Nepali Voice Japan - NVJ

Nepali Voice Japan - NVJ “News, Rights & Voice for Nepalis in Japan.”

29/06/2025

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ९ औं अधिवेशन सन्पन्न, संयोजकमा दीपक सुवेदी चयन
सचिवमा सहमत हुन सकेन

कार्य समिति यस प्रकारको छ ।
१, संयोजक-दिपक सुवेदी (विप्लव)
उप-संयोजक
२, केश बहादुर खत्री (सुरज)
३, बासुदेव पन्थ
४, प्रमोद लोहनी
५, महिला उप संयोजक- सम्झना बुढाथोकी
६, सह-सचिव उषा हमाल
७, कोषाध्यक्ष महेन्द्र केसी
८, सह-कोषाध्यक्ष अनुप गौतम
९, युवा संयोजक - एक राज तामाङ
१०, प्रस्तावित प्रवक्ता : धीरेन्द्र बम
सदस्य
११,बालकृष्ण रिजाल
१२, सरोज भूषाल
१३, सुवास गौडेल
१४, दिपक कुमार केसी
१५, विशाल पज्ञाली
१६, कमल कार्की
१७, सूजन श्रेष्ठ
१८,बिकाश पौडेल
१९,पूर्ण बहादुर शाही
२०, सबिन शाही
२१, महिला सदस्य- ज्योति ढकाल
मनोनित सदस्य
२२, हिमाल भण्डारी
२३, शरण बि•क
२४, नरेंद्र कुमार धमला

सचिव पदमा चुनाव हुने
#सोहन कुमार खत्री #किरण गौतम #बिपिन श्रेष्ठ

लेखा समिति विभाग
संयोजक-दिलिप अधिकारी
सदस्य- पुकार केसी

सांस्कृतिक तथा साहित्य विभाग
संयोजक-निरज सुवेदी
सदस्य-रामहरी जोती

आपतकालिन तथा प्राकृतिक प्रकोप विभाग
संयोजक-सुदन राई
सदस्य-राज सापकोटा

विधार्थी विभाग
संयोजक-महेश तामाङ
सदस्य-सागर शर्मा

संघ संस्था समन्वय विभाग
संयोजक-कर्ण बहादुर बस्नेत

🛑 जापानमा आज व्यापक रुपमा उच्च गर्मी 🛑आज जापानको कान्तोदेखि लिएर पश्चिम क्षेत्रसम्म अत्यधिक गर्मीको सम्भावना छ। मौसम विभ...
28/06/2025

🛑 जापानमा आज व्यापक रुपमा उच्च गर्मी 🛑
आज जापानको कान्तोदेखि लिएर पश्चिम क्षेत्रसम्म अत्यधिक गर्मीको सम्भावना छ। मौसम विभागका अनुसार कतिपय स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

🔥 गर्मीबाट बच्न सतर्क रहनुहोस्:
✅ प्रशस्त पानी पिउनुहोस्
✅ लामो समय घाममा नबस्नुहोस्
✅ एयर कन्डिशनर प्रयोग गर्नुहोस्
✅ जेष्ठ नागरिक, स-साना बालबालिका र बिरामीको विशेष ख्याल राख्नुहोस्

➡️ गर्मीको असरबाट बच्न आवश्यक सावधानी अपनाउनुहोस्।

एसईई नतिजाः जापानबाट २९ सहभागी, ६ जनाले ल्याए जिपिए ४ ! यस बर्षको एसईई परीक्षामा जापानमा रहेको एभरेष्ट इन्टनेशनल स्कुलका...
28/06/2025

एसईई नतिजाः जापानबाट २९ सहभागी, ६ जनाले ल्याए जिपिए ४ !

