Terai Express

Terai Express welcome to my page

 #लोकतान्त्रिक_समाजवादी_पार्टी_औरही_नगरपालिका_वाड नं:२ को  #सदस्य_पदका  #उमेदवार_आदरणीय_आमा_श्रीमती_सोनावती_देवी_ज्यू_ला...
01/05/2022

#लोकतान्त्रिक_समाजवादी_पार्टी_औरही_नगरपालिका_वाड नं:२ को #सदस्य_पदका #उमेदवार_आदरणीय_आमा_श्रीमती_सोनावती_देवी_ज्यू_लाई_आफ्नो #अमुल्य_मत_दिई #बिजय_बनाऔ ❤️
लो.स.पा. नेपाल #जिन्दबाद !! 🙏🙏
#साइकल_छाप जिन्दाबाद !! 🚲

14/10/2020

आश्विन २८, २०७७
काठमाडौँ — महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीलगायतका घटनामा मिलापत्र गराउनु गैरकानुनी र कसुरजन्य कार्य भन्दै सबै स्थानीय तहका जनप्रतिनिधिलाई कानुन ख्याल गर्न सचेत गराएको छ । पछिल्लो समय शृंखलाबद्ध रूपमा जबर्जस्ती करणीसम्बन्धी घटना भएका र यस्ता कसुरमा स्थानीय तहका जनप्रतिनिधिसमेतको रोहवरमा पीडक र पीडितबीच मिलापत्र गराइएको वा सहमतिको कागज गराइएको खबर आउन थालेपछि महान्यायाधिवक्ता कार्यालयले ध्यानाकर्षण गराएको हो । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रचलित कानुनले जबर्जस्ती करणीसम्बन्धी कसुरलाई सरकारवादी हुने मुद्दाका रूपमा परिभाषित गरेकाले मिलापत्रमा टुंग्याउनु गैरकानुनी हुने उल्लेख गरेका छन् ।
‘यस्ता कसुरका सम्बन्धमा जानकारी हुने जोकोहीले पनि नजिकको प्रहरी कार्यालयमा सूचना दिनुपर्ने र त्यस्ता कसुरका अभियुक्तलाई पक्राउ गर्न, पीडितको उद्धार, उपचार, सहयोग र संरक्षण गर्नुपर्ने कानुनी दायित्वसमेत हो,’ महान्यायाधिवक्ता खरेलले भनेका छन्, ‘सो दायित्व पूरा नगरी मिलापत्र हुन नसक्ने कसुरमा गैरकानुनी रूपमा मिलापत्र र सहमति गराउने कार्य आफैंमा कसुरजन्य हो भन्ने सबैमा स्मरण गराउन चाहन्छु । जबर्जस्ती करणीजस्ता मानव मर्यादामा गम्भीर चोट पुग्ने कसुर कुनै पनि कारण वा बहानामा न्यायिक प्रक्रियाभन्दा बाहिरबाट समाधान गर्न सकिँदैन ।’

यस्ता कसुरहरू सभ्य समाजका लागि कलंकको विषय भएको उल्लेख गर्दै कुनै पनि कारणले अपराध अनुसन्धानको दायराभन्दा बाहिर गई यस्ता घटना समाधान हुन नसक्ने स्मरण गराएका छन् । ‘जानेर वा नजानेर गरिने यस्ता क्रियाकलाप गैरकानुनी हुने भएकाले कानुनले संरक्षण गर्न र मान्यता दिन सक्दैन, यो सन्दर्भमा कानुनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्तलाई सबैले मनन गर्नका लागि समेत विशेष आग्रह गर्दछु,’ महान्यायाधिवक्ता खरेलले भनेका छन्, ‘यो कानुनी जिम्मेवारीलाई मनन गर्दै जनताको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले कानुनी दायित्वलाई पालना गर्दै कसुरको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा सक्रिय सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।’ स्थानीय तहलाई आफ्ना जनप्रतिनिधिलाई अपराध अनुसन्धान एवं न्यायिक प्रक्रियाका बारेमा अभिमुखीकरण गर्ने व्यवस्था प्राथमिकतापूर्वक गर्नका लागि उनले आह्वान गरेका छन् । त्यसका लागि महान्यायाधिवक्ता एवं सरकारी वकिलहरू सहजीकरण गर्न तयार रहेको पनि जानकारी गराएका छन् । कसुर अनुसन्धानको प्रक्रियामा यस्ता विषयमा सम्बद्ध पीडित, नागरिक समाज, जनप्रतिनिधि एवं सरोकारवाला निकायलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।

 #महोत्तरी। धनुषामा आफनै घरको माथिल्लो तल्लामा शंकास्पद अवस्थामा झुन्डिरहेको शव फेला परेको छ ।धनुषाको हँसपुर नगरपालिका ब...
03/09/2020

#महोत्तरी। धनुषामा आफनै घरको माथिल्लो तल्लामा शंकास्पद अवस्थामा झुन्डिरहेको शव फेला परेको छ ।

धनुषाको हँसपुर नगरपालिका बघचौडाको धोवियाही पोखरी नजिक एक महिला आफनै घरमा शंकास्पद अवस्थामा भदौ १७ गते दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।

