13/08/2026
बुढानीलकण्ठमा अर्को गौरवको आयोजना प्रारम्भ ।। धोबीखोला बाढी नियन्त्रण तथा जल संरक्षण पोखरी आयोजना ।। जलाशयले वर्षायाममा अचानक बढ्ने खोलाको बहाव नियन्त्रण गरी तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम घटाउनुका साथै वर्षात्को पानी व्यवस्थापन, जल पुनर्भरण, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग अनुकूलनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। स्थानीय रोजगारी, आर्थिक गतिविधि तथा धार्मिक–वातावरणीय पर्यटनमा समेत सकारात्मक प्रभाव देखिन्छ । यस आयोजनालाई अघि बढाउन प्रभावकारी अग्रसरता लिने तिन पात्र बागमती प्रदेश सरकारका पूर्व यातायात मन्त्री जयराम थापा, नगर प्रमुख मिठाराम अधिकारी र वडा अध्यक्ष राजेन्द्र श्रेष्ठको पहल, समन्वय र नेतृत्व महत्वपूर्ण रहेको छ। विशेषगरी वडा अध्यक्ष श्रेष्ठले धोबीखोला करिडोरमा पहिरो नियन्त्रण, बाँध निर्माण, जीर्ण सडक मर्मत तथा सार्वजनिक जग्गामा बाँकी निर्माण कार्य अघि बढाउन सम्बन्धित निकायलाई निरन्तर सिफारिस र समन्वय गर्दै आएको देखिन्छ।