यस बर्षको एसईई परीक्षामा जापानमा रहेको एभरेष्ट इन्टनेशनल स्कुलका विद्यार्थीहरूले राम्रो नतिजा ल्याएका छन्।

जापानबाट सहभागी २९ जना विद्यार्थीहरूमध्ये ६ जना विद्यार्थीले जिपिए ४ र बाँकी विद्यार्थीहरूले जिपिए ३.८ भन्दा माथि ल्याएको विद्यालय श्रोतले जानकारी दिएको हो ।

एसईई परीक्षामा यस विद्यालयबाट ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए।

विद्यार्थी, अभिभावक, व्यवस्थापन समिती तथा शिक्षकहरु सबैजनालाई हार्दिक बधाई ।

नेपाल एक्लै बाँकी ❓जापानको ओसाकामा जारी २०२५ विश्व प्रदर्शनीमा अंगोलाको प्याभिलियन बिहीबार पुनः सञ्चालनमा आएको छ। एक्स्प...
27/06/2025

नेपाल एक्लै बाँकी ❓

जापानको ओसाकामा जारी २०२५ विश्व प्रदर्शनीमा अंगोलाको प्याभिलियन बिहीबार पुनः सञ्चालनमा आएको छ। एक्स्पोको उद्घाटनको भोलिपल्टै प्राविधिक कारणले बन्द भएको यो प्याभिलियन अब खुलेसँगै नेपाल मात्र १५८ सहभागी राष्ट्र तथा क्षेत्रहरूमध्ये आफ्नो प्याभिलियन खोल्न नसकेको एक मात्र देश बनेको छ।

अंगोलाको प्याभिलियन अप्रिल १३ मा खुले पनि भोलिपल्टै बन्द भएको थियो र मंगलबार पुनः खोल्नका लागि आवश्यक प्रक्रिया पूरा गरेको एक्स्पो आयोजक जापान एसोसिएसनले जनाएको छ।

प्राप्त जानकारी अनुसार, अंगोला प्याभिलियन निर्माणमा संलग्न ठेकेदारहरूले भुक्तानी नपाएको भन्दै 'पीडित संघ' गठन गरेका छन्, साथै बिना लाइसेन्सको ठेकेदार संलग्न भएकोबारे ओसाका प्रिफेक्चरल सरकारले अनुसन्धान सुरु गरेको छ।

यता नेपाल प्याभिलियनको ढिलाइले जापानबासी नेपालीहरुमाझ थप निराशा बढाएको छ।

तपाईंको कामले तपाईंलाई मानसिक रूपमा कत्तिको थिचिरहेको छ?जापानमा कामको तनावका कारण मानसिक रोग लाग्ने र क्षतिपूर्ति माग्ने...
26/06/2025

तपाईंको कामले तपाईंलाई मानसिक रूपमा कत्तिको थिचिरहेको छ?

जापानमा कामको तनावका कारण मानसिक रोग लाग्ने र क्षतिपूर्ति माग्नेहरूको संख्या वर्षेनी बढ्दै गएको छ।
सन् २०२५ मा मात्रै १०५५ जनाले मानसिक स्वास्थ्य समस्याका कारण क्षतिपूर्ति पाएका छन्।
८८ जनाले भने ज्यानै लिन खोजेका थिए 😔

मुख्य कारणहरू👇
🔹 हाकिमको दुर्व्यवहार
🔹 अत्यधिक कामको दबाब
🔹 ग्राहकबाट हुने गालीगलौज

सरकारले केही पहल गरिरहेको भए पनि, अझ धेरै सचेतना र सहयोग आवश्यक छ।
तपाईको अनुभव कस्तो छ? तल कमेन्टमा लेख्नुहोस्।

#कामकोतनाव

🛫 जापान छोटो सुझाव – आजको विशेष जानकारीजापान घुम्न आउने विदेशी पर्यटकहरूले अब जापान एयरलाइन्स (JAL) को नयाँ अफरमार्फत के...
26/06/2025

🛫 जापान छोटो सुझाव – आजको विशेष जानकारी

जापान घुम्न आउने विदेशी पर्यटकहरूले अब जापान एयरलाइन्स (JAL) को नयाँ अफरमार्फत केही रकम बचत गर्न सक्ने भएका छन्।