महोत्तरीको औरही नगरपालिका १ माइती भई भएकी महेश चौकरीकी छोरी कृष्णाकुमारी चौधरीको हंसपुर नगरपालिका बघचौडा बस्ने विनोद चौधरीका २५ वर्षीय छोरा सरोज चौधरीसंग ३ वर्ष पहिले सामाजिक परम्पराअनुसार विवाह भएको थियो । चौधरीको १ वर्षको एक छोरी समेत रहेको मृतकका भाइ चन्दन चौधरीले जानकारी दिनुभएको छ ।

घरमा सासु, ससुरा, पति, देवरलगायतका सवै जना रहेकै वेलामा कृष्णा कुमारी चौधरीको घरको माथिल्लो तल्लामा शंकास्पद अवस्थामा झुन्डिरहेको शव फेला परेको घटनास्थल पुगेका मृतकका काका नवल चौधरीले जानकारी दिनुभएको छ । घटनास्थलमा पुग्दा घरको ढोकाको चुकुल खुलि रहेको भएपनि झयालको चुकल खुलेको अवस्थामा रहेको र घटनास्थलमा आफुहरुलाई मृतक भतिजीको फोटो समेत प्रहरीले खिच्न नदिएको मृतकका काका नवल चौधरीले गुनासो गर्नुभएको छ ।

दाजु चन्दन चौधरीका अनुसार बहिनीलाई पटक पटक शारिरीक र मानसिक रुपमा यातना दिदै आएको थियो, बहिनीले आफुलाई माइती पठाई दिन आग्रह गर्दा समेत नपठाएको र फोनमा हिजो मंगलवार काकीसंग कुरा गर्दा आफुलाई निकै कुटपिट गरि रहेको बताएकी थिइन् ।

शवलाई प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टमको लागि ल्याएको छ । घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२९ श्रावण २०७७ १९:३४ बिहीबार #कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ...
13/08/2020

२९ श्रावण २०७७ १९:३४ बिहीबार
#कोरोना भाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ। चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए।

परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए। फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ। तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ।

बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए। रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्र समेत पेश गरिसकेको जनाइएको छ।

⏱️August 11, 2020 #सिरहामा श्रीमान र सासुको निर्मम कुटपिटबाट एक महिलाको ज्यान गएको छ ।सिरहा नगरपालिका–१६ माडरकी २० वर्षी...
11/08/2020

⏱️August 11, 2020
#सिरहामा श्रीमान र सासुको निर्मम कुटपिटबाट एक महिलाको ज्यान गएको छ ।

सिरहा नगरपालिका–१६ माडरकी २० वर्षीया ककुल्ती दासको कुटपिटबाट ज्यान गएको हो । ककुल्तीलाई उनका श्रीमान २१ वर्षीय धिरज दास र उनकी आमा ५५ वर्षीय राजकुमारी दासले सोमबार साँझ निर्मम तरिकाले कुटपिट गरेका थिए ।



तीन महिनाकी गर्भवती रहेकी ककुल्तीलाई कुटपिट गर्दा पेटमा चोट लागेको थियो । पेटमा चोट लागेपछि उनी पटकपटक श्रीमान र घरका सदस्यलाई उपचारको लागि लैजान गुहार गरिन् ।

तर, कसैले वास्ता नगरेपछि राति सुत्न गएकी ककुल्ती कोठामै दम तोडेकी हुन् । उनको शव मंगलबार विहान सुतेको कोठामा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अत्यधिक पीडापछि मंगलबार विहान उनको छट्पटिएर ज्यान गएको मृतककी बुवा धनुषाको विदेह नगरपालिका–१ का चन्दर दासले भक्कानिदै सुनाए । मुत्यु भएपनि आफूहरुलाई छोरीका घरका सदस्यले कुनै जानकारी नगराएको र उनका छिमेकीले फोन गरेपछि मात्र थाहा पाएको उनले बताए ।

मृतक ककुल्तीका बुवा चन्दरका अनुसार, ज्वाइँ धिरज र उनकी आमाले ककुल्तीलाई पटकपटक दैनिकजसो कुटपिट र यातना दिँदै आएका थिए । उनीहरुको गत २०७६ साल फागुन २३ गते मात्र विवाह भएको थियो ।

 #काठमाडौँ — आन्तरिक विवादले केन्द्रदेखि जिल्लासम्म र प्रदेशदेखि गाउँसम्म नेकपाका संगठनात्मक काम प्रभावित भएका छन् । पाट...
11/08/2020

#काठमाडौँ — आन्तरिक विवादले केन्द्रदेखि जिल्लासम्म र प्रदेशदेखि गाउँसम्म नेकपाका संगठनात्मक काम प्रभावित भएका छन् । पाटीका दुईअध्यक्षसहित सचिवालयमा उत्पन्न विवाद र नेताहरुबीचको अविश्वासको सिधै असर नेकपाका तल्ला कमिटीमा पनि प्रत्यक्षरुपमा देखिन थालेको छ ।

