SRG Media

SRG Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SRG Media, TV Channel, Kathmandu.

काठमाडौं - फागुन , १० गते आईतवार  २०८२नेपाल सरकारले सञ्चालन गर्दै आएको नागरिक एप मा पहिले सुरक्षा कारणले गर्दा भित्र रहे...
22/02/2026

काठमाडौं - फागुन , १० गते आईतवार २०८२

नेपाल सरकारले सञ्चालन गर्दै आएको नागरिक एप मा पहिले सुरक्षा कारणले गर्दा भित्र रहेका महत्वपूर्ण कागजातहरूको स्क्रिनसट लिन नपाइने व्यवस्था गरिएको थियो।
तर आगामी निर्वाचनलाई लक्षित गर्दै सरकारले सर्वसाधारणको सुविधाका लागि मतदान परिचय पत्र (Voter ID) को स्क्रिनसट लिन मिल्ने सुविधा उपलब्ध गराएको छ। यसले मतदान केन्द्रमा जाँदा परिचयपत्र देखाउन सहज बनाउने उद्देश्य राखेको छ।

✍️ सुजन घिमिरे

फागुन -७ गते बिहिवार २०८२काठमाडौंको बालुवाटारबाट टिचिङ्ग जाने सडक खण्डको फुटपाथमा नेपाल विद्युत प्राधिकरण ले भूमिगत गर्न...
19/02/2026

फागुन -७ गते बिहिवार २०८२

काठमाडौंको बालुवाटारबाट टिचिङ्ग जाने सडक खण्डको फुटपाथमा नेपाल विद्युत प्राधिकरण ले भूमिगत गर्न लागिएको तारहरू अव्यवस्थित रूपमा राख्दा पैदल यात्रुहरूलाई हिँडडुल गर्न गम्भीर समस्या भइरहेको देखिन्छ।

फुटपाथ पैदल यात्रुका लागि सुरक्षित रूपमा हिँड्ने स्थान हो । तर निर्माण कार्यका सामग्री र तारहरू यसरी जथाभावी राखिँदा वृद्धवृद्धा, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष कठिनाइ भइरहेको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

सम्बन्धित निकायले तत्काल ध्यान दिई—

तार व्यवस्थापन सुरक्षित र व्यवस्थित ढंगले गर्न,

फुटपाथ अवरोधमुक्त बनाउन,
अत्यन्त जरुरी देखिन्छ।

✍️ Sujan G

पुस २५ गते बिहीवार २०८१ रवि लामिछाने धरौटीमा रिहापूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रविलामिछाने सू...
10/01/2025

पुस २५ गते बिहीवार २०८१

रवि लामिछाने धरौटीमा रिहा

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रविलामिछाने सूर्य दर्शन सहकारीको रकम ठगिको आरोपमा गत कार्तिक २ गते राति काठमाण्डौँ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दि«य कार्यलयबाट पक्राउ गरी पोखरा पु¥याइएको थियो । सूर्यदर्शन दर्शन सहकारी ठगी प्रकरणका अभियुक्त रविलामिछाने ८४ दिनपछि कास्की जिल्ला अदालतका न्यायाधीस नीतिज राईको इजालसमा ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि पुस २५ गते बिहीवार २०८१ मा धरौटीमा रिहा भएका छन् । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रविलामिछानेले न्यायलयमा अझै न्याय मरेको रहेनछ भन्दै न्यायलय र आफ्ना समर्थहरुलाई धन्यवाद दिनुहुँदैैैैैै थुना मुक्त भएको पहिलो दिनमै अझै धेरै लडाई लड्न बाँकी नै छ भन्दै आफ्नो प्रतिक्रिया पनि दिनुभएको थियो ।

- सुजन घिमिरे

काठमाण्डौँ , पुस २३ गते मङ्गलवार २०८१काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा गएको भूक...
07/01/2025

काठमाण्डौँ , पुस २३ गते मङ्गलवार २०८१

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत महसुस गरिएको छ । भुकम्पको धक्का महसुस सँगै मानिसहरु आफ्नो घरबाट खुल्ला ठाउँतर्फ निस्केका थिए ।

- सुजन घिमिरे

पुस १९ गते शुक्रवार २०८१नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौँ बाट नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्र...
03/01/2025

पुस १९ गते शुक्रवार २०८१

नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाण्डौँ बाट नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा सम्पूर्ण कार्यसमितिले प्रमाणपत्रसँगै पदभार ग्रहण पनि गर्नुभयो । पत्रकार महासंघको हरेक कार्यमा आफूले सक्ने सहयोग गर्ने प्रतिवदता पनि जनाउनुभएको थियो । साथै विभिन्न राजनिति दलका नेताहरु, विभिन्न मिडियाका श्रम जिवि पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यसमितिको अध्यक्षमा शोभा अर्याल ज्यू रहनुभएकी छिन् भने उपाध्यक्षमा कमल राना र कान्ति न्यौपाने रहेका छन् ।

