बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज

  • Home
  • Nepal
  • Kathmandu
  • बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज, News & Media Website, नागार्जुन काठमाडौं, Kathmandu.

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको आधिकारिक फेसबुक पेजमा स्वागत छ।
सम्पर्क :- 5312806,WhatsApp& Viber Only 9705312806

Subscribe गर्न नभुल्नु होला ।।
"संघर्षको कथा" हरेक सनिवार मात्र
https://youtube.com/

16/09/2025

मंगलबार यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुसँग आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्य सहित विभिन्न निर्णय गरेको छ ,जसमध्ये सार्वजनिक सवारीलाई घटस्थापना देखि देशभर रुट खुल्ला गर्ने निर्णय समेत गरेको छ ।।असोज ६ गते देखि ट्याक्सीहरु जहाँ गएपनी अस्थायी पटके सेवा लिन नपर्ने बिभाग ले जनाएको छ ।।।

संस्थाबाट जारी पेस बिज्ञप्ती
10/09/2025

संस्थाबाट जारी पेस बिज्ञप्ती

04/09/2025

अन्य सम्पुर्ण सामाजिक संजाल बन्द भएपनी बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज लाई भने भाईबर मा जोडिन सकिने संस्था का सूचना बिभाग प्रमुख कुल नारायण श्रेष्ठ ज्यूले ट्याक्सी न्यूज नेपाल लाई जानकारी दिनुभएको छ ।।।

04/09/2025
प्रेस बिज्ञप्ती          प्रस्तुत विषयमा मिटर जडित ट्याक्सी व्यवसायी तथा स्वरोजगार चालक मजदुरहरुको हकहित, अधिकार प्राप्त...
26/08/2025

प्रेस बिज्ञप्ती

प्रस्तुत विषयमा मिटर जडित ट्याक्सी व्यवसायी तथा स्वरोजगार चालक मजदुरहरुको हकहित, अधिकार प्राप्ति तथा आम नागरिकहरुप्रती स्वरोजगार ट्याक्सी चालक मजदुरहरुलाई उत्तरदायी बनाउने उद्देश्य लिई अनवरत रुपमा लागिरहेको गैरराजनीतिक तथा ट्याक्सीको व्यवसायिक आधिकारिक सामाजिक संस्था "बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज" रहेको कुरा यहाँहरुलाई अवगत नै छ, नेपाल को कामकाज को भाषा नेपाली हुनेछ भने नेपालको संविधानमा प्रष्ट लेखिएको र नेपालको सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरि सो ऐनको अनुसूची -२ को भाग -२ अन्तर्गत दृष्टव्य खण्डको बुँदा नम्बर १२ मा लेखिएको ईम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अंक नेपाल सरकारले निर्णय गरे बमोजिम देवनागरिक लिपि वा अंग्रेजी,नेपालि दुवै लिपिको मिश्रण हुनुपर्नेछ भन्ने सुचना मिति २०८० साल बैखाश १४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित भएतापनि सो सुचनालाई लत्याउदै,आम जनमानस ,यातायात ब्यबसायीहरुको विरोधको बाबजुद संघिय सरकार मातहत रहेको यातायात ब्यबस्था बिभागले असोज १ गते देखि सम्पूर्ण सवारी साधनमा अनिवार्य ईम्बोस्ड नम्बर जडान गर्नुपर्ने भन्दै प्रकाशित भाद्र ३ गतेको सुचना प्रति संस्थाको गम्भीर आपति रहेको छ ।
हाल सम्म ईम्बोस्ड नम्बर जडान गरिएका सार्वजनिक सवारी साधनहरुले कर ,नवीकरण लगाएतका कार्यहरु गर्दा सबै पुरानो नम्बर बाट नै गर्नुपरिरहेको बिषयमा ध्यान नदिएर बिना पूर्वाधार मिति नै तोकेर अनिवार्य ईम्बोस्ड नम्बर जडान गर्नुपर्छ भन्नु कति जायज होला? भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौं ,आफ्नो देशको राष्ट्रिय भाषा प्रयोग नभएको ,उक्त पिलेटमा प्रयोग भएको चिप्स का कारण व्यवसायीहरुको व्यक्तिगत विवरण चुहावट हुने डर र व्यवसायीहरुलाई अनावश्यक रुपमा आर्थिक भार थपिएकोले हाल अनिवार्य रुपमा जडान गर्न भनिएको अंग्रेजी ईम्बोस्ड नम्बर पिलेट नेपालको संविधान बिपरित रहेकोले तत्काल जडान नगर्न सम्पूर्ण स्वरोजगार ट्याक्सी व्यवसायी तथा चालक मजदुरहरुलाई यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौं ।

26/08/2025

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज का महासचिव श्री राजन कुमार श्रेष्ठ सोमबार एक कार्यक्रम मा बोल्दै नेपाली भाषा नै लोभ हुने राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी यातायातका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्न संघीय सरकार मातहत रहेको यातायात ब्यवस्था बिभागले भाद्र ३ गते जारी गरेको सूचनामा आपत्ति जनाएको हो।

18/08/2025

संस्थाको सदस्य लिन अब अनलाईन बाट नै मिल्ने
मिटर जडित ट्याक्सी व्यवसायी तथा स्वरोजगार चालक मजदुरहरुको हकहित, अधिकार प्राप्ति तथा आम नागरिकहरुप्रती स्वरोजगार ट्याक्सी चालक मजदुरहरुलाई उत्तरदायी बनाउने उदेश्य लिई अनवरत रुपमा लागिरहेको गैरराजनीतिक तथा ट्याक्सीको व्यवसायिक आधिकारिक सामाजिक संस्था बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले संस्थामा आबद्ध हुन् चाहाना भएका स्वरोजगार ट्याक्सी व्यवसायी तथा चालक मजदुरहरु लाई सहजताको लागि अन्लाईबाट नै सदस्यता लिन सकिने छ , सदस्यता लिन को लागि तल क्लिक गर्नुहोला ।
सर्तहरु लागु हुनेछ

15/08/2025

Address

नागार्जुन काठमाडौं
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज:

Share