशीमा पुन: बाढी बढेकोले त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा

एकतर्फी संचालनमा आयो पृथ्वी राजमार्ग
28/08/2026

एकतर्फी संचालनमा आयो पृथ्वी राजमार्ग


आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
28/08/2026

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन


भारतले विमानबाट नेपालका लागि थप १० टन मानवीय सहायता पठायो
28/08/2026

भारतले विमानबाट नेपालका लागि थप १० टन मानवीय सहायता पठायो

भोटेकोशी बाढीपछि सम्पर्कविहिनको संख्या १ हजार ९२४ पुग्यो
28/08/2026

भोटेकोशी बाढीपछि सम्पर्कविहिनको संख्या १ हजार ९२४ पुग्यो

बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार अभियान तीव्र, प्रधानमन्त्रीले सार्वजनिक गरे २० प्रगति
28/08/2026

बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार अभियान तीव्र, प्रधानमन्त्रीले सार्वजनिक गरे २० प्रगति

भारत सरकारले बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने
28/08/2026

भारत सरकारले बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने

अपडेट: पृथ्वी राजमार्ग सञ्चालनमा !पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्...
28/08/2026

अपडेट:
पृथ्वी राजमार्ग सञ्चालनमा !
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ। लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।


28/08/2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी र प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालले आज थप २ हजार ९८३ सुरक्षाकर्मी परिचालन गरेको छ ।
विपद् प्रतिकार्यका लागि हिजोसम्म १ हजार ८४५ सशस्त्र प्रहरी परिचालन भएकामा आज उक्त संख्या बढाएर ४ हजार ८२८ पुर्‍याइएको छ । रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा विशेष वेश क्याम्प स्थापना गरी प्रभावित क्षेत्रहरूमा विज्ञसहितका अलग अलग टोली खटाइएका छन् ।
परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकहरूका साथै 'मास क्याजुअल्टी भेहिकल', शव व्यवस्थापन विज्ञ, शिविर समन्वय तथा व्यवस्थापन विज्ञ र प्राथमिक उपचार विज्ञहरू रहेका छन् । यसका साथै भत्किएका संरचनामा खोज तथा उद्धार (सीएसएसआर) का लागि ४४ जनाको टोली खटाइएको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको 'के९' टोलीअन्तर्गत ७ कुकुरसहित २१ जनालाई विभिन्न क्षेत्रमा खटाइएको छ । ५ वटा ड्रोनसहितको विशेष ड्रोन स्क्वाड पनि परिचालन गरिएको छ । डोरीबाट उद्धार गर्नका लागि छुट्टै १३ जना खटाइएका छन् । ठाउँठाउँमा गोताखोर पनि परिचालन गरिएका छन् ।
देशका विभिन्न क्षेत्रबाट थप ३५५ जना सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ ।

भोटेकोशी हुँदै त्रिशुली नदीतटीय भेगमा प्रभावित विभिन्न ४८ वटा वडाहरुमा रहेका सशस्त्र प्रहरी बलले सूचिकृत गरेका १२ सय विपद् सूचकहरु मार्फत सूचना संकलन गरिरहेको छ ।
यसका अतिरिक्त प्रभावित नागरिकहरूको सहयोगका लागि आश्रयस्थलको व्यवस्थापन, सुरक्षा तथा राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रियतापूर्वक खटिएको छ ।

घटनाको दिनदेखि नै नुवाकोटमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर स्थापना गरी निरन्तर सेवा दिइरहेको छ । विपद्मा घाइते भएकाहरूको आकस्मिक उपचारका लागि काठमाडौँस्थित नेपाल ए.पी.एफ. अस्पताल र कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयको ट्रमा सेन्टरमा १००/१०० बेडको विशेष तयारी गरिएको छ ।

यसैगरी, सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न ८ वटा जेनेरेटर, आवश्यक इन्धन, ५ वटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डर लगायतका अत्यावश्यक सामग्रीहरू प्रभावित स्थानमा सुरक्षित रूपमा पुर्‍याएको छ ।


रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन ...
28/08/2026

रौतहटमा २६ जना स्कुल विद्यार्थीले मिलेर रु. ४७० प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। रकम सानो होला, तर उनीहरूको मन र भावना निकै ठूलो छ।
विपत्तिको घडीमा सबैले सहयोग गरौ ।

Source: Sonu Kumar Das

Address

Tokha Road
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Eva Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Eva Media:

Shortcuts

Share