केन्द्रमा जस्तै जिल्लामा पनि नेकपामा गुटबन्दी छ र स्थानीय नेतृत्ववीच खिचातानी छ । विवाद नभएको जिल्ला नै छैन् ।
केन्द्रीय नेतृत्वतहमा देखिएको तनावले सचिवालयका नेताहरुको जिल्लासमेत बढी प्रभावित भएको त्यहाँको स्थानीय नेतृत्वको अनुभव छ । दुई पार्टीबीच एकताको दुई बर्ष पुगे पनि स्थानीय तहमा अझै संगठनात्मक र भावनात्मक एकता नभइसकेको नेताहरु बताउँछन् । केन्द्रको विवादले कार्यकर्ताको मानसिकता विभाजित छ र उनीहरु उत्साही छैनन् । कतै पार्टी विभाजन भइहाल्छ कि भन्ने त्रास जिल्लाका नेता–कार्यकर्तामा छ ।

नेतृत्वको टकरावको असर पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा, अर्का अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवन, वरिष्ठ नेता झलनाथ खनालको गृहजिल्ला इलाम र वरिष्ठ नेता माधवकुमार नेपालका गृहजिल्ला रौतहटमा परेको छ । अरु नेताको तुलनामा नेपालको गृहजिल्ला रौतहटमा विवाद धेरै देखिएको छ ।

यसबाहेक पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको गृहजिल्ला गोरखा, सचिवालय सदस्य ईश्वर पोखरेलको गृहजिल्ला (उनको निर्वाचन क्षेत्र काठमाडौं–५) काठमाडौं, सचिवालय सदस्य रामबहादुर थापाको गृहजिल्ला चितवन र महासचिव विष्णु पौडेलको गृहजिल्ला रुपन्देहीमा पनि नेकपा विवादको असर छ । कान्तिपुरसँगको कुराकानीमा जिल्ला नेतृत्वमा रहेका नेताहरुले केन्द्रको विवादको असर, अवस्था र मनौवैज्ञानिक प्रवाह विस्तृतरुपमै बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका इन्चार्ज रविन कोईरालाका अनुसार केन्द्रको टकराव जिल्लामा प्रष्ट देखिएको छ । ‘एकता नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक एकता हो । एकता बचाउने कुरा कति महत्वपूर्ण छ, त्यसको मर्म, महत्व एकता गर्नेलाई थाहा छ । अहिले केही विग्रह आएका छन् । जसले पार्टीमात्रै हैन, मतदातामा समेत प्रभाव पारेको छ । केही मान्छे उदण्दतापूर्ण रुपले प्रस्तुत हुने, नारा जुलुस गरिहाल्ने, पार्टी फुटे पनि ठिक हुन्छ भन्ने चरित्रका पनि छन् । उनीहरुमा यो प्रवृति प्रकट भएको छ ।’

झापा इन्चार्ज कोइराला थप्छन्, ‘ती र त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने आवश्यकता जिल्लामा देखिएको छ । माथि शीर्ष नेताहरुबीचको टकरावको असर जिल्लामा पनि छ । कोरोनाका कारण पार्टी बैठक बसेका छैनन् । तर, सडकमा जुलुस निकाल्ने काम भयो । एकथरी पार्टी विभाजन हुनु हुँदैन भन्नेले पार्टी कार्यालयमा आएर औपचारिक रुपमा ज्ञापनपत्र बुझाए । एकथरी सडकमा जुलुस निकाले ।'

ओलीको जस्तै अर्का अध्यक्ष दाहालको गृहजिल्ला चितवन पनि समस्यारहित छैन । जिल्ला अध्यक्ष यमबहादुर परियार भन्छन्, ‘संरचनागत हिसाबले पनि स्थानीय कमिटीका समस्या केन्द्रीय कमिटीमा गएर ठोकिन्छ । मूल नेतृत्वमा देखिएका समस्याको प्रभाव तल्ला कमिटीमा पनि देखिन्छन् । त्यसकारण स्वभावैले धेरै–थोरै प्रभाव जिल्लामा परेको छ । तर, कम्युनिष्ट पार्टीमा अन्तरसंघर्ष हुन्छन् । समस्या हल गर्नेतर्फ नेताहरु लाग्नु पनि भएको छ ।’

चितवन नेकपाका आठौं वरियतामा रहेका नेता तथा गृहमन्त्री थापाको पनि जिल्ला हो । पछिल्लो समय उनी ओलीनिकट देखिएका छन् ।

नेकपामा तेस्रो वरियताका नेता खनालको गृहजिल्ला इलामको अवस्था केही शान्त रहेको त्यहाँको नेतृत्वको दावी छ । जिल्ला इन्चार्ज धीरेन्द्र शर्मा भन्छन्, ‘देशले स्थायीत्व खोजेको छ । विचार र कायशैलीमा केही समस्या छन् भने छलफल बहस गरेर मिलाउनु पर्छ भन्ने जिल्लामा धेरैको भावना छ । अहिलेसम्म जिल्लामा गुटगत भेला, गतिविधि भएका छैनन् । अहिलेसम्म तिक्ततापूर्ण अवस्था छैन । तर के–कसो हुन्छ भन्ने चासो सबैमा छ ।’

