Magar Media

Magar Media Magar Media | मगर सञ्चार, नाइस मिडिया नेटवर्क ?

“स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल नारालाई आत्मासात गरि सामुहिक लगानी स्थापना भएको यस "Magar Media | मगर सञ्चार | नाइस मिडिया नेटवर्क | मगर्स क्रियशन कम्पनी", हामी र हाम्रो देशको आर्थिक तथा सामाजिक विकास र समृद्धिको लागि अब हामी आफै केहि गर्नु पर्छ भन्ने उद्देस्य सहित सुरु भएको हो। स्वदेश मै उचित रोजगारी, उद्यम तथा व्यवसायको अवसर नहुनु वा हुन नसक्नुले हाम्रो समुदायका अधिकांश युवा/युवतीहरु विदेशि भुमिमा श्रम बेच्नु पर्ने अवस्था दिनानुदिन बढ्दै गएको छ । जसमा आफ्नो समुदाय हाक्ने साथै देश हाक्न सक्ने अथाहा साहस छ, आफ्नै देशमा केहि गर्न सक्छु भन्ने हिम्मत छ उनीहरु बिदेशिन बाध्य छन् । यस्तै अवस्था निरन्तर रुपमा क्रियाशील रह्यो भने हाम्रो समुदाय चांडै युवा/युवती बिहिन हुन धेरै समय लाग्ने छैन । अब हामीले हाम्रो र भाबी पुस्ताको लागि केहि कदम चाल्नै पर्दछ ।

यिनै मुलभूत कुराहरुलाई मध्यनजर गर्दै पराई भुमि (अमेरिका, युके, स्पेन, इजरायल, अस्ट्रेलिया, जापान, कोरिया, हंगकंग, मलेसिया, सिंगापूर, खाडीमुलुक) मा धेरै परिश्रम गरेर नेपाल मै केहि गरौँ भन्ने सोचका साथै धेरै अनुभब बोकेर नेपाल आएका युवा व्यवसायीहरुको सामुहिक लगानीमा यस मगर्स क्रियशन कम्पनीले बिगत तिन बर्ष देखि नेपालमा उद्योग र व्यवसायका बिभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ र धेरै युवा युवतीहरुलाई रोजगारी दिन सफल भई छोटो समय मै रोजगारमुखी कम्पनीको रुपमा आफ्नो परिचय स्थापित गर्दै अगाडी बढेको छ। नेपाल मै गरे हुँदो रहेछ, विदेश नै धाउनु नपर्ने रहेछ भन्ने कुरालाई उदाहरण बनी प्रमाणित गरिदिएको छ ।

यसर्थ, हामी हाम्रो समुदायका नेपाल तथा विदेशमा रहनु हुने सम्पूर्ण युवाहरु, अभिवावाकहरु तथा सम्पूर्ण नेपालीहरु सबैलाई आफ्नो र आफ्ना सन्ततिको भबिस्य स्वदेश मै सुनिश्चित गर्न सकिन्छ भनेर पुन: एकपटक सोच्न र नेपाल मै लगानी गरि रोजगारीको सिर्जना गर्ने यस साझा अभियानमा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछौं। हामी सामुहिक लगानी र टिम वोर्कमा विश्वास गर्दछौं। हामी सबै मिलेर अगाडी बढ्नु नै हामी आर्थिक उन्नति तथा समृद्धिको दिशा तिर लम्कनु हो। हामीले लगानी कर्ताहरुलाई आवश्यक सल्लाह, सुझाब तथा प्रशिक्षण पनि उपलब्ध गराउंदै जाने, साथै संसार भरीका नेपालीहरुलाई समेट्दै लैजाने हाम्रो उदेश्य रहेको छ ।

Address

Bag Bazaar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Magar Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Magar Media:

Shortcuts

Share