Kamal Budha

Kamal Budha Music & Literature

22/02/2025

कति चिन्ता मात्रै लिनु, कभी हस भि लिया करो 😆

RaagRup

Shah Rukh Khan
Ladies & Gentlemen...

17/02/2025

बादल बनाइदेउ आकार बदल्न सकुँ ।
क्षमता दिलाइदेउ ज्युँदै म जल्न सकुँ ।

Karan Veer Mehra उनलाई घरभित्रै कसैले character assasinate गरे (ये आदमी मुझे लिचड लग्ता है, He is 2 times divorsed, ये r...
20/01/2025

Karan Veer Mehra

उनलाई घरभित्रै कसैले character assasinate गरे (ये आदमी मुझे लिचड लग्ता है, He is 2 times divorsed, ये relatioships सम्भाल नही पाता, that's why he is dead from inside) त कसैले age shaming, कसैले १२ बर्षको dosti को भद्दा मजाक बनाए (He is ladies man, Football ground मे इस्को कोइ seriously नही लेता, I take him as a joke, ये A Listers मे नही आता) त कसैले उनका relatives को धज्जिया उडाए (इस्के मामा PMO मे toilets साफ कर्ते होङे ) कसैले Gratitude देखाउनु पर्नेमा उल्टै बदनाम गरे, आफ्नै साथी जसको लागि करणले के गरेनन् होला ? उनैले Time God अर्कैलाइ बनाइन् र Evict गर्न Nominate पनि गरिन् ।
त्यसका बावजुद उनले कसैको कुभलो नचिताइ सबैको तारीफ गरेका थिए ।

यी घटनाक्रमहरु राम्रै सङ्ग नियालीरहेका थिए । जब Weekend Ka Vaar मा Farah Khan ले The Karan Veer Mehra Show घोषित गरिन हो त्यही दिन जितिसकेका थिए उनले BiggBoss18 को Trophy ।
RAAJMAATAA task मा Karan Veer को पल्ला भारी हुदा हुँदै Shilpa ले जब Vivian लाई Time God बनाइन् , Karan Veer माथी Unfair भयो । ( ले देखे/जनताले देखे) ।
Nomination Task मा शिल्पाले Vivian को साटो Karan Veer लाई Nominate गरिन् , Karan Veer माथि Unfair भयो । ( ले देखे/ जनताले देखे)
Time God Task मा ४/४ घन्टा सम्म निस्वार्थ काधमा बोकियकी Eden ले Gratitude देखाउनुको साटो उल्टै Demean गरि Nominate समेत गर्नुको साथसाथै Abinash को काधमा रहेकी Isha Singh लाई Time God बनाउदा, Karan Veer माथी U fair भयो ।
Task सकिए लगत्तै Karan Veer ले भनेका थिए "मेरे साथ Life मे हमेशा Unfair हुवा है ।" ( को आँखा बाट आँसु खस्यो होला/ को मुटुमा चिसो पस्यो होला ।)अब त जो सङ्ग जीवन हमेशा Unfair रह्यो, Biggboss घर समेत Unfair रह्यो उसै सङ्ग Fair हुनु पर्ने pressure थियो। को नजरमा Karan Veer त्यही दिन बिजयी भैसकेका थिए ।

जुन दिन Karan Veer ले Shilpa Shirodkar का धारिला तरवारमा शिल्पालाई नै बोकेर नाङ्गो खुट्टाले हिडे, त्यही दिन जितेका थिए BiggBoss18 को Trophy

जुन दिन Karan Veer ले Ticket To Finale week task मा Chum Darang को लागि खेले (र उनले आफैलाइ भनेका थिए "Life मै बोहोत अपने लिए अपने लिए किया है अब मौका मिलाहे अपनोके लिए खेल्नेका, मुझे अच्छा लगता है अपनोके लिए खेल्ना") ले देखे/ जनताले देखे
त्यही दिन जितेका थिए BiggBoss18 को Trophy

आफ्नै Group का Vivian सङ्ग jealous र insecure Abinash Mishra त्यही हारे ।
2nd Media Round मा जब Elvish Yadav ले Media बिकाउ हो भने, Rajat Dalal त्यही हारे ।
Karan Veer Mehera ले Exercise गर्दै गर्दा Vivian र Eisha एक आपसमा कुरा गरिरहेका थिए । Vivian : " ये आदमीने Life मे जितना मेहेनत करा है ना, credit तो मिला है लेकिन Due Credit नही मिला"
Eisha : "अब मिलेगा, ये Show के वाद बोहोत मिलेगा । मैने इशके बारेमे बोहोत भलाबुरा कहाँ है "
Vivian : " हा, क्या पता ये शो इस्के लिए हि बनाथा, इसको Credit पानेके लिए ।"
Vivian Eisha यही हारे ।
Chum ले न जितिन् न हारिन् , जित र हार भन्दा माथी उठेर गइन् ।

