Khusbu Khabar -खुस्बु खबर

Khusbu Khabar -खुस्बु खबर Online News Portal. Company: Khusbu Media Nepal

23/09/2025

प्रहरीलाई ५ वटा बाइक सहित भवनको पनि व्यवस्थापन गर्यो गोकर्णेश्वर नगरपालिकाले ।
जोरपाटी नारायणटारमा रहेको सम्पति शुद्धिकरण बाट सरकारको नाम आएको घर व्यवस्थापन गरेको छ। सो स्थानमा ट्राफिक प्रहरी र जोरपाटी प्रहरी चौकी बस्ने छन् । साथै नगर भित्रका विभिन्न प्रहरी चौकीको लागि ५ वटा बाइक पनि प्रदान गरेको छ।

16/09/2025

गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि लागेर ट्राफिक प्रहरी वृत्त बौद्ध र जोरपाटी प्रहरी चौकी व्यवस्थापन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ नारायणटारमा रहेको घर जुन घर विशेष अदालतबाट जफत भै कसुर्जन्या सम्पति व्यवस्थापनको मातहतमा रहेको हुँदा जेन्जि आन्दोलनको क्रममा ध्वस्त भएका प्रहरी चौकीबाट सेवा दिन नसकिने हालको विषम परिस्थितिमा सो स्थानमा ट्राफिक प्रहरी र जोरपाटी प्रहरी चौकी रहने गरी व्यवस्थापन गरिएको छ।

माकलबारी चाैकिबाट हराएका सामान फिर्ता गर्न गाेकर्णेश्वर नगरपालिका वडा नं ८ काे सूचना । भदाै २४ गते भएको जेनजी समुहद्वारा...
16/09/2025

माकलबारी चाैकिबाट हराएका सामान फिर्ता गर्न गाेकर्णेश्वर नगरपालिका वडा नं ८ काे सूचना । भदाै २४ गते भएको जेनजी समुहद्वारा गरिएको आन्दोनलमा यस वडामा रहेको माकलबारि प्रहरी बिटमा निरिक्षण गर्दा खेरि तोड फोड तथा सामाग्री हराएको हुँदा यस माकलबारि प्रहरी बिट तथा यस वडामा रहेको अन्य स्थान बाट लगिएको सामाग्रीहरु छन् भने प्रहरी वा वडा समक्ष सुरक्षित फिर्ता गरिदिन हुन अनुरोध गरिन्छ । अन्यथा कानुन अनुसार कारबाही हुने व्यहोरा जानकारि गरिन्छ ।

15/09/2025

गोकर्णेश्वर का नगर प्रमुख आफै जनताको सुरक्षाको लागि गस्तीमा निस्किए ।

15/09/2025

सुन्दरीजल गोकर्णेश्वर नगरपालिका वडा नं १ को प्रहरी प्रभाग पुनः निर्माण गरी सञ्चालनमा। आज मेयर दिपक रिसालले प्रहरीलाई खादा लगाई स्वागत गरी शान्ति सुरक्षामा लाग्न अनुरोध गरेका छन्।

शिक्षा दिवसको दिन हुने कार्यक्रम स्थगित
15/09/2025

शिक्षा दिवसको दिन हुने कार्यक्रम स्थगित

श्री सामुदायिक तथा संस्थागत विद्यालयहरू र कलेजहरू सबैको लागि सूचनागोकर्णेश्वर नगरपालिका, काठमाडौं ।प्रस्तुत विषयमा नगर श...
14/09/2025