सचिवमा रमेशकुमार बोहोरा छन् भने सहसचिवमा विक्रम रत्न, इशा अधिकारी क्षेत्री र कोषाध्यक्षमा रामचन्द्र कार्की निर्वाचित भएका हुन् । त्यस्तै सदस्यतर्फ भने नेत्रबहादुर बस्नेत, मञ्जु घिमिरे, अनिशा निरौला, अनिशा जयन्ती श्रेष्ठ, सुनिल कुमार शाह, अंकध्वज परियार, जगदिश अधिकारी, गणेश विक, विनिता डंगोल, हेमराज सुवेदी, चेतनारायण बेलवासे, गोविन्द कुमार शर्मा र ऋग देवकोटा रहेका छन् ।

कार्यक्रममा पुरानो कार्यसमितिलाई प्रमाण पत्र दिँदै विदाई गरिएको थियो भने नवनिर्वाचित कार्यसमितिका अध्ययक्ष सोभा आर्याल लगायत सम्पूर्ण टिमलाई फूलमाला लगाउँदै प्रमाण पत्र वितरण गर्दै नव कार्यकालको शुभकामना आदन -प्रदान गरिएको थियो । कार्यक्रम साप फल्चा, बबरमहल,काठमाण्डौँ मा भएको थियो ।

- सुजन घिमिरे

सेवक फिल्मस को प्रस्तुति नेपाली इसाई चलचित्र "छुटकारा "  को विषयमा  Director , Actor Roshan Sewak & Actor , Assistant Di...
26/12/2024

सेवक फिल्मस को प्रस्तुति नेपाली इसाई चलचित्र "छुटकारा " को विषयमा Director , Actor Roshan Sewak & Actor , Assistant Director David Pakhrin Tamang ज्यू सँग गरिएको कुराकानी हेर्न तल दिएको Link मा Click गर्नुहोस् ......

Roshan Sewak & David Pakhrin Tamang |with Punam Panchakoti Good News Youth Club | 26 December 2024 |Good News Fm Pvt Ltd को कार्यक्रम Good News Youth club Wi...

सेवक फिल्मस् द्वारा निर्माण भएकाे नेपाली इसाई कथानक चलचित्र "छुटकारा" यही पुस  १७ (२०८१) अर्थात 1. jan.2025 अंग्रेजी नया...
26/12/2024

सेवक फिल्मस् द्वारा निर्माण भएकाे

नेपाली इसाई कथानक चलचित्र "छुटकारा" यही पुस १७ (२०८१) अर्थात 1. jan.2025 अंग्रेजी नयाँ वर्षको दिन बिशेष प्रदर्शनी (SPECIAL SHOW) हुदैछ, हजुरहरु सम्पूर्णलाई उक्त दिनको आफ्नो बहुमुल्य समयको थोरै समय मिलाएर छुटकारा चलचित्र (MOVIE) हेरिदिनु हुन बिनम्र अनुरोध गर्दछु (आशा छ धेरै भन्दा धेरैले उपस्थिती जनाउनु हुनेछ)
-धन्यवाद !!!

स्थान : हेब्जिबा हल- ग्वार्को, ललितपुर ( (HEPHZIBAH HALL/Music City Hall)

समय : बिहान ९:४५ देखि

टिकट दर: मात्र रु. ३००

बिशेष जानकारी : हजुरहरुले टिकट ई-सेवा (eSewa) मार्फत पनि काट्न सक्नुहुनेछ ।

थप जानकारीको लागि सम्पर्क नं.
रोशन सेवक -९८४९३५९३२८
eSewa-९८१३७३३८५०

काठमाडौं - २९ गते शनिबार २०८१संयुक्त ईसाई गाेठालाे संगती बाग्मती प्रदेश ख्रीष्टियन समाज द्वारा आयाेजित ख्रीष्टिमस तथा नय...
15/12/2024

काठमाडौं - २९ गते शनिबार २०८१

संयुक्त ईसाई गाेठालाे संगती बाग्मती प्रदेश ख्रीष्टियन समाज द्वारा आयाेजित ख्रीष्टिमस तथा नयाँ वर्ष २०२५ काे शुभकामना आदन -प्रदान कार्यक्रम २०८१ सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा समाजका विशिष्ट व्यतिहरू, विभिन्न ख्रीष्टियन समाजका पदाधिकारी हरूकाे उल्लेखनीय उपस्थित रहेको थियाे । साथै कार्यक्रममा ख्रीष्टमसका भजन गित र नृत्य प्रस्तुत गरिनुका साथै ईसाई जगतका हाँस्य कलाकार कुमार सुनाम अब्राहम द्वारा हाँस्य व्याँगे पनि प्रस्तुत गरिएकाे थियाे । कार्यक्रम काठमाडौं - सुकेधारा नव दुर्गा पार्टी प्यालेसमा भएकाे थियाे।

- SRG Media
सुजन घिमिरे

माेटर साईकलकाे माेडिफाई गरी ध्वनि  प्रदुषण गरेकाे सूचना उपलब्ध गराइदिने सम्बन्ध मा
22/10/2024

माेटर साईकलकाे माेडिफाई गरी ध्वनि प्रदुषण गरेकाे सूचना उपलब्ध गराइदिने सम्बन्ध मा

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when SRG Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category