BiggBoss का अन्तिम वाक्यले Karan Veer लाई बिजयी घोषित गरिसकेको थियो " दो अलग चेहेरे, Vivian जिसको stardom मिल्चुका, Karan जो stardom कि खोज मै यहाँ आया हुवा । Vivian हो आशमान छु चुका, Karan जो जमिनकि धुलमै चल्ता हुवा, Vivian जिस्के साथ Life हमेसा Fair रहि है और Karan जिस्के साथ Life हमेसा Unfair रहि है ।"

Congratulations

There was no past ! there will be no future !! there is only NOW forever !!!
14/01/2025

There was no past ! there will be no future !! there is only NOW forever !!!

आज ३० वसन्त पार गरेर ३१ मा प्रवेश गरियो । मलाई जन्मदिने, शिक्षा दिक्षा दिने र साथ सहयोग दिने भगवानरुपी मानिसहरुलाइ नमन !...
28/09/2024

आज ३० वसन्त पार गरेर ३१ मा प्रवेश गरियो । मलाई जन्मदिने, शिक्षा दिक्षा दिने र साथ सहयोग दिने भगवानरुपी मानिसहरुलाइ नमन !
देशैभरी बाढी पहिरोले निम्त्याएको यो बिपद घडीमा सबैजना सतर्क/सुरक्षित रहनुहोला ।
श्री पशुपतिनाथले सबैको रक्षा गरुन् । 🙏

19/09/2024

असोज ३,
आज संविधान दिवस ।
यसै उपलक्ष्यमा दरवारमार्ग (दरवारको मार्ग, राजपरिवारको मार्ग) मा आज Concert आयोजना गरिएको थियो ।
नारायणहीटी दरवारलाई पिठ्युँ फर्काएर बडेमानको स्टेज ठिङ्ग उभिएको थियो ।
स्टेजमा सम्माननीय प्र.म. K P Sharma Oli आउनुभयो, माननीय गृहमन्त्री माननीय शिक्षा मन्त्री आउनुभयो । दरवारलाई पिठ्युँ फर्काएर जानुभयो ।
तसर्थ राजा रानीका आत्माले नेता देख्नुभएन, चिन्नुभएन होला ।
देख्नुभयो होला त केबल जनताका क्षणिक उल्लासमय अनुहारमा गढेको दिगो नैरास्यता !! जो पिठ्युँ फर्काउनुको साटो छाती तेर्साएर दरवार सामु उभिएका थिए ।
दरवारले आज Kutumba बाध्यबादनका झन्कार सुन्यो,
सरकारले आज Maitighar Mandala मा गुन्जेको दलित को चीत्कार सुनेन !
दरवारले आज The Elements का कबिताहरु सुन्यो,
सरकारले संविधानका पृष्ठै पिच्छे नमिलेका छन्द सुनेन !
दरवारले देश बिदेश मा गुन्जिने कुन्ती मोक्तान, दिपक लिम्बू, सुगम पोखरेलको सुगम आवाज सुन्यो,
सरकारले देश बिदेशमा बध्यताले छट्पटाई रहेका नेपाली मनको रोदन सुनेन !
खैर...
त्यो रङ्गिन रातमा,
दरवार मार्गका पाँचतारे होटेल हुँदै
रङ्गहिन ५ ताराहरु खसे ।।।

18/09/2024

मन त थियो नि !
सेतो नम्बर प्लेटको सरकारी गाडीमा सरकारी पोसाक लगाएर सरकारी कार्यालयको हाकिम भै सवार हुन ।

आमाको सान हुन,
धर्तीमा बसेर आकाश छुन ।
दिदीको त्यागको हिसाब चुकाउन,
बाधा अड्चनको भेल सुकाउन ।
दाजुको ऋण तिर्न,
समाजले स्थापित गरेको स्वर्गीय जीवनमा छिर्न ।

रेन्जर/वन अधिकृत मैसाब सङ्ग ब्या गर्न,
सन्तानको आगमनसङै परिवारमा नयाँ रङ भर्न ।

मन त थियो नि !
तर...
जागिरमा आफ्नो १००% दिनै सक्दैन लाग्यो,
कला एक यस्तो क्षेत्र जहाँ मेरो पुरै तन मन जाग्यो ।

जागिरमा खुसी हुनै सक्दैन झैँ लाग्यो ।।

के दुखी मनले आमाको अनुहारमा खुशी छर्न सकुला ?
के खाली दोमनले दाजुको खल्ती भर्न सकुला ?

त्यसैले, हिडियो !
कोसिसको बाटो खुशीको बाटो, गलाको बाटो कलाको बाटो,
के यो, जो कोहिले गर्न सक्ने आट हो ?