सेप्टेम्बर १० मा घोषणा गरिएको अनुसार, जापान एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान बुक गर्ने यात्रुहरूलाई नि:शुल्क घरेलु उडान उपलब्ध गराउने अफर ल्याएको छ, जसले तपाईंलाई जापानका थप स्थानहरू अन्वेषण गर्न सहयोग पुर्‍याउनेछ।

यस अफर लिनको लागि यात्रुले एउटै बुकिङमा JAL को फिर्ती अन्तर्राष्ट्रिय उडान र मेल खाने घरेलु उडान बुक गर्नु पर्नेछ।

अमेरिकाबाट आउने यात्रुहरूका लागि, यदि उनीहरूले जापान आइपुगेर २४ घण्टाभन्दा बढी समय एउटै सहरमा बिताउने योजना बनाएका छन् भने $100 स्टपओभर शुल्क लाग्नेछ।
तर थाइल्याण्ड, सिङ्गापुर, अष्ट्रेलिया, न्यूजिल्याण्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया, भारत र ताइवानबाट आउने यात्रुहरूका लागि यो शुल्क छुट हुनेछ।

यो अफर कहिलेसम्म चल्ने भन्ने जानकारी हालसम्म सार्वजनिक गरिएको छैन, त्यसैले चाँडै योजना बनाउनुहोस्!

✈️ जापान जानुहोस्, निःशुल्क देशभित्र घुम्नुस्! 🇯🇵

ओतानी स्योहेईको नाममा ठगी गरेको आरोपमा नेपाली बाबु-छोरा पक्राउ ! जापानका चर्चित बेसबल स्टार ओतानी स्योहेईको नाम दुरुपयोग...
24/06/2025

ओतानी स्योहेईको नाममा ठगी गरेको आरोपमा नेपाली बाबु-छोरा पक्राउ !

जापानका चर्चित बेसबल स्टार ओतानी स्योहेईको नाम दुरुपयोग गरी एक वृद्ध महिलाबाट १० लाख येन ठगी गरेको आरोपमा नेपाली बाबु-छोरा पक्राउ परेका छन्। यो घटना टोकियोमा भएको हो।

पक्राउ पर्नेहरूमा २६ बर्षिय सुमन कुमार निउरे र उनका बुबा ४४ बर्षिय पद्मानाथ शर्मा रहेको समाचार छ । उनीहरूले गत नोभेम्बरमा लाइन मेसेजिङ एप मार्फत ओतानीको नक्कली परिचय बनाएर एक ८० वर्षीय महिलालाई आफूलाई ‘विश्वको नम्बर एक व्यक्ति’ भन्दै ‘बीमा शुल्क तिर्न पैसा अपुग भएको’ र ‘टोकियोमा भेट्न आउने’ जस्ता झुटा सन्देशहरू पठाएको पाइएको छ ।

प्रहरीका अनुसार, सुमन र उनका बुबाले ओतानीको नक्कली फेसबुक एकाउन्ट प्रयोग गरी ती महिलालाई पहिले ‘मलाई सहयोग गर्नुहोस्’ भन्दै सम्पर्क गरेका थिए। त्यसपछि उनीहरूले लाइनमा कुराकानी अगाडि बढाएका थिए। ओतानीको एजेन्ट बनेर ती महिलाको अपार्टमेन्टमा गई उनीहरूले नगद बुझेको प्रहरीले जनाएको छ।

दुवैले आँफुहरुमाथि लागेको आरोप स्वीकार गरेका छन्।

१ लाख येन नगद दिने योजना सहित आयो रेइवा शिन्सेनगुमी पार्टीको घोषणापत्र !  🤑🤑जापानको रेइवा शिन्सेनगुमी पार्टीले आगामी जुल...
24/06/2025

१ लाख येन नगद दिने योजना सहित आयो रेइवा शिन्सेनगुमी पार्टीको घोषणापत्र ! 🤑🤑

जापानको रेइवा शिन्सेनगुमी पार्टीले आगामी जुलाईमा हुने माथिल्लो सदनको निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।

