Nikita Mishra

Nikita Mishra Loaksewa update

अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयता ःकाठमाडौं,  अबिरल बर्षाको कारण असार १४ गते विभिन्...
29/06/2022

अबिरल बर्षाका कारण डुवानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सकृयता ःकाठमाडौं, अबिरल बर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुवानमा परेका करीब २८८ घरका करीब ९३४ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाँउपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरुमा माई नदी र कमल खोलाको पानीको वहाव बढेर डुवानमा परेका ३८ घरका करीब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ । सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस
बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुलाई सुरक्षित स्थानमा
सार्नुको साथै डुवान प्रभावित घरका खाद्यान्न लगायतका विभिन्न
सामाग्रीहरु समेत सुरक्षित स्थानमा सारेको हो ।
यसैगरी झापा जिल्लाकै बाह्रदशी गाँउपालिका २ स्थित सुकुम्वासी बस्तीको
डुवानमा परेका करीब ६० घरबाट खाद्यान्न लगायतका सामाग्रीहरु सशस्त्र
प्रहरी बल नेपाल बिओपी भागडुब्बाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित
स्थानमा सारेको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको सशस्त्र प्रहरीले मोरङ जिल्लाको कटहरी गाँउपालिका १ स्थित टाईगर टोलका डुवान प्रभावित १३० वटा घरका करीब ५२० जनालाई र खाद्यान्न तथा सरसामानहरु सुरक्षित स्थानमा सारेको हो । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १ परोपकार ईलाकामा रहेको ६० घरका डुवान प्रभावित करीब २६४ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सार्नुका साथै खद्यान्न लगायतका सामाग्रीहरु सुरक्षित स्थानमा सारेको हो ।

असार १५: आज दहीचिउरा खाने दिन। दहीचिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति पनि राम्रो हुने विश्वास छ।...
29/06/2022

असार १५: आज दहीचिउरा खाने दिन। दहीचिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै पाचनशक्ति पनि राम्रो हुने विश्वास छ। ❤️

Address

Baneswor
Kathmandu
BAGMANTI

Alerts

Be the first to know and let us send you an email when Nikita Mishra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nikita Mishra:

Share

Category