पहिलो प्रेम !
दोस्रो कला ! नै त हो मानिसलाई बाँच्नुको आभाष गराउने ।
स्वप्निल समुन्द्रको गहिराईमा हराउने ।

यहीँ हराउनु छ अब अनन्त सम्म ...

आजको दिन सम्म मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ज्ञान दिनुहुने सम्पुर्ण गुरुहरु प्रति हार्दिक नमन गर्दछु !! Raagrup Music ...
21/07/2024

आजको दिन सम्म मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ज्ञान दिनुहुने सम्पुर्ण गुरुहरु प्रति हार्दिक नमन गर्दछु !! Raagrup Music School

जिबितै भेट्ने चाहाना अधुरै रह्यो !जब नेपाली साङ्गीतिक नक्षत्रको एक युग गयो !!
27/02/2024

जिबितै भेट्ने चाहाना अधुरै रह्यो !
जब नेपाली साङ्गीतिक नक्षत्रको एक युग गयो !!

02/02/2024

जसलाई मैले यो संसारमा सबैभन्दा बढी माया गर्छु ।
जसले मलाई यो संसारमा सबैभन्दा बढी माया गर्छिन् ।
मेरी आमाप्रति समर्पित मेरो upcoming खण्ड काव्य 'खर्क' बाट साभार केहि अंश ।।

नियाली हेरेँ घाँट्लाका गडा भ्यास्सुको डाँडामा ।
बसेकी आमा बाख्रा चराउँदै ढुङ्गाको आडमा ।।

कानमा बाली नाकमा फुली सिउँदोमा सिन्दुरss ।
हातैका चुरा रातै छन् टीका निधार मुन्तिरss ।।

शृङ्गार गर्दा बैंशकी आमा बुढ्यौली लुकेको ।
फुलेको केश ढल्केको भेष जीउ छ सुकेको ।।

नजिकै गई आमालाई भने मायालु भाकामा ।
खर्कको देश छोडेर आउ गाउँघरको काखमा ।।
घर आँगन पाखा, खेत र कान्ला, मेला र पातमा ।।
हजुरकै याद आउँदछ देउडा पुल्ताको भाकामा ।।
आमा हजुर एक लाखमा ।।।

स्कुल बाटी फर्किदा घर आमाको मुहार ।
झल्झल्ती याद आउँदछ मलाई गरेको स्याहार ।।

बिदाको दिन सामल लिकन हजुरलाई भेटन ।
आउँदोछौँ आमा यै खर्क तम्रै सौँराई मेटन ।।

ति ठुली आमा ति काखी भाउजू पटुकी बाँधेर ।
दही चामल पोत्या लाइकन नाँच्नी कम्मरै भाँचेर ।।

आओ र आओ ए सङ्गी सात्याउ पुल्ताको भाकामा ।
म नानु गान्टो हजुरलाई खोद्दो सबैका डाखामा ।।

ए सङ्गी सात्याउ रन र पुतय क्यै ठाडि भाकामा ।
पुतला खेल्दै नाच्नी हुन् आमा खर्कको काखमा ।।

माटो कुटी कुटी मडुली चिठ्यो लस्करै काँधमा ।
रमाइला दिन आउलान् कि जीवन मृत्युको साँधमा ।।
पिठिउँमा घाँस टाउकामा भारी लेकको माँझमा ।।
दिनभरी बाख्रा चराई आउँनी गोधुली साँझमा ।।
थाकेकी होलिन् ति बुढी आमा लेकको माँझमा ।।
हाँसो र खुशी अड्किय कठै खर्कको बाँधमा ।।
दाजै भारी छ काँधमा ।।।

कैलेकाहि ल्याउँदा मिठो मसिनु ठुल्दाजी घरमा ।
ठुल्दाजी हाम्रा देबता समान् उन्काइछौँ भरमा ।।

त्येई खान्याँ बेला बाडुल्की लाग्दो अड्कन्छ गलामा ।
खान्याँ छिँ आमा मिठो मसिनु जाली हत्केलामा ।।
दाजै हातका ठेलामा ।।।

कपडा नयाँ ल्याईकन आउँदा ठुल्दाजी रातमा ।।
६ भाईविना डाखीकी सब्लाई बसाई खाटमा ।
एक एक गर्दै बाँड्दछन् लुगा थमाउदै हातमा ।।
नमिल्या जसो नपुग्या जसो रातको बातमा ।।
परान प्यारी हे मेरी आमा भैदिए साथमा ।।
पुनिको जुन उदाउँन्या छियो औंशीको रातमा ।।

आमा भैदिया साथमा ।।

क्रमशः ....................

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Budha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Budha:

Share