श्री सामुदायिक तथा संस्थागत विद्यालयहरू र कलेजहरू सबैको लागि सूचना

गोकर्णेश्वर नगरपालिका, काठमाडौं ।
प्रस्तुत विषयमा नगर शिक्षा समिति गोकर्णेश्वरको मिति २०८२ भदौ २९ को निर्णयअनुसार तपसिलबमोजिम गर्नु गराउनु अनुरोध छ ।
तपसिल
क) मिति २०८२ भदौ ३० गते सबै विद्यालयहरू र कलेजहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको संयुक्त सहभागितामा मनोसामाजिक परामर्श सञ्चालन गर्ने, अभिभावकहरूको रायसुझाव लिने र विद्यार्थीहरूको मनोवल उच्च बनाउने सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने ।
ख) मिति २०८२ भदौ ३१ गतेदेखि विद्यालयहरू र कलेजहरूमा पठनपाठन कार्यको प्रारम्भ गर्ने । ग) विद्यालयमा भौतिक क्षति भएको भएमा सोको तथ्याङ्क संकलन गर्ने, क्षतिको विश्लेषण गरी भौतिक क्षति उच्च रहेका विद्यालयमा शिक्षक विद्यार्थी उपस्थित भई भौतिकरूपमा पठनपाठन सम्भव नभएका विद्यालयले Online कक्षाहरू सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
घ) विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूको समन्वयमा विद्यालय र कलेजको हाताभित्र शान्ति क्षेत्र कायम गर्ने व्यवस्था मिलाउने ।

शिक्षा शाखा गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालको लागि करार डाक्टरहरूको नाम प्रकाशित गर्यो ।
11/09/2025

गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालको लागि करार डाक्टरहरूको नाम प्रकाशित गर्यो ।

गोकर्णेश्वर नगरपालिकाको स्कूलहरु बन्द नै रहने ।
11/09/2025

गोकर्णेश्वर नगरपालिकाको स्कूलहरु बन्द नै रहने ।

गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक मिति २०८२ भद्रा २६ गोकर्णेश्वर नगरपालिकाको नगर बासीलाई शान्ति सुरक्षा अमन चयनका साथ...
11/09/2025

गोकर्णेश्वर नगरपालिकाको आकस्मिक बैठक मिति २०८२ भद्रा २६

गोकर्णेश्वर नगरपालिकाको नगर बासीलाई शान्ति सुरक्षा अमन चयनका साथै सुरक्षाको प्रत्याभूति दिनको लागि आज विशेष बैठक बसेको छ ।

यो विसम परिस्थितिमा अपल्कानिय घटनाबाट गोकर्णेश्वर नगरपालिका वडा नं ५,६,७ को वडा कार्यालय आगलागी भै ध्वस्त भएका छन्। वडा नं १ र ३ तोडफोड भएको छ । साथै नगरपालिका भित्र भएका सम्पूर्ण प्रहरी कार्यालय र केही स्वास्थ्य चुकी पनि ध्वस्त भएका छन् । वडा कार्यालय र प्रहरी चौकीबाट धेरै सामानहरू चोरी लुटपाट भएको छ । यस नगरपालिकाका जनताको करबाट निर्माण भएको संरचना ध्वस्त भएका छन् । यही अवस्थालाई ध्यानमा राखी आज नगर प्रमुख, उपप्रमुख, सबै वडा अध्यक्ष , सदस्यहरू, नेपाल आर्मीका कर्णेल २ जना, मेजर १ जना, नेपाल प्रहरीका DSP, नगर प्रहरी, ग्रीन आर्मी नेपाल, गोकर्णेश्वर नगर स्काउट, युवा तथा खेलकुद समिति, नगर स्वास्थ्य प्रमुख, नगर अस्पताल प्रमुख सहितको बैठक बसी यस्तो समन्वयन भएको छ।

१.सबै भन्दा पहिले नगरवासीको थप शान्ति सुरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, ग्रीन आर्मी, स्काउट, युवा तथा खेलकुद समितिका युवाहरु लगायत हरेक वडामा वडा अध्यक्षको पहलमा युवाहरुलाई परिचालन गरी थप शान्ति सुरक्षा को लागि अगाडि बढाइने छ।

२. नगरपालिकाले सुरक्षाको लागि नगर प्रहरीको २ वटा गाडी, स्काउटको १ वटा गाडी ग्रीन आर्मी १ वटा गाडी टोलटोलमा जाने छन् र जनताको सुरक्षामा पेट्रोलिङ गर्ने छन् ।