यस घोषणापत्रमा सबै नागरिकलाई मूल्यवृद्धिको सामना गर्न सहयोग पुर्‍याउनका लागि प्रतिव्यक्ति १ लाख येन नगद उपलब्ध गराउने प्रतिज्ञा गरिएको छ। पार्टीले उपभोग कर खारेज गर्ने र मौसमी मुद्रास्फीति राहत भुक्तानीको पनि प्रस्ताव गरेको छ।

यसका साथै, वृद्धवृद्धाको स्वास्थ्य सेवाको सम्पूर्ण खर्च सरकारले बेहोर्ने, कर्पोरेट कर बढाउने र धनीहरूमाथि थप कर लगाउने योजना पनि यस घोषणापत्रमा समावेश छ।

पार्टीका प्रमुख यामामोतो तारोले व्यक्तिगत उपभोग बढाएर अर्थतन्त्र सुधार गर्न सकिने र यसका लागि कर घटाउने तथा नगद वितरण जस्ता उपायहरू अपनाउन सकिने बताएका छन्।

Careless with Passengers: कतार जान लागेका ५००+ यात्रुहरुले रात विमानस्थलमै बिताउनुपरेको थियो भने एयरलाईन्स कम्पनी हिमालय...
24/06/2025

Careless with Passengers: कतार जान लागेका ५००+ यात्रुहरुले रात विमानस्थलमै बिताउनुपरेको थियो भने एयरलाईन्स कम्पनी हिमालयनले आज ६ बजे बोलाएको छ र नेपाल एयरलाइन्सका प्रतिनिधि सम्पर्कमै आएका छैनन् ।

यस्तो emergency अवस्थामा एयरलाईन्स , एयरपोर्ट र अन्य सरकारी निकायले उचित व्यवस्था मिलाइदिँदा राम्रो हुनेथियो ।

Via. Nepal Photo Library

21/06/2025

🇯🇵 जापानमा पक्राउ परेका एकजना नेपाली युवालाई अभियोग नलाग्ने निर्णय भएको छ।
उहाँमाथि ट्रेन ट्र्याकमा फोहोर फ्यालेको आरोप थियो।
तर अन्त्यमा निर्दोष ठहर!
sources: The Sankei Shimbun

जापानमा रिफ्युजीहरुलाई गैरकानुनी थुनामा राखेकोमा क्षतिपूर्ति दिन अदालतको आदेश ! जापानको एक जिल्ला अदालतले दुई शरणार्थीला...
20/06/2025

जापानमा रिफ्युजीहरुलाई गैरकानुनी थुनामा राखेकोमा क्षतिपूर्ति दिन अदालतको आदेश !

जापानको एक जिल्ला अदालतले दुई शरणार्थीलाई लामो समयसम्म हिरासतमा राखेकोमा क्षतिपूर्तिस्वरूप कुल १.२ मिलियन येन (लगभग ८,२६० अमेरिकी डलर) तिर्न आदेश दिएको छ।

अदालतले अध्यागमन निकायले उनीहरूको शारीरिक र मानसिक अवस्थालाई बेवास्ता गरी पटक-पटक हिरासतमा राखेको ठहर गरेको छ। टर्कीका नागरिक डेनिज र इरानी नागरिक हेयदर सफारी दिमानले सन् २०१६ देखि झन्डै चार वर्ष पटक पटक हिरासतमा बसेका थिए।

यस फैसलाले अन्तर्राष्ट्रिय मानवअधिकार सम्झौताको उल्लङ्घन भएको ठहर गर्दै जापानको अध्यागमन कानूनले निषेध गरेको अनुचित शारीरिक बन्धन भएको बताएको छ।

यो फललाई नेपालमा काफल भनिन्छ भने जापान के भनिन्छ ?  🤣
19/06/2025

यो फललाई नेपालमा काफल भनिन्छ भने जापान के भनिन्छ ?
🤣

Address

Kathmandu

Telephone

+9779801014441

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Voice Japan - NVJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category