तर, जिल्ला इन्चार्जको दावीलाई सचिव सोममाया राई अस्वीकार गर्छिन् । उनी भन्छिन्, ‘केन्द्रको विवादको असर जिल्लामा छँदै छैन भन्ने होइन । यहाँ पनि भित्रभित्र केही गतिविधि भएका छन् भन्ने कताकता सुनिएको हो । तर, केन्द्रमा जे जस्तो भए पनि जिल्लामा अर्न्तविरोध देखिन हुँदैन भन्ने बुझाई हामी नेतृत्व तहमा छ । त्यसकारण ठूलो विवाद अहिलेसम्म देखिएको छैन । सबैको चासो एकता जोगाउनु पर्छ भन्नेमा छ ।’ इलाम ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ्‍को पनि गृहजिल्ला हो ।

नेकपामा चौथो वरियताका नेता नेपालको गृहजिल्ला रौतहटमा एकतादेखि कै विवाद थियो । त्यसमाथि अहिले केन्द्रको विवादको असर थपिएको छ । रौतहट जिल्ला कमिटी अध्यक्ष कमल यादव जिल्लाको स्थितिबारे भन्छन्, ‘जिल्लामा पार्टीका गतिविधि शुन्य छन् । व्यक्ति–व्यक्तिका गतिविधि भएका छन् । शीर्ष नेताको लविइङमा गुटगत छलफल हुन्छन् । तर, सांगठनिक काम अगाडि बढेका छैनन् । पुरानै विवाद पनि छ । पूर्वमाओवादीका साथीहरुको विवादले गर्दा अहिलेसम्म जिल्ला कमिटीको सपथ हुन सकेको छैन । त्यसमाथि अहिले केन्द्रको विवादको असर देखिएको छ ।’

पाँचौं वरियतामा रहेका नेता गौतमको गृहजिल्ला बर्दियामा पनि केन्द्रको विवादको असर पुगेको छ । गौतम पछिल्लो समय दाहाल–नेपाल समूहबाट अलग्गिएका छन् । गौतमले विज्ञप्ति निकालेर आफू कुनै गुटमा नसरहेको प्रष्टीकरणसमेत दिएका छन् । यद्यपि उनको भूमिकलाई लिएर भने पार्टीभित्रै प्रश्न छन् ।

गौतमको गृहजिल्ला बर्दियामा अवस्था कस्तो छ ? जिल्ला इन्चार्ज लक्ष्मण ज्ञवालीको जवाफ छ, ‘मैले कुनै नेताको पछि नलागेर पार्टीको निर्णय र निष्कर्षका आधारमा अगाडि बढौं भनेर जिल्ला कमिटीका साथीहरुलाई भनेको छु । यद्यपि केही साथीहरुले आफ्नै ढंगले अब कता लाग्ने भन्ने चलखेल गर्नु भएको छ । सकेसम्म विभाजन रौकौं । यदि सकिएन भने भोलि कस्तो परिस्थित आउँछ, के एजेण्डा आउँछन्, त्यस्तो अवस्थामा बहस छलफल गरेर कता लाग्नु पर्छ लागौंला । तर, अहिले केही नगरौं भनेको छु । त्यसकारण अन्य जिल्लामा जस्तो तिक्तापूर्ण अवस्था छैन ।’

ज्ञवालीका अनुसार केन्द्रको विवादले नेता कार्यकर्तामा मनोवैज्ञानिक असर भने धेरै नै परेको छ । बर्दियामा एकतापूर्व पूर्व एमालेमै समेत समस्या थियो । अन्तरघातका कारण आफूले २०७४ को चुनाव हार्नुपरेको गौतमले बताउँदै आएका छन् ।

विवादका मामलामा नेकपामा छैटौं वरियतामा रहेका नेता श्रेष्ठको गृहजिल्ला गोरखाको अवस्था पनि औसत छ । जिल्ला इन्चार्ज कृष्ण धिताल भन्छन्, ‘पार्टीका गतिविधि केही भएका छैनन् । अहिले माथि देखिएको विवाद जिल्लामा देखिनु हुँदैन । माथि नेताहरु कुनै न कुनै सर्तमा मिल्छन् । तल बेकारमा किन विभाजित हुनुपर्‍यो ? त्यसकारण मैले जिल्लामा कुरा बिग्रन दिएको छैन । आफ्ना ढंगले कुरा नगरौं, सबै मिलेर जानुपर्छ भनेको छु ।’ तर, जिल्ला नेतृत्वबीच पुरानै अन्तरविरोध भने यथावत छन् ।

सातौं वरियतामा रहेका नेता पोखरेलको जिल्ला काठमाडौं हो । देशको राजधानी पनि भएको हुँदा यो जिल्लामा केन्द्रीय तहका नेताहरुबीच विवादको असर सिधा र सबैभन्दा धेरै पर्ने गरेको छ । यसको पुष्टि नेकपाको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष र सचिवको भनाईले गर्छ ।

जिल्ला अध्यक्ष कृष्ण राई भन्छन्, ‘काठमाडौं देशको राजधानी पनि भएको हुँदा पार्टी केन्द्रको विवादको असर सिधा जिल्ला मातहतका कमिटीमा पर्नु स्वभाविक भयो । माथि नेताहरुबीच झगडा भएपछि कार्यकर्ताको मानसिकता पनि विभाजित हुन्छ । एकीकरणको काम अझै बाँकी छ । बाँकी काम नटुंगिदै यस्तोखालको विवादले एकता प्रक्रिया नै के हुने हो भन्ने त्रास कार्यकर्तामा छ । यसले गर्दा काम गर्ने उत्साह छैन । अहिले केन्द्रीय सचिवालय, स्थायी कमिटीका बैठक बस्न सकेका छैनन् भने हामी पनि छुट्टै एजेण्डा लगेर बैठक बस्ने स्थिति छैन ।’

