24/09/2025
चर्चित लघुकथा लेखक सुमन सौरभको नवोदित लघुकथाकृति 'रे' को मङ्गलबार लोकार्पण गरिएको खबर छ ।
ठमेलमा एक कार्यक्रम विच 'रे' को प्रा.डा.लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, स्रष्टा सुमन सौरभ, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइराला लगायतले लोकार्पण गरेका हुन् ।
पृथक धारमा लघुकथा सृजना गर्ने सुमनको यो छैठौं लघुकथा कृति हो ।
प्रा.डा. गौतमले बौद्धिक लघुकथा लेखकको रूपमा सुमनको लघुकथाकारिताको चर्चा गरे । उनले लघुकथा लेखनीमा बौद्धिकता चूनौतिपूर्ण हुने भन्दै उनले लघुकथाको भीडमा टाढैबाट चिनिने नामको रूपमा सुमन सौरभ भएको बताए ।
अर्का वक्ता रोदनले जे लेखेपनि हुने भ्रमबाट मुक्त भएर पहिलेदेखि लघुकथामा हस्तक्षेपपूर्ण उपस्थिति गर्ने व्यक्तिको रूपमा सुमनलाई पाएको बताए । उनले रेले लघुकथामा जवरजस्ती हस्तक्षेप गर्नसक्ने बताए ।
कलम प्रकाशनका नगरकोटीले शक्तिशाली लेखकको रूपमा सुमनलाई आफूले पाएको बताए । साथै रे नेपाली लघुकथाको निम्ति महत्वपूर्ण कृति भएको बताउँदै कृति प्रकाशनका विभिन्न पक्षहरू बारे जानकारी दिए ।
रे का स्रष्टा सुमनले आत्मसन्तुष्टीको लागि लेख्ने गरेको बताउँदै सङ्ग्रहको रचना गर्भ बारे बोले ।
लघुकथा समाज,नेपालको आयोजनामा भएको उक्त कार्यक्रम समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो । छविरमण सिलवालको सञ्चालन र सुषमा चित्रकारले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।