३. नगरपालिका भरी भएका सम्पूर्ण सिसी क्यामराबाट निगरानी गरिने साथै मर्मत गर्नुपर्ने सिसी क्यामेरा पनि मर्मत गरी थप निगरानी गरिने भएको छ।

४. ध्वस्त भएका नगरपालिकाको भौतिक संरचनाको सरसफाइ, पुन निर्माणको कार्य अगाडि बढाउने, नगरपालिका र वडाबाट हुने सेवा पनि सकेसम्म चाँडो सुचारु गर्ने भएको छ। साथै आकस्मिक सेवाको लागि वडा कार्यालय र नगरपालिकामा सम्पर्क गर्न सकिने छ।

५. घरबाहलमा बस्ने सम्पूर्णको नागरिकको घरबेटिले नाम सहितको निगरानी राख्नु पर्ने ।

६. वडा भित्र रहेका युवा क्लब, टोल सुधार समिति, महिला समूह, अन्य संघ संस्थालाई वडा अध्यक्षहरुले समन्यवन गरी आवश्यकता अनुसार शान्ति सुरक्षाका लागि आह्वान गर्ने छन्।

७. नगरभित्रका सम्पूर्ण ब्यवसाय, पसलहरु बेलाका ८ बजे सम्म मात्र सञ्चालन गर्नु पर्ने छ।

८. गोकर्णेश्वर नगर अस्पताल, नगर भित्रको सबै अस्पताल नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेडिक अस्पतालहरु २४ घण्टा सञ्चालनमा रहने छन्।

महत्वपूर्ण सम्पर्क

विपद् सम्बन्धी नेपाली सेनाको सम्पर्क नं 9768992020

कुनै घटना भए (सेकुरिटी ) को लागि नेपाली सेनाको सम्पर्क नं
9857021529

नेपाल प्रहरीको सम्पर्क नं
हट लाई: 100

सशस्त्र प्रहरी बल APF सम्पर्क नं
1114

नगर प्रहरी सम्पर्क नं
9841689165

ग्रीन आर्मी सम्पर्क नं
9849999999

स्काउट सम्पर्क नं
9849382961

स्थानीय युवा व्यवस्थापन
9851074593

एम्बुलेन्स हटलाइन
9765414280

नगर भित्रका सबै अस्पताल सँग समन्वयन गर्न सम्पर्क नं
9841391000

गोकर्णेश्वर नगर अस्पताल सम्पर्क नं
9851248755

साथै सम्बन्धित वडाका बासीले अपत विपद् परेमा वडाका जनप्रतिनिधि र नगरपालिकामा सम्पर्क गर्नु होला।

शेयर गर्नुहोला।

के तपाईं मेडिकल सेक्टरको डाक्टर हुनुहुन्छ ? गोकर्णेश्वर नगरपालिका भित्र स्थायी बासी जसले चिकित्सक विज्ञानमा MD, MCH, MS ...
04/09/2025

के तपाईं मेडिकल सेक्टरको डाक्टर हुनुहुन्छ ?
गोकर्णेश्वर नगरपालिका भित्र स्थायी बासी जसले चिकित्सक विज्ञानमा MD, MCH, MS र DM सम्मको पढाइ गर्नुभएको छ भने सम्पर्क गर्नुहोला। गोकर्णेश्वर नगरपालिकाले शिक्षा दिवसको दिन विशेष सम्मान गर्ने भएको छ।
कृपया सूचनामा उल्लेखित विवरण उपलब्ध गराउनु हुन हार्दिक अनुरोध गर्दछु।

PHD गर्नेहरूलाई गोकर्णेश्वर नगरपालिकाले सम्मान गर्ने भएको छ। विवरण उपलब्ध गराउने सूचना
03/09/2025

PHD गर्नेहरूलाई गोकर्णेश्वर नगरपालिकाले सम्मान गर्ने भएको छ। विवरण उपलब्ध गराउने सूचना

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khusbu Khabar -खुस्बु खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category