अध्यक्ष राई मदन भण्डारी फाउन्डेसनको केन्द्रीय सदस्य पनि हुन् । त्यसकारण उनले फाउन्डेसनको नाममा कार्यक्रम गर्न सक्रिय भएको आरोप अर्को समूहको छ ।

काठमाडौं जिल्ला कमिटी सचिव हिमाल शर्मा भन्छन्, ‘पार्टी केन्द्रको विवाद काठमाडौं जिल्लामा पनि परेको छ । कोरोना र केन्द्रको लफडाले पार्टीका गतिविधिहरु भएका छैनन् । तर, जिल्लाको अध्यक्ष मदन भण्डारी फाउन्डेशनका गतिविधिमा लाग्नु भएको छ । त्यही ढंगले हामी अर्को कुनै संस्थाबाट जाने कुरा भएन । पार्टीको संस्थागत निर्णयमा नै काम गर्नुपर्छ भन्नेमा हामी छौं । अहिले स्थिति त्यस्तो सहज छैन ।’

अर्को समूहको आरोपबारे अध्यक्ष राई भन्छन् ‘यो पुरानो संस्था हो । पार्टीको काम भए पनि नभए पनि म त्यसमा काम गर्छु । फाउन्डेसनले नियमित गतिविधि गर्छ । पार्टीभित्र थुप्रै नेताहरुका नाममा संस्था छन् । पुष्पलाल स्मृति प्रतिष्ठानको अध्यक्ष नै माधव नेपाल हुनुहुन्छ । सबै आ–आफ्नो काममा छन् । पार्टीको काम छाडेर म त्यहाँ लागेको हैन ।’

महासचिव पौडेलको गृहजिल्ला रुपन्देहीमा पनि केन्द्रको विवादको सिधा असर छ । यहाँ स्थानीय नेतृत्वबीच राम्रो सम्बन्ध छैन । जिल्ला इन्चार्ज लिला गिरी भन्छन्, ‘केन्द्रको विवादले सांगठनिक कार्यमा अवरोध गरेको छ । अहिले माथि बेमौसमको बाजा बजाइएको छ । त्यसको विरुद्ध स्थानीय कमिटी र अधिकांश कार्यकर्ता छन् । कमिटीगत हिसाबले भन्दा पनि व्यक्ति व्यक्ति भेट्ने छलफल हुने गरेका छन् । यस सन्दर्भमा यो वा त्यो गुट दुवैका यस्ता छलफल भएका छन् ।’ गिरीको दावीअनुसार प्रधानमन्त्रीलाई अर्को चुनावसम्म काम गर्न दिनुपर्छ भन्ने जिल्लामा अधिकांशको मत छ ।

सोही जिल्लाका अध्यक्ष शिवराज सुवेदी भन्छन्, ‘पार्टीको आन्तरिक विवाद हो । समयक्रममा समाधान हुन्छ । अहिले कोरोनाका कारण बैठक बस्न मिलेन । हाम्रा काम नियमित छन् । हाम्रा अरु कमिटी प्रणाली नियमित छन् ।’

 #विराटनगर : प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० ...
11/08/2020

#विराटनगर : प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० हजार ६ सय ८० स्वाबको पीसीआर परिक्षण गरिएको हो।

प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरिएको स्वाब सँगै प्रदेश बाहिरका व्यक्तिको पनि प्रदेशका तीनवटा ल्याबमा परीक्षण गरिएको छ। प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश १ का जिल्लाको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका जिल्लाको ४ हजार १ सय ७४ वटा पीसीआर परीक्षण भएको हो।

निर्देशक यादवका अनुसार हालसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरले २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशालाले १९ हजार ५ सय २१ वटा पीसीआर परीक्षण गरेको छ।

परीक्षण गरिएका मध्ये हाल सम्म १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ भने ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमणकै कारण मंगलबार सम्ममा ८ जनाको मृत्यु भईसकेको छ। त्यसमध्ये ३ जना प्रदेश १ बाहिरका छन्।

प्रदेश १ मा मोरङमा सवैभन्दा बढी संक्रमण देखिएको छ। मोरङमा ६ सय ५७ जना संक्रमित भएका छन्। मोरंगमा १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ। विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएको निर्देशक यादवले बताए।

हालसम्म महानगरपालिकाले पठाएको ४ हजार, कोशी अस्पतालको बुथमा संकलन भएको १ हजार २ सय, प्रदेश ल्याबले महानगर क्षेत्रभित्र संकलन गरेको ३ हजार र विराटनगरका विभिन्न संघ संस्थाबाट लिईएको नमूना १ हजार ४ सय ८० को पीसीआर परीक्षण भएका हुन्।

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए।

झापाको मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनको तयारीमा रहेको जानकारी दिँदै प्रमुख मेहताले मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता बढ्ने बताए।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव अभलै होल्डमा रहेको जानकारी दिए। प्रदेशमा धेरै स्वाव संकलन हुने गरेकाले दैनिक ७ सय स्वाब होल्डमा हुने गरेको निर्देशक यादवको भनाइ छ।

 #हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वात...
11/08/2020

#हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । आज उनै भगवान श्री कृष्णको जन्मदिन ।

संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू 'कृष्णलिला' को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू-लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा अाफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो अास्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा 'मीरा'लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः
"यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत |
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम् ||"

अर्थात्ः
"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।"

महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ काैरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुवा) सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर "काम कहिले पनि सानो ठुलो हुँदैन" भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

"हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।"

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव-जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया-प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

हामी मध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरुमा देखेका छौं, उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछाैं । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छाैं, तपाईं चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलाई लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध काैशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।

कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।

तिनै भगवान श्री कृष्ण कालेको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।

हरे रामा हरे कृष्ण
हरे कृष्ण हरे हरे

 #दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको...
11/08/2020

#दिनदिनै कोभिड संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश र स्थानीय सरकारलाई त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । अधिकारको सीमितता तथा कमजोर पूर्वाधार क्षमताका कारण उनीहरू अप्ठ्यारोमा पर्न थालेका छन् ।

संक्रमितहरूको उपचारका लागि अस्पतालका शय्या, उपकरण र चिकित्सकको अभाव देखिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत स्थिति नियन्त्रणमा लिन संघ (केन्द्र) सरकारको सक्रिय सहयोगको आवश्यकता रहेको बताउँछन् । ‘चिकित्सककै अभाव हुन थाल्यो, रातारात कहाँबाट चिकित्सक ल्याउने ?’ उनले भने, ‘केन्द्रले नेपाली सेना र प्रहरीका चिकित्सकहरूलाई फिल्डमा पठाउन जरुरी छ ।’
प्रदेश २ को एक्लो वीरगन्ज महानगरपालिकामा मात्रै संक्रमितहरूको संख्या एक हजार नाघिसकेको छ । १९ जनाको मृत्यु भइसकेको छ । अस्पतालहरूले बिरामी लिन नमानेका घटना सार्वजनिक भइरहेका छन् । प्रदेशभरिमा संक्रमितको संख्या ५ हजार ८ सय ९४ पुगेको छ । पछिल्लो समय लक्षणसहितका संक्रमितहरूको संख्या बढेको र उनीहरूलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने भएपछि चुनौती थपिँदै गएको छ ।

प्रदेशका अस्पतालको अवस्था नाजुक छ । सरकारी अस्पतालको क्षमताले मात्रै संक्रमितहरूको उपचार सम्भव छैन । प्रदेशभरिका सरकारी अस्पतालमा ७/८ को संख्यामा मात्रै भेन्टिलेटर छन् । यतिबेला निजी अस्पताल तथा मेडिकल कलेजलाई परिचालन गर्नुपर्ने आवश्यकता छ । अधिकारको सीमितताले प्रदेश सरकार त्यसमा लाचार बनिरहेको छ ।

दक्ष स्वास्थ्य जनशक्ति र थप कोभिड अस्पताल चाहिएकाले केन्द्र सरकारसँग सहयोग माग गरिएको मुख्यमन्त्री राउतले बताए । त्यसैका लागि काठमाडौं आएका राउतले उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेटेर प्रदेश २ मा स्वास्थ्यको ‘स्पेसल प्याकेज’ पठाउन आग्रह गरेका हुन् ।

संकटका बेला निजी अस्पतालहरू सेवा बन्द गरेर बसेका छन् । सुरक्षा निकायलाई आदेश दिएर ती अस्पताललाई नियन्त्रणमा लिई त्यहाँको जनशक्ति र पूर्वाधारलाई प्रयोग गर्नुपर्ने, सेना प्रहरीका चिकित्सक पठाउनुपर्ने, स्वास्थ्य सामग्री तथा उपकरणको उपलब्धता गराउनुपर्ने राउतको माग छ । ‘पैसा मात्र भएर पुग्दैन, हामीसँग भएको स्रोत खर्च गरेका छौं । खर्चिन तयार छौं,’ राउतले कान्तिपुरसँग भने, ‘स्थिति बिग्रिँदै गएको छ । यस्तो बेलामा ज्वाइन्ट इफोर्टको आवश्यकता छ । अहिले आरोपप्रत्यारोप होइन, समन्वयको खाँचो छ । कहाँ के कमजोरी भइरहेका छन् । मिलेर समाधान खोजिनुपर्छ । कोही एक्लैले सक्ने अवस्था छैन ।’ तर, केन्द्रबाट राम्रो समन्वय नभइरहेको प्रति प्रदेशको असन्तुष्टि देखिएको छ ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलसँग मुख्यमन्त्री राउतको गुनासो थियो, ‘प्रदेशका जनता आक्रान्त बनिरहँदा तपाईं वा स्वास्थ्यमन्त्री त्यहाँका जनताका पीरमर्का बुझ्न किन आउनुभएको छैन ?’ कोरोना नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारले काम गरे पनि आपसी समन्वयको अभाव देखिएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल संघ सरकारका मन्त्रीले प्रदेशसँग बिल्कुलै समन्वय नगरेको गुनासो गर्छन् ।

‘प्रदेशले ४२ सय कोरोना केस कसरी म्यानेज गर्‍यो । के सहयोग गर्न सकिन्छ ? के आवश्यकता छ संघले एकचोटि सोध्दैन,’ उनले भने, ‘प्रदेश सरकारले आवश्यकता एक ठाउँमा महसुस गर्छ । संघले अर्कै ठाउँमा सामग्री पठाइदिन्छ ।’ उनले गृह प्रशासनसँग जोडिएका निर्णय पनि प्रदेश सरकारलाई थाहा नभई सिधै जिल्लाका सीडीओ र एसपीलाई जानकारी पुग्दा प्रदेशले लिने नीतिगत निर्णयहरू पनि प्रभावित हुने गरेको बताए ।

संघ सरकारले कोराना नियन्त्रणमा खर्चिन असार २२ मा प्रदेश ५ लाई ७ करोड रुपैयाँ पठायो । मन्त्री बराल भन्छन्, ‘असार २५ मा खाता बन्द गर्नुपर्ने अवस्थामा तीन दिनभित्र त्यत्रो रकमको खर्च कसरी सम्भव छ ? त्यति पनि ध्यान दिँदैनन् । आखिर आएको रकम फ्रिज भएर गयो ।’ उनले कोरोना नियन्त्रणका लागि संघ सरकारबाट हुनुपर्ने आवश्यक समन्वयको अत्यन्तै ठूलो खाँचो देखिएको बताए । आईसीयू, भेन्टिलेटरलगायत उपकरण चलाउन तथा त्यससँग आवश्यक पर्ने अन्य विशेषज्ञ स्वास्थ्य जनशक्तिको खाँचो पूरा गर्न पनि संघ सरकार उदासीन देखिएको उनले गुनासो गरे ।

संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाहरूले पनि कोरोना संक्रमण बढ्दै गएकाले केन्द्र सरकारले सार्थक कदम चाल्नुपर्ने माग गरिरहेका छन् । उपत्यकामा संक्रमितहरूको संख्या बढ्दै गएपछि स्थानीय सरकारको बुताबाट मात्र नियन्त्रणको प्रयास सम्भव नहुने नगरप्रमुखहरूको भनाइ छ । उपत्यकाभित्र सार्वजनिक यातायात पुनः बन्द गर्न, उद्योग कलकारखाना सञ्चालनमा कडाइ गर्न, सभा सम्मेलन, र्‍यालीमा रोक लगाउन, क्वारेन्टाइन स्थलको संख्या बढाउनलगायत काममा केन्द्रीय सरकारको सहयोग नगरपालिकाहरूले खोजेका छन् । उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले गृह प्रशासनसँग जोडिएका विषयहरू कार्यान्वयन गराउन पालिकाहरूलाई समस्या रहेको बताए ।

जोखिम बढ्दै गएका बेला मानिसहरूमा लापरबाही र अराजकता पनि देखिएको भन्दै त्यसमा कडाइका लागि पनि संघ सरकारको अपरिहार्य सहयोग चाहिएको उनले उल्लेख गरे । कोरोना नियन्त्रण तथा राहत, क्वारेन्टाइन, आइसोलेसन निर्माण लगायतमा स्थानीय तहले ठूलो धनराशी खर्च गरिसकेको तर संघ सरकारबाट त्यो अनुपातको सहयोग नभइरहेको गुनासो पनि पालिकाहरूको छ । कोरोनाबाट आक्रान्त बन्दै गएको पश्चिमी नेपालको सहर नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशमशेर राणाले स्थानीय तहलाई ठूलो आर्थिक भार परेको बताए । ‘सक्दो गर्दै छम्, अझै पनि गर्छौं,’ उनले भने, ‘तर जुन रूपमा दैनिक ३०/४० संक्रमित नगरभित्र थपिँदै छ यही रफ्तार रहे नगरपालिकाले सक्ने स्थिति रहँदैन ।’

नगरपालिका संघका महासचिव भीम ढुंगाना स्वास्थ्यको पर्वाह नगरी स्थानीय तहका जनप्रतिनिधि कोभिड–१९ नियन्त्रणका लागि खटिएको बताउँछन् । उनले भनेजस्तै कतिपय मेयर तथा वडाध्यक्षहरू यतिबेला कोरोना संक्रमित भइसकेका छन् ।

‘स्रोत र क्षमताले भ्याएसम्म सबै पालिकाहरूले अधिकतम काम गरेका छन्,’ उनले भने, ‘पटकपटक भन्दै आएका छौं । तर, संघ सरकारले नसुनेझैं गर्दै आएको छ । संक्रमितको संख्या बढ्दै गएपछि सबै भर स्थानीय तहकै परेर हुँदैन ।’ उनले केहीबाहेक सबैजसो स्थानीय तहमा स्वास्थ्यका पूर्वाधार नरहेको बारे सबै जानकार रहेको बताए ।

स्थानीय तहले पीसीआर मेसिनसम्म किनेका छन् । परीक्षणका लागि चाहिने अन्य आवश्यक सामग्रीको जोहो पनि गरेका छन् । तर, आवश्यक दक्ष जनशक्ति स्थानीय तहसँग छैन, त्यसको व्यवस्थापन तथा स्थानीय तहले लिएका कतिपय निर्णयको कार्यान्वयनमा संघ सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।

 #नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स...
11/08/2020

#नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा स्थायी घर भएका छन् ।

वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक जना गरी ९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहका अनुसार सोमबार गरिएको परीक्षणमा १७ जना महिलासहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको हो । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षणका लागि आएका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।
नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् ।

कृषि सामाग्री प्रालिका एक जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमित वीरगन्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्लीका बासिन्दा हुन् । एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाका हुन् ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटक आगमन हवात्तै घटेपछि यसको असर नेपाल पर्यटन बोर्डको बजेटमा देखिएको छ । पर...
10/08/2020

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटक आगमन हवात्तै घटेपछि यसको असर नेपाल पर्यटन बोर्डको बजेटमा देखिएको छ । पर्यटन बोर्डको कार्यकारी समितिले सोमबार साँझ चालू आर्थिक वर्ष २०७७/७८ का लागि ८० करोड ७१ लाख लक्ष्यसहितकाे बजेट ल्याएको छ ।

बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा २ लाख पर्यटक आउने प्रक्षेपण गरिएको छ । यो गएको आर्थिक वर्षको दाँजोमा ६ लाखले कम हो । बोर्डले ती पर्यटकबाट २० करोड ६२ लाख रुपैयाँ हाराहारी आम्दानी हुने प्रक्षेपण गरेको छ । कूल बजेटको २६ प्रतिशत हो । बोर्डको मूख्य आम्दानीको स्रोत मानिने यो रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रति विदेशी १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्कका रुपमा वायुसेवा कम्पनीले संकलन गरेर बोर्डलाई बुझाउने गर्छन् ।
यसबाहेक बोर्डको अर्को मूख्य आम्दानीमा पदयात्रामा जाने पर्यटकबाट उठाइने टिम्स (पदयात्री, पर्यटन, सूचना व्यवस्थापन) शुल्क र निजी क्षेत्रलाई विदेशमा हुने मेलामा सहभागी गराउँदा संकलन हुने आय हुन् । बोर्डले टिम्सबाट ३ करोड ११ लाख संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै हल भाडालगायत विविध स्रोतबाट बोर्डले ८४ लाख मात्रै संकलन हुने जनाएको छ ।

पर्यटक आगमन अझै घट्ने सम्भावना रहेकाले यीबाहेक सरकारबाट प्राप्त हुने तथा अन्य स्रोतलाई पनि बजेटमा राखिएको छ ।

बोर्डले पहिलोपटक बैंकमा रहेको सञ्चित ४० करोड रकम पनि झिक्ने निर्णय लिएको छ । ‘बैंकमा राखिएको रकम पनि झिक्नु पर्ने अवस्था आयो,’ रेग्मीले भने, ‘त्यसैगरी पहिलोपटक संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गर्ने निर्णय भएको छ ।’ जसअन्तर्गत बोर्ड र यूएनडीपीले ४ वर्षमा ५० करोड रुपैयाँ खर्च गर्ने छन् ।

त्यसैगरी पर्यटनमा आश्रित मजदुरका लागि बोर्डले ट्रेकिङ एजेन्सीज एसोसिएसनसँग सहकार्य गर्न १५ करोड बजेट छुट्याएको छ ।

२०७६/७७ मा भम्रण वर्ष २०२० घोषणा भएकाले १ अर्ब ६३ करोडको बजेट बनाइएको थियो । बोर्डको सञ्चालक समितिका एक सदस्यका अनुसार, ‘कोरोनाको महामारीका कारण आएको मन्दिले ८१ करोड रुपैयाँमात्रै सकंलन भएको छ । जसमा बोर्डले ६८ करोड खर्च गरेको छ । ‘यो वर्ष पनि हामीले प्रक्षेपण गरेको भन्दै निकै आम्दानी कम हुने सम्भावना छ,’ ती सदस्यले भने, ‘किनकी कोरोना माहामारी जारी छ के हुने हो अन्दाज गर्न सकिने अवस्था छैन ।’

धेरैपछि समयमै बजेट ल्याउन सफल भएको बोर्डले यसपटक नेपालको प्रचार सीएनएन र बीबीसीमा गर्ने कार्यक्रम राखेको छ । ‘पहिला पहिला बजेट बिनियोजन हुन्थ्यो तर प्रचार गरिदैनथ्यो । यसपटक विदेशी मिडियामा प्रचार गरिने छ,’ रेग्मीले भने ।

पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको बजेट बैठकले बोर्डलाई सबै प्रदेशमा बिस्तार गर्ने भएको छ । यसका लागि १ करोड ७० लाख बजेट बिनियोजन गरिएको छ । ‘पोखरामा पहिल्यै शाखा थियो,’ सीइओले भने, ‘वागमती प्रदेशलाई केन्द्रबाट हेरिने छ बाँकी प्रदेशमा बोर्डको शाखा बिस्तार हुने छ ।’

नेपालबाट आरोहण हुन नसकेको चोयू हिमाल आरोहणका लागि मार्ग बनाउन बजेट बिनियोजन गरिएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Terai Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Terai Express:

Share

Category